समाचार
११ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५४३४ नमुना परीक्षण गर्दा २१३ महिला र २८७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको सख्ंया २ लाख ५७ हजार ७०० पुगेको छ । उनीहरुमध्ये २ लाख ४९ हजार १३२ जना संक्रमणमुक्त भएका […]
११ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक समाजले माइतीघर मण्डलामा प्रर्दशन गरेका छन् । प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलनको व्यानरमा शनिबार भएको प्रदर्शनमा सहभागीहरुले संसद विघटनको विरोध गरे । प्रदर्शनमा सहभागीहरुले सबै विमतीको संविधानभित्रैबाट समाधान खोज्नुपर्ने बताएका छन् । प्रदर्शनमा सहभागीहरुले ‘समृद्धिको यात्रा, ओलीको गाईजात्रा’, ‘म नागरिक संविधानको पालक, नेताज्यू तपाई नि ?’, ‘संविधानमाथि तिरैतिर, […]
११ पुस काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमित भएर कक्षा १२ को परीक्षाबाट बन्चित भएका विद्यार्थीहरूका लागि परीक्षा तालिका सार्वजनिक भएको छ । छुटेका विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले १६ पुसदेखि २३ पुससम्म परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षा विहान १० बजेदेखि साढे ११ बजेसम्म सम्बन्धि विद्यालयमै सञ्चालन हुने बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले […]
११ पुस, कैलाली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीको शनिबार उनकै निर्वाचन क्षेत्रमा पुत्ला दहन गरिएको छ । मन्त्री नियुक्त भएको २४ घण्टा नबित्दै नेकपा प्रचण्ड नेपाल समूहले पुत्ला दहन गरिएको हो । ‘उहाँले हामीलाई धोका दिनु भयो,’ नेकपा कैलाली जिल्ला सचिवालय सदस्य पर्सु चौधरीले भने, ‘हामीले बिरोधमा पुत्ला दहन गरेका हौँ ।’ […]
११ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शनिबार काठमाडौंमा र्याली निकालेको छ । राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै राप्रपाले मोटरसाइकल र्याली निकालेको हो । बबहरमहलबाट सुरु भएको र्याली थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, जमलहुँदै दरबारमार्गसम्म पुगेको थियो । र्यालीमा राप्रपाका अध्यक्षहरु कमल थापा, डा. प्रकाशचन्द्र लोहनीलगायतका वरिष्ठ नेताहरु सहभागी भएका छन् । राप्रपाले राजसंस्था […]
११ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यहीँ पुस १३ गते प्रतिनिधिसभा विघटविरुद्ध देशैभर प्रदर्शन गर्न अपिल गरेका छन् । शिनबार अपिल जारी गर्दै सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार देशभका १६५ वटै निर्वाचन क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध प्रदर्शन गर्न आह्वान गरेका दिएका हुन् । प्रतिनिधिसभा विघटनको घटनाका पार्टीले […]
११ पुस, काठमाडौं । ताप्लेजुङको पाथीभरा वन क्षेत्रमा आगलागी भएको छ । पाथिभरा मन्दिरको नजिकैको वनमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आगलागी भएको फावाखोलाको सिम्बु सामुदायिक वन र मन्दिरको दुरी ३/४ किलोमिटर रहेको छ । अहिले नेपाली सैनिकसहित सुरक्षाकर्मी र स्थानीयको टोलीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । सामुदायिक वन […]
११, पुस, चितवन । चितवनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी कार्यालयमा केपी शर्मा ओली पक्षले लगाएको ताला प्रचण्ड-माधव समूहले केही घण्टामै फोडेका छन् । भरतपुर महानगरपालिका-७ मदन आश्रित स्मृति भवनमा ओली पक्षका कार्यकर्ताले शनिबार बिहान ताला लगाएका थिए । तर, उनीहरुले लगाएको ताला प्रचण्ड-माधव समूहका कार्यकर्ताले फुटाएर कार्यालय सञ्चालन गरेको जनाएका छन् । साविक एमाले […]
११ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम र नेपाल-प्रचण्ड समूहका अध्यक्ष पुस्पकमल दाहा प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्डले उपाध्यक्ष गौतमलाई शनिबार बिहान आफ्नै निवास खुमलटारमा बोलाएर छलफल गरेका हुन् । संसद विघटन र पार्टी विभाजनको अवस्थाबारे छलफल भएको खुमलटार स्रोतले बताएको छ । भेटवार्तामा उपाध्यक्ष गौमले आफू संसद विघटनको विपक्षमा […]
११, पुस, चितवन । चितवनको भरतपुर अस्पतालमा आँखा रोग उपचार सेवा सुरु हुने भएको छ । अस्पतालका अनुसार यहीँ पुस महिनाभित्र आँखाको उपचार सेवा सुरु गर्न लागिएको हो । त्यसका लागि आवश्यक पर्ने सामाग्रीहरु किन्ने प्रकृया सुरु भैसकेको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. जगन्नाथ तिवारीले जानकारी दिए । अस्पतालमा आँखा उपचार सेवा सुरु गर्न […]
११ पस, कैलाली । केही दिन अघिसम्म कैलालीमा रहेका श्रममन्त्री गौरीशंकर चौधरीले कैलालीका विभिन्न क्षेत्रमा आफूनिकटका कार्यकर्तालाई भेला गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरे । उनले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएको बताए । सुरुदेखि नै नेकपा अध्यक्ष प्रचण्डनिकट रहेका पूर्वकृषि मन्त्री चौधरी दोस्रोपटक ओली क्याबिनेटमा सुटुक्क मन्त्री बनेपछि उनको निर्वाचन क्षेत्रमा तरङ्ग […]
११ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट नेता तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रिय सल्लाकार परिषद्का सदस्य स्वनाम साथी (शशी शेरचन)को निधनप्रति दु:ख व्यक्त गरेका छन् । शनिबार शोक वक्तव्य जारी गरी प्रचण्डले स्वनामको निधनप्रति दुख व्यक्त गरेका हुन् । स्नामको समर्पण, वर्गीय मुक्ति, देशभक्ति र निजी स्वार्थको तलाञ्जली कम्युनिस्ट आन्दोलनका लागि प्रेरणादायी […]
११, पुस,चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको पार्टी कार्यालयमा ओली समूहले ताला लगाएको छ । शनिबार बिहान पार्टी कार्यालयमा पुगेका ओली समूहका कार्यकर्ताले पार्टी कार्यालयबाट गुट चलाएको आरोप लगाउँदै ताला लगाएका छन् । साविक एमालेको पार्टी कार्यालय रहेको मदन आश्रति भवनलाई कुनै एक पक्षको गुटको कार्यालय बनाइएकोले ताला लगाइएको अनेरास्ववियु चितवनका अध्यक्ष प्रकाश आचार्यले […]
११ पुस, दमक । टाटा सुमो गाडीले ठक्कर दिँदा शनिबार बिहान झापाको कमल गाउँपालिका-५ स्थित सडकखण्डमा एकजना साइकलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गतको लभडाँडा सडकखण्डमा शनिबार बिहान ८ बजेतिर पूर्व जाँदै गरेको मे१ज २००४ नम्बरको टाटा सुमोले बाटो काट्दै गरेका कमल-६ बस्ने ५३ वर्षीय साइकलयात्री झुलानाथ खनाललाई ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी […]
११ पुस, काठमाडौं । विभिन्न सामाजिक तथा नागरिक संघ-संस्थाहरुले संसद विघटनको विरोध गरेका छन् । शिनबार विभिन्न ३२ वटा संस्थाका प्रमुख तथा प्रतिनिधिले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै सत्तारुढ राजनीतिक दलको आन्तरिक कलह र शक्ति संघर्षको सिकार संसदलाई बनाइनु न्यायोचित नहुने बताएका हुन् । असंवैधानिक रुपमा संसद विघटन हुनु लोकतन्त्रको मूल्य, मान्यता र प्रतिपादित सिद्धान्तविपरीत भएको […]
११ पुस, काठमाडौं । राष्ट्रिय सभाको हिउँदे अधिवेशन यही पुस १७ गतेदेखि सुरु हुने भएको छ । सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन यहीँ पुस १७ गते आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो । गत असार १८ गते अधिवेशनको अन्त्य […]
११ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रचण्ड-माधव समूहले वैधानिकता पाउनेमा शङ्का व्यक्त गरेका छन् । अध्यक्षद्वय पुस्पकमल दाहाल र मावधकुमार नेपालले पार्टी वैधानिकताको दाबी गर्दै निर्वाचन आयोगमा पुग्दा आफूले राप्रपा विभाजनको घटना सम्झिएको भन्दै उनले आशङ्का व्यक्त गरेका हुन् । तत्कालीन समयमा निर्वाचन आयोगले प्रचण्डकै प्रत्यक्ष दबाबमा विनासनाखत कानुनविपरीत राप्रपा […]
११ पुस, वीरगञ्ज । महिनावारीको समयमा प्रयोग गर्न बजारमा विभिन्न कम्पनीका सेनेटरी प्याड उपलब्ध हुन्छन् । तर त्यस्ता प्याड सबैको पहुँचमा हुँदैनन् । कुनै ठाउँमा प्याड नै पाइँदैन भने कमजोर आर्थिक अवस्थाका कारण कतिपयले खरिद गर्न नै सक्दैनन् । जसका कारण महिनावारीको समयमा कपडा नै प्रयोग गर्नेहरुको धेरै छन् । कपडा प्रयोग गर्दा समस्या मात्रै […]
११ पुस, काठमाडौं । तीन दिनसम्म देशैभरको मौसममा आंशिकरुपमा बदली हुने र तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्ने मौसमविद्हरुले पूर्वानुमान गरेका छन् । आज शनिबार सुदूरपश्चिम, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम, आइतबार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती, गण्डकी, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश र सोमबार प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा मौसम […]
११ पुस, गुल्मी । गुल्मीमा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) आएकी छन् । सीडीओे रुद्रादेवी शर्मा रामेछापबाट सरुवा भएर गुल्मी आएकी हुन् । ११ महिनासम्म रामेछाप जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी रुऽादेवी शर्मा ३९औं प्रमुख जिल्ला अधिकारी हुन् । यसअघिका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको गृहमन्त्रालयमा सरुवा भएपछि उनको यहाँ सरुवा भएको हो । […]
१० पुस, काठमाडौं । सरकारी लगानी रहेको राष्ट्रिय बिमा कम्पनी सरकारकै निर्देशनहरुलाई समेत अटेर गर्दै चरम अपारदर्शीरुपमा सञ्चालन भइरहेको पाइएको छ । कम्पनीले ८ वर्षदेखि वार्षिक साधारणसभा गरेको छैन भने लेखापरीक्षण प्रतिवेदनसमेत पेस गर्न सकेको छैन । कम्पनीको नेतृत्व अहिले नेपाल सरकारकै कर्मचारी डिल्ली अर्यालले सम्हालेका छन् । उनलाई तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले नियुक्त […]
from समाचार – Online Khabar https://ift.tt/3rtp0BM
via IFTTT






















