Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

जनकपुरमा पनि प्रचण्ड-माधव समूहको प्रदर्शन

१४ पुस, जनकपुरधाम । प्रतिनिधि सभा विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले जनकपुरधाममा पनि प्रदर्शन गरेको छ । नेकपाका प्रचण्ड-माधव पक्षका नेता/कार्यकर्ताहरुले रेल्वे स्टेसनमा भेला भएर विरोध र्‍याली सुरु गरेका थिए । र्‍यालीमा सहभागी नेकपाका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध चर्का नारावाजी गरेका थिए । विरोध र्‍याली भानु चोक, शिव चोक हुँदै नगरको विभिन्न […]

तरकारी किन्न पैसा बोक्नैपर्ने बाध्यता हटाउँछौं-गभर्नर

१४ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरकारी किन्न नगद बोक्नैपर्ने बाध्यता हटाइने बताएका छन् । वाणिज्य बैंकका सीईओहरुको संगठन नेपाल बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले नगदरहित कारोबारलाई प्रोत्साहन गरी नगद बोक्नै पर्ने बाध्यता हटाउने उद्घोष गरेका हुन् । अहिले किनमेल गर्न नगद बोक्नै पर्ने बाध्यता रहेको छ । यो […]

नेप्से परिसूचक ५.५७ अंकले बढ्यो, अधिकांश समूह भने राताम्मे

१४ पुस, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजारमा कारोबार हुने अधिकांश समूह घटेर राताम्मे देखिएको छ । समग्रमा सेयर कारोबार मापक नेप्से परिसूचक ५.५७ अंकले बढेर २ हजार १२ दशमलव ८९ अंकमा पुगेको छ । समग्रमा बजार बढे पनि धेरै जसो कम्पनीहरुको भने सेयर मूल्इ घटेको छ । उत्पादमूलक, लघुवित्त, निर्जिवन बिमा समूह […]

दुर्गममा सेवा दिन बुद्धले नयाँ कम्पनी ‘यशोधरा एयर’ खोल्ने

१४ पुस, काठमाडौं । बुद्ध एयरले दुर्गम भेगमा हवाई सेवा विस्तार गर्ने भएको छ । यसका लागि बुद्ध एयरको शतप्रतिशत लगानी रहने गरी भगिनी कम्पनी खोल्ने तयारी गरिएको हो । नयाँ कम्पनीको नाम ‘यशोधरा एयर’ राखिने निर्णय भएको कम्पनीका प्रवन्ध निर्देशक बीरेन्द्रबहादुर बस्नेतले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार कम्पनीले आगामी एक वर्षभित्र नयाँ कम्पनीका […]

सुर्खेतमा प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन

१४ पुस, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले सुर्खेतमा ‘शक्ति प्रर्दशन’ गरेको छ । संसद विघटनको विरोधमा मंगलबार प्रदेश राजधानी वीरेन्द्रनगरमा ‘शक्ति प्रर्दशन’ गरेको हो । वीरेन्द्रनगरको मंगलगढी चौकबाट सुरु भएको विरोध र्‍याली बजार परिक्रमा गर्दै पिपल चौतारामा पुगेर सभामा परिणत भएको छ । सभामा नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्री लगायतका […]

केपी ओलीले संघीयता र लोकतन्त्रमाथि धावा बोले : अष्टलक्ष्मी शाक्य

१४ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले राजतन्त्र समेत असफल भएको संसद ढाल्ने कार्यमा केपी शर्मा ओली सफल हुननसक्ने बताएकी छन् । प्रदर्शनीमार्गमा जारी विरोधसभामा बोल्दै शाक्यले केपी ओलीले संघीयता र लोकतन्त्रमाथि धावा बोलेको पनि बताइन् । ‘संघीय लोकतन्त्रमाथि ओली सरकारले धावा बोलेका छ । गणतन्त्रमाथि धावा बोलेको छ । […]

बेनी अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा   

१४ पुस, बेनी । म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा आएको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास कार्यक्रम र अस्पतालको आन्तरिक स्रोतबाट रु ६२ लाख ४० हजार लागतमा जिल्लामै पहिलोपटक अक्सिजन उत्पादन केन्द्र सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । अक्सिजन प्लान्ट र अक्सिजन भर्ने बुस्टर मेसिन खरिद […]

सुकुमबासीको नाममा वन अतिक्रमण गर्ने भूमाफियालाई कारबाही गर्न मुख्यमन्त्री राउतको निर्देशन

