समाचार
१२ पुस, काठमाडौं । काठमाडौंको चाबहिल गोपीकृष्णहल नजिकैको पुलबाट मोटरसाइकल खोलामा खस्दा एकजनाको मृत्यु भएको छ । बा२६प ४०२१ नम्बरको मोटरसाइकल पुलबाट धोबी खोलामा खस्दा मोटरसाइकल चालक सिन्धुलीको दुधौली-५ घर भई कपनमा बस्दै आएका २७ वर्षीय लोकबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । गुडिरहेको मोटरसाइकल शनिबार राति सवा नौ बजे पुलबाट धोबीखोलामा खसेको थियो […]
१२ पुस, काठमाडौं । केही दिन यता नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहका शीर्ष नेताहरुलाई भेटिरहेकी छन् । उनको यो भेटले नयाँ दिल्लीमा भने तरंग सिर्जना गरेको छ । भारतका प्रमुख सञ्चार माध्यमहरुले उनको भेटलाई निकै प्राथमिकताका साथ प्रकाशित गरेका छन् । उनको नेपाली नेताहरुसँगको […]
१२ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूह आगामी रणनीति तय गर्न आज पनि आन्तरिक बैठकमा व्यस्त हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको समूह र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको केन्द्रीय नेतादेखि जनवर्गीय संगठनका बैठकहरु बस्ने छ । केन्द्रमा मात्र होइन्, प्रदेश र स्थानीय तहमा समेत बैठक […]
१२ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्धमा जनता समाजवादी पार्टी नेपालले आज १२ वजे पार्टीका शीर्ष नेताहरुको उपस्थितमा एक विरोध कार्यक्रम गर्दैछ । ओलीको संसद भंग गर्ने कदमविरुद्ध सो कार्यक्रम आयोजना गर्न लागिएको पार्टीले जानकारी दिएको छ । रत्नपार्क शान्ति बाटिकाबाट जुलुस सुरु भई पुतली सडक हुँदै पुन: त्यहीँ स्थानमा पुगेर विरोध […]
१२ पुस, काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोगले चैतबाट भूमिहीन तथा सुकुम्बासीलाई लालपूर्जा वितरण सुरु गर्ने तयारी गरेको छ । पहिलो चरणमा सम्झौता गरेका १४ स्थानीय तहमा चैतदेखि लालपूर्जा वितरण गर्ने लक्ष्य रहेको आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले बताए । उनका अनुसार पहिलो चरणमा आयोगले सम्झौता गरेका १४ स्थानीय तहमा फागुनसम्ममा तथ्यांक संकलन तथा जग्गाको […]
१२ पुस, वीरगञ्ज । प्रदेश २ सरकारले लैंगिक हिंसा न्यूनीकरण तथा पीडितको सहायताका लागि छुट्टै कानुन बनाउने भएको छ । मुख्यमन्त्री लालबाबु राउत गद्दीले फरक लिंगको भएकै आधारमा हुने विभेद न्यूनीकरण तथा समस्यामा परेको अवस्थामा सहयोग गर्न कानुनी व्यवस्था र संयन्त्र अपरिहार्य देखिएको बताए । लैंगिक हिंसा न्युनीकरण एवं पीडितको सहायतामा एकीकृत प्रयासको अपरिहार्यता विषयक […]
१२ पुस, गुल्मी । गुल्मीमा ट्रकको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१३ भगारी बस्ने २६ वर्षीय टोप बहादुर रजाली र २३ वर्षीय बालकृष्ण भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) प्रविणलाल श्रेष्ठले बताए । बुटवलबाट खाद्यान्न बोकेर तम्घास तर्फ आउँदै गरेको ना ५ ख […]
१२ पुस, काठमाडौं । गत ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको आर्थिक वर्ष २०७६/२०७७ को प्रतिवेदनमा भ्रष्टाचार सम्बन्धी कुल उजुरीमध्ये एक तिहाइ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित रहेको उल्लेख गरिएको छ । सो प्रतिवेदनमा भनिएको छ, ‘आर्थिक वर्ष २०७६/२०७७ मा विभिन्न मन्त्रालयगत तथा विषयगत उजुरीहरुको संख्या हेर्दा संघीय मामिला […]
११ पुस, पोखरा । संसद विघटन र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको फुटसागै प्रचण्ड-माधव समूहले बाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ भने प्रदेश १ मा सम्भवतः भोलि आइतबार दर्ता हुनेछ । तर गण्डकी प्रदेशमा त्यस्तो संकेत छैन । शनिबार बसेको गण्डकी प्रदेशस्तरीय बैठकले समेत यसबारे केही निर्णय गरेको छैन । यसको कारण […]
११ पुस, काठमाडौं । २०५९ साल जेठ ८ गते राति तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राजा ज्ञानेन्द्रसमक्ष प्रतिनिधिसभा विघटनका लागि सिफारिस गरे । आफ्नै पार्टीभित्रको किचलोका कारण अर्को पक्षलाई तह लगाउन अनि पार्टी फुटाउनका लागि देउवाले संसद विघटन गरेका थिए । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ पार्टीको आन्तरिक किचलोकै कारण जसरी संसद विघटन गरेका छन्, […]
११ पुस, विराटनगर । प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्रीबाट पदमुक्त भएका इन्द्रबहादुर आङ्बोले अविश्वासको प्रस्ताव दर्ता गर्न मुख्यमन्त्रीले बाटो खोलिदिएको बताएका छन् । केन्द्रसँगै ६ वटा प्रदेशमा सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली र प्रचण्ड-माधव समूहमा विभाजित भएको छ । पार्टी फुटसँगै प्रदेश सरकारहरु समेत संकटमा पर्ने देखिएको छ । बागमती […]
