समाचार
१५ पुस, सुर्खेत । स्थानीयको विरोधपछि सुर्खेत विमानस्थल विस्तारका लागि आवश्यक जग्गा अधिग्रहण गर्ने प्रक्रिया रोकिएको छ । स्थानीयले विरोध जनाएपछि जग्गा अधिग्रहणका लागि थालिएको लगत संकलन कार्य तीन दिनमै रोकिएको नागरिक उड्डयन कार्यालय सुर्खेतले जनाएको छ । पुस ९ गतेदेखि लगत संकलनको काम थालिएको थियो । विमानस्थल विस्तार गर्न नहुने भन्दै स्थानीयले विरोध जनाएपछि […]
१५ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ बुद्धको जन्मस्थल लुम्बिनीमा ‘महासिद्ध सेन्चुरी फर युनिभर्सल पिस’ केन्द्र निर्माण अभियानमा ऐक्यवद्धता जनाएका छन् । नेपालमा एक रुपैयाँ र अन्यत्र एक अमेरिकी डलर दान अभियान चलाएर केन्द्रका संरचना निर्माण गर्न सुरु गरिएको छ । लुम्बिनीमा बुधबार भएको कार्यक्रममा निवर्तमान कार्यकारी निर्देशक घिसिङले केन्द्रका […]
१५ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५११० जनामा गरिएको परीक्षणमा ३०७ पुरुष र २०४ महिला गरी ५११ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ । पछिल्लो […]
१५ पुस, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा क्षेत्रको जंगलमा लागेको डेढेलो चार दिन बित्दासमेत नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउने प्रयास स्वरुप हेलिकोप्टरमार्फत पानी हालिए पनि सम्भव भएन । ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी महेन्द्र श्रेष्ठका अनुसार पाथिभरा मन्दिर, त्यहाँसम्म जाने सडक क्षेत्रलाई सुरक्षित गरिएको छ । तर, पाखामा आगो नियन्त्रणमा लिन नसकिएको उनले बताए । […]
१५ पुस, काठमाडौं । नेकपा ओली समूहका नेता लेखराज भट्टले पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री अहिल्यै चाहियो भनेर केटाकेटीपन देखाएको टिप्पणी गरेका छन् । ओली समूहले बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै भट्टले केटाकेटीले जिद्धी गरे जसरी प्रधानमन्त्री चाहियो भनेर माइतीघर मण्डलामा लडिबुडी गरेको बताए । उनले अघि भने, ‘राति सुत्दा पनि प्रधानमन्त्री नै देख्छन् […]
१५ पुस, रसुवा । उत्तरी रसुवाको गत्लाङ्मा बुधबार भएको आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । प्रहरी कार्यालय रसुवाका अनुसार आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गत्लाङ गाउँका बमबहादुर तामाङ र चुङ्थुङ तामाङको घर आगलागी भएको हो । सो आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । करीब ६०० घरधुरी रहेको गाउँ बीचमा रहेका ती दुई घर […]
१५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति कार्यालयले असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद विघटन गरेको भन्दै बृहत नागरिक आन्दोलनले नाैमती बाजा बजाएर विरोध प्रदर्शन गरेको छ । संसद पुनर्स्थापनाको माग राखेर बुधबार माइतीघर मण्डलामा महिला नौमती बाजा समूहले नाैमती बाजा घन्काएका हुन । कार्यक्रममा नागरिक समाज, बुद्धिजिवी, विभिन्न पेशा व्यावसायी तथा आमनागरिकको […]
१५ पुस, काठमाडौं । संवैधानिक परिषदसम्बन्धी अध्यादेश बदर गर्न माग गर्दै पेश भएको रिट सर्वोच्च अदालतमा दर्ता हुने भएको छ । यसअघि सर्वोच्च अदालतको रजिस्ट्रारले उक्त दरपीठ गरिदिएको उक्त रिट बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले दर्ता गर्न आदेश दिएको हो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मंसिर ३० गते संवैधानिक परिषद (काम कर्तव्य, अधिकार र कार्यविधि […]
१५ पुस, काठमाडौं । कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गरेको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा परेको छ । बुधबार सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलाशमा चढेको पेसी हेर्न नभ्याइने परेको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले कामचलाउ बनीसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् […]
१५ पुस, काठमाडौं । नेपालको विद्युतीय ग्रिड आधुनिकीकरण कार्यक्रमका लागि एसियाली विकास बैंक (एडिबी)ले १८ अर्ब २५ करोड रुपैयाँ (अमेरिकी डलर १५६ मिलियन बराबर) ऋण दिने भएको छ । सो सम्बन्धी ऋण सम्झौतामा बुधबार हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका अफिस […]
