Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

आधिकारिक ट्रेड युनियन खारेज हुँदैन : प्रधानमन्त्री

८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन खारेज नगर्ने प्रष्ट पारेका छन् । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सरकारलाई असफल बनाउन कर्मचारीहरुको ट्रेड युनियन पनि खारेज गर्न लाग्यो भनेर भ्रम फिँजाइएको दाबी गरे । बुधबार बिहान आफ्नै सरकारी निवास बालुवाटार आएका आधिकारिक ट्रेड युनियनका पदाधिकारीसँग भएको भेटमा प्रधानमन्त्री ओलीले कर्मचारीको […]

रंगशाला निर्माणका लागि २४ लाख संकलन, भट्टराईले दिए १० लाख

८, साउन, चितवन । दुई महिना रोकिएर काम सुरु भएकै दिन चितवनमा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि २४ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । चितवनमा रहेको पूर्वेली समाज र त्यसमा आवद्ध सदस्यहरुले २४ लाख रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरेका हुन् । पूर्वेली समाजले संस्थागत रुपमा ५ लाख, पूर्वेली समाजकै सदस्य कुमार डाँगीले […]

गण्डकीका ८५ वटै स्थानीय तहका उपप्रमुखलाई गाडी सुविधा

८ साउन, पोखरा । गण्डकी प्रदेशका सबै स्थानीय तहका उपप्रमुखले पनि अब गाडी सुविधा पाउने भएका छन् । गण्डकी प्रदेश सरकारले उपमेयर तथा उपाध्यक्षले पनि गाडी सुविधा दिन पाउने गरी कानून संशोधन गर्ने निर्णय गरेको हो । असार २५ गते बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय तहका जनप्रतिनिधिले दोहोरो सुविधा लिन पाउने र कार्यपालिका सदस्यले पनि वडाध्यक्षकै बराबर हुने […]

गोरखामा क्याम्पसको जग्गा मिचेर प्लटिङ

८ साउन, गोरखा । सार्वजनिक जग्गा मिचेर गोरखा नगरपालिका–५ हिलेपोखरीमा जग्गा प्लटिङ गरिएको छ । आफ्नो करिब आठ आना जग्गा मिचिएको भन्दै गोरखा क्याम्पसले आपत्ति जनाएको छ । जिल्लाका केही व्यक्तिहरु मिलेर सो क्षेत्रको करिव ११ रोपनी जग्गामा प्लटिङको काम गरिरहेका छन् । तर प्लटिङको नाममा उनीहरुले जवजस्ती क्याम्पसको जग्गा मिचेपछि विवाद भएको छ । […]

नक्कली लाइसेन्स बनाइदिएर रकम असुली गर्ने पक्राउ

८ साउन, जनकपुरधाम । नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिएर सर्वसाधारणसँग रकम असुली गर्ने दुई युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट लाइसेन्स बनाएर ल्याइदिएको भन्दै गाउँका युवकहरुसँग रकम ठगी गर्ने दुई जनालाई जिल्लाको हंसपुर नगरपालिकाबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी रामेश्वर कार्कीले जानकारी दिए । पक्राउ पर्नेमा हंसपुर नगरपालिका-६ का […]

मोटरसाइकलमा आगजनी गर्ने २ जना पक्राउ

८ साउन, वीरगञ्ज । बाराबाट प्रहरीले मोटरसाइकलमा आगो लगाउने २ जनालाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका-११ बस्ने २३ वर्षीय शम्भु पटेल र २० वर्षीय चोकट भन्ने धर्मेन्ऽ साह गोढ पक्राउ परेका हुन् । सुवर्ण गाउँपालिका-७ बस्ने संजित यादव र नन्दकिशोर प्रसादले आफन्त पर्ने भारतीय नागरिक बिनोद यादवको बीआर०६एक्यु ९०११ र संदिपकुमार कौशलको बीआर०५क्यु ३२४९ […]

संसद खुलाउन कांग्रेस र राजपा सहमत, बाढीपहिरोबारे छलफल हुने

८ साउन, काठमाडौं । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल संसदको अवरोध खुलाउन सहमत भएका छन् । लगातार संसद अवरोध गर्दै आएका कांग्रेस र राजपाले नै बुधबार संसदमा बाढी पहिरोसम्बन्धी विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । बुधबार २ बजे बस्ने संसद बैठकमा उक्त जरुरी सार्वजनिक महत्वको विषयमा छलफल हुने र गृहमन्त्री […]

