Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

३८२८ नमुना परीक्षण ४८१ जनामा संक्रमण पुष्टि

१२ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३८२८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार पुगेको छ । उनीहरुमध्ये २ लाख ४९ हजार ८६३ जना संक्रमणमुक्त भएका छन् भने १८२५ जनाको […]

लिलामी हुनबाट जोगियो उखु कृषक गगनदेवको जायजेथा

१२ पुस,काठमाडौं । मंसिर २८ गतेदेखि काठमाडौं आएर न्यायका लागि लडिरहेका सर्लाहीका वयोवृद्ध उखुकिसान गगनदेव रायको दुई विगाह खेत ललामीबाट जोगिएको छ । सामाजिक अभियान्ताहरुले जुटाइएको सहयोग र चिनी मिलले तिरेको पैसाले धितो लिलामी नहुने निश्चित भएको अभियान्ता नवीन यादवले बताए । ‘आइतबारसम्म गगनदेवको खातामा पाँच लाख ५५ हजार रुपैयाँ जम्मा भएको छ, अब लिलामी […]

कृषक परिचयपत्रको वितरण थाल्ने निर्णय गर्दै कृषिमन्त्रीले गरिन् पदभार ग्रहण

१३ पुस, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले पदभार ग्रहण गरेकी छिन् । आइतबार मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन् । यसअघि उनी भूमिसुधार मन्त्री थिइन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई कृषिमन्त्री बनाएकी थिइन् । किसान वर्गीकरण गरेर फागुनदेखि कृषक परिचयपत्र वितरण गर्ने र पशुपन्छीको नश्ल सुधार गर्न कार्यक्रम सञ्चालन […]

संसदमाथि खड्ग प्रहार भयो : अशोक राई

१२ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता अशोक राईले संसदमाथि खड्ग प्रहार भएको टिप्पणी गरेका छन् । संसद विघटनको विरोधमा जसपाले आइतबार राजधानीमा गरेको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेता राईले प्रतिनिधिसभाको अधिवेशन बोलाउनुपर्ने बेलामा संविधानका व्यवस्थाहरु कुल्चिएर संसद भंग गरिएको बताए । ‘त्यसैकारण खड्ग प्रहार गर्नेहरुबाहेक सबै यसको विरोधमा छन्’ उनले भने । […]

गोरखाको ११३ हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुग्दै

१२ पुस, गोरखा । चालु आर्थिक वर्ष जिल्लाको ११३ हेक्टर क्षेत्रफल खेतियोग्य जमिनमा सिँचाइ सुविधा पुग्ने भएको छ । विभिन्न स्थानीय तहमा पाँचवटा सिँचाइ योजना निर्माणको काम भइरहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गोरखाले जनाएको छ । ‘सबै योजनामा सोलारबाट पानी लिफ्ट हुन्छ,’ कार्यालय प्रमुख रमेशराज शर्माले भने, ‘पानीको मुहानमा इनार खन्छौ, त्यहाँबाट लिˆट […]

सन्तोष साहकी आमा भन्छिन्- केटीवालाको फोन धेरै आउन थाल्यो !

१२ पुस, सिराहा । ‘हमर बेटा लाखोमे नहीँ करोडोमे एक छै,’ बीबीसी मास्टर सेफ द प्रोफेसनल्स–२०२० को फाइनलिस्ट बनेर चर्चा कमाएका सन्तोष साहकी आमा सोमरीदेवीले गर्वसाथ भनिन् । उमेरले १०० वर्ष छुन आँटेकी उनी छोराको उपलब्धीले औधी रोमाञ्चित देखिन्छिन् । सिराहाको कर्जन्हा नगरपालिका वडा–११ मा पर्छ सन्तोषको घर । दुई तल्ले यो घर दुई वर्षअगाडि […]

कञ्चनपुरमा नेकपाका दुई पक्षबीच धकेलाधकेल

१२ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला कार्यालय कञ्चनपुरमा प्रचण्ड–माधव नेपाल र केपी ओली पक्षका नेता, कार्यकर्ताबीच धकेलाधकेल भएको छ । प्रचण्ड-माधव समूहले दिउँसो १२ बजे बोलाएको विस्तारित बैठकलाई विथाल्ने गरी ओली समूहका नेता, कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेपछि धकेलाधकेल भएको हो । स्रोतका अनुसार ओम बस्नेत लगायतका नेताले ताला खोल्न खोजेपछि विवाद […]

