Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

विरोधसभाका लागि सडकमै बनाइयो मञ्च, सवारी साधन डाइभर्ट

१४ पुस, काठमाडौं । संसद विघटनको विरोधमा प्रचण्ड-माधव नेपाल समूहले आज देशभर विरोध प्रदर्शन गर्दै छ । काठमाडौं उपत्यकाको विरोध कार्यक्रमलाई प्रचण्ड-माधव समूहको शक्ति प्रदर्शनको रुपमा लिइएको छ । विरोध सभाका लागि भृकुटीमण्डप अगाडि प्रदर्शनीमार्गमा मञ्च निर्माण गरिएको छ । प्राय व्यस्त हुने यो सडकमै मञ्च निर्माण गरिएपछि पद्मोदय मोड-भृकुटीमण्डप सडकखण्डमा सवारी साधन चलाउन रोक […]

फागुनसम्म कृषकको वर्गीकरण र सूचीकरण गरिसक्ने योजना

१२ पुस, काठमाडौं । नव निययुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै कृषक वर्गीकरण र सूचीकरण फागुनभित्रै गरिसक्ने पहिलो निर्णय गरिन् । मल, बिउ, औजार, प्रविधि, अनुदान, कृषि बिमा र कृषि ऋण लगायतका राज्यका सुबिधा कृषकलाई दिन उक्त व्यवस्था गर्न लागिएको मनत्री अर्यालले बताइन् । ‘कृषक परिचयपत्रका आधारमा एकद्वार […]

गणतन्त्रवादी सडकमा आएपछि राजावादीको आन्दोलन ओझेलमा

१४ पुस, काठमाडौं । प्रधानमन्त्री केपीले ओलीले अकस्मात संसद भंग गर्दा त्यसको विरोधमा राजनीतिक दलहरु सडक आन्दोलनमा आएपछि राजावादीहरुको आन्दोलन भने ओझेलमा परेको छ । यतिवेला नेपाल कम्युनिस्ट पार्टीको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको समूह, प्रमुख विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलगायतका गणतन्त्रवादी दल सडक आन्दोलनमा रहेका छन् । संसद भंग गर्नु अगाडि […]

आयोगले थाल्यो मतदाता नामावली अद्यावधिकदेखि निर्वाचन कार्यतालिकासम्मको काम

१४ पुस, काठमाडौं । सरकारले घोषणा गरे अनुरुप आगामी वैशाख १७ र २७ मा प्रतिनिधि सभाको निर्वाचन हुने नहुने यकिन नभए पनि निर्वाचन आयोगले भने प्रारम्भिक तयारी अगाडि बढाएको छ । निर्वाचन हुने वा नहुने धेरै विषय सर्वाेच्च अदालतको फैसलामा निर्भर गर्दछ । तर आयोगले भने अहिलेलाई सरकारले घोषणा गरेको मितिलाई आधार बनाएर निर्वाचनको तयारी […]

कक्षा १२ को नतिजा कहिले ? बोर्डका अध्यक्ष भन्छन्- प्राप्तांक इन्ट्री गर्नै गाह्रो भइरहेको छ

१४ पुस, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा जतिसक्यो छिटो प्रकाशन गर्ने तयारीअनुसार काम गरिरहेको जनाएको छ । हाल परीक्षार्थीहरुको प्राप्ताङ्क कम्प्युटरमा इन्ट्री गर्ने काम भइरहेको छ । तर विद्यालयहरुले सिम्बोल नम्बरको क्रमअनुसार विवरण नपठाइदिँदा परीक्षा बोर्डका कर्मचारीहरु हैरान छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले अनलाइनखबरसँग भने, ‘आफ्नो […]

चिनियाँ टोलीले भेट्यो बाबुराम भट्टराईलाई

१४ पुस, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यैचोलगायत उनको टोलीले भेट गरेको छ । अध्यक्ष भट्टराई निवास टोखामा भएको भेटमा उपमन्त्री गुओ यैचोले सन् २०१५ मा तिब्बत जाने क्रममा चेङ्दुमा भएको भेटको स्मरण गर्दै पुनः भेट्न पाउँदा खुशी व्यक्त गरेको भट्टराईको सचिवालयले जनाएको […]

चिनियाँ विज्ञ भन्छन् : नेपालको अवस्थाबारे चीनको चासो मनासिब

१४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अकस्मात संसद भंग गरेपछि नेपालमा उत्पन्न राजनीतिक अवस्थाको बारेमा चीनको चासो मनासिब रहेको चिनियाँ विज्ञहरुले बताएका छन् । संसद भंग र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विभाजनबारे बुझ्न उच्चस्तरीय चिनियाँ टोली यतिबेला काठमाडौंमा छ । चीनले पनि सोमबार नेपालको राजनीतिक घटनाक्रमबारे आफू जानकार रहेको बताउँदै नेपालका राजनीतिक दलले […]

