Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रदेश २ का प्रचण्ड निकट २ जना सांसद ओली समूहमा

१५ पुस, जनकपुरधाम । तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट २ जना प्रदेश सांसद नेकपा विभाजनपछि केपी शर्मा ओली समूहमा लागेका छन् । प्रचण्डकै विश्वासिलो पात्र मानिएका नेकपाका अध्यक्ष प्रभू साहले अप्रत्यासितरुपमासाथ छाडेर ओलीतिर लाग्दै मन्त्री पद पाएका छन् । प्रभु साह ओलीतिर लागेको केही दिनमै साह निकट अन्य २ जना सांसद […]

गुर्जुधारामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

१५ पुस, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२, गुर्जुधारामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गल्छी घर भइ थापथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ सुभास गमाल छन् । महानगरीय प्रहरी प्रभाग, बलम्बुका प्रहरी निरीक्षक खेमराज राउतका अनुसार बुधबार राति १० बजेतिर बा ४ ख […]

किन रोकियो प्रचण्ड–माधव समूहको आन्दोलन घोषणा ?

१५ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले बुधबार स्थायी कमिटी बैठक राखेर संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारी गरेको थियो । बैठकका लागि नेताहरु पार्टी कार्यालय पेरिसडाँडामा पुगेका थिए भने अपराह्न ३ बजे पत्रकार सम्मेलन गर्ने भनिएको थियो । तर न बैठक बस्यो, न पत्रकार सम्मेलन भयो । संसद विघटनको विरोधमा रहेको नेपाली […]

ओलीको स्वीकारोक्ति : प्रचण्ड–माधवसँग बहुमत छ

१५ पुस, काठमाडौं । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको पक्षमा बहुमत रहेको स्वीकार गरेका छन् । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आफ्नो समूहका सुदूरपश्चिम प्रदेशका कार्यकर्ता सम्बोधन गर्दै ओलीले आफू अल्पमतमा रहेको स्वीकारेका हुन् । प्रचण्ड र माधव नेपालमाथि एकपछि अर्को आरोप लगाउने क्रममा ओलीले बहुमतको दुरुपयोग भएको बताए । ‘पार्टीभित्र […]

निर्मला हत्या प्रकरणमा बर्खास्त एसपीलाई पुनर्बहाली गर्ने मन्त्रिपरिषदको निर्णय

१५ पुस, काठमाडौं । सरकारले निर्मला हत्या प्रकरणमा बर्खास्तीमा परेका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टलाई सेवामा फर्काउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विष्टलाई दुई वर्ष अघि गरिएको कारबाही बदर गर्दै पुनर्बहाली गर्ने निर्णय गरेको हो । प्रहरी महानिरीक्षक समेतको टोलीले स्थलगत अध्ययन गर्दा कर्मचारीबाट चरम लापरबाही र गैरव्यवसायिक […]

आंशिक प्राध्यापकहरूको चित्त दुखाउने त्यो शब्द…

१५ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आंशिक प्राध्यापकहरू विभिन्न माग राख्दै आन्दोलित छन् । २०६२ सालदेखि सुरु भएको आंशिक प्राध्यापकहरूको आन्दोलनको सिलसिला तोड्ने अनेकौं प्रयास भए पनि अहिलेसम्म ती सबै प्रयास असफल हुँदै आएका छन् । आंशिक प्राध्यापक संघका माग पूरा गर्नको लागि पटकपटक सहमति पनि भए । तर ती कुनै पनि सहमति कार्यान्वयन […]

ओली र प्रचण्डबीच फोनवार्ता, सीता दाहालको स्वास्थ्य लाभको कामना

१५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन सम्वाद भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि पहिलो पटक ओली र प्रचण्डबीच टेलिफोन वार्ता भएको हो । प्रचण्ड पत्नी सीता अस्पताल भर्ना भएपछि ओलीले टेलिफोन गरेका थिए । ओलीले फोन गरेर सिताको स्वास्थ्य अवस्था सोधेको ओली समूहका नेता सुवास […]

बिजुलीको माग व्यवस्थापनमा कहाँ चुक्दैछ प्राधिकरण ?