निर्वाचन आयोगले यसरी टुङ्ग्याउँदैछ नेकपाको आधिकारिकता विवाद

१२ पुस, काठमाडौं । गत शुक्रबार तामझामका साथ निर्वाचन आयोग पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड-माधव नेपाल पक्षलाई प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेकपाको वैधानिकता विवाद निरुपण तोकिएको अवधिभन्दा अगाडि नै हुने आश्वासन दिए । प्रमुख आयुक्त थपलियाले भने पनि वैधानिकता विवाद टुङ्गिन ९० दिनसम्म लाग्ने देखिएको छ । राजनीतिक दल सम्बन्धी ऐनका व्यवस्था […]

अदालतले गरेन भने विद्रोहले संसद पुनर्स्थापना गर्छ : भुसाल

१२ पुस, बुटवल । नेकपा प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले प्रतिनिधिसभा तुरुन्त पुनर्स्थापना हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनको निर्णय संविधान, परम्परा र जनचाहना विपरित भएकाले पुनर्स्थापनाको विकल्प नभएको उनले बताए । पुष्पलाल मित्रता केन्द्र रुपन्देहीले आइतबार तिलोेत्तमामा गरेको पत्रकार भेटघाटमा नेता भुसालले विश्वका कुनै पनि सभ्य मुलुकमा जनताको चाहना विपरित गरिएको संसद विघटनलाई अदालतले […]

संसद विघटनविरुद्ध काठमाडौंमा जसपाको प्रदर्शन (फोटो फिचर)

१२ पुस, काठमाडौं । संसद भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध जनता समाजवादी पार्टी  (जसपा)नेपालले आज आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । जसपाले ओलीको कदम असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गरेको छ । रत्नपार्क शान्तिबाटिकाबाट जुलुस सुरु भएको छ ।  पुतली सडक हुँदै पुनः शान्तिबाटिकामै पुगेर विरोध र्‍याली कोणसभामा परिणत हुनेछ । […]

कार्यभार सम्हाल्दै खानेपानी मन्त्री थापाले भने– देशलाई स्थिरतातर्फ लैजान कोसिस गर्छु

१२ पुस, काठमाडौं । नवनियुक्त खानेपानी मन्त्री मणिचन्द्र थापाले देशका ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेर मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । आइतबार खानेपानी मन्त्रालयमा मन्त्रीको जिम्मेवारी सम्हाल्दै थापाले ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् । कार्यभार सम्हाल्दै मन्त्री थापाले देशको समृद्धि, स्थायित्व […]

काठमाडौं आइपुग्यो चिनियाँ टोली

१२ पुस, काटमाडौं । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे बुझ्न उत्तरी छिमेकी चीनका उच्च अधिकारीको टोली काठमाडौं आइपुगेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली एयर चाइनाको चार्टर्ड विमानबाट काठमाडौं आएको हो । चिनियाँ टोलीको भ्रमणबारे विस्तृतमा जानकारी दिइएको छैन । यद्यपि चिनियाँ प्रतिनिधिमण्डल नेपालमा चार दिन रहनेछ र […]

झापामा भेटियो पुरानो ग्रिनेड, सेनाद्वारा डिस्पोज

१२ पुस, झापा । झापाको गौरादह नगरपालिका–७ मा ग्रिनेड फेला परेको छ । माओवादी सशस्त्र द्वन्द्वका वेला राखिएको हुनसक्ने आशंका गरिएको ग्रिनेड शनिबार अपराह्न ४ बजेतिर १५ वर्षीय गरिमा भुजेलले फेला पारेकी थिइन् । टिकको बगानमा गाइवस्तु चराउन जाने क्रममा धमिराले खनेको दुलोमा ग्रिनेड फेला पारेपछि उनले स्थानीय ४० वर्षीय हिमा पौडेललाई खबर गरिन् । […]

रेमण्ड सपका सञ्चालकविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा

१२ पुस, काठमाडौं । ठगी आरोपमा पक्राउ परेका रेमण्ड सपका सञ्चालक सञ्जय अधिकारीमाथिको अनुसन्धान प्रहरीले सकेको छ । अधिकारी ठगी सम्बन्धी कसुरमा दोषी रहेको निष्कर्ष निकाल्दै काठमाडौं प्रहरी परिसर, टेकुले अनुसन्धान सकेको हो । अनुसन्धान सकिएपछि प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको डीएसपी प्रतिक विष्टले बताए । उनले अनलाइनखबरसँग भने, ‘सरकारी […]

