Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

गोरखामा पार्टी कार्यालय ओगट्न नेकपाका दुई समूहको प्रतिस्‍पर्धा

१४ पुस, गोरखा । गोरखामा साविकको नेकपा एमालेको कार्यालय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड– माधव समूह र ओली समूह दुबैले आफ्नो नियन्त्रणमा राख्न खोज्दा मंगलबार स्थिति तनावपूर्ण बन्यो । गोरखा नगरपालिका–८ चाइनिजधारास्थित उक्त कार्यालयबाट मंगलबार प्रचण्ड– माधव समूहले संसद विघटनविरुद्धको प्रदर्शन सुरु गर्न लाग्दा ओली समूहका कार्यकर्ता कार्यालयभित्रै बसिरहेको थियो । दुबै समूह एकै […]

नेकपा ओली समूहको काभ्रे अध्यक्षमा ब्याञ्जु

१४ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षले काभ्रे जिल्ला अध्यक्ष अशोक ब्याञ्जुलाई चयन गरेको छ । धुलीखेल नगरपालिका मेयर समेत रहेका ब्याञ्जु नेपाल नगरपालिका संघका अध्यक्ष समेत हुन् । ओली समूहको मंगलबार बसेको दोस्रो बैठकले नारायण पाण्डेलाई सचिवमा चयन गरेको छ । बैठकले १ सय २४ सदस्यीय जिल्ला कमिटी घोषणा समेत गरेको […]

बैंकर्स संघको उपाध्यक्ष बने उपाध्याय

१४ पुस, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघको उपाध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायलाई चयन गरेको छ । मंगलबार सम्पन्न साधारणसभाले रिक्त उपाध्यक्ष पदमा उपाध्यायलाई चयन गरेको हो । यसअघि नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकुल भाटनगर संघको उपाध्यक्ष थिए । उनी नेपाल एसबीआई छाडेर […]

यो सरकार कामचलाउ भइसक्यो : माधव नेपाल

१४ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओली नेतृत्वको सरकार कामचलाउ भइसकेको बताएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा मंगलबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले सरकारले आफू कामचलाउ भइसकेको जानकारी दिनुपर्ने बताए । प्रचण्ड–माधव पक्षको बबरमहलमा बसेको केन्द्रीय समिति बैठकबाट नेकपा अध्यक्षमा चयन भएका पूर्वप्रधानमन्त्री नेपालले भने, ‘प्रतिनिधिसभा सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री […]

संसद विघटनको विरोधमा रौतहटमा माधव–प्रचण्ड समूहको प्रदर्शन

१४ पुस, रौतहट । संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले रौतहटको सदरमुकाम गौरमा मंगलबार प्रदर्शन गरेको छ । नेकपाका केन्द्रीय नेता मातृका ्प्रसाद यादवको नेतृत्वमा रौतहट सदरमुकाम गौरको राइसमिलमा भेला भएका नेता कार्यकर्ताले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध चर्का नारावाजी गर्दै गौरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि विपी चोकमा विरोध सभालाई सम्बोधन गर्दै नेता […]

मुख्यमन्त्री पौडेलले गरे जम्मकट्टेल र माझीलाई कारबाही

१४ पुस, काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश संसदीय दलको उपनेता शालिकराम जम्कट्टेल र सचेतक वुद्धिमान माझीलाई पदमुक्त गरेका छन् । प्रदेश सरकाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन भूमिका खेलेको भन्दै मुख्यमन्त्री पौडेलले उनीहरुलाई हटाएका उनका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल नेपाल कम्युनिस्ट पार्टीको केपी शर्मा ओली समूहका […]

सुर्खेतमा लागूऔषधसहित सासू–बुहारी पक्राउ

१४ पुस, सुर्खेत । प्रहरीले सुर्खेतको वीरेन्द्रनगरबाट लागूऔषधसहित सासू–बुहारीलाई पक्राउ गरेको छ । ब्राउनसुगर जस्तो देखिने लागूऔषधसहित वीरेन्द्रनगर–८, इत्रामबाट सासू–बुहारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । डीएसपी घर्तीका अनुसार बुहारी २४ वर्षीया शान्ति सिंह र सासू ५० बर्षीया कौसिला सिंहलाई पक्राउ गरिएको हो । विशेष सूचनाका आधारमा […]