१५ पुस, काठमाडौं । चाबहिल, सरस्वतीनगर बस्ने पूर्वसचिव शारदाप्रसाद त्रितालले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेखे– अचेल सडक र सरकारमा रहेका नेताहरुले उफ्री–उफ्री ‘जनता’ शब्दको गीत गाउन थालेका छन् । तर, नेपाली जनता भने कुलमान घिसिङलाई मात्र सम्झिरहेछन् । उनले ४ वर्षसम्म उज्यालोमा राखेका हामी नेपाली जनता अहिले बारम्बार अँध्यारोमा बस्न बाध्य भइरहेको अवस्था ।’ उनले […]

जनताको फोन–ट्याप गर्ने कानुन बनाउँदा समर्थन, आफ्नो फोन–ट्याप हुँदा विरोध

१५ पुस, काठमाडौं । रोल्पामा मंगलबार आयोजित कार्यक्रममा निवर्तमान मन्त्री एवं नेकपा प्रचण्ड–माधव समूहका नेता वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरूको कल–ट्यापिङ गरेको आरोप लगाए । संसद विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव पक्षद्वारा आयोजित कार्यक्रममा नेता पुनले भने, ‘सबै नेताहरूको टेलिफोन ट्यापिङ भइरहेको छ, नेताहरूले फोनमा गोप्य कुरा गर्न मिल्दैन, सञ्चारका साधनहरूमा कुरा गर्न नमिल्ने […]

 वैदेशिक सहायता : सहजै आउँछ प्रतिवद्धता, प्राप्तिमा सकस

१३ पुस, काठमाडौं । नेपालले वाषिर्क बजेट बनाउँदा ठूलो रकम वैदेशिक सहायतामा निर्भर रहेर बनाएको हुन्छ । ठूलो आकारको बजेट बनाउने दबाबमा रहने अर्थ मन्त्रालय वैदेशिक सहायताको प्रक्षेपण बढाउन बाध्य हुने गरेको छ । चालु आर्थिक वर्ष २०७७/०७८ को बजेटमा वैदेशिक सहायताबाट ३ खर्ब ६० अर्ब रुपैयाँ बेहोर्ने लक्ष्य छ । यसमध्ये ६० अर्ब ५२ […]

प्रदेशसभा विघटन गर्दैनौं : मन्त्री कार्की

१५ पुस, विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले आफूहरु प्रदेशसभा विघटनको पक्षमा नरहेको बताएका छन् । प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले प्रदेशसभा विघटनको हल्ला चले पनि आफूहरु त्यो बाटोमा नजाने बताएका हुन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै प्रचण्ड–माधव समूहले अविश्वास प्रस्ताव दर्ता गरेको छ । […]

भोट बढाउन नाम मात्रैका ‘नयाँ सहर’

१५ पुस, काठमाडौं । सरकारले ०६८ सालको बजेटमार्फत घोषणा गरेको थियो– ‘मध्यपहाडी लोकमार्गका विभिन्न महत्वपूर्ण स्थानलाई नयाँ सहरका रुपमा विकास गरिनेछ ।’ नौ वर्षअघि बनेको यो योजना अहिलेसम्म पनि अलपत्र छ । सुरुमा मध्यपहाडी लोकमार्गमा पर्ने १० ठाउँका लागि घोषणा भएको नयाँ सहरको योजना अहिले संख्यात्मक रुपमा ५० वटा स्थानसम्म विस्तार भइसक्यो । तर, काम […]

प्रचण्ड र माधव नेपाल अझै फर्किने ठाउँ छ : विष्णु पौडेल

१५ पुस, वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले प्रचण्ड र माधव नेपाललाई पार्टीमै फिर्ता आउन आग्रह गरेका छन् । नेकपा ओली समूहले वीरगञ्जमा आयोजना गरेको प्रदेश भेलालाई सम्बोधन गर्दै उनले प्रचण्ड र माधव नेपाललाई पार्टीमा अझै ठाउँ राखेको समेत बताए । तर त्यसका लागि नेताद्वयले विगतमा गरेको गल्ती सच्याउनुपर्ने र प्रचण्डले […]

प्रचण्ड-माधव पक्षको पत्राचारपछि नेकपाको सबै बैंक खाता रोक्का हुने

१५ पुस, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैंक खाता रोक्का हुने भएको छ । आन्तरिक विवादपछि विभाजनको औपचारिक घोषणामात्रै हुन बाँकी रहेको नेकपाको विवाद समाधान नहुञ्जेलसम्म जुनजुन बैंकमा खाता रहेका छन्, ति सबै बैंक खाता रोक्का हुने भएको हो । निर्वाचन आयोगको निर्णय नआउञ्जेलसम्म दुबै पक्षले खाता सञ्चालन गर्न नपाउने गरी […]

