Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बुढानीलकण्ठ स्कुलले पायो डिजिटल एजुकेसन आइसिटी अवार्ड

१३ पुस, काठमाडौं । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा रहेको ‘डिजिटल एजुकेसन आइसिटी अवार्ड २०२०’ बुढानीलकण्ठ स्कुलले प्राप्त गरेको छ । नेपालकै सबैभन्दा ठूलो प्रविधि अवार्डका रुपमा रहेको यस विधामा जम्मा २७ ओटा शैक्षिक संस्थाको नोमिनेसन भएको थियो । शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउन प्रोत्साहन गर्ने उद्देश्यले सरकारी तथा सामुदायिक शैक्षिक संस्थानलाई प्रदान गरिने उक्त […]

आयात घटे पनि आयल निगमले एक वर्षमा कमायो १२ अर्ब ८७ करोड

१३ पुस, काठमाडौं । लकडाउनका कारण इन्धन आयात घटे पनि नेपाल आयल निगमले चालु आर्थिक वर्षमा झण्डै १३ अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष निगमको नाफा ८ अर्ब ७५ करोड थियो । निगमले आइतबार सार्वजनिक गरेको अन्तिम लेखा परीक्षण विवरणअनुसार १२ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा आर्जन भएको निगमका प्रमुख कार्यकारी निर्देशक […]

प्रदेशको १ को अंकगणित : मुख्यमन्त्रीलाई २४ दिन समय !

१२ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेश १ मा सत्ता समीकरणको खेल रोचक बनेको छ । ०७४ फागुन ३ गते दुई तिहाई बहुमतसहित सत्तारोहण गरेका मुख्यमन्त्री राईले अविश्वासको प्रस्तावको सामना गर्न २४ दिनको समय पाएका छन् । र, उनले यसको सामना गर्ने बताएका छन् । नेकपा […]

विप्लव समूहले भन्यो – सुरक्षा निकायप्रति आक्रमणको नीति छैन

१२ पुस, काठमाडौं । प्रतिबन्धित नेक्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले सुरक्षा निकायप्रति आक्रमण गर्ने पार्टीको नीति नरहेको बताएको छ । संखुवासभामा समूहका नेता, कार्यकर्ता र नेपाल प्रहरीबीच गोली हानाहान भएको घटनाबारे विज्ञप्ति जारी गर्दै समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले सुरक्षाकर्मीमाथि आक्रमण गर्ने नीति नरहेको बताएका हुन् । संखुवासभाको चैनपुर–४, मैदानीस्थित एक घरमा जिल्ला सेक्रेटरी युवराज […]

छापामार शैलीमा चिनियाँ नेताको भ्रमण !

१२ पुस, काठमाडौं । सामान्यतयाः कुनै पनि देशबाट हाई–प्रोफाइल पाहुना आउने तयारी सुरु भएलगत्तै नेपालस्थित दूतावासले सुरक्षा समन्वयका लागि गृह मन्त्रालयलाई खबर गर्छ । गृहको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले सुरक्षा प्रबन्ध मिलाउँछ । तर, यो नियमित प्रक्रिया आइतबार चिनियाँ कम्युनिष्ट पार्टीको टोली काठमाडौं आउँदा पालना भएन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सिर्जित संकटका […]

प्रदेश सरकारमा कांग्रेस सहभागी हुन्छ ?

१२ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आएको फुटसँगै प्रदेश सरकारमा पनि संकट सुरु भएको छ । प्रचण्ड–माधव समूहले ओली पक्षका मुख्यमन्त्री रहेका प्रदेश १ र बागमती प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । नेताहरुका अनुसार प्रदेश ५ मा पनि यसबारे छलफल भइरहेको छ । तर, निर्णय भइसकेको छ । नेकपाको एक […]

नयाँ कोरोना भाइरस : नेपालमा के होला ?

२३ पुस, काठमाडौं । कोरोना भाइरसले स्वरुप बदलेर संक्रमण तीब्र रुपमा फैलिएपछि बेलायतले कडा लकडाउन गर्‍यो । नेदरल्यान्ड्स, डेनमार्क, अस्ट्रेलिया र फ्रान्समा समेत उस्तै स्वरूपका भाइरस भेटिएपछि महामारीबाट तंग्रिन संघर्षरत देशहरु चिन्तित छन् । कोभिड–१९ को नयाँ स्वरुप मानिएको यो भाइरसलाई यसअघिको भन्दा ७० प्रतिशत बढी संक्रामक भनिएको छ । तर यसले निम्त्याउने असरबारे वैज्ञानिकहरुले […]