हेलिकप्टरबाट पानी हालेपछि आगलागीबाट जोगियो पाथीभरा मन्दिर

१४ पुस, ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ । बिहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर परिसरमा नै पुगेको थियो । स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले हरसम्भव प्रयास गर्दासमेत आगो नियन्त्रणमा नआएको र मन्दिर नै जोखिममा […]

नुवाकोटको मसाल जुलुसमा प्रहरी हस्तक्षेप

१४ पुस, काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा नुवाकोट सदरमुकाम विदुरमा निकालिएको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूह निकट युवा तथा विद्यार्थी संगठनहरुले सोमबार साँझ ७ बजे मसाल जुलुस निकालेका थिए । प्रहरीले प्रहरीले मसाल खोस्दै लाठीचार्ज गर्दा केही घाइते भएका छन् । समाचार संकलन गर्न […]

‘राष्ट्रपतिज्यू, संसद भंग गरेको निर्णय जतिसक्यो छिटो फिर्ता लिनोस्’

१४ पुस, काठमाडौं । नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले संसद भंग गरिएको निर्णय जतिसक्यो छिटो फिर्ता लिन राष्ट्रपतिसमक्ष आग्रह गरेका छन् । पार्टी विभाजन हुँदा कुनै पनि समूहमा नलागी तटस्थ बसेका नेता गौतमले संसद विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको निर्णयको भने खुलेर विरोध गरेका छन् । अब राष्ट्रपतिले जतिसक्यो छिटो संसद भंग […]

बैंकका शाखा : सहरमा जताततै, दुर्गममा सात खोला पारी

१४ पुस, काठमाडौं । शहरमा बैंकका शाखाहरु च्याउ उम्रिएसरह छन् । जता गयो, त्यतै बैंकका शाखाहरु छन् । तर, तिनै बैंकहरुले दुर्गममा भेगमा भने जनतालाई सुविधा दिनेगरी पर्याप्त शाखाहरु खोल्न सकेका छैनन् । भ्रष्टाचार नियन्त्रण र पारदर्शिता कायम गर्न भन्दै सरकारले आर्थिक कारोबार बैंकबाट गर्ने कार्यलाई प्रोत्साहित गर्न थालेको छ तर त्यसका लागि बैंकका शाखाहरु […]

मल अभावका बीच धान उत्पादन अहिलेसम्मकै उच्च

१४ पुस, काठमाडौं । धान रोपेपछि किसानले मलको चरम अभाव झेले पनि देशभर चैते र वर्षे धानको उत्पादन भने उल्लेख्य वृद्धि भएको छ । यो वर्ष ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान फलेको छ जुन गत वर्षभन्दा ७० हजार ८३१ टन बढी हो । यो वर्षको धानको उत्पादकत्व पनि हालसम्मकै उच्च ३.८२ पुगेको […]

प्रचण्ड-माधव समूहले आज देशभर विरोध प्रदर्शन गर्दै, उपत्यकाका ८ स्थानबाट जुलुस निस्किने

१४ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूहले संसद विघटनको विरोधमा आज देशभर विरोध प्रदर्शन गर्दै छ । केन्द्रीय राजधानी काठमाडौंको विरोध प्रदर्शनमा ५० हजार कार्यकर्ता उतार्ने सो समूहले दाबी गरेको छ । बिहान ११ बजेदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुुस सुरु हुने छन् । टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर र नक्शालबाट […]

प्रचण्ड-माधवको बहुमत भए पनि ढुक्क छैनन् सुदूरपश्चिमका मुख्यमन्त्री

१३ पुस, कैलाली । केन्द्रमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको विवादको बाछिटा सुदूरपश्चिम प्रदेशसम्म आइपुगेको छ । २०७४ को निर्वाचनपछि नेकपा नेता लेखराज भट्टको सिफारिसमा त्रिलोचन भट्ट मुख्यमन्त्री बनेका थिए । उद्योगमन्त्री समेत रहेका लेखराज प्रधानमन्त्री केपी शर्मा ओली समूहमा लागेका छन् । मुख्यमन्त्री त्रिलोचन भने नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल पक्षमा […]