कर्णालीका अधिकांश प्रहरी कार्यालय भाडाको घरमा, ६ कार्यालय प्रदेश ५ बाट सञ्चालित

८ साउन, सुर्खेत । कर्णाली प्रदेशका अधिकांश प्रहरी कार्यालयहरु भवनविहीन भएका छन् । आफ्नै भवन नहुँदा चर्को रकम तिरेर अधिकांश प्रहरी कार्यालय भाडामा बस्ने गरेका छन् । कर्णाली प्रदेशका १० जिल्लामा रहेका नेपाल प्रहरीका १८९ कार्यालयमध्ये ८६ कार्यालय अरुको घरमा भाडा तिरेर बसेको नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले जानकारी दिए । […]

गुल्मीको पहिरो : शाहाघाट र रुद्रवेणीमै रोकिए राहतका गाडी

८ साउन, तम्घास । पहिरोका कारण गुल्मीको सत्यवती गाउँपालिकाको ठूलोलुम्पेक र लिम्घा सडक सम्पर्कबाट पूर्णरुपमा बिच्छेद हुँदा उद्धार र राहत वितरणमा कठिनाइ भएको छ । ठूलोलुम्पेक र लिम्घा जाने सबै सडक अवरुद्ध छन् । राहत बोकेका गाडीहरु शाहाघाट र रुद्रवेणीमै रोकिएका छन् । करिब ६ सय परिवारलाई सुरक्षित स्थानमा सारिए पनि खानेकुरा पुर्‍याउन नसक्दा बिचल्ली […]

नगरप्रमुखविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित छ पक्राउ

८ साउन, खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असार ३१ गते आयोजित नगरसभाप्रति असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरुले बुधबार बिहान चक्काजाम गर्न खोजेका थिए । चक्काजाममा सहभागी वडा नं ५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी, वडा नं ७ का वडाध्यक्ष चइन्द्र […]

बैतडीमा जिप दुर्घटना, १ को मृत्यु, दुई घाइते

८ साउन, डोटी । बैतडीको खोडपेमा आज बिहान एक यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ग१ज ५२२४ नंको याुत्रवाहक जिप बैतडीको पाटन नगरपालिका–८, आरुवाटा भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा दार्चुला जिल्ला महाकाली नगरपालिका वडा नं ९ बस्ने अन्दाजी ३५ वर्षीय ईश्वरी नागरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका […]

नेपालले मलेसियालाई हरायो, मल्लको कीर्तिमानी अर्धशतक

८ साउन, काठमाडौं । ज्ञानेन्द्र मल्लको कीर्तिमानी अर्धशतक सँगै नेपालले मलेसियालाई ७ विकेटले हराएको छ र टी-२० विश्वकप छनोटको एसिया फाइनलमा पहिलो जित हात पारेको छ । यो जितसँगै नेपालको ग्लोबल छनोटमा पुग्ने सम्भावना कायमै छ । यसका लागि कतारसँग अप्रत्यासित हार व्यहोरेको नेपालले बाँकी खेल भने जित्नुपर्छ । वर्षाका कारण ९ ओभरमा छोट्इएको खेलमा […]

हेटौंडामा बाढी, बस्ती डुबे

८ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको वडा नं. ५ र १० का केही बस्ती डुबानमा परेका छन् । अविरल वर्षापछि खोलामा आएको बाढी गाउँमा पसेपछि उपमहानगरको गर्दोही, शान्तिनगर, पिप्ले क्षेत्र डुबानमा परेको हो । प्रहरीले समयमा नै प्रभावितहरूलाई सुरक्षित स्थानमा सारेकाले मानवीय क्षति भने भएको छैन । यसैबीच, हेटौंडाको शिवम् सिमेन्टमा सामान पुर्‍याएर फर्कंदै गरेको […]

मौद्रिक नीति आज आउने

८ साउन, काठमाडौं । चालु आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीति आज बुधबार सार्वजनिक हुने भएको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिबाकोटीले बुधबार अपराह्न ४ बजे र्‍याडिसन होटल, लाजिम्पाटमा मौद्रिक नीति सार्वजनिक हुने जानकारी दिए । ‘हाम्रो सञ्चालक समितिबाट मौद्रिक नीति पारित भइसकेको छ’, राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले भने, ‘साँझ ४ […]

सशस्त्र प्रहरीका १५१ डीएसपीको सरुवा (नामावलीसहित)

