Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कमला-कञ्चनरुप सडक चार लेनको बनाउने ठेक्का चिनियाँ कम्पनीलाई

११ पुस,काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तरगत धनुषाको कमलादेखि सप्तरीको कञ्चनरुपसम्मको सडक चार लेनमा विस्तारको लागि ठेक्का लागेको छ । सडक विभागको एडीबी निर्देशनालयका अनुसार करिब १५ अर्बमा काम सक्ने गरी चिनियाँ कम्पनीले ठेक्का पाएको हो । चाइना रेल्वे नं. २ इन्जिनियरिङ ग्रुप कम्पनीले यो सडक विस्तारका दुबै खण्डमा ठेक्का पाएको निर्देशनालयका प्रमुख दीपक श्रेष्ठले बताए । […]

जसपाको मसाल जुलुसमा प्रहरी हस्तक्षेप

११ पुस, काठमाडौं । संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । बबरमहलस्थित पार्टी कार्यालयबाट मसाल जुलुस निकाल्न खोजेको थियो । तर प्रहरीले कार्यालय परिसर निस्कनासाथ हस्तक्षेप गरेर तितरवितर बनाएको छ ।  

मोबाइल चार्जका क्रममा घरमा आगलागी

११ पुस, काठमाडौं । नागार्जुन नगरपालिका-१ तुफान चोकमा मोबाइल चार्जका क्रममा घरमा आगलागी भएको छ । तीन तले घरमा लागेको आगो दमकलको सहयोगमा निभाइएको छ । आइफोन चार्जमा राखेर बाहिर गएको र फर्किँदा आगो लागेको जस्तो देखेपछि पानी हाल्दा झन बलेको खबर प्राप्त भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी प्रतिक विष्टले जानकारी दिए । घटनाबारे […]

ओली समूह छाडेर प्रचण्ड-माधवतिर लागे छक्कबहादुर

११ पुस, काठमाडौं । हुम्लाका सांसद छक्कबहादुर लामा नेकपा प्रचण्ड-माधव समूहमा लागेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुट्दा ओली समूहमा लागेका उनलाई केन्द्रीय सदस्य बनाइएको थियो ।तर केन्द्रीय सदस्य पद परित्याग गरी नेकपाको प्रचण्ड-नेपाल समूहमा आएको उनले बताएका छन् । ‘म मात्र त्यता बसेर भएन, बहुसंख्यक कार्यकर्ताले यता बस्नुपर्छ भनेर आग्रह गरे’ उनले […]

थप ५०० जनामा कोरोना संक्रमण पुष्टि

११ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५४३४ नमुना परीक्षण गर्दा २१३ महिला र २८७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको सख्ंया २ लाख ५७ हजार ७०० पुगेको छ । उनीहरुमध्ये २ लाख ४९ हजार १३२ जना संक्रमणमुक्त भएका […]

समृद्धिको यात्रा, ओलीको गाईजात्रा !

११ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक समाजले माइतीघर मण्डलामा प्रर्दशन गरेका छन् । प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलनको व्यानरमा शनिबार भएको प्रदर्शनमा सहभागीहरुले संसद विघटनको विरोध गरे । प्रदर्शनमा सहभागीहरुले सबै विमतीको संविधानभित्रैबाट समाधान खोज्नुपर्ने बताएका छन् । प्रदर्शनमा सहभागीहरुले ‘समृद्धिको यात्रा, ओलीको गाईजात्रा’, ‘म नागरिक संविधानको पालक, नेताज्यू तपाई नि ?’, ‘संविधानमाथि तिरैतिर, […]

कोरोनाका कारण छुटेको कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

११ पुस काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमित भएर कक्षा १२ को परीक्षाबाट बन्चित भएका विद्यार्थीहरूका लागि परीक्षा तालिका सार्वजनिक भएको छ । छुटेका विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले १६ पुसदेखि २३ पुससम्म परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षा विहान १० बजेदेखि साढे ११ बजेसम्म सम्बन्धि विद्यालयमै सञ्चालन हुने बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले […]

