समाचार
१५ पुस, काठमाडौं । पर्यटकिय शहर पोखरामा अर्को नयाँ एड्भेन्चर गतिविधि थपिएको छ । बन्जी नेपाल एड्भेन्चर्स प्रालिले पोखरा १७, रातोपैरा (माउन्टेन म्युजियमको आडैमा) बन्जीका लागि बनाएको टावरमा नेपालमै पहिलोपटक टावर क्लाइम्बिङ सुरु गरेको हो । ३५ मिटर अग्लो क्यान्टिलिभर टावरमा चड्दा थकाइ लागे बिचमा रोकिएर आराम गर्दै समेत जान सकिने गरी डिजाइन गरिएको छ […]
१५ पुस, फुङलिङ (ताप्लेजुङ) । ताप्लेजुङको पाथीभरा क्षेत्रको जङ्गलमा लागेको आगोले चरन तथा बासस्थान खरानी बनाएपछि रेडपाण्डा (रातो हाब्रे) सङ्कटमा परेको छ । छ दिनदेखि लागेको डढेलो पाथीभरा क्षेत्रको अनुमानित ९० हेक्टर वन क्षेत्रमा डढेलो फैलिसकेको डिभिजन वन कार्यालयका फोरेस्टर फुपुग्याबु शेर्पाले जानकारी दिए । डढेलो फैलिने क्रम जारी रहेकाले कति वन क्षेत्र डढेलोले नष्ट […]
१५ पुस, काठमाडौं । बाँकेमा उपचारका क्रममा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुईजना बाँकेका र एकजना बर्दियाका कोरोद्दा संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ । बाँकेको कोहलपुर नगरपालिका-२ का ७३ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति साढे १० बजेतिर मृत्यु भएको छ । उनी यही पुस ५ […]
१५ पुस, काठमाडौं । सरकारले २० प्रतिशत जनसंख्यालाई पुग्ने कोभिड–१९ विरुद्धको खोप भारतबाट खरिद गर्नका लागि औपचारिक प्रक्रिया शुरु गरेको छ । खोप खरिदका लागि सहजीकरण गर्न भन्दै परराष्ट्र मन्त्रालयले भारतलाई हालै औपचारिक पत्र नै पठाएको छ । खोप खरिदका लागि पत्र मार्फत भारतलाई औपचारिक रुपमा आग्रह गरिएको भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले अनलाइनखबरलाई […]
१५ पुस, बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको शुद्धोधन गाउपालिका १ का ७० वर्षीय पुरुषको बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो । मंसिर २८ गते कोरोना संक्रमण भएका ती पुरुष पुस १४ गते अस्पताल भर्ना भएकामा बुधबार बिहान सवा ५ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता […]
१५ पुस, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेकपाको सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण आज काठमाडौंमा हुँदै छ । आज दिउँसो १२ बजे कार्की ब्यांक्वेट बबरमहलमा ओली समूहले कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम राखेको हो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली आफैं उपस्थित हुने चर्चा छ । यसअघि कार्की ब्यांक्वेटमै दुई दिनसम्म प्रचण्ड–माधव नेपाल […]
१५ पुस, काठमाडौं । सरकारले ०६८ सालको बजेटमार्फत घोषणा गरेको थियो– ‘मध्यपहाडी लोकमार्गका विभिन्न महत्वपूर्ण स्थानलाई नयाँ सहरका रुपमा विकास गरिनेछ ।’ नौ वर्षअघि बनेको यो योजना अहिलेसम्म पनि अलपत्र छ । सुरुमा मध्यपहाडी लोकमार्गमा पर्ने १० ठाउँका लागि घोषणा भएको नयाँ सहरको योजना अहिले संख्यात्मक रुपमा ५० वटा स्थानसम्म विस्तार भइसक्यो । तर, काम […]