बेलायतबाट फर्किएका संक्रमितको जिन सिक्विनिङ अन्यौलमा

१४ पुस, काठमाडौंं । बेलायतबाट फर्किएका ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालमा पनि बेलायतको जस्तै नयाँ स्वरुपको संक्रमण देखिएको हो की भन्ने आशंका गरिएको छ । तर, जिन सिक्विनिङ नगरिकन भाइरसको स्वरुप थाहा नपाइने भएकाले त्यसबारे निर्क्यौल गर्न समय लाग्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् । जिन सिक्विनिङको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले […]

संसद विघटनको विरोधमा पर्सा र बारामा प्रदर्शन

१३ पुस, वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहले बारा र पर्सामा प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा प्रदर्शन गरिएको हो । प्रधानमन्त्री ओलीले संसद विघटन गरेर असंवैधानिक, प्रतिगामी र गणतन्त्र विरोधी कदम चालेको उनीहरुको ठहर छ । उनीहरुले पर्साको वीरगञ्ज र बाराको कलैयामा प्रदर्शन गरेका हुन् […]

ऋषि कट्टेलको पार्टीले मुद्दा जित्यो भने के होला सत्तारुढ नेकपाको कानुनी हैसियत ?

१४ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको नाम सम्बन्धी विवादमा सर्वोच्च अदालतमा दर्ता भएको रिटमा मंगलबार पेशी चढे पनि सुनुवाई नभई स्थगित भयो । निर्वाचन आयोगलाई विपक्षी बनाएर ऋषिराम कट्टेलले २१ मंसिर २०७५ मा दर्ता गरेको यो रिटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएका बेला पेसी चढेको हो । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी […]

यो त भत्केरो मात्र हो, आँधीबेहरी आउन बाँकी छ : प्रचण्ड

१४ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश तानाशाह बनेको आरोप लगाएका छन् । ओलीले एक सालदेखि पार्टी फुटाउने र लोकतन्त्रमाथि प्रहार गर्न खोजेको उनले बताए । अहिलेसंसद भंग गरेर देशलाई भड्खालो हाल्न चाहेको प्रचण्डको आरोप छ । त्यसविरुद्ध मंगलबार देशभर प्रदर्शन भएको भन्दै उनले प्रतिगमनलाई नच्याउने […]

प्रधानमन्त्रीलाई प्रचण्डको चेतावनी : अन्तिमसम्म लड्छौं, तयारी गरे हुन्छ

१४ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रान्तिको गोटी बनेको आरोप लगाएका छन् । संसद विघटनविरुद्ध निर्मम संघर्ष गर्नु परेपनि तयार रहेको भन्दै उनले भने, ‘भोलि नै अर्को चरणको कार्यक्रमको तयारी गर्दैछौं । यो भन्दा अलि कडा । प्रधानमन्त्री वा अरु भ्रममा नबस्नुहोला । सिधासिधा कुरा हो, […]

बर्खास्त मन्त्री बोहरा भन्छन्– मुख्यमन्त्रीको पद पनि सुरक्षित छैन

१४ पुस, कैलाली । मंगलबार पदबाट बर्खास्त भएका सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले मुख्यमन्त्री त्रिलोचन भट्टको पद पनि सुरक्षित नभएको दाबी गरेका छन् । ‘मलाई राजनैतिक पूर्वाग्रहमा जिम्मेवारीबाट हटाइयो,’ अनलाइनखबरसँग उनले भने, ‘अर्काे पक्षले पनि त बहुमत बनाउँला । उहाँको पद पनि सुरक्षीत रहिरहन्छ भन्ने छैन ।’ प्रदेश सरकारमा एक जना […]

संसद विघटनविरुद्ध राप्रपाले १७ पुसमा प्रदर्शन गर्ने

१४ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १७ पुसमा काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि देश अत्यन्त गम्भीर संवैधानिक तथा राजनीतिक संकटमा फसेको भन्दै विरोध प्रदर्शन गर्न लागेको राप्रपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राप्रपाले अंगिकार गरेका एजेन्डाहरूलाई सुन्न समेत […]

संसद विघटनविरुद्ध प्रचण्ड–माधव समूहको आमसभा (LIVE)

