Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कैलालीमा २ जना प्रहरी हत्याका मुख्य आरोपी पक्राउ

१३ मङ्सिर कैलाली । कैलालीमा गत कात्तिक १ गते २ जना प्रहरीको हत्या भएको घटनाका मुख्य आरोपीलाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको तस्करको समूहबाट हत्या भएको थियो । उक्त घटनाको मुख्य योजनाकार भन्दै प्रहरीले धनगढी उपमहानगरपालिका १० का ३४ वर्षीय सुकबहादुर […]

प्रचण्ड-नेपाल पक्षको व्यंग्य- केपी ओलीको चुनाव चिह्न बयलगाडा

१३ पुस, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली समूहको चुनाव चिह्न बयलगाडा र पार्टी कार्यालय बालकोट राख्न भन्दै व्यंग्य गरेका छन् । कर्णाली  प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबार बिहान पत्रकार सम्मेलन बोल्दै प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्य बिष्णु रिजाल र निरज आचार्यले प्रधानमन्त्री ओली समूहप्रति […]

मनकामना केबलकार एकसाता बन्द हुने

१३ पुस, मुग्लिन । मनकामना केबलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको हो । यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । कोरोनाको महामारीसँगै नौ महिना बन्द रहेको केबलकार गत मंसिर २८ गतेबाट पुनः सञ्चालनमा आएको […]

बानेश्वरमा माधव नेपाल र चिनियाँ टोलीबीच भेटवार्ता

१३ पुस, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीबाट नेपाल भ्रमणमा आएको टोलीले नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपाललाई भेटेको छ । बानेश्वरको एभरेष्ट होटलमा नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोलीबीच भेटवार्ता भइरहेको हो । यसअघि चिनियाँ टोलीले खुमलटार पुगेर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरिसकेको छ । […]

डा खेम कार्कीले दिए राजीनामा

१३ पुस, काठमाडौं । तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार रहेका डा खेमबहादुर कार्कीले पदबाट राजीनामा दिएका छन् । जिम्मेवारी हेरफेरका क्रममा मन्त्री ढकाल संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पुगेपछि उनका स्वास्थ्यविज्ञ सल्लाहकार रहेका डा कार्कीले राजीनामा दिएका हुन् । मन्त्रालय स्रोतको अनुसार आइतबार उनले स्वास्थ्य मन्त्रालयमा राजिनामा बुझाएका छन् । गत ९ चैतमा […]

सालकको खपटासहित तीनजना पक्राउ

१३ पुस, काठमाडौँ । नेपाली सेनाले दुर्लभ वन्यजन्तु सालकको तस्करीमा संलग्न तीन जना व्यक्तिलाई आखेटोपहारसहित पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालन गरिएको ‘अपरेसन महाहन्ट–७’ मा खटिएको सेना, बाँदरझुलाबाट खटिएको सशस्त्र प्रहरी र निकुञ्ज प्रशासनको संयुक्त टोलीले तस्करीमा संलग्नलाई आइतबार पक्राउ गर्न सफल भएको हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पक्राउ परेका […]

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘घुमौं सौराहा’ अभियान

१३ पुस, वीरगञ्ज । चितवनको पर्यटकीय क्षेत्र सौराहाका व्यवसायीहरु आन्तरिक पर्यटन प्रवर्द्धनमा लागेका छन् । कोरोना महामारीले गर्दा बाहृय पर्यटक आउन छोडेपछि उनीहरु आन्तरिक पर्यटन प्रवर्द्धनमा लागेका हुन् । आन्तरिक पर्यटकलाई आकर्षित गर्न उनीहरुले ‘घुमौं सौराहा’ अभियान चलाएका छन् । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा ‘घुमौं सौराहा’ अभियान सञ्चालन गरिएको हो । होटलमा २० […]

नेकपा जोगाउने चीनको अन्तिम कसरत !

