Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सशस्त्र प्रहरीका १५१ डीएसपीको सरुवा (नामावलीसहित)

८ साउन, काठमाडौं । सशस्त्र प्रहरीले १५१ डीएसपीको एकैपटक सरुवा गरेको छ । प्रशासनिक दृष्टिकोण तथा आवश्यकताअनुसार उनीहरुको सरुवा गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले अभिलेख राख्न आग्रह गर्दै राष्ट्रिय किताबखानालाई लेखेको पत्रमा उनीहरुले साउन महिनादेखि नै सरुवा गरिएकै स्थानबाट तलब भत्ता र राशन पाउने उल्लेख छ । हेर्नुहोस् सरुवा […]

ब्रिटेनका नयाँ प्रधानमन्त्री : साइकलका सौखिन, ‘लभ अफेयर’ लुकाउँदा दण्डित

८ साउन, काठमाडौं । बोरिस जोन्सन ब्रिटेनको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । ब्रेक्जिट विवादका कारण टेरिजा मेले पद त्यागेपछि बोरिसले बुधबार ब्रिटेनको सत्ता सम्हाल्दै छन् । सत्ताधारी कन्जर्भेटिभ पाटीको नेताको लागि भएको चुनावमा बोरिसको प्रतिस्पर्धा जेरेमी हन्टसँग भएको थियो । अन्ततः यो प्रतिस्पर्धामा बोरिस सफल भए । प्रधानमन्त्रीको बागडोर सम्हाल्न लागेका बोरिसको जीवन उतारचढावले […]

हडसनले गरे चेल्सीसँग पाँच वर्षे सम्झौता

८ साउन, काठमाडौं । क्यालम हडसन ओडोईले चेल्सीसँग पाँच वर्षका लागि नयाँ सम्झौता गरेका छन् । १८ वर्षीय हडसनले साताको एक लाख पाउण्ड पाउने गरी चेल्सीसँग पाँच वर्षका लागि नयाँ सम्झौता गरेका हुन् । चोटकै कारण मैदानबाहिर रहँदै आएका उनले चेल्सीबाट गएको सिजनमा २४ खेल मात्रै खेले । जसमा उनले पाँच गोल गर्न भने सफल […]

मैनबत्ती बालेर विद्युत् उत्पादनगृह रुँग्दै कर्मचारी

८ साउन, पर्वत । ग्राहकका घरघरमा उज्यालो पुर्याउन विद्युत् उत्पादन गर्ने विद्युतगृहमा नै बिजुली छैन भन्दा अनौठो मान्नु होला, तर यो वास्ताविकता हो । बिजुली उत्पादन गर्ने पर्वतको मोदी गाउँपालिकास्थित पातीखोला जलविद्युत् आयोजनाका कर्मचारी विद्युतगृहमै मैनबत्ती बालेर बस्न बाध्य छन् । पातीखोला जलविद्युत् आयोजनाको प्रसारण लाइन मर्मत गर्न स्थानीयवासीले अवरोध गरेपछि विद्युत् उत्पादन गर्न नसक्दा […]

राष्ट्रिय गौरवका आयोजनामा ८९ प्रतिशत खर्च, प्रगति कति ?

८ साउन, काठमाडौं । सरकारले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा राष्ट्रिय गौरवका आयोजनामा करीव ७७ अर्ब रुपैयाँ खर्च गरेको छ । विनियोजित कुल रकममा यो खर्च औसत ८९ प्रतिशत हो । देशको अर्थतन्त्रलाई नै माथि उठाउने भनेर सरकारले महत्व दिएका आयोजनाहरुको प्रगति गत आवमा सन्तोषजनक छैन । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल होस या दू्तमार्ग, मेलम्ची खानेपानी […]

ठूला होटलको बाढी, ४० प्रतिशत कोठा खाली

८ साउन, काठमाडौं । पर्यटक बढ्ने आशामा नेपालमा ठूलो लगानीका तारे होटलहरु खोल्ने क्रम बढिरहेको छ । तर, अहिले भएकै होटलहरु पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांक अनुसार सन् २०१८ मा होटेलको अकुपेन्सी औसत ६५ प्रतिशत हाराहारी थियो । सन् २०१९ को पहिलो ६ महिनासम्म औसत ६० […]

निर्मला हत्या प्रकरण : चार प्रतिवेदन बने, हात लाग्यो शून्य

७ साउन, काठमाडौं । कञ्चनपुरस्थित भीमदत्त नगरपालिका–२, उल्टाखाम निवासी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको वर्ष दिन हुन लागेको छ । ०७५ साउन १० गते बलात्कारपछि हत्याको शिकार भएकी ९ कक्षामा पढ्ने बालिका निर्मलाका हत्यारा पत्ता लगाउन सरकारले गरेका ११ महिनाका प्रयास अहिलेसम्म खेर गएका छन् । एकातर्फ निर्मलाका हत्यारा पत्ता लगाउनु दूरहपूर्ण बनिरहेको […]

गृहमन्त्रीलाई डिलाको प्रश्न- निर्मलाका हत्यारा कहाँ छन् ?

७ साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले मंगलबार निर्मला पन्त प्रकरणमा राजनीतिकरण भएको आरोप लगाइरहँदा कांग्रेस सांसद डा. डिला संग्रौला अनलाइनखबरको स्टुडियोमा थिइन् । निर्मला पन्तको हत्या र बलात्कार प्रकरणमा नेपाली कांग्रेसले राजनीतिकरण गरेको गुनासो सरकारले सुरुदेखि नै गर्दै आइरहेको छ । यही सिलसिलामा मंगलबार गृहमन्त्री थापाले विपक्षीप्रति लक्षित गर्दै गुनासो मिसिएको प्रश्न गरे, […]

अपडेट : गुल्मीको पहिरोमा पुरिएर ११ जनाको मृत्यु

७ साउन, गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । २ जना अझैं बेपत्ता भएका छन् । सत्यवति गाउँपालिकाका २ वटा वडाका ३ घर पहिरोमा पुरिँदा ११ जनाको मृत्यु भएको हो । वडानम्बर ४ मा पर्ने लिम्घामा एकै घरका ८ जनाको मृत्यु भएको छ भने वडानम्बर ३ को ठूलो लुम्पेकमा ३ […]

निर्मला प्रकरण पहिलो होइन, भोलि पनि रहन्छ : गृहमन्त्री

७ साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्त प्रकरणको राजनीतिकरण भएको भन्दै असन्तुष्टि जनाएका छन् । गृह जोडिएको छ, अपराधीहरुलाई बचाउन खोज्यो भन्नु दुःखद भएको उनले बताए । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले निर्मला पन्तको बलात्कारपछि हत्याको घटना जघन्य अपराध भएको बताए । तर यस्ता घटनालाई पूर्णरुपमा रोक्न नसक्ने भन्दै उनले […]

‘क्लिन फिड’ तत्काल लागू नहुने गरी राष्ट्रिय सभामा काटकुट

७ साउन, काठमाडौं । नेपालमा प्रशारित विदेशी टेलिभिजनहरुलाई विज्ञापनरहित (क्लिन फिड) बनाउने उद्देश्यसहित सरकारले ल्याएको विज्ञापन नियमनसम्बन्धी विधेयक राष्ट्रिय सभामा काटकुट भएको छ । अहिले यो विधेयक प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा छलफलमा छ । मंगलबार पनि समितिमा यसबारे गर्मागर्मी बहस भयो । यो विधेयक राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट पास भएर प्रतिनिधि सभाको विकास तथा […]

यस्ता छन् काठमाडौंमा पहिलोपटक चल्ने बिजुली बस

७ साउन, काठमाडौं । सरकारले साझा यातायातमार्फत ३ सय वटा विद्युतीय बस ल्याउने तयारी गरिरहँदा एउटा निजी कम्पनी भने एक कदम अगाडि बढिसकेको छ । सुन्दर यातायात प्रालिले चीनबाट १८ वटासम्म बिजुली बस भित्र्याउन चिनियाँ बस निर्माता कम्पनी गोहाङ अटोमोबाइल कम्पनीसँग हालै सम्झौता गर्‍यो । सुन्दरले काठमाडौंसहित देशमा मुख्य शहरहरुलाई लक्षित गर्दै चीनको ‘बीएके’ ब्रान्डका […]

इटहरीका मेयरको नयाँ अभियान : पोखरी खोज्दै माछाका भुरा हाल्दै

७ साउन, इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले सार्वजनिक स्थानमा रहेका तर व्यक्तिले उपभोग गरिरहेका पोखरी उपमहानगरको मातहतमा ल्याउने अभियान सुरु गरेका छन् । त्यस्ता पोखरीहरु व्यक्तिले प्रयोग गरिरहेको भन्दै मेयर चौधरीले पोखरीमा माछाका भुरासमेत हाल्ने कामसमेत थालेका छन् । जमिन्दारहरुले पचासांै बर्षदेखि भोगचलन गर्दै आएका पोखरी उपमहानगर मातहत ल्याएर माछाका भुरा हाल्न थालिएको […]

पोखरामा विदेशीको ‘अवैध’ धन्धा : २ दिनमै ४ पक्राउ

७ साउन, पोखरा । बेलायती नागरिक रोय वल्स्टन कफ्ट त्यहाँका सरकारी जागिरे थिए । ‘डबल पेन्सन’ खाइरहेका उनलाई एउटै रहर थियो, बाँकी जीवन नेपालमै बिताउने । नेपालमा बस्ने रहरले नै उनले नेपाली केटीसँग बिहे पनि गरे । तर बिहेपश्चात रोयले बिहे गरेकी केटी बेलायत गएर बसिन् । नेपाली श्रीमती नेपाल आउनै नमानेपछि उनले सम्बन्धविच्छेद गरे […]

