समाचार
१५ पुस, काठमाडौं । सरकारले २० प्रतिशत जनसंख्यालाई पुग्ने कोभिड–१९ विरुद्धको खोप भारतबाट खरिद गर्नका लागि औपचारिक प्रक्रिया शुरु गरेको छ । खोप खरिदका लागि सहजीकरण गर्न भन्दै परराष्ट्र मन्त्रालयले भारतलाई हालै औपचारिक पत्र नै पठाएको छ । खोप खरिदका लागि पत्र मार्फत भारतलाई औपचारिक रुपमा आग्रह गरिएको भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले अनलाइनखबरलाई […]
१५ पुस, बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको शुद्धोधन गाउपालिका १ का ७० वर्षीय पुरुषको बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो । मंसिर २८ गते कोरोना संक्रमण भएका ती पुरुष पुस १४ गते अस्पताल भर्ना भएकामा बुधबार बिहान सवा ५ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता […]
१५ पुस, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेकपाको सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण आज काठमाडौंमा हुँदै छ । आज दिउँसो १२ बजे कार्की ब्यांक्वेट बबरमहलमा ओली समूहले कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम राखेको हो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली आफैं उपस्थित हुने चर्चा छ । यसअघि कार्की ब्यांक्वेटमै दुई दिनसम्म प्रचण्ड–माधव नेपाल […]
१५ पुस, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उपलब्ध सचिवालय सदस्य र स्थायी कमिटीको संयुक्त बैठक आज बस्दै छ । सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम तय गर्न आज दिउँसो १२ बजे पेरिसडाँडास्थित कार्यालयमा बैठक बस्न लागेको हो । बैठकपछि दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी आन्दोलनका थप कार्यक्रम […]
१५ पुस, काठमाडौं । आज गुरुङ समुदायले तमु ल्होसार र किराँत समुदायले उधौली पर्व मनाउँदैछन् । यसै अवसरमा राष्ट्रपति, उपराष्ट्रपतिलगायतले शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् । यी पर्वले इष्टमित्र तथा आफन्तबीच भेटघाट एवं मेलमिलापको अवसरसमेत […]
१५ पुस, काठमाडौं । चीनको युनान विश्वविद्यालयका प्रोफेसर युआन छुनले नेपालका राजनीतिक दलहरुको बारेमा अध्ययन र अनुसन्धान गरिरहेका छन् । उनले लामो समयदेखि नेपालको कम्युनिष्ट आन्दोलनलाई नजिकबाट नियालीरहेका छन् । यसै सन्दर्भमा अनलाइनखबरले उनीसँग नेकपाको विभाजन लगायतका विषयमा कुराकानी गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनलाई तपाईंले कसरी हेर्नु भएको छ ? मे १७, […]
१५ पुस, काठमाडौं । कवि एवं गीतकार भूपाल राई मूलतः संस्कृतिकर्मी हुन् । लोकप्रिय गीतकारको परिचय बनाएका उनी समावेशिता, धर्मनिरपेक्षता र पहिचानको आन्दोलनमा चार दशकदेखि सक्रिय छन् । ‘सुम्निमाको तस्वीर’, ‘दाजै ! कविता गाउँमै छ’ लगायत चारवटा कवितासंग्रह तथा ‘पूर्वै जाने रेल’, ‘खोइ त बुटजुत्ता’ जस्ता दर्जनौं लोकपि्रय गीतका स्रष्टा राई साहित्यलाई प्रतिरोधको अस्त्र मान्छन् […]
१३ पुस, वीरगञ्ज । किसानले नपाइरहेका बेला सिर्सिया सुक्खा बन्दरगाहमा अलपत्र रहेको रासायनिक मल भने नष्ट गरिने भएको छ । भिजेको डीएपी मलको गुणस्तर जाँच गरिने र प्रयोगमा ल्याउन नमिल्ने जति मल नष्ट गर्न गर्ने तयारी गरिएको छ । भिजेको मलले गोदाममात्रै ओगटेका कारण त्यसको व्यवस्थान गर्न लागिएको सिर्सिया सुख्खा बन्दरगाह कार्यालयले जनाएको छ । […]
१५ पुस, काठमाडौं । आज बुधबार मंसिर पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिन विभिन्न जातजातिका पर्वहरु परेका छन् । आज सुदूरपूर्वका किरातदेखि कर्णाली प्रदेशको विकट क्षेत्रका बासिन्दाले समेत एकैदिन आ-आफ्ना पर्वहरु मनाउँदैछन् । सामान्यतया मंसिर वा पुसको पहिलो सातामा पर्ने धान्य पूर्णिमा यो वर्ष अधिकमासका कारण पुस १५ मा परेको हो । आजकै दिन नेवार समुदायले […]
१५ पुस, काठमाडौं । यःमरि च्वामु,उकिइ दुने हामु, व्युम्ह ल्यासे, मब्युम्ह सितिकुती बुढी… अर्थात् चुच्चो यःमरिभित्र तिल छ, दिए तरुनी हुन्छ्यौ, नदिए कुप्री चाउरी हुन्छ्यौ ! यो गीत पहिले–पहिले भक्तपुर क्षेत्रमा गाउने गरेको योमरी पुन्हीको विशेष गीत हो । भक्तपुरका संस्कृतिविद् विनोदराज शर्माका अनुसार पहिले–पहिले योमरी बनाउने घरमा योमरी माग्नका लागि युवायुवतीहरूको भिड लाग्थ्यो । माथि […]
१४ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार साँझ ६ बजेपछि आधा घण्टा विद्युत आपूर्ति अवरुद्ध भयो । धेरैलाई लाग्यो, पछिल्लो समय जस्तै प्राविधिक समस्याले विद्युत आपूर्ति अवरुद्ध भएको होला । नेपाल विद्युत प्राधिकरणका अनुसार सोमबार अन्य दिन जसरी लाइन गएको थिएन, यो ‘फोर्स लोडसेडिङ’ थियो । विगतमा लाइन जाँदा प्राधिकरणले प्राविधिक समस्या मात्रै भएको र […]
