समाचार
१२ पुस, जनकपुरधाम । सिराहामा आफ्नै सासुको हत्या गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका-३ की ३५ वर्षीया मन्जुदेवी साह रहेकी छन् । गत कात्तिक ११ गते आफ्नै कान्छो छोरा रामअवतार साह र बुहारी मन्जुले बोक्सीको आरोप लगाएर कुटपिट गर्दा ८५ वर्षीया सुदामादेवी घाइते भएकी थिइन् । छोरा र […]
१२ पुस, वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ०६२/६३ पछि मुलुकले गलत बाटो लिएको भन्दै ताजा जनादेशमा गएर त्यसलाई सच्याउनुपर्ने बताएका छन् । आइतबार वीरगञ्जमा राप्रपाले गरेको प्रदर्शनपछिको सभामा उनले भने, ‘जनताले यो बुझ्दै आएका छन् कि धर्म निरपेक्षता, गणतन्त्र र संघीयता नेपाली जनताको भावनाबाट आएको हैन, विदेशीको एजेन्डा रहेछ, बाटो र नीति […]
१२ पुस, जनकपुरधाम । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेनेद्र सोनलले बहुमतमा रहेका प्रधानमन्त्रीले संसद विघटन गर्न नपाइने बताएका छन् । जनता समाजवादी पार्टीले जनकपुरधाममा गरेको कार्यक्रममा उनले बहुमतको सरकार चलाउने व्यक्तिले सरकार चलाउन नसके छोड्नुपर्ने तर संसद विघटन गर्न नपाइने धारणा राखे । ‘बहुमतको सरकार बन्न सक्दैन भने तपाईं छाडिदिनुस्’ उनले भने, ‘ओलीज्यू यो […]
१२ पुस, काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने बताएका छन् । आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले कोभिड–१९ को भ्याक्सिन पारदर्शी ढंगले खरिद गरी सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने अठोट व्यक्त गरेका हुन् । कुनैपनि स्वास्थ्य सामग्री खरिदमा आफ्नो कार्यकालमा कुनैपनि ढंगले अपारदर्शी काम […]
१२ पुस, बुटवल । नेकपा प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले मध्यावधि चुनाव गर्नका लागि घोषणा नगरिएको बताएका छन् । चुनावमा जाने बाटो, प्रयोजन र प्रकृया सबै गलत भएको भन्दै उनले वैशाखमा चुनाव हुन्छ भनेर कसैले नपत्याउने बताए । तिलोत्तमामा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै भुसालले भने, ‘वैशाखमा चुनाव हुन्छ भनेर कसैले पत्याउँछ ?’ उनले संसद […]
१२ पुस, काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ टोली राष्ट्रपति कार्यालय, शितलनिवास पुगेको छ । केहीवेरअघि चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली शितलनिवास प्रवेश गरेको हो । टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । आइतबार दिउँसो एयर चाइनाको विमानमार्फत उनीहरु नेपाल आएका थिए । राष्ट्रपति भण्डारीपछि प्रधानमन्त्री […]
१२ पुस, काठडमाडौं । नवनियुक्त श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले अधिकतम् रोजगारी सिर्जनाका लागि प्रयास गर्ने बताएका छन् । तर, महामारीका कारण अवस्था जटिल भएकाले प्रतिशत किटान गरेर भन्न नसकिने उनले बताए । ‘अब कसरी रोजगारी सिर्जाना गर्ने भनेर छलफल हुन्छ,’ चौधरीले भने,’कसरत धेरै रोजगारी सिर्जाना गर्न प्रयास गर्छौं, तर महामारीले अवस्था सहज […]
१२ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन पुस १७ गते आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा १ बमोजित १७ गते अपराह्न ४ बजे बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।
१२ पुस, सुर्खेत । कर्णाली प्रदेश सरकारले सशस्त्र द्वन्द्वका घाइतेलाई निःशुल्क उपचार गर्ने भएको छ । प्रदेश सरकारले निःशुल्क उपचार गर्न कर्णालीका दुई र संघीय राजधानी काठमाडौंका दुईवटा अस्पतालसँग सहकार्य गरेको छ । चारवटा अस्पतालबाट सशस्त्र द्वन्द्व र प्रदेश प्राप्तिको आन्दोलनका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क उपचार गरिने छ । यसका लागि एक करोड […]
१३ पुस,काठमाडौं । नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा कुमारी अर्यालले पदभार ग्रहण गरेकी छिन् । आइतबार मन्त्रालयमा पदभार सम्हाल्दै उनले निवर्तमान कृषि मन्त्री घनश्याम भुसाललाई बिदाइ गर्न नपाएकोमा दुःख व्यक्त गरिन् । ‘उहाँको कार्यकालमा राम्रा कामहरु भएका छन्, त्यसको अनुसरण गर्दै उहाँलाई यहीँ मञ्चबाट बिदाइ गर्न चाहान्थेँ, तर उहाँ ब्यस्त हुनुभयो,’मन्त्री अर्यालले भनिन् […]
१२ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३८२८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार पुगेको छ । उनीहरुमध्ये २ लाख ४९ हजार ८६३ जना संक्रमणमुक्त भएका छन् भने १८२५ जनाको […]