११ पुस, जनकपुरधाम । संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले निकालेको मसाल जुलुसमा प्रहरी हस्तक्षेप गरेको छ । त्यसक्रममा दुई पटक झडप समेत भएको छ । रेल्वे स्टेशनबाट निस्किएको मसाल जुलुसलाई प्रहरीले रोक्न खोजेपछि केहीबेर झडप भएको थियो । त्यहाँ प्रहरी पछाडि हटेपछि जुलुस भानुचोक, शिवचोक हुँदै जनक चोक पुग्यो । तर कोणसभा चलिरहेका […]
११ पुस, काठमाडौं । राष्ट्रिय जनमोर्चाले संसद विघटनविरुद्ध हुने आन्दोलनलाई समर्थन गर्ने भएको छ । राजमो अध्यक्ष चित्रबहादुर केसीले शनिबार वक्तव्य जारी गर्दै संसद विघटनविरुद्ध हुने आन्दोलनमा राजावादी बाहेक अरुसँग संयुक्त वा कार्यगत एकता/सहकार्य गर्ने बताएका हुन् । राजमोले संसद विघटनलाई असंवैधानिक, अप्रजातान्त्रिक र अधिनायकवादी नीति भनेको छ र सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको […]
११ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन् । मुख्यमन्त्री राईले शनिबार बेलुका मन्त्री आङ्बोलाई पदमुक्त गरेका हुन् । संविधानको धारा १६९ को (२) (ख) बमोजिम मन्त्री आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेको उनका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि […]
११ पुस, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ राजा बन्ने प्रयास नगर्न चेतावनी दिएका छन् । शनिबार धादिङ काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले प्रतिनिधिसभ विघटनसँगै प्रधानमन्त्री ओलीको आरोलो यात्रा सुरु भएको बताए । संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको भन्दै उनले भने […]
११ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक समाजले माइतीघर मण्डलामा प्रर्दशन गरेका छन् । प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलनको व्यानरमा शनिबार भएको प्रदर्शनमा सहभागीहरुले संसद विघटनको विरोध गरे । प्रदर्शनमा सहभागीहरुले सबै विमतीको संविधानभित्रैबाट समाधान खोज्नुपर्ने बताएका छन् । प्रदर्शनमा सहभागीहरुले ‘समृद्धिको यात्रा, ओलीको गाईजात्रा’, ‘म नागरिक संविधानको पालक, नेताज्यू तपाई नि ?’, ‘संविधानमाथि तिरैतिर, […]
११ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यहीँ पुस १३ गते प्रतिनिधिसभा विघटविरुद्ध देशैभर प्रदर्शन गर्न अपिल गरेका छन् । शिनबार अपिल जारी गर्दै सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार देशभका १६५ वटै निर्वाचन क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध प्रदर्शन गर्न आह्वान गरेका दिएका हुन् । प्रतिनिधिसभा विघटनको घटनाका पार्टीले […]
११ पुस, काठमाडौं । संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । बबरमहलस्थित पार्टी कार्यालयबाट मसाल जुलुस निकाल्न खोजेको थियो । तर प्रहरीले कार्यालय परिसर निस्कनासाथ हस्तक्षेप गरेर तितरवितर बनाएको छ ।
११ पुस, काटमाडौं । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे मौन बसेको उत्तरी छिमेकी चीनका उच्च अधिकारी आइतबार काठमाडौं आउने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वको टोली आइतबार काठमाडौं आउन लागेको हो । नेकपा उच्च स्रोत भन्छ, ‘पार्टीमा आएको फुटबारे चिनियाँ कम्युनिस्ट पार्टीले चिन्ता व्यक्त गरेको छ । त्यही चिन्तासहित उपमन्त्री […]
११ पुस, काठमाडौं । लकडाउनपछि ठप्प भएको निर्माण क्षेत्र अझै पुरानो लयमा फर्किन सकेको छैन । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार अहिले करिब ३० देखि ४० प्रतिशत मात्रै निर्माण साइटमा काम भइरहेको छ, त्यो पनि निकै सुस्त गतिमा । सुरुमा महामारीलाई बहाना बनाउन पाएको निर्माण क्षेत्रले त्यसपछि वषर्ा र चाडबाडको निहुँ देखायो । अहिले ठेकदारहरु […]
११ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तरिकाले संसद विघटन गरेको भन्दै नागरिक आन्दोलन सुरू भएको छ । बृहत नागरिक आन्दोलनको पहिलो दिन शनिबार माइतीघर मण्डलामा ‘शंख एपिसोड’सहित कोणसभा सम्पन्न भएको छ । १८ पुससम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको लेखक एवं अभियन्ता युग पाठकले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार १३ पुसमा […]
from समाचार – Online Khabar https://ift.tt/38zTXvv
via IFTTT






