छुट्टाछुट्टै सवारी दुर्घटनामा एकजनाको मृत्यु, ५ जना घाइते

१५ पुस, जनकपुरधाम । महोत्तरीको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । जिल्लाको मटिहानी नगरपालिका-७ मा ना १ ज ३६०० नम्बरको पिकअप भ्यानको ठक्करबाट स्थानीय मनोज ठाकुरका ६ वर्षका छोरा राज ठाकुरको मृत्यु भएको छ । भ्यानको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि जनकपुरतर्फ […]

वाग्मती र सहायक नदी किनारमा मापदण्डविपरीत बनेका संरचना हटाइने

१५ पुस, काठमाडौं । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती र यसका सहायक नदी किनारमा मापदण्डविपरीत बनेका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ । समितिले यही पुस ८ गते सार्वजनिक सूचना प्रकाशन गरी वाग्मती र यसका सहायक नदी किनारमा बनेका मापदण्डविपरीतका संरचना हटाउन आह्वान गरेको हो । मन्त्रिपरिषद्ले विसं २०६५ मङ्सिर […]

सूर्य चिह्न प्राविधिक कुरा हो, नअल्मलिऔं : कर्ण थापा

१५ पुस, काठमाडौं । नेकपा ओली समूहका नेता कर्णबहादुर थापाले चुनाव चिह्न प्राविधिक विषय भएकाले सूर्य चिह्नमा नअलमलिन कार्यकर्तालाई आग्रह गरेका छन् । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय अगुवा भेलामा थापाले निर्वाचन चिह्नको प्राविधिक विषयमा नअल्मलिन आग्रह गरे । ‘निर्वाचन चिह्न के होला भन्ने अलमल देखिन्छ । यो प्राविधिक कुरा हो’, उनले भने । […]

नेकपाको बैंक खाता रोक्का गर्न प्रचण्ड–माधव समूहको पत्राचार

१५ पुस, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैंक खाता रोक्का गर्न आग्रह गर्दै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले बैंकहरुमा पत्राचार गरेका छन् । पार्टीभित्र विवाद रहेको र सम्पत्तिमा कसको हक लाग्ने भन्ने यकिन नभएको भन्दै उनीहरुले नेकपाको खाता रहेका बैंकहरुमा इमेलमार्फत पत्र पठाएका छन् । पुस १२ गतेको मिति […]

सरकारविरुद्ध विवेकशील साझा पार्टीको प्रदर्शन

१५ पुस, काठमाडौं । विवेकशील साझा पार्टीले वसन्तपुरमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । संसद विघटन र मध्यावधि निर्वाचन घोषणाको विरोधमा प्रदर्शन गरिएको हो । पार्टीका केन्द्रीय सदस्य हरिशप्रसाद भट्टका अनुसार विरोध प्रदर्शनका क्रममा असंवैधानिक प्रतिनिधिसभा विघटनबारे सडक नाटकसमेत देखाइएको थियो । कार्यक्रममा पार्टीका संयोजक मिलन पाण्डे, नेता विराजभक्त श्रेष्ठ लगायत सहभागी थिए । तस्वीरहरुः आर्यन […]

गोरखादेखि काठमाडौंसम्म सेनाले पैदलयात्रा गर्ने

१५ पुस, गोरखा । पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले गोरखाबाट काठमाडौंसम्म एकीकरण पदयात्रा गर्ने भएको छ । नेपाल एकीकरणको उद्गमस्थल गोरखादेखि पृथ्वीनारायण शाहले गोरखा राज्य एकीकरण गर्दा प्रयोग गरेका मार्ग समेटेर पुस २१ गतेदेखि पदयात्रा गर्न लागेको नेपाली सेनाको रणसिंह दल गण गोरखाका गणपति प्रमुख सेनानी उज्ज्वल केसीले जानकारी दिए । ‘गोरखा नगरपालिकाको हनुमान चौताबाट […]

धनुषामा ३ सवारी साधन ठाेक्किदा २ जनाको मृत्यु

१५ पुस, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा तीन वटा सवारी साधन ठाेक्किएर भएकाे दुर्घटनामा दुई जनाको मृत्यु  भएको छ । नगरपालिकाकाे वडा नम्बर ९ मालटोलस्थित राजमार्गको घुमाउरो सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ च ९३१७ नम्बरकाे जिपलाई सोही दिशातर्फ जाँदै गरेकाे बीआर ०६ जिडी ८८५९ नम्बरको भारतीय ट्रकले ठक्कर दिएको थियो । […]



from समाचार – Online Khabar https://ift.tt/3hxv9YQ
via IFTTT
Powered by Blogger.