सहजपुर-बोगटान सडक : दुई वर्षमा ३३ प्रतिशतमात्रै प्रगति

१४ पुस, डोटी । ‘आज शिलान्यास भएको छ, भोलि नै पिच हुन्छ भनेर नसोच्नु होला । भोलिदेखि धुलो उड्यो भने प्रधानमन्त्रीले शिलान्यास गरेको सडकमा धुलो उड्यो भनेर आलोचना नगर्नु होला । ३० महिनाभित्र पिच भइसक्छ, अनि सररर गुड्छ गाडी । ३० महिना पर्खिनुहोला ।’ २०७५ साल फागुन ७ गते डोटीको बीपीनगरमा सहजपुर-बोगटान सडक कालोपत्रे आयोजनाको […]

केपी ओली जंगेको बाटोमा हिँडे : प्रचण्ड

१३ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली जंबहादुर राणाको बाटोमा हिँडेको बताएका छन् । सोमबार जनसंस्कृतिक महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपी ओली सामन्ती शासक श्री ३ महाराजधिराज जंगेको बाटोमा हिँड्नुभयो । त्यस दिनबाट उहाँको पराजय र हाम्रो विजय यात्रा सुरु भयो ।’ संविधानले दिँदै […]

गण्डकीमा वैकल्पिक समीकरणबारे छलफल गर्ने प्रचण्ड-माधव समूहको निर्णय

१३ पुस, पोखरा । नेकपाको प्रचण्ड-माधव समूहले गण्डकी प्रदेशमा सरकार गठनबारे अरु दलसँग छलफल गर्ने भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ओली समूहमा छन् । र, प्रचण्ड-माधव समूहसँग अविश्वासको प्रस्ताव दर्ताका लागि चाहिने सांसद समते छैनन् । त्यसैले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव समेत दर्ता नगरेको यो समूहले सम्भावित समीकरणबारे दलहरुसँग छलफल गर्ने निर्णय गरेको छ । […]

चिनियाँ नेताको प्रश्न–नेकपामा मिल्ने ठाउँ छ कि सकियो ?

१३ पुस, काठमाडौं । वैदेशिक मामिलामा चिनियाँ नीति ‘क्वाइट डिप्लोमेसी’ (शान्त कूटनीति)का रुपमा परिचित छ । तथापि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि आइतबार काठमाडौं आइपुगेको चिनियाँ कम्युनिस्ट पार्टी टोलीले नेकपाको मामिलामा गहिरो चासो देखाएको छ । नेकपाका नेतालाई चिनियाँहरुको प्रश्न छ– अब एकता गर्ने ठाउँ छ कि सकियो ? चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका […]

चीनले भन्यो : नेपालको राजनीतिक घटनाक्रमबारे जानकार छौं

१३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद भंग गर्ने कदमप्रति औपचारिक प्रतिक्रिया दिँदै चीनले नेपालको पछिल्लो राजनीतिक घट्नाक्रमबारे आफू सुसूचित रहेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता झाओ लिजानले भनेका छन्, ‘मित्र र नजिकको छिमेकीको हिसाबले हामी के विश्वास गछौं भने राजनीतिक दलहरुले राष्ट्रिय स्वार्थ र विग पिक्चरलाई ध्यानमा […]

बेलायतबाट आएका ५ जनामा कोरोना संक्रमण पुष्टि

१३ पुस, काठमाडौं । बेलायतबाट आएका ५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यद्यपि नयाँ प्रकारको कोरोना भाइरस हो वा होइन भन्ने यकिन भइनसकेको अधिकारीहरूले बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (इडिसिडी) का अनुसार अहिले उनीहरु राजधानीको विभिन्न होटेलमा क्वारेण्टिन बसिरहेका छन् । बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस भेटिएपछि त्यहाँबाट आउने […]

२१ दिनभित्र उखु किसानको बक्यौता भुक्तानी गर्ने सहमति, आन्दोलन स्थगित

१३ पुस, काठमाडौं । १६ दिनदेखि आन्दोलतरत उखु किसान र सरकारबीच चारबुँदे समझदारी भएको छ । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारले किसानहरुले चिनी मिलहरुबाट पाउनुपर्ने रकम २१ दिनभित्र दिलाउने प्रतिवद्धता जनाएको छ । यससँगै सर्लाही लगायतका जिल्लाबाट आएर काठमाडौंको माइतीघरमा धर्ना बसेका उखु किसाहरु आन्दोलन रोक्न तयार भएका छन् । ‘उद्योगीको […]



from समाचार – Online Khabar https://ift.tt/34MjpNd
via IFTTT
Powered by Blogger.