समाचार
१६ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पार्टी मुख्यालय धुम्बाराहीमा बस्दैछ । यसअघि प्रधानमन्त्रीको सरकारी निवासमा बस्दै आएको सचिवालय बैठक आज दिउँसो एक बजे धुम्बाराहीमा बस्ने तय भएको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका कारण बालुवाटारमा स्थायी कमिटी र सचिवालयको बैठक बस्दै आए पनि मंसिर १३ […]
१६ मंसिर, काठमाडौं । प्रहरीले बहुमूल्य वन्यजन्तु सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले काठमाडौँ महानगरपालिका–२९ स्थित मैतीदेवी पेट्रोलपम्प नजिक गुडिरहेको बा २ ज ६५७ नम्बरको भाडाको ट्याक्सीमा सालकको खपटा ओसारपसार गरिरहेको अवस्थामा सोमबार पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले सालकको […]
१६ मंसिर, इलाम । यस वर्ष हिउँदको समयमा रोप्ने आलुको बीउ हाराहार भएपछि किसान चिन्तित देखिएका छन् । कोरोनाले भारतबाट आलु नआएपछि व्यवसायीले गाउँ पसेर नै आलु किन्नुपर्दा अहिले बीउसमेत नभएको हो । गएका वर्षहरुमा आलु नबिक्दा प्रशस्त मात्रामा आलुको बीउ रहन्थ्यो । तर यस वर्ष भाउ आएसँगै आलु बिकेकाले बीउ आलु सङ्कट भएको हो […]
१६ मंसिर, काठमाडौं । नेपालका ए डिभिजन फुटबल क्लबहरु एएफसीको क्लब लाइसेन्सका लागि अयोग्य भएका छन् । नेपालका शीर्ष डिभिजनका १३ क्लबले लाइसेन्सका लागि आवेदन दिएका थिए । तर एएफसीले उक्त आवेदन अस्वीकार गरेको छ । यसको अर्थ नेपालका शीर्ष क्लबहरु कुनैले पनि अब २०२१ मा एएफसीले आयोजना गर्ने फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने छैनन् […]
१६ मंसिर, काठमाडौं । नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो । संविधान सभाको पहिलो बैठकले २०६४ मा राजतन्त्रको अन्त्यको घोषणा गर्दै विधिवतरुपमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको घोषणा गरेको थियो । […]
१६ मंसिर, बुटवल । रुपन्देही र कपिलवस्तुका थप एक–एक जना कोरोना संक्रमितको बुटवलमा मृत्यु भएको छ । बुटवल–७ की ५३ वर्षीया महिला र कपिलवस्तुको चन्द्रौटाकी ५० वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएकी कपिलवस्तुकी महिला मंसिर १५ गते अस्पताल भर्ना भएकी थिइन् । […]
१६ मंसिर, काठमाडौं । मुस्ताङको कोरलामा सुख्खा बन्दरगाह निर्माण गर्न सरकारले अध्ययन थालेको छ । चीनसँगको तेस्रो नाकाबाट दुई देशीय व्यापार अभिवृद्धि गर्न बन्दरगाह निर्माणको अध्ययन सुरु भएको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । कोरला पासको भौगोलिक अवस्था र उपयुक्त भूमि पहिचान गरी सुख्खा बन्दरगाहको काम अघि बढाउन परामर्शदातासँग करार सम्झौता गरिएको विकास समितिका […]
१६ मंसिर, चितवन । चितवनमा सन् २०२० को दश महिनामा ६७ जना नयाँ एचआईभी संक्रमित थपिएका छन् भने, १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १० जना पुरुष र ६ महिला छन् । मृत्यु हुनेमध्ये एक संक्रमित पुरुषलाई कोरोना भाइरसको संक्रमणसमेत भएको थियो । भरतपुर अस्पतालमा रहेको एचआइभी उपचार केन्द्र (एआरटी सेन्टर)का अनुसार गएको […]
१६ मंसिर, काठमाडौं । इजरायल र निर्वासित विपक्षी समूहले रिमोटबाट नियन्त्रित बन्दुक प्रहार गरेर परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहलाई हत्या गरेको इरानले जनाएको छ । इरानका परमाणु वैज्ञानिक मोहसिनको गत शुक्रबार राजधानी तेहरान नजिकैको अबसार्ड शहरमा गत शुक्रबार गोली हानी हत्या भएको थियो । तेहरानमा मोहसिनको सोमबार अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिको क्रममा इरानका सुरक्षा प्रमुख […]
१५ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘शोभनीय भएन, संक्रमण फैलिने भयो, महानगरको पनि बेइज्जत भयो’ भन्दै नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी प्रभावित भोका नागरिकलाई रत्नपार्क र खुलामञ्च क्षेत्रमा खाना खुवाउन प्रतिबन्ध लगायो । रत्नपार्क नजिकै रहेको वीर अस्पताल अगाडिको दृश्य देख्नुभयो भने महानगरका पदाधिकारीलाई भन्दा बढी लाज आम नागरिकलाई लाग्छ । न यो बर्खा हो […]
१५ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । कास्कीका ४, ललितपुरका २, काठमाडौं, सिन्धुली, काभ्रे, धादिङ, स्याङ्जा र कञ्चनपुरका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जनाएका छन् । पोखरा महानगरपालिका–३, कास्कीका ६५ वर्षीय पुरूषको आइतबार दिउँसो ४:३३ बजे पोखरा स्वास्थ्य विज्ञान […]