१२ पुस,काठमाडौं । मंसिर २८ गतेदेखि काठमाडौं आएर न्यायका लागि लडिरहेका सर्लाहीका वयोवृद्ध उखुकिसान गगनदेव रायको दुई विगाह खेत ललामीबाट जोगिएको छ । सामाजिक अभियान्ताहरुले जुटाइएको सहयोग र चिनी मिलले तिरेको पैसाले धितो लिलामी नहुने निश्चित भएको अभियान्ता नवीन यादवले बताए । ‘आइतबारसम्म गगनदेवको खातामा पाँच लाख ५५ हजार रुपैयाँ जम्मा भएको छ, अब लिलामी […]
१२ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वासको प्रस्ताव आरामले सामना गर्ने बताएका छन् । प्रदेशसभा सचिवालयमा नेकपाकै ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री राईले यो कदमलाई संविधान र संघीयता विरोधीको संज्ञा दिएका छन् । ‘सुनियोजित, बनिबनाऊ र खास ठाउँबाट परिचालित भएर प्रदेशहरुलाई कमजोर बनाउने, अस्थिरता र अव्यवस्था निम्त्याउने, संघीयतालाई […]
१३ पुस, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले पदभार ग्रहण गरेकी छिन् । आइतबार मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन् । यसअघि उनी भूमिसुधार मन्त्री थिइन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई कृषिमन्त्री बनाएकी थिइन् । किसान वर्गीकरण गरेर फागुनदेखि कृषक परिचयपत्र वितरण गर्ने र पशुपन्छीको नश्ल सुधार गर्न कार्यक्रम सञ्चालन […]
१२ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता अशोक राईले संसदमाथि खड्ग प्रहार भएको टिप्पणी गरेका छन् । संसद विघटनको विरोधमा जसपाले आइतबार राजधानीमा गरेको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेता राईले प्रतिनिधिसभाको अधिवेशन बोलाउनुपर्ने बेलामा संविधानका व्यवस्थाहरु कुल्चिएर संसद भंग गरिएको बताए । ‘त्यसैकारण खड्ग प्रहार गर्नेहरुबाहेक सबै यसको विरोधमा छन्’ उनले भने । […]
१२ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले चुनाव हुन्छ भन्ने भ्रममा नपर्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको ध्येय निरंकुश शासन गर्ने भएको भन्दै उनले आफ्नो प्रभुत्व कायम गरेको विश्वास नभएसम्म चुनाव नगराउने बताए । संसद विघटनको विरोधमा जसपाले गरेको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन […]
१० पुस, काठमाडौं । गत वर्षको जाडोमा बिक्रीका लागि सिल्क ट्रान्सपोर्टले ज्याकेट, जुत्ता, खाद्यान्न लगायतका सामानले भरिएको ३० कन्टेनर सामान चीनबाट नेपाल ल्याउँदै थियो । नेपाली व्यवसायीले खरिद गरेका ती सामान एक वर्ष बित्दा पनि देश भित्रिन सकेका छैनन् । चिनियाँ बजारदेखि काठमाडौंसम्म सामान ढुवानीको जिम्मा लिएको ट्रान्सपोर्टका अनुसार सामान्य अवस्था भए करिब २५ दिनमै […]
१२ पुस, गोरखा । चालु आर्थिक वर्ष जिल्लाको ११३ हेक्टर क्षेत्रफल खेतियोग्य जमिनमा सिँचाइ सुविधा पुग्ने भएको छ । विभिन्न स्थानीय तहमा पाँचवटा सिँचाइ योजना निर्माणको काम भइरहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गोरखाले जनाएको छ । ‘सबै योजनामा सोलारबाट पानी लिफ्ट हुन्छ,’ कार्यालय प्रमुख रमेशराज शर्माले भने, ‘पानीको मुहानमा इनार खन्छौ, त्यहाँबाट लिˆट […]
१२ पुस, सिराहा । ‘हमर बेटा लाखोमे नहीँ करोडोमे एक छै,’ बीबीसी मास्टर सेफ द प्रोफेसनल्स–२०२० को फाइनलिस्ट बनेर चर्चा कमाएका सन्तोष साहकी आमा सोमरीदेवीले गर्वसाथ भनिन् । उमेरले १०० वर्ष छुन आँटेकी उनी छोराको उपलब्धीले औधी रोमाञ्चित देखिन्छिन् । सिराहाको कर्जन्हा नगरपालिका वडा–११ मा पर्छ सन्तोषको घर । दुई तल्ले यो घर दुई वर्षअगाडि […]
१२ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला कार्यालय कञ्चनपुरमा प्रचण्ड–माधव नेपाल र केपी ओली पक्षका नेता, कार्यकर्ताबीच धकेलाधकेल भएको छ । प्रचण्ड-माधव समूहले दिउँसो १२ बजे बोलाएको विस्तारित बैठकलाई विथाल्ने गरी ओली समूहका नेता, कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेपछि धकेलाधकेल भएको हो । स्रोतका अनुसार ओम बस्नेत लगायतका नेताले ताला खोल्न खोजेपछि विवाद […]
१२ पुस, काठमाडौं । गत शुक्रबार तामझामका साथ निर्वाचन आयोग पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड-माधव नेपाल पक्षलाई प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेकपाको वैधानिकता विवाद निरुपण तोकिएको अवधिभन्दा अगाडि नै हुने आश्वासन दिए । प्रमुख आयुक्त थपलियाले भने पनि वैधानिकता विवाद टुङ्गिन ९० दिनसम्म लाग्ने देखिएको छ । राजनीतिक दल सम्बन्धी ऐनका व्यवस्था […]
from समाचार – Online Khabar https://ift.tt/34ONE65
via IFTTT