समाचार
१३ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली जंबहादुर राणाको बाटोमा हिँडेको बताएका छन् । सोमबार जनसंस्कृतिक महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपी ओली सामन्ती शासक श्री ३ महाराजधिराज जंगेको बाटोमा हिँड्नुभयो । त्यस दिनबाट उहाँको पराजय र हाम्रो विजय यात्रा सुरु भयो ।’ संविधानले दिँदै […]
१३ पुस, पोखरा । नेकपाको प्रचण्ड-माधव समूहले गण्डकी प्रदेशमा सरकार गठनबारे अरु दलसँग छलफल गर्ने भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ओली समूहमा छन् । र, प्रचण्ड-माधव समूहसँग अविश्वासको प्रस्ताव दर्ताका लागि चाहिने सांसद समते छैनन् । त्यसैले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव समेत दर्ता नगरेको यो समूहले सम्भावित समीकरणबारे दलहरुसँग छलफल गर्ने निर्णय गरेको छ । […]
१३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद भंग गर्ने कदमप्रति औपचारिक प्रतिक्रिया दिँदै चीनले नेपालको पछिल्लो राजनीतिक घट्नाक्रमबारे आफू सुसूचित रहेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता झाओ लिजानले भनेका छन्, ‘मित्र र नजिकको छिमेकीको हिसाबले हामी के विश्वास गछौं भने राजनीतिक दलहरुले राष्ट्रिय स्वार्थ र विग पिक्चरलाई ध्यानमा […]
१३ पुस, काठमाडौं । बेलायतबाट आएका ५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यद्यपि नयाँ प्रकारको कोरोना भाइरस हो वा होइन भन्ने यकिन भइनसकेको अधिकारीहरूले बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (इडिसिडी) का अनुसार अहिले उनीहरु राजधानीको विभिन्न होटेलमा क्वारेण्टिन बसिरहेका छन् । बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस भेटिएपछि त्यहाँबाट आउने […]
१३ पुस, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा अर्ना राखिएको इन्क्लाेजर भित्र बाघ पसेको छ । बाघको आक्रमणबाट दुई वटा वयस्क अर्ना मृत भेटिएका छन् । निकुञ्जको पुरानो पदमपुरमा रहेको खुल्ला खोरमा सोमबार दुई वटा अर्ना मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार विद्युतीय तारवार (इलेक्ट्रिक फेन्स) ले खुल्ला […]
१३ पुस, काठमाडौं । २०७६ चैत ११ गतेबाट लकडाउन सुरु भएयता आइतबारसम्म करिब १ लाख ८७ हजार नेपाली वैदेशिक रोजगारीबाट स्वदेश फर्किए । यीमध्ये अधिकांश मलेसिया र ६ वटा खाडी देशबाट फर्किएका छन् । कोरोना महामारीमा रोजगारी गुमाएका र महामारीका कारण डराएकाहरु समेत गरी हजारौं श्रमिक ऋणमाथि ऋण थपेर देश फर्किए । बाध्यात्मक रुपमा देश […]
१३ पुस, काठमाडौं । संसद विघटनको विरोधमा विद्यार्थीहरूले काठमाडौंमा ‘स्वाहा’ कार्यक्रम आयोजना गरेका छन् । प्रतिनिधिसभा पुनर्स्थापनाको माग राखेर आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षधर अनेरास्ववियू वाल्मिकी क्वाम्पस समितिले सोमबार व्यंग्यात्मक कार्यक्रम आयोजना गरेका हुन । संसद विघटनले प्रतिगमन फर्काएको भन्दै विद्यार्थीहरूले ‘केपी ओली स्वाहा, लोकतन्त्र स्वाहा, बयलगाठा स्वाहा, मूल्य–मान्यता […]
१३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन फर्काएको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले दुई हप्ते आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । जसपाले २१ पुसदेखि ७ माघसम्म देशव्यापी प्रदर्शन गर्न लागेको हो । उसले नागरिक समाज, बौद्धिक वर्गलगायतसँग २१ पुसमा काठमाडौं बृहत अन्तरक्रिया गर्ने भएको छ । ‘सरकारलाई संविधानले दिँदै नदिएको […]
१३ पुस, काठमाडौं । टोपबहादुर रायमाझी २०७३ साल साउनमा ऊर्जा मन्त्रालयबाट विदा हुँदै गर्दा देशमा दैनिक १० घण्टाभन्दा बढी लोडसेडिङ थियो । हिउँदमा १८ घण्टा लाइन काट्ने गरी क्रमैसँग लोडसेडिङ बढाउँदै जाने तालिका विद्युत प्राधिकरणमा तयार थियो । रायमाझी उर्जामन्त्रीबाट हटेको तीन महिना नबित्दै काठमाडौं उपत्यकाबाट सदाका लागि लोडसेडिङ हट्यो । जब कि ऊर्जा मन्त्रालय […]
१३ पुस, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्षमा अछामका केशरबहादुर साउद नियुक्त भएका छन् । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले सदस्यमा बैतडीका मानदेव विष्टलाई नियुक्त गरेको छ । आयोगमा एक जना महिला सदस्य पछि नियुक्त गरिने आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले जानकारी दिए । मन्त्रिपरिषद बैठकले खप्तड क्षेत्र पर्यटन विकास […]