१५ पुस, काठमाडौं । खुंखार अपहरणकारी उदय सेठ्ठी र प्रह्लाद महतको समूहका एक जना सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । बालाजुका व्यापारी बाबुराजा रावललाई १ पुस २०६५ मा अपहरण गरी साढे १ करोड रुपैयाँ फिरौती असूली गरेको प्रकरणमा संलग्न रहेको अभियोगमा सर्लाहीका कुमार बुढाथोकी पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुढाथोकीलाई […]
१५ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । उनकी छोरी गंगाले आमालाई मेडीसिटी अस्पताल भर्ना गरेको जानकारी गराएकी हुन् । सीता लामो समयदेखि अस्वस्थ थिइन् । बुधबार थप गाह्रो भएपछि अस्पताल भर्ना गरिएको गंगाले बताइन् ।
१५ पुस, काठमाडौं । राष्ट्रियसभा सदस्यहरुको भोलि कोरोना भाइरस (कोभिड–१९) निःशुल्क परीक्षण गरिने भएको छ । राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते अपरान्ह ४ बजेको निम्ति आह्वान भएको छ । पहिलो बैठकको अघिल्लो दिन बिहीबार सबै सदस्यको कोभिड–१९ परीक्षणको व्यवस्था मिलाइएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले अनलाइनखबरलाई जानकारी दिए । उनले भने, हाम्रो आग्रहमा स्वास्थ्य […]
१५ पुस, गुल्मी । गत पुस ३ गते गुल्मीमा भएको अटो दुर्घटनाका घाइतेको उपचारका लागि आर्थिक संकलन गरिएको छ । आर्थिक अभावका कारण उपचारमा समस्या आएपछि विभिन्न संघ संस्थाहरुले आर्थिक संकलन अभियान सुरु गरेका छन् । रेसुङ्गा नगरपालिका–१३ दुबीचौर भन्ने स्थानमा लु १ ह २७४३ नम्बरको अटो दुर्घटना हुँदा वडा नम्बर–२ का १६ वर्षीय सुनिल […]
१५ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले जनताको शक्तिलाई परिचालन गरेर यो प्रतिगमनलाई पछार्नुपर्ने बताएका छन् । बुधबार अखिल नेपाल महिला संघको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले लोकतन्त्र र संविधानलाई बचाउनुपर्नेमा जोड दिए । १०० वर्षको राणा शासन, ३० वर्षको पञ्चायती शासन र ज्ञानेन्द्र शाहलाई जनताको बलमै पराजित गरेको भन्दै […]
१५ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड– माधव समूहले वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । काठमाडौंस्थित पेरिसडाँडामा बसेको प्रचण्ड– माधव समूहको प्रदेश सांसदको बैठकले मुख्यमन्त्री डोरमणि पौडेलको ठाउँमा शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो । यसअघि यो समूहले वाग्मती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै मुख्यमन्त्रीको […]
१५ पुस, काठमाडौं । आर्थिक वर्षको पछिल्लो चार महिना इन्धनको बिक्री झण्डै शून्यको अवस्थामा झर्दा पनि नेपाल आयल निगमले झण्डै १३ अर्ब रुपैयाँ खुद नाफा गर्यो । आइतबार सार्वजनिक लेखा परीक्षण प्रतिवेदनअनुसार आव २०७६/०७७ मा निगमको नाफा १२ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । जबकी कोरोना भाइरसका कारण गत चैत दोस्रो सातादेखि सुरु भएको […]
१५ पुस, काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल २०७८ जेठमा परीक्षा सञ्चालन गर्न सकिने बताउँछन् । ‘बिदा कटौती गरेर कक्षा सञ्चालन गर्ने र जेठसम्ममा परीक्षा लिइसक्नु पर्दछ,’ उनी भन्छन्, ‘त्यसो नगर्दा शैक्षिक […]
१५ पुस, काठमाडौं । आज मार्ग शुक्ल पूर्णिमाको दिन नेवार समुदायले ‘योमरी पुन्हि’ पर्व बनाउने गर्छन् । आजकै दिन योमरी पकाएर देवतालाई चढाउनुका साथै स–परिवार मिलेर खाने र अरुलाई पनि खुवाउने प्रचलन छ । योमरी नेवारी समुदायको एउटा विशिष्ट खाद्य परिकार हो । स्वादसँगै पौष्टिकताले समेत भरिपूर्ण योमरी जाडोको स्वादिष्ट खाद्य परिकार मानिन्छ । हालै […]
१५ पुस, रोल्पा । नेकपा प्रचण्ड–माधव समूहका नेता वर्षमान पुन (अनन्त)ले वैशाखमा चुनाव पनि नहुने र केपी शर्मा ओली प्रधानमन्त्री पनि नरहने दाबी गरेका छन् । गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अनन्तले प्रधानमन्त्री ओलीको नियत नै चुनाव गराउने नभएको बताए । आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार चलाइरहेका ओलीले असंवैधानिक रुपमा संसद विघटन […]
१३ पुस, काठमाडौं । नेपालले वाषिर्क बजेट बनाउँदा ठूलो रकम वैदेशिक सहायतामा निर्भर रहेर बनाएको हुन्छ । ठूलो आकारको बजेट बनाउने दबाबमा रहने अर्थ मन्त्रालय वैदेशिक सहायताको प्रक्षेपण बढाउन बाध्य हुने गरेको छ । चालु आर्थिक वर्ष २०७७/०७८ को बजेटमा वैदेशिक सहायताबाट ३ खर्ब ६० अर्ब रुपैयाँ बेहोर्ने लक्ष्य छ । यसमध्ये ६० अर्ब ५२ […]
from समाचार – Online Khabar https://ift.tt/3rzeSrf
via IFTTT