१३ पुस, काठमाडौं । चीनका रक्षामन्त्री वेई फेङ्गेले नेपाल भ्रमण गरेको महिना दिन नबित्दै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का अन्तर्राष्ट्रिय विभाग उपप्रमुख गुओ यैचौ नेतृत्वको चार सदस्यीय टोली आइतबार काठमाडौं आइपुग्यो । आइतबार दिउँसो काठमाडौं उत्रिएको यो टोलीले पहिलो भेट नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग गर्‍यो । चारदिने भ्रमणमा आएको यो टोलीले नेपालका सबै पार्टीका उच्च […]

प्रधानमन्त्रीलाई साक्षी राखेर शंकास्पद संस्थासँग सम्झौता गरेको खुलासा, केयूले पाएन १३ अर्ब

१३ पुस, काठमाडौं । २५ डिसेम्बरमा काठमाडौं विश्वविद्यालय (केयू) र ब्रिजिन फाउन्डेसनबीच सहयोग सम्झौता भएको एक वर्ष पूरा भएको छ । सम्झौतामा १२ करोड अमेरिकी डलर (करिब १३ अर्ब रुपैयाँ) दिने उल्लेख भए पनि एक रुपैयाँ प्राप्त नगरेको केयू स्रोतले जानकारी दिएको छ । ९ पुस २०७६ मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साक्षी राखेर केयूका […]

राष्ट्रिय सभामा अल्पमतमा पर्‍यो ओली समूह

१३ पुस, काठमाडौं । आगामी पुस १७ गतेबाट राष्ट्रिय सभाको अधिवेशन सुरु हुँदैछ । तर नेकपा विभाजनसँगै प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सभामा बहुमत गुमाएका छन् । प्रतिनिधि सभा विघटन भई सो सम्बन्धी रिट सर्वाेच्च अदालतमा विचाराधीन रहेको अवस्थामा राष्ट्रिय सभाको अधिवेशन बोलाइएको छ । प्रतिनिधि सभा विघटन भई मुलुक जनप्रतिनिधिविहीन भएको अवस्थामा राष्ट्रिय सभाले के […]

गुल्मीमा धान उत्पादन वृद्धि

१३ पुस, गुल्मी । गुल्मीमा यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञानकेन्द्र गुल्मीका अनुसार गत वर्षभन्दा उत्पादनमा वृद्धि भएको हो । यस वर्ष १० हजार ४५० क्षेत्रफलमा ३१ हजार १७५ मेटि्रक टन उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्राविधिक हरिप्रसाद आचार्यले जानकारी दिए । गत वर्षभन्दा यो वर्ष ३ हजार मेटि्रक टन उत्पादन […]

१८ घण्टे लोडसेडिङका साक्षी टोपबहादुरको ऊर्जामा कमब्याक

१३ पुस, काठमाडौं । टोपबहादुर रायमाझी २०७३ साल साउनमा ऊर्जा मन्त्रालयबाट विदा हुँदै गर्दा देशमा दैनिक १० घण्टाभन्दा बढी लोडसेडिङ थियो । हिउँदमा १८ घण्टा लाइन काट्ने गरी क्रमैसँग लोडसेडिङ बढाउँदै जाने तालिका विद्युत प्राधिकरणमा तयार थियो । रायमाझी उर्जामन्त्रीबाट हटेको तीन महिना नबित्दै काठमाडौं उपत्यकाबाट सदाका लागि लोडसेडिङ हट्यो । जब कि ऊर्जा मन्त्रालय […]

चिनियाँ टोलीद्वारा प्रचण्डसँग भेटवार्ता

१३ पुस, काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधि मण्डलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ । भेटवार्ताका लागि चिनियाँ टोली प्रचण्ड निवास खुमलटार पुगेको छ । भेटमा नेकपाको विभाजन, संसद विघटन लगायतका समसामयिक विषयमा कुराकानी भएको बुझिएको छ । आइतबार नेपाल आएको चिनियाँ टोलीले […]

चिनियाँ उपमन्त्रीले भेटे प्रधानमन्त्रीलाई

१३ पुस, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले आइतबार बेलुकी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् । उनले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् । भेटघाटको विषयवस्तुबारे पनि केही पनि बताइएको छैन । प्रधानमन्त्रीलाई भेट्नु अगाडि उनले राष्ट्रपति विद्यादेवी […]

लठिबज्र लगानी बोर्ड : सीईओ भट्ट भन्छन्- हामीले बानी सुधार्नुपर्छ

१३ पुस, काठमाडौं । नेपालको विकास निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको लगानी बोर्डको अध्यक्ष पदमा प्रधानमन्त्री केपी शर्मा ओली छन् । उपाध्यक्षमा अर्थमन्त्री विष्णु पौडेल छन् भने बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा छन्- सुशील भट्ट । समृद्धिको सपनालाई व्यवहारमा रुपान्तरण गर्नुपर्ने लगानी बोर्ड अहिले राजनीतिक अस्थिरता एवं स्वार्थसमूहको कोपभाजनमा परेको छ । लगानी […]