१४ पुस, कैलाली । मंगलबार पदबाट बर्खास्त भएका सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले मुख्यमन्त्री त्रिलोचन भट्टको पद पनि सुरक्षित नभएको दाबी गरेका छन् । ‘मलाई राजनीतिक पूर्वाग्रह राखेर जिम्मेवारीबाट हटाइयो,’ अनलाइनखबरसँग उनले भने, ‘अर्काे पक्षले पनि त बहुमत बनाउँला । उहाँको पद पनि सुरक्षित रहन्छ भन्ने छैन ।’ बोहरा प्रदेश सरकारमा […]
१४ पुस, काठमाडौं । बक्यौता माग गर्दै १६ दिनसम्म माइतीघरको आन्दोलनमा सहभागी ६५ वर्षीय उखु किसानको हृदयघातका कारण मंगलबार निधन भएको छ । सर्लाही धनकौल छोटवल टोलका नारायण राय यादवको मंगलबार बिहान शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको आन्दोलनमा सहभागी अर्का किसान मुकेश ठाकुरले बताए । उनलाइ मंगलबार विहान हृदयघात भएको थियो […]
१४ पुस, काठमाडौं । गृह मन्त्रालयले मंगलबार ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गर्यो । बढुवा सिफारिसमा हालका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीका ब्याजी डा. देवबहादुर बोहोरा चौथो नम्बरमा परेका थिए । बढुवा सिफारिसमा परेको खुसीयालीमा उनले कमलपोखरीमा रहेको आँगन स्वीट्समा गएर मिठाइ किनेर बाँड्न थाले […]
१४ पुस, बुटवल । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओली पतन हुने बाटोमा अघि बढेको बताएका छन् । प्रतिनिधि सभा असंवैधानिक तरिकाले विघटन गरेर ओली निरंकुश शासन बन्न खोजेकाले उनको पतन निश्चित भएको यादवको दावी छ । मंगलबार भैरहवामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले निरंकुश शासक बन्ने चाहनाले […]
१४ पुस, वीरगञ्ज । भटमासको तेललाई तिलको तेल भनेर बिक्री गर्ने वीरगञ्जका दुई जना ब्यापारी पक्राउ परेका छन् । वीरगञ्ज आदर्शटोलमा सञ्चालित शिवशक्ति रिप्याकिङ उद्योगका सञ्चालक दीपक कुमार वर्णवाल र दिव्य रिप्याकिङ उद्योगका सञ्चालक राजन कुमार वर्णवाल पक्राउ परेका हुन् । दीपकले भाइ सन्दीपकुमार अग्रवालको नाममा उद्योग दर्ता गरेर सञ्चालन गर्दै आएका थिए । १५ […]
१४ पुस, काठमाडौं । नेपालमा अकस्मात् विकसित राजनीतिक घटनाक्रमबारे ‘फस्ट हेन्ड’ सूचना लिन आइतबार नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ यैचो नेतृत्वको टोलीले राजनीतिक भेटघाट सम्पन्न गरेको छ । चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र शेरबहादुर देउवासँग बेग्लाबेग्लै छलफल गरेको […]
१४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरिन् । यो कदमलगत्तै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका सात मन्त्रीले सामुहिक राजीनामा दिए । अर्थात्, ओलीको क्याबिनेटमा सातवटा मन्त्रालय खाली भए । केपी ओलीलाई पञ्चायतकालदेखि नै साथ दिँदै आएका पूर्वएमालेका त्यागी नेताहरुले रिक्त मन्त्रालयमा नेतृत्व […]
१४ पुस, रोल्पा । निवर्तमान मन्त्री एवं नेकपा प्रचण्ड–माधव समूहका नेता वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीमाथि गैरकानूनीरुपमा राजनीतिक दलका नेताहरुको टेलिफोन ट्यापिङ गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध मंगलबार रोल्पाको लिवाङमा आयोजित सभामा बोल्दै पुनले नेताहरुलाई तर्साउन प्रधानमन्त्रीले त्यस्तो गरेको आरोप लगाए । ‘सबै नेताहरुको टेलिफोन ट्यापिङ भइरहेको छ, नेताहरुले फोनमा गोप्य कुरा गर्न […]
१४ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको नाम सम्बन्धी विवादमा सर्वोच्च अदालतमा दर्ता भएको रिटमा मंगलबार पेशी चढे पनि सुनुवाई नभई स्थगित भयो । निर्वाचन आयोगलाई विपक्षी बनाएर ऋषिराम कट्टेलले २१ मंसिर २०७५ मा दर्ता गरेको यो रिटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएका बेला पेसी चढेको हो । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी […]
१४ पुस, काठमाडौं । तपाईं परीक्षा दिँदै हुनुहुन्छ र त्योबेला कसैले हल्ला गर्यो भने के गर्नुहुन्छ ? सामान्यतया परीक्षा हलमा हल्ला हुँदैन वा गर्न दिइँदैन । त्यही भएर सामान्तः हल्ला नहुने वातावरण सम्बन्धित विद्यालय वा कलेजले मिलाएकै हुन्छ । तर, मंगलबार काठमाडौंमा फरक दृश्य देखियो । प्रदर्शनीमार्गस्थित रत्नराज्य (आरआर) लक्ष्मी क्याम्पसमा अध्यनरत स्नातकोत्तर तह दोस्रो […]
from समाचार – Online Khabar https://ift.tt/34WKRYu
via IFTTT