१५ पुस, काठमाडौं । कवि एवं गीतकार भूपाल राई मूलतः संस्कृतिकर्मी हुन् । लोकप्रिय गीतकारको परिचय बनाएका उनी समावेशिता, धर्मनिरपेक्षता र पहिचानको आन्दोलनमा चार दशकदेखि सक्रिय छन् । ‘सुम्निमाको तस्वीर’, ‘दाजै ! कविता गाउँमै छ’ लगायत चारवटा कवितासंग्रह तथा ‘पूर्वै जाने रेल’, ‘खोइ त बुटजुत्ता’ जस्ता दर्जनौं लोकपि्रय गीतका स्रष्टा राई साहित्यलाई प्रतिरोधको अस्त्र मान्छन् […]
१५ पुस, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उपलब्ध सचिवालय सदस्य र स्थायी कमिटीको संयुक्त बैठक आज बस्दै छ । सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम तय गर्न आज दिउँसो १२ बजे पेरिसडाँडास्थित कार्यालयमा बैठक बस्न लागेको हो । बैठकपछि दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी आन्दोलनका थप कार्यक्रम […]
१५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादीलगायतका दलहरु सडकमा ओर्लिएका छन् । यही मेसोमा शनिबार माइतीघर मण्डलामा नागरिक समाजका तर्फबाट पनि विरोध प्रदर्शन भयो, जहाँ चर्चित साहित्यकार सञ्जीव उप्रेती पनि सहभागी भए । ‘म शनिबारको आन्दोलनमा गएँ, अब भोलिदेखि निरन्तर जानेछु,’ उप्रेतीले […]
१५ पुस, काठमाडौं । कुनै समय बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको धेरै अभाव थियो त्यसैले बैंकहरु आफैं निक्षेपकर्ताको कार्यालयसम्मै धाउँथे । हामीलाई निक्षेप दिनुपर्यो भन्दै संस्थागत निक्षेपकर्ताको कार्यालयसम्मै पुग्ने तिनै बैंकमा अहिले निक्षेपबारे खासै चासो देखिँदैन । भएको पैसा नै लगानी गर्न नपाएका कारण बैंकले निक्षेपका लागि हात थाप्नु परेको छैन । बरु बैंकमा तरलता […]
१५ पुस, काठमाडौं । आज गुरुङ समुदायले तमु ल्होसार र किराँत समुदायले उधौली पर्व मनाउँदैछन् । यसै अवसरमा राष्ट्रपति, उपराष्ट्रपतिलगायतले शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् । यी पर्वले इष्टमित्र तथा आफन्तबीच भेटघाट एवं मेलमिलापको अवसरसमेत […]
१५ पुस, काठमाडौं । चीनको युनान विश्वविद्यालयका प्रोफेसर युआन छुनले नेपालका राजनीतिक दलहरुको बारेमा अध्ययन र अनुसन्धान गरिरहेका छन् । उनले लामो समयदेखि नेपालको कम्युनिष्ट आन्दोलनलाई नजिकबाट नियालीरहेका छन् । यसै सन्दर्भमा अनलाइनखबरले उनीसँग नेकपाको विभाजन लगायतका विषयमा कुराकानी गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनलाई तपाईंले कसरी हेर्नु भएको छ ? मे १७, […]
१३ पुस, वीरगञ्ज । किसानले नपाइरहेका बेला सिर्सिया सुक्खा बन्दरगाहमा अलपत्र रहेको रासायनिक मल भने नष्ट गरिने भएको छ । भिजेको डीएपी मलको गुणस्तर जाँच गरिने र प्रयोगमा ल्याउन नमिल्ने जति मल नष्ट गर्न गर्ने तयारी गरिएको छ । भिजेको मलले गोदाममात्रै ओगटेका कारण त्यसको व्यवस्थान गर्न लागिएको सिर्सिया सुख्खा बन्दरगाह कार्यालयले जनाएको छ । […]