निर्वाचन क्षेत्रमा श्रममन्त्रीको पुत्ला दहन

११ पुस, कैलाली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीको शनिबार उनकै निर्वाचन क्षेत्रमा पुत्ला दहन गरिएको छ । मन्त्री नियुक्त भएको २४ घण्टा नबित्दै नेकपा प्रचण्ड नेपाल समूहले पुत्ला दहन गरिएको हो । ‘उहाँले हामीलाई धोका दिनु भयो,’ नेकपा कैलाली जिल्ला सचिवालय सदस्य पर्सु चौधरीले भने, ‘हामीले बिरोधमा पुत्ला दहन गरेका हौँ ।’ […]

काठमाडौंमा राप्रपाको मोटरसाइकल र्‍याली

११ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शनिबार काठमाडौंमा र्‍याली निकालेको छ । राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै राप्रपाले मोटरसाइकल र्‍याली निकालेको हो । बबहरमहलबाट सुरु भएको र्‍याली थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, जमलहुँदै दरबारमार्गसम्म पुगेको थियो । र्‍यालीमा राप्रपाका अध्यक्षहरु कमल थापा, डा. प्रकाशचन्द्र लोहनीलगायतका वरिष्ठ नेताहरु सहभागी भएका छन् । राप्रपाले राजसंस्था […]

संसद विघटनविरुद्ध १३ गते देशभर प्रदर्शन गर्न देउवाको अपिल

११ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यहीँ पुस १३ गते प्रतिनिधिसभा विघटविरुद्ध देशैभर प्रदर्शन गर्न अपिल गरेका छन् । शिनबार अपिल जारी गर्दै सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार देशभका १६५ वटै निर्वाचन क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध प्रदर्शन गर्न आह्वान गरेका दिएका हुन् । प्रतिनिधिसभा विघटनको घटनाका पार्टीले […]

पाथिभरा मन्दिर नजिकै जङ्गलमा आगलागी

११ पुस, काठमाडौं । ताप्लेजुङको पाथीभरा वन क्षेत्रमा आगलागी भएको छ । पाथिभरा मन्दिरको नजिकैको वनमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आगलागी भएको फावाखोलाको सिम्बु सामुदायिक वन र मन्दिरको दुरी ३/४ किलोमिटर रहेको छ । अहिले नेपाली सैनिकसहित सुरक्षाकर्मी र स्थानीयको टोलीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । सामुदायिक वन […]

६५ अर्ब माग्दै साइटमा फर्किन मानेनन् ठेकदार, निरीह बन्यो सरकार

११ पुस, काठमाडौं । लकडाउनपछि ठप्प भएको निर्माण क्षेत्र अझै पुरानो लयमा फर्किन सकेको छैन । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार अहिले करिब ३० देखि ४० प्रतिशत मात्रै निर्माण साइटमा काम भइरहेको छ, त्यो पनि निकै सुस्त गतिमा । सुरुमा महामारीलाई बहाना बनाउन पाएको निर्माण क्षेत्रले त्यसपछि वषर्ा र चाडबाडको निहुँ देखायो । अहिले ठेकदारहरु […]

चितवनको पार्टी कार्यालयमा ओली समूहले लगाएको ताला प्रचण्ड-माधव पक्षले फोडे

११, पुस, चितवन । चितवनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी कार्यालयमा केपी शर्मा ओली पक्षले लगाएको ताला प्रचण्ड-माधव समूहले केही घण्टामै फोडेका छन् । भरतपुर महानगरपालिका-७ मदन आश्रित स्मृति भवनमा ओली पक्षका कार्यकर्ताले शनिबार बिहान ताला लगाएका थिए । तर, उनीहरुले लगाएको ताला प्रचण्ड-माधव समूहका कार्यकर्ताले फुटाएर कार्यालय सञ्चालन गरेको जनाएका छन् । साविक एमाले […]

खुमलटारमा वामदेवले भने-संसद विघटनको विपक्षमै छु

११ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम र नेपाल-प्रचण्ड समूहका अध्यक्ष पुस्पकमल दाहा प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्डले उपाध्यक्ष गौतमलाई शनिबार बिहान आफ्नै निवास खुमलटारमा बोलाएर छलफल गरेका हुन् । संसद विघटन र पार्टी विभाजनको अवस्थाबारे छलफल भएको खुमलटार स्रोतले बताएको छ । भेटवार्तामा उपाध्यक्ष गौमले आफू संसद विघटनको विपक्षमा […]

