समाचार
१३ पुस, काठमाडौं । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै छ । केन्द्रीय राजधानी काठमाडौंको हकमा दिउँसो एक बजे प्रदर्शन हुने छ । नेपाली कांग्रेस काठमाडौं जिल्ला अध्यक्ष सबुज बानियाँले अनलाइनखबरसँग भने, ‘काठमाडौंका १० वटै निर्वाचनमा क्षेत्रमा एउटै समयमा दिउँसो १ बजे प्रदर्शन हुने छ र त्यसलाई सम्बन्धित निर्वाचन क्षेत्रका नेता, […]
१३ पुस, चितवन । भरतपुर महानगरपालिका-७ कृष्णपुरका शम्भु सुवेदी (५९) ले चितवन भ्याली मोडल अस्पताल तथा चितवन एकेडेमीका प्रवन्ध निर्देशक बनेर काम गरे । दारी र कपाल फूलेरै सेतै भइसकेको बेला सुवेदीलाई एकाएक कृषि कर्म गर्ने जाँगर चल्यो । उनलाई ड्रागन फ्रुट फलाउने हुटहुटी भयो । त्यसैले अस्पतालको काम अरुलाई नै जिम्मा लगाएर अहिले उनी […]
१३ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा आज देशभर प्रदर्शन गर्दैछ । १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो । विरोध प्रदर्शनसहितको सभालाई सम्बन्धित निर्वाचन क्षेत्रका नेताहरुले सम्बोधन गर्ने नेपाली कांग्रेसले जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा भने आफ्नो निर्वाचन क्षेत्रमा जाने छैनन् । कार्यव्यस्तताको कारण […]
१३ पुस, पोखरा । गण्डकी प्रदेश सरकारलाई राष्ट्रिय जनमोर्चाको समर्थन यथावत रहने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई टुक्रा भएपछि संकटमा पर्ने भनिएको प्रदेश सरकारलाई जनमोर्चाले समर्थन यथावत राख्ने जनाएको हो । गण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली समूहका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको नेतृत्व गरिरहेका छन् । नेकपा विभाजन भएर गण्डकी सरकारमा पनि अविश्वासको […]
१३ पुस, काठमाडौं । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा रहेको ‘डिजिटल एजुकेसन आइसिटी अवार्ड २०२०’ बुढानीलकण्ठ स्कुलले प्राप्त गरेको छ । नेपालकै सबैभन्दा ठूलो प्रविधि अवार्डका रुपमा रहेको यस विधामा जम्मा २७ ओटा शैक्षिक संस्थाको नोमिनेसन भएको थियो । शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउन प्रोत्साहन गर्ने उद्देश्यले सरकारी तथा सामुदायिक शैक्षिक संस्थानलाई प्रदान गरिने उक्त […]
१३ पुस, काठमाडौं । लकडाउनका कारण इन्धन आयात घटे पनि नेपाल आयल निगमले चालु आर्थिक वर्षमा झण्डै १३ अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष निगमको नाफा ८ अर्ब ७५ करोड थियो । निगमले आइतबार सार्वजनिक गरेको अन्तिम लेखा परीक्षण विवरणअनुसार १२ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा आर्जन भएको निगमका प्रमुख कार्यकारी निर्देशक […]
१२ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेश १ मा सत्ता समीकरणको खेल रोचक बनेको छ । ०७४ फागुन ३ गते दुई तिहाई बहुमतसहित सत्तारोहण गरेका मुख्यमन्त्री राईले अविश्वासको प्रस्तावको सामना गर्न २४ दिनको समय पाएका छन् । र, उनले यसको सामना गर्ने बताएका छन् । नेकपा […]