कोही व्यक्तिले भन्दैमा प्रतिनिधिसभा विघटन हुन्न : श्रेष्ठ

१३ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले वर्तमान संविधानले प्रतिनिधि सभा विघटन गर्ने कुनै अधिकार नदिएको जिकिर गरेका छन् । हिमालय टेलिभिजनको यक्ष प्रश्न कार्यक्रममा बोल्दै नेता श्रेष्ठले प्रतिनिधिसभा विघटनको कदम अलोकतान्त्रिक, असंवैधानिक र स्वेच्छाचारी कदम भएको टिप्पणी गरेका छन् । उनले भने, ‘कोही […]

काठमाडौंमा कहाँ-कहाँ हुँदैछ कांग्रेसको विरोध प्रदर्शन ?

१३ पुस, काठमाडौं । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै छ । केन्द्रीय राजधानी काठमाडौंको हकमा दिउँसो एक बजे प्रदर्शन हुने छ । नेपाली कांग्रेस काठमाडौं जिल्ला अध्यक्ष सबुज बानियाँले अनलाइनखबरसँग भने, ‘काठमाडौंका १० वटै निर्वाचनमा क्षेत्रमा एउटै समयमा दिउँसो १ बजे प्रदर्शन हुने छ र त्यसलाई सम्बन्धित निर्वाचन क्षेत्रका नेता, […]

केश फूलेपछि ड्रागन फ्रुट फलाउने हुटहुटी

१३ पुस, चितवन । भरतपुर महानगरपालिका-७ कृष्णपुरका शम्भु सुवेदी (५९) ले चितवन भ्याली मोडल अस्पताल तथा चितवन एकेडेमीका प्रवन्ध निर्देशक बनेर काम गरे । दारी र कपाल फूलेरै सेतै भइसकेको बेला सुवेदीलाई एकाएक कृषि कर्म गर्ने जाँगर चल्यो । उनलाई ड्रागन फ्रुट फलाउने हुटहुटी भयो । त्यसैले अस्पतालको काम अरुलाई नै जिम्मा लगाएर अहिले उनी […]

एमसीसी : प्रसारण लाइनको ईआईए स्वीकृतिका लागि वन मन्त्रालयमा

१३ पुस, काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)ले नेपाललाई प्रदान गर्ने पाँच सय मिलियन बराबरको सहयोग संसदबाट कहिले अनुमोदन हुन्छ कुनै टुंगो छैन तर एमसीसी परियोजनासँग सम्बन्धित कामहरु भने रोकिएका छैनन् । केन्द्रदेखि स्थानीय स्तरसम्म विभिन्न तहमा काम भइरहेका छन् । सो परियोजना अन्तर्गत निर्माण हुने प्रसारण लाइनको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवदन तयारको […]

गण्डकी सरकारलाई जनमोर्चाको साथ, बलियो देखिए मुख्यमन्त्री गुरुङ

१३ पुस, पोखरा । गण्डकी प्रदेश सरकारलाई राष्ट्रिय जनमोर्चाको समर्थन यथावत रहने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई टुक्रा भएपछि संकटमा पर्ने भनिएको प्रदेश सरकारलाई जनमोर्चाले समर्थन यथावत राख्ने जनाएको हो । गण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली समूहका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको नेतृत्व गरिरहेका छन् । नेकपा विभाजन भएर गण्डकी सरकारमा पनि अविश्वासको […]

बुढानीलकण्ठ स्कुलले पायो डिजिटल एजुकेसन आइसिटी अवार्ड

१३ पुस, काठमाडौं । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा रहेको ‘डिजिटल एजुकेसन आइसिटी अवार्ड २०२०’ बुढानीलकण्ठ स्कुलले प्राप्त गरेको छ । नेपालकै सबैभन्दा ठूलो प्रविधि अवार्डका रुपमा रहेको यस विधामा जम्मा २७ ओटा शैक्षिक संस्थाको नोमिनेसन भएको थियो । शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउन प्रोत्साहन गर्ने उद्देश्यले सरकारी तथा सामुदायिक शैक्षिक संस्थानलाई प्रदान गरिने उक्त […]



from समाचार – Online Khabar https://ift.tt/3rrfXBc
via IFTTT
Powered by Blogger.