१३ पुस, काठमाडौं । संसद विघटनको विरोधमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूको एक समूहले सोमबार काठमाडौंको मीन भवनमा ससाल जुलुस निकालेको छ । मीनभवनस्थित नेपाल कमर्स क्याम्पसबाट सवा ६ बजे मसाल जुलुस निकालेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघठन गरेको विरोधमा मसाल जुलुस निकालेको नेता पवन कार्कीले बताए ।
१३ पुस, विराटनगर । नेपाली काग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर संविधानलाई घाइते बनाएको बताउँदै सडकबाटै संसद पुनस्थापना गर्ने बताएका छन् । सोमबार विराटनगरमा आयोजित विरोधसभामा उनले अहिले नेपाली कांग्रेस ओलीको मतियार नबन्ने पनि बताए । ‘नेपाली कांग्रेस केपी ओलीको मतियार बन्न सरकामा जादैन’ उनले भने, ‘जान पनि […]
१३ पुस, सप्तरी । सप्तरीको अग्निसाइर कृष्णाशवरण गाउँपालिकामा सोमबार मिलको फित्तामा बेरिएर एक किशोरीको मृत्यु भएको छ । आफैंले मिल चलाउँदै गर्दा मिलको फित्तामा कपाल बेरिएर सोही गाउँपालिका–६ की १७ वर्षीया नेमियाकुमारी पण्डितको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । फित्तामा कपाल बेरिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए […]
१३ पुस, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा प्रदेश २ का ३२ वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले सोमबार प्रदर्शन गरेको छ । यसअघि जिल्ला सदरमुकाममा आन्दोलन गरेको कांग्रेसले सोमबार निर्वाचन क्षेत्रस्तरमा प्रदर्शन गरेको हो । विरोध प्रदर्शनपछि आयोजित सभामा कांग्रेस नेताहरुले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको आलोचना गरे । उनीहरुले […]
१३ पुस, काठमाडौं । नेपाल प्रहरीका ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरू प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयको बढुवा समितिले सोमबार ९ जनालाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । डीआईजी बढुवाका लागि सिफारिस हुने पहिलो नम्बरमा सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा कार्यरत गणेशबहादुर ऐर छन् । प्रहरी प्रधान […]
१३ पुस, विराटनगर । आइतबार मुख्यमन्त्री शेरधन राईविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३७ जना प्रदेश सांसदलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले २४ घण्टे स्पष्टिकरण सोधेको छ । पार्टी विभाजनपछि प्रचण्ड– माधव पक्षका ३७ सांसदले मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । अविश्वासको प्रस्ताव दर्ता भएपछि नेकपाका प्रमुख सचतेक बुद्धिकुमार […]
१३ पुस, काठमाडौं । ललितपुरको जुद्ध वारुण यन्त्रको कार्यालयका झण्डै २२ जना कर्मचारीहरू आगलागी नियन्त्रणमा कसरी लिने भन्ने तालिम लिइरहेका थिए । कार्यालयमा रहेको एउटा पुरानो भवनमा आगलागी भएको सूचना मिल्यो । विभिन्न प्रज्वलनशील पदार्थसहित कपडा र केही मान्छेहरु समेत रहेको सो भवनमा लागेको आगो निभाउन तालिम लिइरहेको २२ जनाकै टोली खटियो । कसैले पानीको […]
१३ पुस, काठमाडौं । ताप्लेजुङको चर्चित मन्दिर क्षेत्र पाथिभरामा पछिललो एक सातायता आगोलागी जारी छ । आगोलागी नियन्त्रणमा लिन अनेक प्रयास गरिएपनि सम्भव भएको छैन । आइतबार भने यहाँ हेलिकोप्टरबाट आगोलागी नियन्त्रणको प्रयास गरिएको छ । सिम्रिक एयरको हेलिकोप्टरमार्फत पानी लगेर पाथिभरा क्षेत्रमा आगो निभाउने प्रयास भएको हो । ताप्लेजुङको फुङलिङ नगरपालिकाका उपमेयर बमबहादुर भट्टराईका […]
१३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तार विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले सोमबार कामचलाउ बनिसकेपछि प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तार बदरको माग गर्दै रिट दायर गरेका हुन् । ‘प्रतिनिधिसभा सदस्य नभएमा प्रधानमन्त्री तथा मन्त्री पद स्वतः रिक्त हुने भनी संविधानको […]
१३ पुस, रौतहट । संसद विघटन गर्ने सरकारको कदमको विरोधमा रौतहटको चार वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ । रौतहटको क्षेत्र नम्बर १ को गंगा पिप्रा र गौर, क्षेत्र नम्बर २ को राजपुर, क्षेत्र नम्बर ३ को कटहरिया र क्षेत्र नम्बर ४ को चन्द्रनिगाहपुरमा कांग्रेसका नेता कार्यकर्ताले प्रधानमन्त्री ओलीको विरोधमा नारावाजी गर्दै […]
१३ पुस, काठमाडौं । विश्वभाषा क्याम्पसमा आगामी माघ १९ गतेदेखि कक्षा सञ्चालन हुने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण गत चैतदेखि स्थगित पढाइ पुनः सञ्चालनमा आउन लागेको हो । क्याम्पसले चिनियाँ, फ्रान्सेली, जर्मन, स्पेनी, जापानी, इटाली, कोरियाली, प्रारम्भिक अंग्रेजी र लेखन अंग्रेजीमा भर्ना समेत आह्वान गरेको छ । लेखन अंग्रेजीका लागि स्नातक […]
from समाचार – Online Khabar https://ift.tt/3pmzCk2
via IFTTT