१२ पुस, काठमाडौं । प्रतिबन्धित नेक्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले सुरक्षा निकायप्रति आक्रमण गर्ने पार्टीको नीति नरहेको बताएको छ । संखुवासभामा समूहका नेता, कार्यकर्ता र नेपाल प्रहरीबीच गोली हानाहान भएको घटनाबारे विज्ञप्ति जारी गर्दै समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले सुरक्षाकर्मीमाथि आक्रमण गर्ने नीति नरहेको बताएका हुन् । संखुवासभाको चैनपुर–४, मैदानीस्थित एक घरमा जिल्ला सेक्रेटरी युवराज […]
१२ पुस, काठमाडौं । सामान्यतयाः कुनै पनि देशबाट हाई–प्रोफाइल पाहुना आउने तयारी सुरु भएलगत्तै नेपालस्थित दूतावासले सुरक्षा समन्वयका लागि गृह मन्त्रालयलाई खबर गर्छ । गृहको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले सुरक्षा प्रबन्ध मिलाउँछ । तर, यो नियमित प्रक्रिया आइतबार चिनियाँ कम्युनिष्ट पार्टीको टोली काठमाडौं आउँदा पालना भएन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सिर्जित संकटका […]
१२ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आएको फुटसँगै प्रदेश सरकारमा पनि संकट सुरु भएको छ । प्रचण्ड–माधव समूहले ओली पक्षका मुख्यमन्त्री रहेका प्रदेश १ र बागमती प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । नेताहरुका अनुसार प्रदेश ५ मा पनि यसबारे छलफल भइरहेको छ । तर, निर्णय भइसकेको छ । नेकपाको एक […]
२३ पुस, काठमाडौं । कोरोना भाइरसले स्वरुप बदलेर संक्रमण तीब्र रुपमा फैलिएपछि बेलायतले कडा लकडाउन गर्यो । नेदरल्यान्ड्स, डेनमार्क, अस्ट्रेलिया र फ्रान्समा समेत उस्तै स्वरूपका भाइरस भेटिएपछि महामारीबाट तंग्रिन संघर्षरत देशहरु चिन्तित छन् । कोभिड–१९ को नयाँ स्वरुप मानिएको यो भाइरसलाई यसअघिको भन्दा ७० प्रतिशत बढी संक्रामक भनिएको छ । तर यसले निम्त्याउने असरबारे वैज्ञानिकहरुले […]
१२ पुस, काठमाडौं । ११ वर्षीय छोराले साबुन पानीले बारम्बार हात धोएको भन्दै महाराजगञ्जका एक अभिभावक बालरोग विशेषज्ञ कहाँ पुगे । बालरोग विशेषज्ञले कान्ति बाल अस्पतालको मानसिक विभाग युनिटमा रिफर गरे । अनौठो लक्षण देखाएका छोरालाई उपचार गर्नुको सट्टा मानसिक विभागमा पठाउँदा अभिभावकलाई ती विशेषज्ञसँग रिस नउठेको होइन । तर मानसिक विभागका चिकित्सकले भनेपछि थाहा […]
१२ पुस, काठमाडौं । अरुण कुँवर कान्ति बाल अस्पतालमा सन् २०१५ मा मानसिक रोग युनिट सुरु गर्ने नेपालको पहिलो बाल साइक्याक्ट्रिक हुन् । कुँवरका अनुसार हरेक वर्ष ५–६ हजार मानिस मानसिक समस्याको कारण मरिरहेका छन् । ४० प्रतिशतदेखि ६० प्रतिशत वयस्कमा देखिने मानसिक समस्या १४ वर्षअघि नै सुरु भएको हुन्छ । समयमै त्यसको पहिचान र […]
१० पुस, काठमाडौं । गत वर्षको जाडोमा बिक्रीका लागि सिल्क ट्रान्सपोर्टले ज्याकेट, जुत्ता, खाद्यान्न लगायतका सामानले भरिएको ३० कन्टेनर सामान चीनबाट नेपाल ल्याउँदै थियो । नेपाली व्यवसायीले खरिद गरेका ती सामान एक वर्ष बित्दा पनि देश भित्रिन सकेका छैनन् । चिनियाँ बजारदेखि काठमाडौंसम्म सामान ढुवानीको जिम्मा लिएको ट्रान्सपोर्टका अनुसार सामान्य अवस्था भए करिब २५ दिनमै […]