सकसमा छन् बालबालिका

१२ पुस, काठमाडौं । ११ वर्षीय छोराले साबुन पानीले बारम्बार हात धोएको भन्दै महाराजगञ्जका एक अभिभावक बालरोग विशेषज्ञ कहाँ पुगे । बालरोग विशेषज्ञले कान्ति बाल अस्पतालको मानसिक विभाग युनिटमा रिफर गरे । अनौठो लक्षण देखाएका छोरालाई उपचार गर्नुको सट्टा मानसिक विभागमा पठाउँदा अभिभावकलाई ती विशेषज्ञसँग रिस नउठेको होइन । तर मानसिक विभागका चिकित्सकले भनेपछि थाहा […]

‘महाभूकम्पको जस्तै मानसिक स्वास्थ्य समस्याको चपेटामा छन् बालबालिका’

१२ पुस, काठमाडौं । अरुण कुँवर कान्ति बाल अस्पतालमा सन् २०१५ मा मानसिक रोग युनिट सुरु गर्ने नेपालको पहिलो बाल साइक्याक्ट्रिक हुन् । कुँवरका अनुसार हरेक वर्ष ५–६ हजार मानिस मानसिक समस्याको कारण मरिरहेका छन् । ४० प्रतिशतदेखि ६० प्रतिशत वयस्कमा देखिने मानसिक समस्या १४ वर्षअघि नै सुरु भएको हुन्छ । समयमै त्यसको पहिचान र […]

एक वर्षदेखि नाकामा चीनको अर्घेलो, अर्बौंका सामान अलपत्र

१० पुस, काठमाडौं । गत वर्षको जाडोमा बिक्रीका लागि सिल्क ट्रान्सपोर्टले ज्याकेट, जुत्ता, खाद्यान्न लगायतका सामानले भरिएको ३० कन्टेनर सामान चीनबाट नेपाल ल्याउँदै थियो । नेपाली व्यवसायीले खरिद गरेका ती सामान एक वर्ष बित्दा पनि देश भित्रिन सकेका छैनन्  । चिनियाँ बजारदेखि काठमाडौंसम्म सामान ढुवानीको जिम्मा लिएको ट्रान्सपोर्टका अनुसार सामान्य अवस्था भए करिब २५ दिनमै […]

घनश्यामको प्रश्न : वैशाखमा चुनाव हुन्छ भनेर कसैले पत्याउँछ ?

१२ पुस, बुटवल । नेकपा प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले मध्यावधि चुनाव गर्नका लागि घोषणा नगरिएको बताएका छन् । चुनावमा जाने बाटो, प्रयोजन र प्रकृया सबै गलत भएको भन्दै उनले वैशाखमा चुनाव हुन्छ भनेर कसैले नपत्याउने बताए । तिलोत्तमामा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै भुसालले भने, ‘वैशाखमा चुनाव हुन्छ भनेर कसैले पत्याउँछ ?’ उनले संसद […]

सप्तरीमा काेराेना संक्रमित पुरुषको मृत्यु

१२ पुस, जनकपुरधाम । सप्तरीमा थप एक जना कोरोना सन्क्रमितको मृत्यु भएको छ । जिल्लाको तिरहुत गाउँपालिका- ४ घर भई हनुमाननगर कंकालिनी नगरपालिका- ३ बस्दै आएका ६३ बर्षका पुरुषको कोरोना संक्रमण पुष्टि भएर मृत्युु भएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । बिरामी भएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार गराउन आउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको […]

लिलामी हुनबाट जोगियो उखु कृषक गगनदेवको जायजेथा

१२ पुस,काठमाडौं । मंसिर २८ गतेदेखि काठमाडौं आएर न्यायका लागि लडिरहेका सर्लाहीका वयोवृद्ध उखुकिसान गगनदेव रायको दुई विगाह खेत ललामीबाट जोगिएको छ । सामाजिक अभियान्ताहरुले जुटाइएको सहयोग र चिनी मिलले तिरेको पैसाले धितो लिलामी नहुने निश्चित भएको अभियान्ता नवीन यादवले बताए । ‘आइतबारसम्म गगनदेवको खातामा पाँच लाख ५५ हजार रुपैयाँ जम्मा भएको छ, अब लिलामी […]

संखुवासभामा विप्लव समूह र प्रहरीबीच गोली हानाहान

१२ पुस, काठमाडौं । संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । विशेष सुराकीका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेका थिए । त्यसपछि प्रहरीले जवाफी फायरिङ गरेको हो । विप्लव समूहका कार्यकर्ताले ५ राउण्ड फायरिङ गरेका थिए […]

नयाँ श्रममन्त्री : काम नथाल्दै माफी माग्न तयार !