१४ पुस, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सुकुमबासीको नाममा राजनीतिक संरक्षण प्राप्त व्यक्तिहरुले नै वन अतिक्रमण गरिरहेको बताएका छन् । यस्ता भूमाफियालाई अविलम्ब कारबाहीको दायरामा ल्याउन उनले सम्बन्धित निकायलाई निर्देशन दिए । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मंगलबार महोत्तरीको बर्दिवासमा आयोजना गरेको प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठी एवं सम्मान कार्यक्रमलाई […]

‘अधिक तरलताले कर्जाको गुणस्तरमा चुनौती थप्यो’

कोभिड-१९ को नकारात्मक प्रभावले गर्दा हामी सबै असहज स्थितिबाट गुज्रिरहेका छौं । अर्थतन्त्र सामान्य अवस्थामा आउन थप केही समय लाग्ने भएता पनि केही क्षेत्र बाहेक अधिकांश क्षेत्रहरु हाल संचालनमा आएकाले आशाको सञ्चार भएको छ । व्यवसाय पुनरुत्थानको लागि आवश्यक रकमको सहज उपलब्धता, कर्जाको कम ब्याजदर, कर्जाको पनर्तालिकीकरण र पूनरसंरचनाको व्यवस्था आदिका कारण पनि हाम्रो अर्थतन्त्र […]

प्रतिगमन नसच्चिँदासम्म सडक छाड्दैनौं : भट्टराई

१४ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईले प्रतिगमन नसच्चिँदासम्म सडक नछाड्ने बताएका छन् । संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले देशभर प्रदर्शन गर्दैछ, बाग्मती प्रदेशको हकमा भने काठमाडौंमा प्रदर्शनसहित जनसभा भइरहेको छ । सभालाई अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधकुमार नेपालका साथै झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । सभा […]

‘डीआईजी’ सा’बको मिठाइमा नङ भेटिएपछि आँगन स्वीट्समा छापा

१४ पुस, काठमाडौं । गृह मन्त्रालयले मंगलबार ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गर्‍यो । बढुवा सिफारिसमा हालका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीका ब्याजी डा. देवबहादुर बोहोरा चौथो नम्बरमा परेका थिए । बढुवा सिफारिसमा परेको खुसीयालीमा उनले कमलपोखरीमा रहेको आँगन स्वीट्समा गएर मिठाइ किनेर बाँड्न थाले […]

अहिलेको सत्तासँग घनश्याम राजाको जस्तो विवेक छैन

१४ पुस, पोखरा । सक्रिय राजनीति गरिरहेका चन्द्रप्रकाश बानियाँ एकाएक राजनीतिबाट टाढिए । राजनीतिलाई चटक्कै छाडेर गुमनामजस्तै बने । उनै बानियाँ ३ दशकपछि एकाएक चर्चामा आए तर फरक क्षेत्रबाट । पोखरामा गुमनाम जीवन बाँचिरहेका बानियाँ खोजीका पात्र बने । साहित्यको पहिलो कृतिले नै देशकै प्रतिष्ठित मदन पुरस्कार पाएपछि उनी चर्चाको शिखरमा पुगे । स्वास्थ्यमा गम्भीर […]

कपिलवस्तुकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु

१४ पुस, काठमाडौं । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा कपिलवस्तुको वाणगंगा-७ की ५२ वर्षीया महिलाको उपचारको क्रममा मंगलबार बिहान ५:३४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । पुस २ गते कोरोना संक्रमण पुष्टि भएकोमा त्यसको भोलिपल्ट उनी अस्पतालमा भर्ना भएकी […]

जसले प्रहरीलाई नै ठगे

१४ पुस, काठमाडौं । सामान्यतयाः कानुनका ज्ञान नभएका र पढलेख कम भएकालाई ठगहरुले जालमा पार्ने गरेको पाइन्छ । तर, एकजना यस्ता ठेकदार छन्, जसले कानुन कार्यान्वयन गर्ने जिम्मेवारी लिएको नेपाल प्रहरी संगठनलाई नै ठगेका छन् । सिपाहीका आवश्यक २० हजार थान उलन पाइन्टको कपडा खरिद गर्ने ठेक्का पाएको क्राउन टेक्सटाइल्स इण्डष्ट्रिज प्रा.लि., वीरगञ्जका सञ्चालक पिताम्बरकुमार […]

