Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

नगरप्रमुखविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित छ पक्राउ

८ साउन, खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असार ३१ गते आयोजित नगरसभाप्रति असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरुले बुधबार बिहान चक्काजाम गर्न खोजेका थिए । चक्काजाममा सहभागी वडा नं ५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी, वडा नं ७ का वडाध्यक्ष चइन्द्र […]

बैतडीमा जिप दुर्घटना, १ को मृत्यु, दुई घाइते

८ साउन, डोटी । बैतडीको खोडपेमा आज बिहान एक यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ग१ज ५२२४ नंको याुत्रवाहक जिप बैतडीको पाटन नगरपालिका–८, आरुवाटा भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा दार्चुला जिल्ला महाकाली नगरपालिका वडा नं ९ बस्ने अन्दाजी ३५ वर्षीय ईश्वरी नागरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका […]

हेटौंडामा बाढी, बस्ती डुबे

८ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको वडा नं. ५ र १० का केही बस्ती डुबानमा परेका छन् । अविरल वर्षापछि खोलामा आएको बाढी गाउँमा पसेपछि उपमहानगरको गर्दोही, शान्तिनगर, पिप्ले क्षेत्र डुबानमा परेको हो । प्रहरीले समयमा नै प्रभावितहरूलाई सुरक्षित स्थानमा सारेकाले मानवीय क्षति भने भएको छैन । यसैबीच, हेटौंडाको शिवम् सिमेन्टमा सामान पुर्‍याएर फर्कंदै गरेको […]

मौद्रिक नीति आज आउने

८ साउन, काठमाडौं । चालु आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीति आज बुधबार सार्वजनिक हुने भएको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिबाकोटीले बुधबार अपराह्न ४ बजे र्‍याडिसन होटल, लाजिम्पाटमा मौद्रिक नीति सार्वजनिक हुने जानकारी दिए । ‘हाम्रो सञ्चालक समितिबाट मौद्रिक नीति पारित भइसकेको छ’, राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले भने, ‘साँझ ४ […]

सशस्त्र प्रहरीका १५१ डीएसपीको सरुवा (नामावलीसहित)

८ साउन, काठमाडौं । सशस्त्र प्रहरीले १५१ डीएसपीको एकैपटक सरुवा गरेको छ । प्रशासनिक दृष्टिकोण तथा आवश्यकताअनुसार उनीहरुको सरुवा गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले अभिलेख राख्न आग्रह गर्दै राष्ट्रिय किताबखानालाई लेखेको पत्रमा उनीहरुले साउन महिनादेखि नै सरुवा गरिएकै स्थानबाट तलब भत्ता र राशन पाउने उल्लेख छ । हेर्नुहोस् सरुवा […]

ब्रिटेनका नयाँ प्रधानमन्त्री : साइकलका सौखिन, ‘लभ अफेयर’ लुकाउँदा दण्डित

८ साउन, काठमाडौं । बोरिस जोन्सन ब्रिटेनको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । ब्रेक्जिट विवादका कारण टेरिजा मेले पद त्यागेपछि बोरिसले बुधबार ब्रिटेनको सत्ता सम्हाल्दै छन् । सत्ताधारी कन्जर्भेटिभ पाटीको नेताको लागि भएको चुनावमा बोरिसको प्रतिस्पर्धा जेरेमी हन्टसँग भएको थियो । अन्ततः यो प्रतिस्पर्धामा बोरिस सफल भए । प्रधानमन्त्रीको बागडोर सम्हाल्न लागेका बोरिसको जीवन उतारचढावले […]

हडसनले गरे चेल्सीसँग पाँच वर्षे सम्झौता

८ साउन, काठमाडौं । क्यालम हडसन ओडोईले चेल्सीसँग पाँच वर्षका लागि नयाँ सम्झौता गरेका छन् । १८ वर्षीय हडसनले साताको एक लाख पाउण्ड पाउने गरी चेल्सीसँग पाँच वर्षका लागि नयाँ सम्झौता गरेका हुन् । चोटकै कारण मैदानबाहिर रहँदै आएका उनले चेल्सीबाट गएको सिजनमा २४ खेल मात्रै खेले । जसमा उनले पाँच गोल गर्न भने सफल […]

मैनबत्ती बालेर विद्युत् उत्पादनगृह रुँग्दै कर्मचारी

८ साउन, पर्वत । ग्राहकका घरघरमा उज्यालो पुर्याउन विद्युत् उत्पादन गर्ने विद्युतगृहमा नै बिजुली छैन भन्दा अनौठो मान्नु होला, तर यो वास्ताविकता हो । बिजुली उत्पादन गर्ने पर्वतको मोदी गाउँपालिकास्थित पातीखोला जलविद्युत् आयोजनाका कर्मचारी विद्युतगृहमै मैनबत्ती बालेर बस्न बाध्य छन् । पातीखोला जलविद्युत् आयोजनाको प्रसारण लाइन मर्मत गर्न स्थानीयवासीले अवरोध गरेपछि विद्युत् उत्पादन गर्न नसक्दा […]

राष्ट्रिय गौरवका आयोजनामा ८९ प्रतिशत खर्च, प्रगति कति ?

