समाचार
१३ पुस, रौतहट । संसद विघटन गर्ने सरकारको कदमको विरोधमा रौतहटको चार वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ । रौतहटको क्षेत्र नम्बर १ को गंगा पिप्रा र गौर, क्षेत्र नम्बर २ को राजपुर, क्षेत्र नम्बर ३ को कटहरिया र क्षेत्र नम्बर ४ को चन्द्रनिगाहपुरमा कांग्रेसका नेता कार्यकर्ताले प्रधानमन्त्री ओलीको विरोधमा नारावाजी गर्दै […]
१३ पुस, काठमाडौं । विश्वभाषा क्याम्पसमा आगामी माघ १९ गतेदेखि कक्षा सञ्चालन हुने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण गत चैतदेखि स्थगित पढाइ पुनः सञ्चालनमा आउन लागेको हो । क्याम्पसले चिनियाँ, फ्रान्सेली, जर्मन, स्पेनी, जापानी, इटाली, कोरियाली, प्रारम्भिक अंग्रेजी र लेखन अंग्रेजीमा भर्ना समेत आह्वान गरेको छ । लेखन अंग्रेजीका लागि स्नातक […]
१३ पुस, काठमाडौं । संसद विघटनको विरोधमा विद्यार्थीहरूले काठमाडौंमा ‘स्वाहा’ कार्यक्रम आयोजना गरेका छन् । प्रतिनिधिसभा पुनर्स्थापनाको माग राखेर आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षधर अनेरास्ववियू वाल्मिकी क्वाम्पस समितिले सोमबार व्यंग्यात्मक कार्यक्रम आयोजना गरेका हुन । संसद विघटनले प्रतिगमन फर्काएको भन्दै विद्यार्थीहरूले ‘केपी ओली स्वाहा, लोकतन्त्र स्वाहा, बयलगाठा स्वाहा, मूल्य–मान्यता […]
१३ पुस, काठमाडौं । चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिप्रति आफू प्रतिवद्ध रहेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भनेका छन्, ‘चिनियाँ कम्युनिष्ट पार्टीले स्वायत्तता, पूर्ण समानता, पारस्परिक विश्वास र एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिप्रति दृढ रहेको । चीनले नेपालका सबै राजनीतिक दलहरुसँग नजिकको […]
१३ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५७८ जनाको परीक्षणमा ४०७ जना पुरुष र २५२ जना महिला गरी ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सोमबारसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ […]
१३ पुस, काठमाडौं । प्रहरीले चेक बाउन्स सम्बन्धी मुद्दामा फरार रहेका जग्गा व्यवसायी सहदेव कक्षपतीलाई पक्राउ गरेको छ । जिल्ला अदालत, काठमाडौंको फैसला कार्यान्वयनका लागि कक्षपतीलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं प्रहरीका डीएसपी प्रमेश विष्टका अनुसार कक्षपतीलाई २ करोड विगो भराइ ३ महिना कैद र ३ हजार रुपैयाँ जरिवाना हुने अदालतले ठहर गरेको थियो […]
१३ पुस, काठमाडौं । उपत्यकामा आइतबार मात्रै १८ वटा विरोध प्रदर्शनका कार्यक्रम भए । तीमध्ये अधिकांश संसद विघटन र मध्यावधि निर्वाचन घोषणाको विरोधमा गरिएका थिए । सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको योजनामा मात्रै १० स्थानमा प्रदर्शन गरिए । विरोध कार्यक्रमका कारण राजधानीको माइतीघर मण्डला, थापाथली, कुपण्डोल, बागबजार, पुतलीसडक, भद्रकाली, गोंगबु, लगनखेल लगायतका क्षेत्रमा सवारी […]
१३ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले एक सय ग्राम सुनको बालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका ४० वर्षीय प्रलाद थापा र धादिङका अर्जुनप्रसाद थपलिया छन् । विमानस्थल प्रहरीका अनुसार विदेशबाट आएका व्यक्तिहरुलाई प्रयोग गरेर भन्सार छली गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो । थापाको साथबाट स्रोत नखुलेको चार […]
१३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तरिकाले संसद विघटन गरेको भन्दै बृहत नागरिक आन्दोलनले काठमाडौंमा डम्फुसहित विरोध प्रदर्शन गरेको छ । संसद पुनर्स्थापनाको माग सहित डम्फु एपिसोड सोमबार माइतीघर मण्डलामा कोणसभा गरिएको हो । गत शनिबार बृहत नागरिक आन्दोलनले शंख एपिसोड आयोजना गरेको थियो । १५ पुसमा धिमे एपिसोड, १७ पुसमा च्याब्रुङ […]
१३ पुस, काठमाडौं । नेकपाको प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले संसद विघटनलाई रुसी संसदमा भएको बम विस्फोटसँग तुलना गरेका छन् । जनसंस्कृतिक महासंघले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा नेता पाण्डेले नेपालमा रुसी संसदको बम विस्फोटको घटना नयाँ रुपमा प्रकट भएको बताए । ३ अक्टोबर, १९९७ मा रुसको संसदमा बम विस्फोट भयो । विस्फोटमा १९३ जना मारिएका […]
