समाचार
१५ पुस, काठमाडौं । खुंखार अपहरणकारी उदय सेठ्ठी र प्रह्लाद महतको समूहका एक जना सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । बालाजुका व्यापारी बाबुराजा रावललाई १ पुस २०६५ मा अपहरण गरी साढे १ करोड रुपैयाँ फिरौती असूली गरेको प्रकरणमा संलग्न रहेको अभियोगमा सर्लाहीका कुमार बुढाथोकी पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुढाथोकीलाई […]
१५ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । उनकी छोरी गंगाले आमालाई मेडीसिटी अस्पताल भर्ना गरेको जानकारी गराएकी हुन् । सीता लामो समयदेखि अस्वस्थ थिइन् । बुधबार थप गाह्रो भएपछि अस्पताल भर्ना गरिएको गंगाले बताइन् ।
१५ पुस, काठमाडौं । राष्ट्रियसभा सदस्यहरुको भोलि कोरोना भाइरस (कोभिड–१९) निःशुल्क परीक्षण गरिने भएको छ । राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते अपरान्ह ४ बजेको निम्ति आह्वान भएको छ । पहिलो बैठकको अघिल्लो दिन बिहीबार सबै सदस्यको कोभिड–१९ परीक्षणको व्यवस्था मिलाइएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले अनलाइनखबरलाई जानकारी दिए । उनले भने, हाम्रो आग्रहमा स्वास्थ्य […]
१५ पुस, गुल्मी । गत पुस ३ गते गुल्मीमा भएको अटो दुर्घटनाका घाइतेको उपचारका लागि आर्थिक संकलन गरिएको छ । आर्थिक अभावका कारण उपचारमा समस्या आएपछि विभिन्न संघ संस्थाहरुले आर्थिक संकलन अभियान सुरु गरेका छन् । रेसुङ्गा नगरपालिका–१३ दुबीचौर भन्ने स्थानमा लु १ ह २७४३ नम्बरको अटो दुर्घटना हुँदा वडा नम्बर–२ का १६ वर्षीय सुनिल […]
१५ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले जनताको शक्तिलाई परिचालन गरेर यो प्रतिगमनलाई पछार्नुपर्ने बताएका छन् । बुधबार अखिल नेपाल महिला संघको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले लोकतन्त्र र संविधानलाई बचाउनुपर्नेमा जोड दिए । १०० वर्षको राणा शासन, ३० वर्षको पञ्चायती शासन र ज्ञानेन्द्र शाहलाई जनताको बलमै पराजित गरेको भन्दै […]
१५ पुस, काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल २०७८ जेठमा परीक्षा सञ्चालन गर्न सकिने बताउँछन् । ‘बिदा कटौती गरेर कक्षा सञ्चालन गर्ने र जेठसम्ममा परीक्षा लिइसक्नु पर्दछ,’ उनी भन्छन्, ‘त्यसो नगर्दा शैक्षिक […]
१५ पुस, काठमाडौं । आज मार्ग शुक्ल पूर्णिमाको दिन नेवार समुदायले ‘योमरी पुन्हि’ पर्व बनाउने गर्छन् । आजकै दिन योमरी पकाएर देवतालाई चढाउनुका साथै स–परिवार मिलेर खाने र अरुलाई पनि खुवाउने प्रचलन छ । योमरी नेवारी समुदायको एउटा विशिष्ट खाद्य परिकार हो । स्वादसँगै पौष्टिकताले समेत भरिपूर्ण योमरी जाडोको स्वादिष्ट खाद्य परिकार मानिन्छ । हालै […]
१५ पुस, रोल्पा । नेकपा प्रचण्ड–माधव समूहका नेता वर्षमान पुन (अनन्त)ले वैशाखमा चुनाव पनि नहुने र केपी शर्मा ओली प्रधानमन्त्री पनि नरहने दाबी गरेका छन् । गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अनन्तले प्रधानमन्त्री ओलीको नियत नै चुनाव गराउने नभएको बताए । आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार चलाइरहेका ओलीले असंवैधानिक रुपमा संसद विघटन […]
१५ पुस, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट ६ लाख मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको छ । लत्ता कपडा, प्याज, लसुन तथा समान ओसार्न प्रयोग गरिएको मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वाटर पर्साले जनाएको छ । वीरगञ्ज महानगरपालिका–१५ बसपार्क र वीरगञ्ज–१४ गण्डक चोकबाट भन्सार छली गरेर अवैध रुपमा भारतबाट […]
१५ पुस, वीरगञ्ज । प्रदेश २ सरकारसँग दृढ इच्छाशक्ति र स्पष्ट दृष्टिकोण नभएको आरोप प्रदेश सभा सदस्यहरुले नै लगाएका छन् । जसले गर्दा प्रदेशमा जनचाहना अनुसार विकासका काम हुन नसकेको उनीहरुको ठहर छ । वीरगञ्जमा आयोजित ‘तन्नेरीसँग प्रदेश सभा सदस्य’ कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य प्रल्हाद गिरी र भीमा यादवले २० वर्षदेखि थाति रहेको जनताको […]
१५ पुस, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रचण्ड-माधव समूहका मन्त्रीहरुलाई नहटाउने बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा फुट आएसँगै प्रदेश सरकारहरु मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र मन्त्रीहरु हटाउने होड देखिएको छ । तर गण्डकीमा प्रचण्ड माधव समूहले अविश्वासको प्रस्ताव ल्याएको छैन भने ओली समूहमा रहेका मुख्यमन्त्री गुरुङले अर्को समूहका मन्त्रीहरुलाई हटाएका […]
