समाचार
१६ पुस, हेटौंडा । बागमतीसहित चारवटा प्रदेशका किसानलाई लक्षित गर्दै हेटौंडामा दूध पाउडर प्लान्ट निर्माण थालिएको छ । बागमती प्रदेश दुग्ध विकास बोर्डले नियमित रुपमा किसानहरुले व्यहोर्दै आएको मिल्क होलिडे सहित दूध बिक्रीमा भोग्दै आएको समस्यालाई समाधान गर्न हेटौंडामा पाउडर प्लान्ट निर्माणको तयारी थालेको हो । सरकारले बागमती, गण्डकी, लुम्बिनी र २ नम्बर प्रदेशलाई लक्षित […]
१६ पुस, काठमाडौं । सांसद महेश बस्नेतलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको अभियोगमा पूर्वप्रहरी डिल्लीबहादुर चन्दलाई पक्राउ गरिएकोप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस कार्यकर्ता समेत रहेका पूर्वप्रहरी सहायक निरीक्षक (असई) चन्दले सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर प्रहरीले प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गरेको कांग्रेसले निष्कर्ष निकालेको हो । ‘कोरोनाको महामारी चलिरहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु, […]
१६ पुस, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु जनमतको दुरुपयोग भएको बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको फुटसँगै प्रचण्ड–माधव समूहले पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । बिहीबार हेटौंडामा आयोजित ओली पक्षीय बृहत कार्यकर्ता भेलामा मुख्यमन्त्री पौडेलले कांग्रेसका सांसदले विरोध नगर्दा नेकपाकै कार्यकर्ताले विरोध गर्दै हिँडेको बताए […]
१६ पुस, काठमाडौं । कोभिड १९ विरुद्ध नागरिक अभियान सुरु भएको छ । पिपुल हेल्थ मुभमेन्ट नेपाल, नेपाल पब्लिक हेल्थ एसोसियसन, नेपाल मेडिकल एसोसियसन र नेशनल बिजनेस इनिसियटिभ सहकार्यमा सुरु भएको अभियानले कोभिड १९ विरुद्ध लड्नका लागि सहयोग गर्नेछ । उक्त अभियानमा संगल्ग्न भोलेन्टियरहरुले विभिन्न ठाउँमा गएर जनचेतना फैलाउने काम गरिरहेका छन् । उक्त अभियानका सदस्य […]
१६ पुस, काठमाडौं । वैदेशिक रोजगार विभागले भोलि (शुक्रबार) देखि अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति दिने भएको छ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइनमार्फत आवेदन दिएर श्रम स्वीकृति लिन सक्ने व्यवस्था मिलाएको हो […]
१६ पुस, काठमाडौं । निर्वाचन आयोगले आगामी माघ १५ गतेदेखि देशैभरका स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहमा रहेका केन्द्रबाट मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएका हुन् । आयोगले २०७७ पुस […]
१६ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार नमुना परीक्षण गर्दा १९६ महिला र ३३८ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ । उनीहरुमध्ये २ लाख ५२ हजार ३५९ जना […]
१६ पुस, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङको अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्री केपी शर्मा ओली गरेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको बिहीबार प्युठानमा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । २५० मेगावाट विद्युत अपुग भएका बेला प्रधानमन्त्री ओलीले भारतसँग प्रसारण लाइन […]
१६ पुस, बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अविश्वासको प्रस्तावको सामना आरामले गर्ने बताएका छन् । नेकपाको प्रदेश संसदीय दलमा अल्पमतमा परेका राईले यसको हिसाब-किताब संसदको हिउँदे अधिवेशनमा हुने बताए । आफूले मुख्यमन्त्री पद जोगाउनका लागि कसैलाई पनि मन्त्री पद र आश्वासन बाँड्दै नहिँड्ने बताउँदै राईले भने, ‘मबाट मुख्यमन्त्री पद जोगाउनका निम्ति मन्त्री […]
१६ पुस, काठमाडौं । लोक सेवा आयोगले बिहीबार आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । नेपालको संविधानको धारा २९४ अनुसार आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था छ ।
१६ पुस, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा कारोबार हुने अधिकांश कम्पनीहरुको सेयर मूल्य वृद्धि भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले सुधारिदा केहि कम्पनीहरु भने घटेका पनि छन् । नेप्से परिसूचक २५ दशमलव २१ अंकले बढेर २ हजार ८७ दशमलव २७ अंकमा पुगेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको […]