१२ पुस, बुटवल । नेकपा प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले मध्यावधि चुनाव गर्नका लागि घोषणा नगरिएको बताएका छन् । चुनावमा जाने बाटो, प्रयोजन र प्रकृया सबै गलत भएको भन्दै उनले वैशाखमा चुनाव हुन्छ भनेर कसैले नपत्याउने बताए । तिलोत्तमामा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै भुसालले भने, ‘वैशाखमा चुनाव हुन्छ भनेर कसैले पत्याउँछ ?’ उनले संसद […]
१२ पुस, जनकपुरधाम । सप्तरीमा थप एक जना कोरोना सन्क्रमितको मृत्यु भएको छ । जिल्लाको तिरहुत गाउँपालिका- ४ घर भई हनुमाननगर कंकालिनी नगरपालिका- ३ बस्दै आएका ६३ बर्षका पुरुषको कोरोना संक्रमण पुष्टि भएर मृत्युु भएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । बिरामी भएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार गराउन आउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको […]
१२ पुस,काठमाडौं । मंसिर २८ गतेदेखि काठमाडौं आएर न्यायका लागि लडिरहेका सर्लाहीका वयोवृद्ध उखुकिसान गगनदेव रायको दुई विगाह खेत ललामीबाट जोगिएको छ । सामाजिक अभियान्ताहरुले जुटाइएको सहयोग र चिनी मिलले तिरेको पैसाले धितो लिलामी नहुने निश्चित भएको अभियान्ता नवीन यादवले बताए । ‘आइतबारसम्म गगनदेवको खातामा पाँच लाख ५५ हजार रुपैयाँ जम्मा भएको छ, अब लिलामी […]
१२ पुस, काठमाडौं । संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । विशेष सुराकीका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेका थिए । त्यसपछि प्रहरीले जवाफी फायरिङ गरेको हो । विप्लव समूहका कार्यकर्ताले ५ राउण्ड फायरिङ गरेका थिए […]
१२ पुस, काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले आइतबार पदभार ग्रहण गर्ने क्रममा नै आफ्नो कमजोर मनोदशा प्रस्तुत गरे । उनले भने, ‘कति गर्न सकिन्छ थाहा छैन, महामारी छ, सकिएन भने माफी माग्नुपर्ने पनि हुनसक्छ ।’ हुन पनि कोरोनाले देशभित्रै बेरोजगारीको महासंकट उत्पन्न गरेको र वैदेशिक रोजगारीमा पनि अनेक व्यवधान निम्त्याएकाले […]
१२ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध सडक आन्दोलन नै गर्नुपर्ने बताएको छ । संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहे पनि सरकारले असंवैधानिक कदम चालेकाले त्यसविरुद्ध सडक संघर्ष नै गर्नुपर्ने जसपाका नेताहरुले बताएका छन् । आइतबार काठमाडौंमा प्रदर्शन गर्दै जसपाले संयुक्त आन्दोलनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का […]
१२ पुस, कञ्चनपुर । पुर्नवास नगरपालिका–१ ढक्का हिरापुरका ७१ वर्षीया खण्टी भुल आइतबार घरभित्रै मृत अवस्थामा फेला परेकी छन् । घरमा एक्लै बस्दै आएकी वृद्धाको हत्या गरिएको आशंका गरिएको छ । शव रहेको स्थानमा रगत बगेको देखिएकाले घटना शङ्कास्पद रहेको प्रहरीको भनाइ छ । आइतबार वृद्धा नउठेपछि छिमेकीले घरभित्र हेर्दा मृत अवस्थमा रहेको पाइएपछि प्रहरीलाई […]
from समाचार – Online Khabar https://ift.tt/2KTT88x
via IFTTT