१४ पुस, काठमाडौं । संसद विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा आमसभा गरिरहेको छ । उपत्यकाका विभिन्न ठाउँबाट निकालिएको जुलुस भृकुटीमण्डपमा पुगेर आमसभामा परिणत भएको हो । यसअघि टेकु, कुलेश्वर, कुपण्डोल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, न्यूरोड, नक्शाल, रत्नपार्क, त्रिचन्द्र कलेज, बागबजार, वाल्मिकी क्याम्पस, लगायतका स्थानबाट जुलुस निकालिएको थियो । टेकुबाट युवराज ज्ञवाली, कुलेश्वरबाट बेदुराम भुसाल, कुपण्डोलबाट […]

केपी ओलीलाई बुझ्न सकिएनछ भन्दै प्रचण्डले मागे माफी

१४ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीलाई बुझ्न नसकेको भन्दै जनतासँग माफी मागेका छन् । आफूहरुले नै बनाएको प्रधानमन्त्रीले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्‍यो भन्नुपर्दा आफूहरुलाई अप्ठ्यारो लागेको उनले बताए । ‘ओली गणतन्त्रवादी आन्दोलनमा पक्षमा छैनन् भन्ने पनि थाहा थियो, बयलगाढाको सिद्धान्त पनि थाहा थियो’, संसद […]

माधव नेपालले गरे केपी ओलीको ज्ञानेन्द्रसँग तुलना

१४ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना गरेका छन् । संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले भृकुटीमण्डपमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले पूर्वअध्यक्ष एवं प्रधानमन्त्री ओलीको चर्को आलोचना गरे । ओलीका कारण जनतालाई सुख कम, दुःख ज्यादा पाएको, मान कम, अपमान ज्यादा सहेको बताए […]

जनकपुरमा पनि प्रचण्ड-माधव समूहको प्रदर्शन

१४ पुस, जनकपुरधाम । प्रतिनिधि सभा विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले जनकपुरधाममा पनि प्रदर्शन गरेको छ । नेकपाका प्रचण्ड-माधव पक्षका नेता/कार्यकर्ताहरुले रेल्वे स्टेसनमा भेला भएर विरोध र्‍याली सुरु गरेका थिए । र्‍यालीमा सहभागी नेकपाका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध चर्का नारावाजी गरेका थिए । विरोध र्‍याली भानु चोक, शिव चोक हुँदै नगरको विभिन्न […]

तरकारी किन्न पैसा बोक्नैपर्ने बाध्यता हटाउँछौं-गभर्नर

१४ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरकारी किन्न नगद बोक्नैपर्ने बाध्यता हटाइने बताएका छन् । वाणिज्य बैंकका सीईओहरुको संगठन नेपाल बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले नगदरहित कारोबारलाई प्रोत्साहन गरी नगद बोक्नै पर्ने बाध्यता हटाउने उद्घोष गरेका हुन् । अहिले किनमेल गर्न नगद बोक्नै पर्ने बाध्यता रहेको छ । यो […]

नेप्से परिसूचक ५.५७ अंकले बढ्यो, अधिकांश समूह भने राताम्मे

१४ पुस, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजारमा कारोबार हुने अधिकांश समूह घटेर राताम्मे देखिएको छ । समग्रमा सेयर कारोबार मापक नेप्से परिसूचक ५.५७ अंकले बढेर २ हजार १२ दशमलव ८९ अंकमा पुगेको छ । समग्रमा बजार बढे पनि धेरै जसो कम्पनीहरुको भने सेयर मूल्इ घटेको छ । उत्पादमूलक, लघुवित्त, निर्जिवन बिमा समूह […]

दुर्गममा सेवा दिन बुद्धले नयाँ कम्पनी ‘यशोधरा एयर’ खोल्ने

१४ पुस, काठमाडौं । बुद्ध एयरले दुर्गम भेगमा हवाई सेवा विस्तार गर्ने भएको छ । यसका लागि बुद्ध एयरको शतप्रतिशत लगानी रहने गरी भगिनी कम्पनी खोल्ने तयारी गरिएको हो । नयाँ कम्पनीको नाम ‘यशोधरा एयर’ राखिने निर्णय भएको कम्पनीका प्रवन्ध निर्देशक बीरेन्द्रबहादुर बस्नेतले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार कम्पनीले आगामी एक वर्षभित्र नयाँ कम्पनीका […]



from समाचार – Online Khabar https://ift.tt/34UqHyx
via IFTTT
Powered by Blogger.