इमानलाई बन्धक राखेर अतिरिक्त पैसा आर्जन गर्ने उद्देश्य छैन : मन्त्री ढकाल

१२ पुस, काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्ने राजनीतिक उद्देश्य नराखेको बताएका छन् । आइतबार कार्यभार ग्रहण गरेपछि कर्मचारीहरुसँग कुरा गर्दै मन्त्री ढकालले सेवामा समर्पित हुँदै सुनाम कमाउने मात्रै उद्देश्य राखेको बताए । मन्त्री ढकालले भने, ‘स्वाभिमान र इमानलाई बन्धक राखेर अतिरिक्त […]

बुढानीलकण्ठमा ट्याक्टरको ठक्करबाट पैदलयात्रुको मृत्यु

१२ पुस, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-४, पासिकोटमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । दुर्घटनामा नुवाकोट सूर्यगडी नगरपालिका-२ घर भएकी ४६ वर्षीया बाटुलीदेवी थापाको मृत्यु भएको हो । प्रहरीका अनुसार शनिबार दिउँसो पासिकोट ओरालोमा ना५त ६२०८ नम्बरको ट्याक्टरले पैदलयात्रु थापालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारको […]

सरकार असफल भयो भन्दै राप्रपाले बुझायो सीडीओलाई ज्ञापन पत्र

१२ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकार असफल भएको उल्लेख गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीलाई ज्ञापन पत्र बुझाएको छ । सरकारविरुद्ध नारा, जुलुस र प्रदर्शनसहित प्रशासनमा पुगेका राप्रपा नेता, कार्यकर्ताले पराजुलीलाई ज्ञापन-पत्र बुझाएका हुन् । पत्रमा मुलुक अहिले समकालीन इतिहासको सर्वाधिक कठिन घडीबाट गुज्रिरहेको बताउँदै नेपाली जनजीवन र अर्थतन्त्र नराम्रोसँग […]

सडक विस्तारमा ढिलाइ भएको भन्दै चक्काजाम

१२ पुस, चितवन । भरतपुर बाइपास रोडको चार किलोमिटर विस्तारको काम चार वर्षसम्म पनि नसकेपछि भरतपुर महानगरपालिका–१२ का स्थानीयबासिन्दा आन्दोलित बनेका छन् । उनीहरुले आइतबार बिहान एक घण्टा बाइपास सडकखण्ड बन्द गराए । जिल्ला प्रशासन कार्यालय चितवन अगाडि भेला भएका सर्वसाधारण नागरिकहरुले ‘हामी धुलोमा छौं’ भन्ने प्लेकार्ड बोकेर विरोधमा उत्रिएका थिए । सडक विस्तारको काम […]

सुर्खेतमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु

१२ पुस, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा उपचाररत थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं. ६, निवासी ८२ वर्षीया महिलाको मृत्यु भएको हो । उनको आइतबार बिहान ८ः४२ बजे बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए […]

नौ महिनापछि खुल्यो तम्घासको हाटबजार

१२ पुस, गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा ९ महिनापछि हाटबजार सञ्चालनमा आएको छ । गत वर्षको चैतबाट कोरोना महामारीले गर्दा बन्द रहेको हाटबजार नौ महिनापछि खुलेको हो । जिल्लाको रेसुङ्गा नगरपालिकाले कृषिजन्य वस्तुहरुमा बिचौलियाको हस्तक्षेप अन्त्य गर्न हाटबजार सञ्चालन गरेको थियो । तर, सञ्चालन भएको केही महिनापछि कोरोना महामारीले गर्दा बन्द थियो । जिल्ला सदरमुकाम […]

लोपोन्मुख भाषाको व्याकरण बनाउँदै भाषा आयोग

१२ पुसऽ काठमाडौँ । मुलुकका विभिन्न लोपोन्मुख भाषाको अभिलेखीकरण र तिनको व्याकरण निर्माणका काममा भाषा आयोग अग्रसर भएको छ । आयोगले वाम्बुले, राजी, डोट्याली र डोटेली, दुरा, स्युवा (कागते), मेचे आदि भाषाको व्याकरण निर्माण गरिसकेको छ भने दनुवारलगायत केही भाषाको व्याकरण निर्माण यही आर्थिक वर्षभित्र गर्ने भएको छ । नेपालका भाषाको संरक्षण, संवद्र्धन र विकासका […]



from समाचार – Online Khabar https://ift.tt/2KXHRUG
via IFTTT
Powered by Blogger.