१२ पुस, काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले आइतबार पदभार ग्रहण गर्ने क्रममा नै आफ्नो कमजोर मनोदशा प्रस्तुत गरे । उनले भने, ‘कति गर्न सकिन्छ थाहा छैन, महामारी छ, सकिएन भने माफी माग्नुपर्ने पनि हुनसक्छ ।’ हुन पनि कोरोनाले देशभित्रै बेरोजगारीको महासंकट उत्पन्न गरेको र वैदेशिक रोजगारीमा पनि अनेक व्यवधान निम्त्याएकाले […]

‘अदालतको भर छैन, सडकबाटै सं‌सद पुनर्स्थापना’

१२ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध सडक आन्दोलन नै गर्नुपर्ने बताएको छ । संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहे पनि सरकारले असंवैधानिक कदम चालेकाले त्यसविरुद्ध सडक संघर्ष नै गर्नुपर्ने जसपाका नेताहरुले बताएका छन् । आइतबार काठमाडौंमा प्रदर्शन गर्दै जसपाले संयुक्त आन्दोलनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का […]

कञ्चनपुरमा वृद्धा मृत फेला, हत्याको आशंका   

१२ पुस, कञ्चनपुर । पुर्नवास नगरपालिका–१ ढक्का हिरापुरका ७१ वर्षीया खण्टी भुल आइतबार घरभित्रै मृत अवस्थामा फेला परेकी छन् । घरमा एक्लै बस्दै आएकी वृद्धाको हत्या गरिएको आशंका गरिएको छ । शव रहेको स्थानमा रगत बगेको देखिएकाले घटना शङ्कास्पद रहेको प्रहरीको भनाइ छ । आइतबार वृद्धा नउठेपछि छिमेकीले घरभित्र हेर्दा मृत अवस्थमा रहेको पाइएपछि प्रहरीलाई […]

निर्वाचन आयोगले यसरी टुङ्ग्याउँदैछ नेकपाको आधिकारिकता विवाद

१२ पुस, काठमाडौं । गत शुक्रबार तामझामका साथ निर्वाचन आयोग पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड-माधव नेपाल पक्षलाई प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेकपाको वैधानिकता विवाद निरुपण तोकिएको अवधिभन्दा अगाडि नै हुने आश्वासन दिए । प्रमुख आयुक्त थपलियाले भने पनि वैधानिकता विवाद टुङ्गिन ९० दिनसम्म लाग्ने देखिएको छ । राजनीतिक दल सम्बन्धी ऐनका व्यवस्था […]

संसद विघटनको विरोधमा प्रदेश २ मा जसपाको प्रदर्शन

१२ पुस, जनकपुरधाम । संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले  प्रदेश २ मा प्रदर्शन गरेको छ । प्रदेशको अस्थायी राजधानी धनुषा सदरमुकाम जनकपुरधामसहित आठै जिल्ला सदरमुकाममा प्रदर्शन गरिएको छ । प्रदर्शनमा प्रदेशका मन्त्रीदेखि प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधिसम्मले सहभागिता जनाएका छन् । जनकपुरधाममा भएको प्रदर्शनमा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, […]

मन्त्रीबाट हटाइएका आङ्बो भन्छन् : मुख्यमन्त्रीका कारण प्रदेश १ वित्तीय संकटमा

१२ पुस, विराटनगर । प्रदेश १ का निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री र भौतिक पूर्वाधार राज्यमन्त्रीका कारण प्रदेश वित्तीय संकटको अवस्थामा पुगेको बताएका छन् । शनिबार पदमुक्त भएका उनले मुख्यमन्त्री शेरधन राई र भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले मिलेर स्रोत सुनिश्चतता नगरेको शीर्षकमा बजेट खर्च गर्दा वित्तीय संकटको अवस्थामा पुगेको बताएका […]

डोटीमा प्रचण्ड-माधव समूहको भेला

११ पुस, डोटी । नेकपा प्रचण्ड-माधव समूहले डोटीमा आइतबार अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ । जिल्ला कमिटीको विस्तारित बैठक नाम दिइएको उक्त भेलामा प्रचण्ड-माधव समूहका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । भेलालाई सम्बोधन गर्दै प्रचण्ड-माधव समूहका नेता नेपबहादुर चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक ‘कू’ गरेको आरोप लगाए । आफूहरुको लडाइँ कुनै व्यक्ति […]



from समाचार – Online Khabar https://ift.tt/3mOZQdn
via IFTTT
Powered by Blogger.