८ साउन, काठमाडौं । सशस्त्र प्रहरीले १५१ डीएसपीको एकैपटक सरुवा गरेको छ । प्रशासनिक दृष्टिकोण तथा आवश्यकताअनुसार उनीहरुको सरुवा गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले अभिलेख राख्न आग्रह गर्दै राष्ट्रिय किताबखानालाई लेखेको पत्रमा उनीहरुले साउन महिनादेखि नै सरुवा गरिएकै स्थानबाट तलब भत्ता र राशन पाउने उल्लेख छ । हेर्नुहोस् सरुवा […]

ब्रिटेनका नयाँ प्रधानमन्त्री : साइकलका सौखिन, ‘लभ अफेयर’ लुकाउँदा दण्डित

८ साउन, काठमाडौं । बोरिस जोन्सन ब्रिटेनको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । ब्रेक्जिट विवादका कारण टेरिजा मेले पद त्यागेपछि बोरिसले बुधबार ब्रिटेनको सत्ता सम्हाल्दै छन् । सत्ताधारी कन्जर्भेटिभ पाटीको नेताको लागि भएको चुनावमा बोरिसको प्रतिस्पर्धा जेरेमी हन्टसँग भएको थियो । अन्ततः यो प्रतिस्पर्धामा बोरिस सफल भए । प्रधानमन्त्रीको बागडोर सम्हाल्न लागेका बोरिसको जीवन उतारचढावले […]

हडसनले गरे चेल्सीसँग पाँच वर्षे सम्झौता

८ साउन, काठमाडौं । क्यालम हडसन ओडोईले चेल्सीसँग पाँच वर्षका लागि नयाँ सम्झौता गरेका छन् । १८ वर्षीय हडसनले साताको एक लाख पाउण्ड पाउने गरी चेल्सीसँग पाँच वर्षका लागि नयाँ सम्झौता गरेका हुन् । चोटकै कारण मैदानबाहिर रहँदै आएका उनले चेल्सीबाट गएको सिजनमा २४ खेल मात्रै खेले । जसमा उनले पाँच गोल गर्न भने सफल […]

मैनबत्ती बालेर विद्युत् उत्पादनगृह रुँग्दै कर्मचारी

८ साउन, पर्वत । ग्राहकका घरघरमा उज्यालो पुर्याउन विद्युत् उत्पादन गर्ने विद्युतगृहमा नै बिजुली छैन भन्दा अनौठो मान्नु होला, तर यो वास्ताविकता हो । बिजुली उत्पादन गर्ने पर्वतको मोदी गाउँपालिकास्थित पातीखोला जलविद्युत् आयोजनाका कर्मचारी विद्युतगृहमै मैनबत्ती बालेर बस्न बाध्य छन् । पातीखोला जलविद्युत् आयोजनाको प्रसारण लाइन मर्मत गर्न स्थानीयवासीले अवरोध गरेपछि विद्युत् उत्पादन गर्न नसक्दा […]

राष्ट्रिय गौरवका आयोजनामा ८९ प्रतिशत खर्च, प्रगति कति ?

८ साउन, काठमाडौं । सरकारले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा राष्ट्रिय गौरवका आयोजनामा करीव ७७ अर्ब रुपैयाँ खर्च गरेको छ । विनियोजित कुल रकममा यो खर्च औसत ८९ प्रतिशत हो । देशको अर्थतन्त्रलाई नै माथि उठाउने भनेर सरकारले महत्व दिएका आयोजनाहरुको प्रगति गत आवमा सन्तोषजनक छैन । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल होस या दू्तमार्ग, मेलम्ची खानेपानी […]

फेरि सडकभरि खाल्डैखाल्डा, सरकार घाम कुर्दै

८ साउन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट ल्याएको भोलिपल्टै अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गरेर भनेका थिए, ‘तपाईंहरु एक रुपैयाँ तिर्नुस्, खाल्डोबाट हामी जोगाउँछौं ।’ बजेटमा सडक सुधारका लागि भन्दै डिजेल तथा पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ‘सडक सुधार कर’ लगाएका खतिवडाले अब खाल्डो भएको सडकमा हिँड्न र सवारी गुडाउनु नपर्ने बताएका थिए । बजेट आएको […]

ठूला होटलको बाढी, ४० प्रतिशत कोठा खाली

८ साउन, काठमाडौं । पर्यटक बढ्ने आशामा नेपालमा ठूलो लगानीका तारे होटलहरु खोल्ने क्रम बढिरहेको छ । तर, अहिले भएकै होटलहरु पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांक अनुसार सन् २०१८ मा होटेलको अकुपेन्सी औसत ६५ प्रतिशत हाराहारी थियो । सन् २०१९ को पहिलो ६ महिनासम्म औसत ६० […]



from समाचार – Online Khabar https://ift.tt/2SEnE67
via IFTTT
Powered by Blogger.