उच्च अदालतलाई चिनी कारखानाको जग्गा दिने तयारी

७ साउन, वीरगञ्ज । सरकारले २०७३ असोज ३ गते देशभरका पुनरावेदन अदालत उच्च अदालतमा परिणत हुँदा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा स्थापना गरियो । १५ न्यायाधीशको दरबन्दी रहेको यहाँ अहिले ११ जना कार्यरत छन् भने १३ जना अधिकृत र अन्य ४७ कर्मचारी छन् । अस्थायी इजलाश हुँदा सेवाग्राहीले विश्वास कम गर्ने गरेको अदालतका अधिकारीहरु […]

बालकमाथि यौन दुराचारको आरोपमा प्याराग्लाइडर पक्राउ

७ साउन, पोखरा । बालबालिकामाथि यौन दुराचार गरेको आरोपमा मंगलबार पोखरामा १ जना विदेशी नागरिक पक्राउ परेका छन् । अस्ट्रेलियाका ६३ वर्षीय थोमस अल्फ्रेड बेरिम्यान पक्राउ परेका कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए । कार्कीले प्रहरी केन्द्रीय अनुन्धान ब्युरो (सिआइबी) र कास्की प्रहरीले थोमस बस्दै आएको डिहिकोपाटनमा रहेको एक घरमा अनुसन्धान गर्न पुग्दा २ […]

भेहिकल ट्र्याकिङ सिष्टमबाट सरकार पछि नहट्ने, २० हजार व्यवसायी आवद्ध

७ साउन, काठमाडौं । सरकारले साउन १ गतेबाट लागू गरेको भेहिकल कन्साइनमेन्ट ट्र्याकिङ प्रणाली (भीसीटसएस) मा मंगलबारसम्म २० हजारभन्दा बढी व्यवसायी आवद्ध भएका छन् । राजश्व अनुसन्धान विभागका अनुसार व्यवसायीका गुनासाहरु आए पनि अनलाइन निगरानीको काम भने निरन्तर छ । प्रणालीमा आवद्ध हुने सम्बन्धमा आएका व्यवसायीका गुनासाहरुलाई सहजीकरण गर्दै भीएसटीएसको कार्यन्वयनमा विभाग लागेको विभागका महानिर्देशक […]

प्रधानन्यायाधीश जबरा र रुसी सर्वोच्च अदालतका अध्यक्षबीच भेटवार्ता

७ साउन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र नेपाल भ्रमणमा रहेका रुसी महासंघको सर्वोच्च अदालतका अध्यक्ष वैचेसलाभ एम लेवेदेवबीच मंगलबार भेटवार्ता भएको छ । भेटका क्रममा रुसी महासंघको सर्वोच्च अदालतका अध्यक्ष लेवेदेवले दुई देशको न्यायपालिकाको नेतृत्व तहमा भएका भेटघाट र अनुभवको आदानप्रदानबाट एक अर्काका कुरा सिकेर अबलम्बन गर्न सकिने बताए । उनले नेपालमा सर्वोच्च अदालतले […]

चट्याङ लागेर मोरङमा दुईजनाको मृत्य

७ साउन, विराटनगर । पछिल्लो २४ घण्टामा चट्याङ लागेर मोरङमा दुईजनाको मृत्यु भएको छ । सोमबार दिउँसो र मंगलबार बिहान वर्षासँगै परेको चट्याङ लागेर दुईजनाको मृत्यु भएको हो । चट्याङ लागेर एक हल गोरु पनि मरेका छन् । सोमबार दिउँसो मोरङको धनपालथान गाँउपालिकामा ५० वषिर्य श्याम मण्डलको पनि चट्याङ लागेर मृत्यु भएको थियो । खेत […]

विषादी परीक्षण सम्बन्धी भारतसँग नयाँ सम्झौताको तयारी

६ साउन, काठमाडौं । खाद्य सुरक्षाका विषयमा आपसी सहकार्य बढाउन नेपाल र भारतबीच आगामी महिना द्विपक्षीय सम्झौता हुने भएको छ । दुई देशको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको समझदारीको प्रस्तावनामा नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र भारतको खाद्य सुरक्षा तथा मापदण्ड आयोगबीच सहकार्य गर्ने उल्लेख छ । आगामी अगष्टमा विशेष दिन पारेर सम्झौता पत्रमा […]

हनी ट्र्यापिङ : ४० लाख असुल्न खोज्ने चार जना पक्राउ

७ साउन, झापा । युवतीलाई प्रयोग गरेर ब्यापारीसँग ४० लाख रुपैयाँ मागेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हनी ट्रयापिका लागि प्रयोग भएकी ऋतु फियाक लिम्बु र योजनाकार सुजन शंकरसमेत छन् । यसरी फसे जालमा झापाको बिर्तामोडमा सीसा पसल चलाउँदै आएका रामप्रसाद (नाम परिवर्तन) लाई २८ असारमा जया खान नामक युवतीको फोन […]



from समाचार – Online Khabar https://ift.tt/2XYERNz
via IFTTT
Powered by Blogger.