८ साउन, काठमाडौं । सरकारले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा राष्ट्रिय गौरवका आयोजनामा करीव ७७ अर्ब रुपैयाँ खर्च गरेको छ । विनियोजित कुल रकममा यो खर्च औसत ८९ प्रतिशत हो । देशको अर्थतन्त्रलाई नै माथि उठाउने भनेर सरकारले महत्व दिएका आयोजनाहरुको प्रगति गत आवमा सन्तोषजनक छैन । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल होस या दू्तमार्ग, मेलम्ची खानेपानी […]

फेरि सडकभरि खाल्डैखाल्डा, सरकार घाम कुर्दै

८ साउन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट ल्याएको भोलिपल्टै अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गरेर भनेका थिए, ‘तपाईंहरु एक रुपैयाँ तिर्नुस्, खाल्डोबाट हामी जोगाउँछौं ।’ बजेटमा सडक सुधारका लागि भन्दै डिजेल तथा पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ‘सडक सुधार कर’ लगाएका खतिवडाले अब खाल्डो भएको सडकमा हिँड्न र सवारी गुडाउनु नपर्ने बताएका थिए । बजेट आएको […]

ठूला होटलको बाढी, ४० प्रतिशत कोठा खाली

८ साउन, काठमाडौं । पर्यटक बढ्ने आशामा नेपालमा ठूलो लगानीका तारे होटलहरु खोल्ने क्रम बढिरहेको छ । तर, अहिले भएकै होटलहरु पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांक अनुसार सन् २०१८ मा होटेलको अकुपेन्सी औसत ६५ प्रतिशत हाराहारी थियो । सन् २०१९ को पहिलो ६ महिनासम्म औसत ६० […]

निर्मला हत्या प्रकरण : चार प्रतिवेदन बने, हात लाग्यो शून्य

७ साउन, काठमाडौं । कञ्चनपुरस्थित भीमदत्त नगरपालिका–२, उल्टाखाम निवासी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको वर्ष दिन हुन लागेको छ । ०७५ साउन १० गते बलात्कारपछि हत्याको शिकार भएकी ९ कक्षामा पढ्ने बालिका निर्मलाका हत्यारा पत्ता लगाउन सरकारले गरेका ११ महिनाका प्रयास अहिलेसम्म खेर गएका छन् । एकातर्फ निर्मलाका हत्यारा पत्ता लगाउनु दूरहपूर्ण बनिरहेको […]

अपडेट : गुल्मीको पहिरोमा पुरिएर ११ जनाको मृत्यु

७ साउन, गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । २ जना अझैं बेपत्ता भएका छन् । सत्यवति गाउँपालिकाका २ वटा वडाका ३ घर पहिरोमा पुरिँदा ११ जनाको मृत्यु भएको हो । वडानम्बर ४ मा पर्ने लिम्घामा एकै घरका ८ जनाको मृत्यु भएको छ भने वडानम्बर ३ को ठूलो लुम्पेकमा ३ […]

निर्मला प्रकरण पहिलो होइन, भोलि पनि रहन्छ : गृहमन्त्री

७ साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्त प्रकरणको राजनीतिकरण भएको भन्दै असन्तुष्टि जनाएका छन् । गृह जोडिएको छ, अपराधीहरुलाई बचाउन खोज्यो भन्नु दुःखद भएको उनले बताए । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले निर्मला पन्तको बलात्कारपछि हत्याको घटना जघन्य अपराध भएको बताए । तर यस्ता घटनालाई पूर्णरुपमा रोक्न नसक्ने भन्दै उनले […]

‘क्लिन फिड’ तत्काल लागू नहुने गरी राष्ट्रिय सभामा काटकुट

७ साउन, काठमाडौं । नेपालमा प्रशारित विदेशी टेलिभिजनहरुलाई विज्ञापनरहित (क्लिन फिड) बनाउने उद्देश्यसहित सरकारले ल्याएको विज्ञापन नियमनसम्बन्धी विधेयक राष्ट्रिय सभामा काटकुट भएको छ । अहिले यो विधेयक प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा छलफलमा छ । मंगलबार पनि समितिमा यसबारे गर्मागर्मी बहस भयो । यो विधेयक राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट पास भएर प्रतिनिधि सभाको विकास तथा […]