१५ मंसिर, काठमाडौं । नेपाल प्रहरीमा थप गरिएको एउटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार साँझ गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । योसँगै हालका आईजीपी शैलेश थापा क्षेत्रीको अवकाश भएपछि महानिरीक्षक […]
१५ मंसिर, पोखरा । लमजुङको राइनास नगरपालिकाको २३ फागुन २०७३ मा बसेको बैठकले वडा नम्बर ६ को धमिलिकुवा स्वास्थ्य चौकीको स्तरोन्नति निर्णय गर्यो । नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आइनसकेका कारण तत्कालीन कार्यकारी अधिकृत नुराराज कडरियाको अध्यक्षमा बसेको बैठकले धमिलिकुवा स्वास्थ्य चौकीको स्तरोन्नति गर्ने निर्णय गरेर पठायो । जिल्ला समन्वय समिति, स्वास्थ्य विभाग, स्वास्थ्य मन्त्रालय हुँदै […]
१५ मंसिर, काठमाडौं । देशभरका ३०९ वटा पालिकामा सोमबार ५ देखि १५ शैय्याका आधारभूत अस्पतालको एकसाथ शिलान्यास गरिएको छ । स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पुर्याउन सरकारले ३९६ स्थानीय तहमा अस्पताल बनाउनका लागि ५७ अर्ब ९७ करोड बजेटको स्रोत सुनिश्चित गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार जग्गा प्राप्ति भइसकेका स्थानहरुमा अस्पतालको शिलान्यास […]
१५ मंसिर, काठमाडौं । युवा पुस्ताका लेखक एवं साहित्यकार युग पाठक नेपाली साहित्य एवं वौद्धिक क्षेत्रमा चिरपरिचित नाम हो । वौद्धिक विमर्शमा पाठकले फरक धारको पहिचान बनाएका छन् । नेपालको वौद्धिक क्षेत्र मध्यमस्तरको अर्थात औषत बुद्धिजीवीहरुको हातमा रहेको पाठकको विश्लेषण छ । उनी भन्छन्, ‘विडम्वना भन्नुपर्छ, हाम्रो बौद्धिक उत्पादनको हिस्सा केही मेडियोकर (औषत) बुद्धिजीविको हातमा […]
१५ मंसिर, काठमाडौं । चक्रपथको कलंकी–महाराजगञ्ज–धोबीखोला खण्ड विस्तारका क्रममा स्वयम्भू क्षेत्रभित्रका केही संरचना हटाउनपर्ने भएको छ । यसलाई सम्पदा प्रेमीहरुले ‘विश्वसम्पदा क्षेत्र अतिक्रमण गर्ने योजना’ भनेका छन् । सडक विभाग र काठमाडौं महानगरपालिकाले स्वयम्भू क्षेत्रको सीमा छुट्याउने स्तम्भ, हातले घुमाउने माने, हजार मूर्तिसहतिको स्तुप (साङ्गे तोङ्कु) भत्काउने तयारी गरेपछि स्थानीयले विरोध थालेका छन् । विरोध […]
१५ मंसिर, काठमाडौं । सोमबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल थियो । छलफलमा सांसदहरुले विधेयकमा रहेको संघीय र प्रादेशिक कारागारसम्बन्धी व्यवस्थामा प्रश्न उठाए । प्रस्तावित विधेयकमा संघीय सरकार र प्रदेश सरकार मातहत रहने गरी दुई किसिमको कारागारको परिकल्पना गरिएको छ । तर सांसदहरुले दुईथरि […]
१५ मंसिर, काठमाडौं । पत्रयुद्ध गरेर एकअर्कामाथि आरोप लगाइरहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरु सचिवालय बैठकको पूर्वसन्ध्यामा भित्रभित्रै आ–आफ्नो गुटको रणनीति तयार पार्न व्यस्त देखिएका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले सचिवालय बैठकमा पेस भएका सबै डकुमेन्टहरु स्थायी कमिटीमा लैजाने तयारी गरेको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली पक्ष […]
१५ मंसिर,बुटवल । रुपन्दहीको तिलोत्तमा–१७ स्थित वीपी ग्राममा १५ शैय्याको अस्पताल भवनको शिलान्यास भएको छ । सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहले सोमबार एक कार्यक्रमका बीच अस्पताल भवनको शिलान्यास गरेका छन् । १८ करोड ४४ लाख रुपैयाँको लागतमा अस्पताल भवन बन्न लागेको हो । तिलोत्तमा नगरपालिकामा यो दोस्रो १५ शैय्याको सरकारी अस्पताल शिलान्यास भएको हो […]
१५ मंसिर, काठमाडौं । काठमाडौंमा सोमबार राजतन्त्रको पक्षमा प्रदर्शन भएको छ । राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिको नाममा भएको प्रदर्शनका सहभागीले पृथ्वीनारायण शाहको तस्वीर अंकित प्लेकार्ड बोकेका थिए । त्यस्तै प्रदर्शनकारीले हातमा राष्ट्रिय झण्डा पनि बोकेका थिए । माइतीघरदेखि नयाँ वानेश्वरसम्म गरिएको प्रदर्शनका सहभागीले राजा आऊ, देश बचाऊजस्ता नारा पनि लगाएका थिए । […]
१५ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौं उडानका लागि अनुमति दिने तयारी गरेको छ । १० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको एयर बबल स्वीकार गर्ने निर्णय गरेको थियो । अरु देशको हकमा भने मन्त्रालयले आवश्यकताका आधारमा उडान सञ्चालन अनुमति दिनसक्ने मन्त्रिपरिषद्को निर्णय छ । अब नेपाल नागरिक […]
from समाचार – Online Khabar https://ift.tt/3lpRPuv
via IFTTT





















