समाचार
१० साउन, काठमाडौं । करिब ३ सय शरणार्थी सवार पानीजहाज लिबियाको तटीय क्षेत्रमा डुबेको छ । खचाखच भरिएको पानीजहाज डुब्दा भएको मानवीय क्षतिबारे यकिन तथ्यांक नआइसके पनि कम्तीमा १ सय ५० जनाको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ । संयुक्त राष्ट्र संघीय शरणार्थी नियोगले शरणार्थी सवार पानीजहाज डुबेको उल्लेख गर्दै कम्तीमा १५० जनाको ज्यान गएको […]
१० साउन, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित अधिकांश दैनिक पत्रिकाहरूले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या अनुसन्धानबारे समीक्षा गरेका छन् । पन्तको १ वर्षअघि आजकै दिन हत्या भए पनि आजसम्म अपराधी पत्ता लाग्न सकेको छैन । निर्मला पन्त हत्या प्रकरणमा केन्द्रित सबैजसो दैनिक पत्रिकाको सार राज्य संयन्त्र चुक्दा यो बहुचर्चित प्रकरण निमटारा […]
९ साउन, काठमाडौं । निर्माण सकिएको नारायणगढ-मुग्लिन सडकखण्डमा पर्ने १५ वटा नयाँ पुल ‘डिजाइन एन्ड बिल्ड’ मोडलमै अघि बढ्ने भएको छ । मन्त्रिपरिषदको पछिल्लो बैठकले साँघुरो पुलका कारण समस्या उत्पन्न भएको ठहर गर्दै वातावरणीय अध्ययन नगरी ठेक्कामा जान सडक विभागलाई स्वीकृति दिएको हो । खरिद नियमावलीको छैठौं संशोधनले वातावरणीय अध्ययन लगायत प्रक्रिया पुरा नगरी ठेक्कामा […]
९ साउन, कञ्चनपुर (उल्टाखाम) । ‘मेरा आँखा यति कमजोर छन् भन्ने कहिल्यै सोचेकै थिइनँ’, निर्मला पन्तकी आमा दुर्गादेवी भक्कानिइन् । जब निर्मलाको नाम दुर्गादेवीको कानमा ठोकिन्छ, उनका आँखा यसरी नै बगि…..रहन्छन् । अविरल । आँशु बग्दाबग्दै मुखबाट हिक्का छुट्छ – ‘हिक्क हिक्क…’ दुर्गादेवीका आँखा तिनै हुन्, श्रीमानले भक्कु कुट्दा पनि नरसाएका । दुर्गादेवी गर्भवती थिइन्, […]
८ साउन, काठमाडौं । ‘मेरो खिलाफमा लेख्छ कि पक्षमा लेख्छ, मतलव छैन, तर विचार र अभिव्यक्ति स्वतन्त्रता हुनुपर्छ’, सरकारले ल्याएको सूचना प्रविधि विधेयकको विरोध गर्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले ६ असारमा संसदमा भनेका थिए । सामाजिक सञ्जालमार्फत ‘धम्क्याउने, होच्याउने, जिस्काउनेलाई १५ लाखसम्म जरिवाना वा ५ वर्षसम्म कैद सजायँ हुने’ प्रस्तावित विधेयक […]
९ साउन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा अन्तरिम संरचना र १४ औं कार्यतालिकाबारे छलफल सुरु भएको छ । तर क्रियाशील सदस्यहरुको तथ्यांक नयाँ संरचनाअनुसार नभएको र क्षेत्रीय प्रतिनिधिहरुको तथ्यांक केन्द्रीय कार्यालयसँग नरहेको महामन्त्री पूर्णबहादुर ड्काले बताएका छन् । पार्टी कार्यालय सानेपामा बसेको बैठकको सुरुमा नै महामन्त्री खड्काले अन्तरिम संरचना निर्माण गर्नुपूर्व यो प्राविधिक कामका […]
९ साउन, गोरखा । गोरखाको धार्चे गाउँपालिका–३, खोर्लाबेशीमा ओढारमा लुकाएर राखिएको १६ किलो सुन बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय, गोरखाले सुनसहित चुमनुब्री गाउँपालिका हुल्चुकका व्यवसायी धनकमल गुरुङलाई पक्राउ गरेको हो । गोरखा प्रहरी प्रमुख उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीले ढुंगामुनि लुकाएर राखिएको अवस्थामा १६ वटा सुनको विस्कुट बरामद भएको बताए । उनले भने, ‘उनले […]