१५ पुस, काठमाडौं । पर्यटकिय शहर पोखरामा अर्को नयाँ एड्भेन्चर गतिविधि थपिएको छ । बन्जी नेपाल एड्भेन्चर्स प्रालिले पोखरा १७, रातोपैरा (माउन्टेन म्युजियमको आडैमा) बन्जीका लागि बनाएको टावरमा नेपालमै पहिलोपटक टावर क्लाइम्बिङ सुरु गरेको हो । ३५ मिटर अग्लो क्यान्टिलिभर टावरमा चड्दा थकाइ लागे बिचमा रोकिएर आराम गर्दै समेत जान सकिने गरी डिजाइन गरिएको छ […]
१५ पुस, फुङलिङ (ताप्लेजुङ) । ताप्लेजुङको पाथीभरा क्षेत्रको जङ्गलमा लागेको आगोले चरन तथा बासस्थान खरानी बनाएपछि रेडपाण्डा (रातो हाब्रे) सङ्कटमा परेको छ । छ दिनदेखि लागेको डढेलो पाथीभरा क्षेत्रको अनुमानित ९० हेक्टर वन क्षेत्रमा डढेलो फैलिसकेको डिभिजन वन कार्यालयका फोरेस्टर फुपुग्याबु शेर्पाले जानकारी दिए । डढेलो फैलिने क्रम जारी रहेकाले कति वन क्षेत्र डढेलोले नष्ट […]
१५ पुस, काठमाडौं । नेपालका लागि पूर्वराजदूत एवं भारतका पूर्वविदेश सचिव श्याम शरणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न मनाएर विवादास्पद छवि नभएका कुनै राजनीतिज्ञलाई प्रधानमन्त्री बनाउन पहल भइरहेको दावी गरेका छन् । भारतको अंग्रेजी पत्रिका दि ट्रिब्युनमा नेपालसम्बन्धी एक लामो लेख प्रकाशित गर्दै शरणले यो पहल चीनले गरिरहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले […]
१५ पुस, काठमाडौं । बाँकेमा उपचारका क्रममा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुईजना बाँकेका र एकजना बर्दियाका कोरोद्दा संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ । बाँकेको कोहलपुर नगरपालिका-२ का ७३ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति साढे १० बजेतिर मृत्यु भएको छ । उनी यही पुस ५ […]
१५ पुस, काठमाडौं । सरकारले २० प्रतिशत जनसंख्यालाई पुग्ने कोभिड–१९ विरुद्धको खोप भारतबाट खरिद गर्नका लागि औपचारिक प्रक्रिया शुरु गरेको छ । खोप खरिदका लागि सहजीकरण गर्न भन्दै परराष्ट्र मन्त्रालयले भारतलाई हालै औपचारिक पत्र नै पठाएको छ । खोप खरिदका लागि पत्र मार्फत भारतलाई औपचारिक रुपमा आग्रह गरिएको भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले अनलाइनखबरलाई […]
१५ पुस, बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको शुद्धोधन गाउपालिका १ का ७० वर्षीय पुरुषको बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो । मंसिर २८ गते कोरोना संक्रमण भएका ती पुरुष पुस १४ गते अस्पताल भर्ना भएकामा बुधबार बिहान सवा ५ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता […]
१५ पुस, काठमाडौं । सरकारले ०६८ सालको बजेटमार्फत घोषणा गरेको थियो– ‘मध्यपहाडी लोकमार्गका विभिन्न महत्वपूर्ण स्थानलाई नयाँ सहरका रुपमा विकास गरिनेछ ।’ नौ वर्षअघि बनेको यो योजना अहिलेसम्म पनि अलपत्र छ । सुरुमा मध्यपहाडी लोकमार्गमा पर्ने १० ठाउँका लागि घोषणा भएको नयाँ सहरको योजना अहिले संख्यात्मक रुपमा ५० वटा स्थानसम्म विस्तार भइसक्यो । तर, काम […]
१५ पुस, काठमाडौं । कवि एवं गीतकार भूपाल राई मूलतः संस्कृतिकर्मी हुन् । लोकप्रिय गीतकारको परिचय बनाएका उनी समावेशिता, धर्मनिरपेक्षता र पहिचानको आन्दोलनमा चार दशकदेखि सक्रिय छन् । ‘सुम्निमाको तस्वीर’, ‘दाजै ! कविता गाउँमै छ’ लगायत चारवटा कवितासंग्रह तथा ‘पूर्वै जाने रेल’, ‘खोइ त बुटजुत्ता’ जस्ता दर्जनौं लोकपि्रय गीतका स्रष्टा राई साहित्यलाई प्रतिरोधको अस्त्र मान्छन् […]
१५ पुस, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उपलब्ध सचिवालय सदस्य र स्थायी कमिटीको संयुक्त बैठक आज बस्दै छ । सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम तय गर्न आज दिउँसो १२ बजे पेरिसडाँडास्थित कार्यालयमा बैठक बस्न लागेको हो । बैठकपछि दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी आन्दोलनका थप कार्यक्रम […]
१५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादीलगायतका दलहरु सडकमा ओर्लिएका छन् । यही मेसोमा शनिबार माइतीघर मण्डलामा नागरिक समाजका तर्फबाट पनि विरोध प्रदर्शन भयो, जहाँ चर्चित साहित्यकार सञ्जीव उप्रेती पनि सहभागी भए । ‘म शनिबारको आन्दोलनमा गएँ, अब भोलिदेखि निरन्तर जानेछु,’ उप्रेतीले […]
from समाचार – Online Khabar https://ift.tt/3nZ713P
via IFTTT