१५ पुस, काठमाडौं । आज बुधबार मंसिर पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिन विभिन्न जातजातिका पर्वहरु परेका छन् । आज सुदूरपूर्वका किरातदेखि कर्णाली प्रदेशको विकट क्षेत्रका बासिन्दाले समेत एकैदिन आ-आफ्ना पर्वहरु मनाउँदैछन् । सामान्यतया मंसिर वा पुसको पहिलो सातामा पर्ने धान्य पूर्णिमा यो वर्ष अधिकमासका कारण पुस १५ मा परेको हो । आजकै दिन नेवार समुदायले […]
१५ पुस, काठमाडौं । यःमरि च्वामु,उकिइ दुने हामु, व्युम्ह ल्यासे, मब्युम्ह सितिकुती बुढी… अर्थात् चुच्चो यःमरिभित्र तिल छ, दिए तरुनी हुन्छ्यौ, नदिए कुप्री चाउरी हुन्छ्यौ ! यो गीत पहिले–पहिले भक्तपुर क्षेत्रमा गाउने गरेको योमरी पुन्हीको विशेष गीत हो । भक्तपुरका संस्कृतिविद् विनोदराज शर्माका अनुसार पहिले–पहिले योमरी बनाउने घरमा योमरी माग्नका लागि युवायुवतीहरूको भिड लाग्थ्यो । माथि […]
१४ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार साँझ ६ बजेपछि आधा घण्टा विद्युत आपूर्ति अवरुद्ध भयो । धेरैलाई लाग्यो, पछिल्लो समय जस्तै प्राविधिक समस्याले विद्युत आपूर्ति अवरुद्ध भएको होला । नेपाल विद्युत प्राधिकरणका अनुसार सोमबार अन्य दिन जसरी लाइन गएको थिएन, यो ‘फोर्स लोडसेडिङ’ थियो । विगतमा लाइन जाँदा प्राधिकरणले प्राविधिक समस्या मात्रै भएको र […]
१४ पुस, कैलाली । मंगलबार पदबाट बर्खास्त भएका सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले मुख्यमन्त्री त्रिलोचन भट्टको पद पनि सुरक्षित नभएको दाबी गरेका छन् । ‘मलाई राजनीतिक पूर्वाग्रह राखेर जिम्मेवारीबाट हटाइयो,’ अनलाइनखबरसँग उनले भने, ‘अर्काे पक्षले पनि त बहुमत बनाउँला । उहाँको पद पनि सुरक्षित रहन्छ भन्ने छैन ।’ बोहरा प्रदेश सरकारमा […]
१४ पुस, काठमाडौं । बक्यौता माग गर्दै १६ दिनसम्म माइतीघरको आन्दोलनमा सहभागी ६५ वर्षीय उखु किसानको हृदयघातका कारण मंगलबार निधन भएको छ । सर्लाही धनकौल छोटवल टोलका नारायण राय यादवको मंगलबार बिहान शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको आन्दोलनमा सहभागी अर्का किसान मुकेश ठाकुरले बताए । उनलाइ मंगलबार विहान हृदयघात भएको थियो […]
१४ पुस, काठमाडौं । गृह मन्त्रालयले मंगलबार ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गर्यो । बढुवा सिफारिसमा हालका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीका ब्याजी डा. देवबहादुर बोहोरा चौथो नम्बरमा परेका थिए । बढुवा सिफारिसमा परेको खुसीयालीमा उनले कमलपोखरीमा रहेको आँगन स्वीट्समा गएर मिठाइ किनेर बाँड्न थाले […]
१४ पुस, बुटवल । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओली पतन हुने बाटोमा अघि बढेको बताएका छन् । प्रतिनिधि सभा असंवैधानिक तरिकाले विघटन गरेर ओली निरंकुश शासन बन्न खोजेकाले उनको पतन निश्चित भएको यादवको दावी छ । मंगलबार भैरहवामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले निरंकुश शासक बन्ने चाहनाले […]
from समाचार – Online Khabar https://ift.tt/3nUqsed
via IFTTT