यस्ता छन् काठमाडौंमा पहिलोपटक चल्ने बिजुली बस

७ साउन, काठमाडौं । सरकारले साझा यातायातमार्फत ३ सय वटा विद्युतीय बस ल्याउने तयारी गरिरहँदा एउटा निजी कम्पनी भने एक कदम अगाडि बढिसकेको छ । सुन्दर यातायात प्रालिले चीनबाट १८ वटासम्म बिजुली बस भित्र्याउन चिनियाँ बस निर्माता कम्पनी गोहाङ अटोमोबाइल कम्पनीसँग हालै सम्झौता गर्‍यो । सुन्दरले काठमाडौंसहित देशमा मुख्य शहरहरुलाई लक्षित गर्दै चीनको ‘बीएके’ ब्रान्डका […]

इटहरीका मेयरको नयाँ अभियान : पोखरी खोज्दै माछाका भुरा हाल्दै

७ साउन, इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले सार्वजनिक स्थानमा रहेका तर व्यक्तिले उपभोग गरिरहेका पोखरी उपमहानगरको मातहतमा ल्याउने अभियान सुरु गरेका छन् । त्यस्ता पोखरीहरु व्यक्तिले प्रयोग गरिरहेको भन्दै मेयर चौधरीले पोखरीमा माछाका भुरासमेत हाल्ने कामसमेत थालेका छन् । जमिन्दारहरुले पचासांै बर्षदेखि भोगचलन गर्दै आएका पोखरी उपमहानगर मातहत ल्याएर माछाका भुरा हाल्न थालिएको […]

पोखरामा विदेशीको ‘अवैध’ धन्धा : २ दिनमै ४ पक्राउ

७ साउन, पोखरा । बेलायती नागरिक रोय वल्स्टन कफ्ट त्यहाँका सरकारी जागिरे थिए । ‘डबल पेन्सन’ खाइरहेका उनलाई एउटै रहर थियो, बाँकी जीवन नेपालमै बिताउने । नेपालमा बस्ने रहरले नै उनले नेपाली केटीसँग बिहे पनि गरे । तर बिहेपश्चात रोयले बिहे गरेकी केटी बेलायत गएर बसिन् । नेपाली श्रीमती नेपाल आउनै नमानेपछि उनले सम्बन्धविच्छेद गरे […]

उच्च अदालतलाई चिनी कारखानाको जग्गा दिने तयारी

७ साउन, वीरगञ्ज । सरकारले २०७३ असोज ३ गते देशभरका पुनरावेदन अदालत उच्च अदालतमा परिणत हुँदा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा स्थापना गरियो । १५ न्यायाधीशको दरबन्दी रहेको यहाँ अहिले ११ जना कार्यरत छन् भने १३ जना अधिकृत र अन्य ४७ कर्मचारी छन् । अस्थायी इजलाश हुँदा सेवाग्राहीले विश्वास कम गर्ने गरेको अदालतका अधिकारीहरु […]

बालकमाथि यौन दुराचारको आरोपमा प्याराग्लाइडर पक्राउ

७ साउन, पोखरा । बालबालिकामाथि यौन दुराचार गरेको आरोपमा मंगलबार पोखरामा १ जना विदेशी नागरिक पक्राउ परेका छन् । अस्ट्रेलियाका ६३ वर्षीय थोमस अल्फ्रेड बेरिम्यान पक्राउ परेका कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए । कार्कीले प्रहरी केन्द्रीय अनुन्धान ब्युरो (सिआइबी) र कास्की प्रहरीले थोमस बस्दै आएको डिहिकोपाटनमा रहेको एक घरमा अनुसन्धान गर्न पुग्दा २ […]

भेहिकल ट्र्याकिङ सिष्टमबाट सरकार पछि नहट्ने, २० हजार व्यवसायी आवद्ध

७ साउन, काठमाडौं । सरकारले साउन १ गतेबाट लागू गरेको भेहिकल कन्साइनमेन्ट ट्र्याकिङ प्रणाली (भीसीटसएस) मा मंगलबारसम्म २० हजारभन्दा बढी व्यवसायी आवद्ध भएका छन् । राजश्व अनुसन्धान विभागका अनुसार व्यवसायीका गुनासाहरु आए पनि अनलाइन निगरानीको काम भने निरन्तर छ । प्रणालीमा आवद्ध हुने सम्बन्धमा आएका व्यवसायीका गुनासाहरुलाई सहजीकरण गर्दै भीएसटीएसको कार्यन्वयनमा विभाग लागेको विभागका महानिर्देशक […]



from समाचार – Online Khabar https://ift.tt/32N7ThL
via IFTTT
Powered by Blogger.