बागमती प्रदेश लोक सेवा आयोगद्वारा ११ सय बढी कर्मचारी भर्ना आह्वान

१४ पुस, काठमाडौं । बागमती प्रदेशको लोक सेवा आयोगले प्रदेश र स्थानीय तहका बिभिन्न सेवा समूहका पाँचौ तहका पदमा एक हजार एक सयभन्दा बढी संख्यामा विज्ञापन खुलाएको छ । जेष्ठता, कार्यसम्पादन मूल्यांकन, खुला तथा समावेशी सबै गरेर एक हजार एक सय २४ जना भर्नाका लागि मंगलबार विज्ञापन खुलाइएको हो । खुलातर्फ प्रशासन र प्राविधिकतर्फ ३७६ […]

सप्तरीमा राजावादीको जुलुसमा दलका युवाको अवरोध, ब्यानर जलाइयो

१४ पुस, सप्तरी । राजातन्त्र र हिन्दु राष्ट्रको माग गर्दै सप्तरी सदरमुकाम राजविराजमा राजावादीले निकाल्न लागेको र्‍यालीमा अवरोध भएको छ । स्थानीय शिव मन्दिर प्राङ्गणबाट र्‍याली निकाल्न सुरु गर्नुअघि नै नेकपा, कांग्रेस र जसपाका युवाहरुले अवरोध गरेका हुन् । राजा र हिन्दु राष्ट्रको पक्षमा प्ले कार्ड, व्यानर र राष्ट्रिय झण्डा बोकेर र्‍याली निकाल्न लागेको सूचना […]

देउवालाई भेट्दा चिनियाँ टोलीले पटकपटक सम्झियो बीपी कोइराला

१४ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा फुट आएसँगै नेपाल आएको चिनियाँ टोलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपपमन्त्री गुओ यैचो नेतृत्वको टोली मंगलबार विहानै बूढानीलकण्ठस्थित देउवा निवास पुगेको थियो । भेटमा चिनियाँ टोलीले राष्ट्रपति सी चिनफिङको शुभकामना सन्देश सुनाएका थिए भने देउवाले चिनियाँ […]

ओली समूहको अखिल पनि १०९९ सदस्यीय

१४ पुस, काठमाडौं । नेकपा ओली समूहको विद्यार्थी संगठन अनेरास्ववियुले पनि केन्द्रीय कमिटी विस्तार गरेको छ । ऐन महर संयोजक रहेको यो समूहको अखिलले केन्द्रीय कमिटीको संख्या साविकको भन्दा तीन गुणा बढी बनाएको छ । एमाले र माओवादी एकीकरण भएपछि ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाइएको थियो । यसलाई बढाएर १०९९ सदस्यीय बनाइएको छ । यो […]

महालक्ष्मी बैंक अनियमितता प्रकरण : तत्कालीन सुन जाँचकी पक्राउ

१४ पुस, काठमाडौं । महालक्ष्मी विकास बैंक, कुमारीपाटीमा कमसल धितो राखेर बढी कर्जा प्रवाह गरिएको प्रकरणमा तत्कालीन सुन जाँचकी पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पा स्थायी घर भइ काठमाडौं बस्दै आएका पद्यमचन्द्र ज्ञवाली छन् । ज्ञवालीले २०६७ सालदेखि ०७७ सालसम्म महालक्ष्मी बैंकमा वरिष्ठ सुन जाँचकीका रुपमा काम गरेका थिए । उनले जागिर छाडेर अर्को […]

प्रचण्ड–माधव समूहको प्रदर्शन सुरु

१४ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको प्रदर्शन राजधानी उपत्यकामा सुरु भएको छ । राजधानी उपत्यकाका विभिन्न ठाउँबाट जुलुस सहितको प्रदर्शन निस्किएको छ । यो समूहको जुलुस टेकु, कुलेश्वर, कुपण्डोल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, न्यूरोड, नक्शाल, रत्नपार्क, त्रिचन्द्र कलेज, बागबजार, वाल्मिकी क्याम्पस, लगायतका स्थानबाट निस्किएको छ । टेकुबाट युवराज ज्ञवाली, कुलेश्वरबाट बेदुराम भुसाल, कुपण्डोलबाट पम्फा […]

प्रचण्ड-माधव पक्षसँग सरकारमा सहकार्य गर्छौं : बालकृष्ण खाँण

१४ पुस, बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खाँणले नेकपाको केपी ओली समूहभन्दा प्रचण्ड-नेपाल समूहसँग सहकार्य गर्ने बताएका छन् । संसद पुनस्र्थापना भएपछि ओली पक्षसँगभन्दा पुस्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षसँग सरकारमा सहकार्य गर्न सकिने उनले बताए । प्रेस युनिय रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खाँणले भने, ‘संसद विघटनलाई असंवैधानिक […]



from समाचार – Online Khabar https://ift.tt/3nX7gMJ
via IFTTT
Powered by Blogger.