भरतपुर अस्पतालमा आँखा उपचार सेवा सुरु हुँदै

११, पुस, चितवन । चितवनको भरतपुर अस्पतालमा आँखा रोग उपचार सेवा सुरु हुने भएको छ । अस्पतालका अनुसार यहीँ पुस महिनाभित्र आँखाको उपचार सेवा सुरु गर्न लागिएको हो । त्यसका लागि आवश्यक पर्ने सामाग्रीहरु किन्ने प्रकृया सुरु भैसकेको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. जगन्नाथ तिवारीले जानकारी दिए । अस्पतालमा आँखा उपचार सेवा सुरु गर्न […]

मन्त्रीलाई गाउँपालिका अध्यक्षको चुनौती : आउनोस्, चुनाव लडौं

११ पस, कैलाली । केही दिन अघिसम्म कैलालीमा रहेका श्रममन्त्री गौरीशंकर चौधरीले कैलालीका विभिन्न क्षेत्रमा आफूनिकटका कार्यकर्तालाई भेला गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरे । उनले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएको बताए । सुरुदेखि नै नेकपा अध्यक्ष प्रचण्डनिकट रहेका पूर्वकृषि मन्त्री चौधरी दोस्रोपटक ओली क्याबिनेटमा सुटुक्क मन्त्री बनेपछि उनको निर्वाचन क्षेत्रमा तरङ्ग […]

स्वनामको निधनप्रति प्रचण्डद्वारा दु:ख व्यक्त

११ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट नेता तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रिय सल्लाकार परिषद्का सदस्य स्वनाम साथी (शशी शेरचन)को निधनप्रति दु:ख व्यक्त गरेका छन् । शनिबार शोक वक्तव्य जारी गरी प्रचण्डले स्वनामको निधनप्रति दुख व्यक्त गरेका हुन् । स्नामको समर्पण, वर्गीय मुक्ति, देशभक्ति र निजी स्वार्थको तलाञ्जली कम्युनिस्ट आन्दोलनका लागि प्रेरणादायी […]

नेकपा चितवनको कार्यालयमा ओली समूहले लगायो ताला

११, पुस,चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको पार्टी कार्यालयमा ओली समूहले ताला लगाएको छ । शनिबार बिहान पार्टी कार्यालयमा पुगेका ओली समूहका कार्यकर्ताले पार्टी कार्यालयबाट गुट चलाएको आरोप लगाउँदै ताला लगाएका छन् । साविक एमालेको पार्टी कार्यालय रहेको मदन आश्रति भवनलाई कुनै एक पक्षको गुटको कार्यालय बनाइएकोले ताला लगाइएको अनेरास्ववियु चितवनका अध्यक्ष प्रकाश आचार्यले […]

गाडीको ठक्करबाट झापामा साइकलयात्रीको मृत्यु

११ पुस, दमक । टाटा सुमो गाडीले ठक्कर दिँदा शनिबार बिहान झापाको कमल गाउँपालिका-५ स्थित सडकखण्डमा एकजना साइकलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गतको लभडाँडा सडकखण्डमा शनिबार बिहान ८ बजेतिर पूर्व जाँदै गरेको मे१ज २००४ नम्बरको टाटा सुमोले बाटो काट्दै गरेका कमल-६ बस्ने ५३ वर्षीय साइकलयात्री झुलानाथ खनाललाई ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी […]

३२ नागरिक संघ-संस्थाद्वारा संसद विघटनको विरोध

११ पुस, काठमाडौं । विभिन्न सामाजिक तथा नागरिक संघ-संस्थाहरुले संसद विघटनको विरोध गरेका छन् । शिनबार विभिन्न ३२ वटा संस्थाका प्रमुख तथा प्रतिनिधिले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै सत्तारुढ राजनीतिक दलको आन्तरिक कलह र शक्ति संघर्षको सिकार संसदलाई बनाइनु न्यायोचित नहुने बताएका हुन् । असंवैधानिक रुपमा संसद विघटन हुनु लोकतन्त्रको मूल्य, मान्यता र प्रतिपादित सिद्धान्तविपरीत भएको […]

राष्ट्रिय सभाको हिउँदे अधिवेशन १७ गतेदेखि

११ पुस, काठमाडौं । राष्ट्रिय सभाको हिउँदे अधिवेशन यही पुस १७ गतेदेखि सुरु हुने भएको छ । सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन यहीँ पुस १७ गते आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो । गत असार १८ गते अधिवेशनको अन्त्य […]



from समाचार – Online Khabar https://ift.tt/3aHZjY5
via IFTTT
Powered by Blogger.