१३ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली जंबहादुर राणाको बाटोमा हिँडेको बताएका छन् । सोमबार जनसंस्कृतिक महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपी ओली सामन्ती शासक श्री ३ महाराजधिराज जंगेको बाटोमा हिँड्नुभयो । त्यस दिनबाट उहाँको पराजय र हाम्रो विजय यात्रा सुरु भयो ।’ संविधानले दिँदै […]
१३ पुस, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाल शक्ति राष्ट्रहरुको चलखेल स्थल बनेको बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रधानमन्त्री केपी शर्मा ओलीले शक्तिको स्रोत विदेशीलाई नै ठानेको उनको आरोप छ । संसद विघटनको विरोधमा सोमबार काठमाडौं क्षेत्र नम्बर ५ मा आयोजित विरोध सभालाई सम्बोधन गर्दै महतले भने, ‘कहिले […]
१३ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका सात मन्त्रीले सामूहिक राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले १० पुसमा मन्त्रिपरिषद् विस्तार गरे । शक्ति बस्नेतले राजीनामा दिएपछि रिक्त रहेको वन तथा वातावरण मन्त्रालयमा प्रेम आलेलाई ल्याइएको छ । डोटीबाट सांसद बनेका नवनियुक्त वनमन्त्रीको विगत भने धुमील […]
१३ पुस, काठमाडौं । संसद विघटनको विरोधमा प्रमुख विपक्षी नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन भइरहेको कांग्रेस नेताहरुले बताएका छन् । काठमाडौंमा पनि हरेक निर्वाचन क्षेत्रमा प्रदर्शन भइरहेको छ । भक्तपुरको थिमीमा हुने सभालाई कांग्रेस सभापति शेरबहादुर देउवा आफैंले सम्बोधन गर्ने कार्यक्रम छ । काठमाडौं […]
१३ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमाथि प्रहार हुँदा कांग्रेस वक्तव्य जारी गरेर बस्न नसक्ने बताएका छन् । प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले संवैधानिक कू गरेको भन्दै उनले सबै मिलेर संविधानलाई ट्र्याकमा ल्याउनुपर्ने बताए । संसद विघटनको विरोधमा प्रमुख विपक्षी कांग्रेसले सोमबार १६५ निर्वाचन क्षेत्रमै विरोध प्रदर्शन गरेको छ । नयाँ बानेश्वरमा आयोजित […]
१३ पुस, काठमाडौं । रुकुम पश्चिममा आफ्नै श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुसिकोट नगरपालिका-८ घोरखानी बस्ने ५० वर्षीया डल्ली बुढा रहेकी छन् । डल्लीले आफ्नै श्रीमान ३४ वर्षीय चित्रबहादुर थापालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले आइतबार पक्राउ गरेको हो । चक्कु प्रहार गरी श्रीमानको […]
१२ पुस, काठमाडौं । महत्वाकांक्षी लक्ष्यसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेका योगेश भट्टराई १७ महिनामै बिदा भए । जाँदाजाँदै उनले भने, ‘मेरो १७ महिने कार्यकालमध्ये १० महिना कोरोनाका कारण कठिन परिस्थितिको सामना गर्नुपर्यो, लक्ष्यअनुसार काम गर्ने वातावरण नै बनेन ।’ हुन पनि यो बीचमा पर्यटनमन्त्रीको हैसियतका रुपमा योगेशसँग ठ्याक्कै देखाउन सक्ने नजिता […]
१३ पुस, काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेको छ । आइतबार ९४ हजार दुई सयमा कारोबार भएको सुनको भाउ सोमबार ९४ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आजका लागि तेजाबी सुनको भाउ ९४ हजार चार सय रुपैयाँ तोकेको छ । आइतबार ९३ हजार ७ […]
१३ पुस, काठमाडौं । राइड सेयरिङ एप पठाओका असन्तुष्ट चालकहरूले कम्पनीको कार्यालयमा तोडफोड गरेका छन् । आफूले अघि सारेको विभिन्न मागहरु पुरा नभएको भन्दै कार्यालय घेराउ गर्न गएका चालकहरुले कार्यालय तोडफोड गरेका हुन् । उनीहरु कमिसन घटाउन माग गर्दै अघिल्लो सोमबार कम्पनीलाई ज्ञापनपत्र दिएका थिए । अधिकतम् ८ प्रतिशत मात्रै कमिसन लिन उनीहरुले कम्पनीलाई दबाव […]
१३ पुस, पोखरा । गण्डकी प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीको दुबै पक्षले संसदीय दलको बैठक बोलाएका छन् । प्रचण्ड–नेपाल पक्षको बैठक सोमबार दिउँसो बसेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले अनलाइनखबरसँग भने, ‘हामी अहिले बैठकमै छौं । सभामुखबाहेक १२ जना सहभागी हुनुहुन्छ ।’ सभामुख नेत्रनाथ अधिकारी पदीय मर्यादाको हिसाबले बैठकमा सहभागी नभएका हुन् । […]
१३ पुस, काठमाडौं । नेकपा (प्रचण्ड–माधव नेपाल समूह)का नेता देव गुरुङले नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउन संसद विघटन गराइएको दाबी गरेका छन् । उनले संसद विघटनको कदम राष्ट्रघाती भएको टिप्पणीसमेत गरेका छन् । कास्कीको पोखरामा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा नेता गुरुङले भने, ‘यो संसद रहँदासम्म, संघीय संसद रहँदासम्म विदेशी सैनिकहरुले यहाँ मार्चपास गर्न सक्दैन, […]
from समाचार – Online Khabar https://ift.tt/2L1aBvE
via IFTTT