१६ पुस, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संसद विघटन असंवैधानिक भएको बताएका छन् । यसले देश अनिश्चितताको बाटोमा गएको उनको विश्लेषण छ । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति यादवले प्रतिनिधिसभा विघटनको कदमले संविधान, लोकतन्त्र र राष्ट्रियतालाई दुरगामी असर पार्ने बताए । अब बल अदालतको कोर्टमा रहेको भन्दै उनले भने, संविधानअनुसार […]
१६ पुस, विराटनगर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको फुटसँगै प्रदेश १ मा दुई समूहले एकअर्कालाई कारबाही गरेको घोषणा गरेका छन् । बिहीबार प्रचण्ड–माधव समूहले मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको छ । र, भीम आचार्यलाई दलको नेता चयन गरेको छ । त्यसको प्रतिउत्तरमा ओली समूहमा रहेका मुख्यमन्त्री राईले आर्चायसहित १५ […]
१६ पुस, काठमाडौं । कामचलाउ भइसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेको भन्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट फेरि हेर्न नभ्याइनेमा परेको छ । बिहीबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको पेसी चढेको रिट हेर्न नभ्याइने परेको हो । यो रिटविरुद्धको अर्को पेसी आइतबारको लागि तोकिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीको सिफारिसमा ५ पुसमा […]
१६ पुस, विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका नेता भीम आचार्य प्रदेश १ का प्रस्तावित मुख्यमन्त्री हुन् । बहालवाला मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ । प्रदेशसभा सदस्य आचार्य बिहीबार प्रचण्ड-माधव समूहबाट नेकपा संसदीय दलको नेता चयन भएका छन् भने मुख्यमन्त्री राईलाई संसदीय दलबाट हटाइएको सो समूहले […]
१६ पुस, काठमाडौं । सभामुख अग्नि सापकोटाले अहिलेकै अवस्थामा संसद विघटन हुन नसक्ने भन्दै संविधानको रक्षाका लागि आफूले खेल्नुपर्ने भूमिकाबारे सबै पक्षसँग परामर्श लिइरहेको बताएका छन् । नेकपा (प्रचण्ड–माधव समूह) को अनेमसंघ, नेपाली कांग्रेस सम्बद्ध नेपाल महिला संघ, जनता समाजवादी सम्बद्ध समाजवादी महिला संघ र विवेकशिल साझा पार्टी सम्बद्ध विवेकशील साझा महिलाको संयुक्त ज्ञापनपत्र बुझ्दै […]
१६ पुस, काठमाडौं । भक्तपुरका सांसद महेश बस्नेतलाई सामाजिक सञ्जाल फेसबुकमार्फत गाली, गलौज र अभद्र टिप्पणी गरेको अभियोगमा एकजना पूर्वप्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरीबाट स्वेच्छिक अवकाश लिएका सहायक निरीक्षक (असई) डिल्लीबहादुर चन्द छन् । साइबर ब्युरोले जिल्ला प्रहरी कार्यालय, बाँकेसँग समन्वय गरेर नेपालगञ्जबाट चन्दलाई मंगलबार पक्राउ गरेको हो । उनीविरुद्ध विद्युतीय अपराध […]
१६ पुस, काठमाडौं । कास्कीको पोखरास्थित फिस्टेल अस्पतालमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका-२ की ५८ वर्षीया महिलाको उपचारको क्रममा बिहीबार बिहान ७:३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माका अनुसार उनीमा बुधबार मात्र कोरोना संक्रमण पुष्टि भएको थियो […]
१६ पुस, काठमाडौं । मल नल्याउने ठेकदार कम्पनी शैलुङ इन्टरप्राइजेजलाई कारबाही नगर्न कृषि सामग्री कम्पनीविरुद्ध जारी भएको अन्तरिम आदेश खारेज भएको छ । उच्च अदालतका मुख्य न्यायाधीश डा. कुमार चुडा र न्यायाधीश रेखा थापा पाण्डेको संयुक्त इजलाशले अन्तरिम आदेश खारेजको निर्णय गरेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । बुधबार अदालतबाट अन्तरिम आदेश खारेज गर्ने […]
१६ पुस, विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विराटनगरमा दुईवटा कार्यालय छन् । तत्कालीन माओवादी केन्द्रको भाडामा रहेको जिल्ला पार्टी कार्यालय तीनपैनीलाई एकीकरणपछि प्रदेश कार्यालय र तत्कालीन एमालेको विराटनगर पाञ्चालीमा रहेको पार्टी कार्यालयलाई जिल्ला कार्यालय बनाइएको थियो । पुस ५ अघिसम्म दुवै कार्यालयमा दुवै समूहका नेता–कायकर्ताको आउजाउ थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा […]
१६ पुस, काठमाडौं । प्रहरीले लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ गरेको छ । पर्साबाट उनलाई पक्राउ गरिएको हो । महानगरीय अपराध महाशाखा, बानेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको प्रदेश नं. २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले अनलाइनखबरलाई बताए । अग्रवाललाई काठमाडौं पठाउने वा नवलपरासीबाटै कानुनी प्रक्रिया थाल्ने भन्ने टुंगो लागेको […]
from समाचार – Online Khabar https://ift.tt/2WYeyEf
via IFTTT