९ साउन, काठमाडौं । नेपाली कांग्रेसले बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तलाई न्याय दिन सरकार लज्जास्पद ढंगले असफल भएको आरोप लगाएको छ । बिहीबार साँझ विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता विश्वकप्रकाश शर्माले यस्तो प्रकृतिका घटनालाई नियन्त्रित र निरुत्साहित गर्न प्रभावकारी सन्देश सम्प्रेषण गर्नसमेत सरकार असफल भएको बताएका छन् । निर्मला पन्त प्रकरणबारे मंगलबार आयोजित पत्रकर […]
९ साउन, काठमाडौं । महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीको हिरासतबाट फरार तीन थुनुवामध्ये एक जना अझै भेटिएका छैनन् । यसअघि २३ असारमा हिरासत कक्षभित्र रहेको शौचालयको ग्रिल काटेर चोरी र डकैती मुद्दाका रुपेश भनिने रुद्रलाल श्रेष्ठ, शम्शेर माझी र लागूऔषध मुद्दाका रविकुमार तिम्सिना फरार भएका थिए । दुई दिनपछि महानगरीय अपराध अनुसन्धान महाशाखाले श्रेष्ठ र माझीलाई […]
९ साउन, बुटवल । दुई देशबीचको सन्धी सम्झौता विपरीत दशगजा क्षेत्र मिचेर भारतीय पक्षले रुपन्देहीको बेलहिया क्षेत्रमा संरचना निर्माण गरेको छ । नेपाल र भारतको सीमा क्षेत्रको दशगजा मिचेर भारतीय पक्षले प्रहरी चौकी निर्माण गरेको हो । दुबै देशले दशगजाको ३० फिट सीमा छोड्नुपर्नेमा भारतीय पक्षले सीमाभित्र नै प्रहरी चौकी निर्माण गरी सन्धिको उल्लंघन गरेको […]
९ साउन, रौतहट । २८ असारमा आएको बाढीबाट जनजीवन सामान्य हुन नपाउदै रौतहटमा फेरि बाढी आएको छ । पहाडी क्षेत्रमा केही दिनदेखि परेको वर्षाका कारण रौतहटको लालबकैया नदीमा बाढी आएको छ । पूर्वमा रहेको बाग्मती नदी अहिले केही सामान्य देखिए पनि लालबकैयामा भने पानीको वहाव उच्च रहेको छ । २८ असारमा आएको बाढीले बाग्मती र […]
९ साउन, काठमाडौं । सञ्चारमन्त्री गोकुल बास्कोटाले नेकपाका नेता कार्यकर्ताले जनताको बहुदलीय जनवाद (जबज) अंगाल्न लाज मान्नु नपर्ने बताएका छन् । बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पार्टीको स्कुल विभागलाई लिएर प्रश्न आएपछि बास्कोटाले आफ्नो व्यक्तिगत धारणा राखेका हुन् । नेकपाले जबज स्वीकार गरिसकेको भन्दै बास्कोटाले यस्तो तर्क गरे, ‘तिम्रो आँखा मन पर्यो, […]
९ साउन, वीरगञ्ज । वडाध्यक्षलगायतले माफी मागेपछि स्थानीय तहका कर्मचारीहरुको आन्दोलन स्थगित भएको छ । गत साउन ५ गते सखुवाप्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवलाई अभद्र ब्यबहार गर्ने वडाध्यक्षलगायतले माफी मागेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्सामा भएको छलफलमा लिखितरुपमा माफी मागेपछि स्थानीय तहका कर्मचारी आन्दोलन स्थगित गरी नियमित काममा फर्किन तयार भएका छन् । […]
९ साउन, काठमाडौं । नेपालका जापानी भाषा प्रशिक्षकहरुलाई तालिमका लागि जापान लगिने भएको छ । त्यसका लागि श्रम मन्त्रालयमार्फत आवेदन खुला गरेको छ । नेपालबाट कामदार आपूर्तिका लागि तयारी गरिरहेको जापानले नेपालका भाषा प्रशिक्षण दिने संस्थाका प्रशिक्षकहरुलाई भाषाका न्युन्तम् पक्षहरुबारे जानकारी दिन लागेको हो । उनीहरुले तालिम लिएर फर्किएपछि नेपालमा भाषासँगै कामको प्रकृतिअनुसार भाषा परीक्षाका […]
९ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा एक बालकको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका २५ खल्वा टोला बस्ने १२ वर्षका को राजन हजराको मृत्यु भएको हो । पोखरीको डिलबाट खुट्टा चिप्लिएर हजरा पोखरीमा खसेका थिए । पोखरीमा बालक हराएको सूचना पाएपछि प्रहरी चौकी सिर्सिया पर्साबाट खटिएको टोलीले बेहोस अवस्थामा शब फेला पारेको थियो । बेहोस […]
९ साउन, विराटनगर । डेढ साता अघि आएको बाढी र पहिरोले क्षतिग्रस्त उदयपुरको लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी सुरु गरिएको छ । प्रदेश १ सरकारले लिम्चुङबुङ र ताप्ली गाउँपालिकाका लागि आवश्यक खाद्यान्न हेलिकोप्टरमार्फत ढुवानी गरी वितरण गर्ने सुरु गरेको हो । दुई गाँउपालिकामा गएको असार २६ गतेदेखि खाद्यान्न संकट छ । सडक क्षतिग्रस्त […]
९ साउन, काठमाडौं । सरकारले दुई जना सचिवलाई सरुवा गरेको छ । शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा र आयोगको सचिवालयका सचिव मधुसुदन अधिकारीलाई शहरी विकास मन्त्रालयमा सरुवा गरेको हो । त्यस्तै सरकारले प्युठानको माण्डवी गाउँपालिकाको केन्द्र पनि सारेको छ । साविक नयाँ गाउँ गाविसको कार्यालयमा रहेको केन्द्रलाई माण्डवी […]
९ साउन, काठमाडौं । सरकारले विभिन्न ३ मन्त्रालयमा शाखा अधिकृत र सो भन्दा माथिको ९ सय ८९ वटा अस्थायी दरबन्दी थप गरेको छ । मन्त्रिपरिषद बैठकले खानेपानी, वन र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयमा गरी राजपत्रांकित श्रेणीको ८ सय ८९ वटा दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाका अनुसार […]
९ साउन, चितवन । निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि उद्योग बाणिज्य संघ चितवनले ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ । संघको कार्यालय नारायणगढमा बिहीबार एक कार्यक्रमका बीच संघका अध्यक्ष सहनलाल प्रधानले चेक धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसलाई हस्तान्तरण गरेका हुन् । संघले रंगशाला निर्माणका लागि १ करोड रकम […]
९ साउन, काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले रअका प्रमुखले प्रधानमन्त्रीलाई भेटेको आफूलाई जानकारी नभएको बताएका छन् । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा बास्कोटालाई रअका प्रमुखले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्रीलाई भेटेको हो भनेर सोधिएको थियो । जवाफमा बास्कोटोले भने, ‘यदि आएको हो र भेटेको हो भने कूटनीतिक प्रोटेकलकै आधारमा भेटघाट […]
९ साउन, काठमाडौं । सरकारले मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको अग्रसरतामा स्थापना हुन लागेको सुविधासम्पन्न बाल अस्पतालका लागि वुढानीलकण्ठमा ४१ रोपनी जग्गा दिएको छ । ‘काठमाडौं चाइल्ड हेल्थ हस्पिटल’का लागि सरकारले बुढानीलकण्ठ–७ मा ४१ रोपनी १० आना ३ पैसा जग्गा भाडामा दिने निर्णय गरेको हो । यो अपस्ताल १०० शैय्याको हुनेछ भने सात वटै प्रदेशमा […]
from समाचार – Online Khabar https://ift.tt/2GwpEIN
via IFTTT





















