Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

संसद विघटनविरुद्ध माइतीघरमा डम्फूसहित नागरिक समूहको प्रदर्शन

१३ पुस, काठमाडौं । वृहत नागरिक समूहले संसद विघटनको विरोधमा काठमाडौंमा डम्फूसहित प्रदर्शन गरेको छ । साताव्यापी विरोध कार्यक्रम अन्तर्गत उनीहरुले माइतीघरमा सोमबार डम्फूसहित प्रदर्शन गरेका हुन् । विरोध कार्यक्रममा लेखक, कवि, कलाकार एवं नागरिकहरुको सहभागिता रहेको थियो ।

संसद विघटनलाई रुसी संसदको बम विस्फोटसँग तुलना

१३ पुस, काठमाडौं । नेकपाको प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले संसद विघटनलाई रुसी संसदमा भएको बम विस्फोटसँग तुलना गरेका छन् । जनसंस्कृतिक महासंघले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा नेता पाण्डेले नेपालमा रुसी संसदको बम विस्फोटको घटना नयाँ रुपमा प्रकट भएको बताए । ३ अक्टोबर, १९९७ मा रुसको संसदमा बम विस्फोट भयो । विस्फोटमा १९३ जना मारिएका […]

भारत र चीनका अधिकारी साबिती बयान लिन आएका हुन् : डा. महत

१३ पुस, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाल शक्ति राष्ट्रहरुको चलखेल स्थल बनेको बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रधानमन्त्री केपी शर्मा ओलीले शक्तिको स्रोत विदेशीलाई नै ठानेको उनको आरोप छ । संसद विघटनको विरोधमा सोमबार काठमाडौं क्षेत्र नम्बर ५ मा आयोजित विरोध सभालाई सम्बोधन गर्दै महतले भने, ‘कहिले […]

काठ तस्करीको अभियोग झेलेका नेतालाई वन मन्त्रालयको चाबी

१३ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका सात मन्त्रीले सामूहिक राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले १० पुसमा मन्त्रिपरिषद् विस्तार गरे । शक्ति बस्नेतले राजीनामा दिएपछि रिक्त रहेको वन तथा वातावरण मन्त्रालयमा प्रेम आलेलाई ल्याइएको छ । डोटीबाट सांसद बनेका नवनियुक्त वनमन्त्रीको विगत भने धुमील […]

संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप बस्न मिल्दैन : सिंह

१३ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमाथि प्रहार हुँदा कांग्रेस वक्तव्य जारी गरेर बस्न नसक्ने बताएका छन् । प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले संवैधानिक कू गरेको भन्दै उनले सबै मिलेर संविधानलाई ट्र्याकमा ल्याउनुपर्ने बताए । संसद विघटनको विरोधमा प्रमुख विपक्षी कांग्रेसले सोमबार १६५ निर्वाचन क्षेत्रमै विरोध प्रदर्शन गरेको छ । नयाँ बानेश्वरमा आयोजित […]

श्रीमानको हत्या आरोपमा महिला पक्राउ

१३ पुस, काठमाडौं । रुकुम पश्चिममा आफ्नै श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुसिकोट नगरपालिका-८ घोरखानी बस्ने ५० वर्षीया डल्ली बुढा रहेकी छन् । डल्लीले आफ्नै श्रीमान ३४ वर्षीय चित्रबहादुर थापालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले आइतबार पक्राउ गरेको हो । चक्कु प्रहार गरी श्रीमानको […]

पर्यटनमा भानुभक्तको इन्ट्री : स्वास्थ्यमा विवादित बनेका मन्त्री पुरस्कृत !

१२ पुस, काठमाडौं । महत्वाकांक्षी लक्ष्यसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेका योगेश भट्टराई १७ महिनामै बिदा भए । जाँदाजाँदै उनले भने, ‘मेरो १७ महिने कार्यकालमध्ये १० महिना कोरोनाका कारण कठिन परिस्थितिको सामना गर्नुपर्‍यो, लक्ष्यअनुसार काम गर्ने वातावरण नै बनेन ।’ हुन पनि यो बीचमा पर्यटनमन्त्रीको हैसियतका रुपमा योगेशसँग ठ्याक्कै देखाउन सक्ने नजिता […]

सुनको भाउ तोलामा सात सयले बढ्यो

१३ पुस, काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेको छ । आइतबार ९४ हजार दुई सयमा कारोबार भएको सुनको भाउ सोमबार ९४ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आजका लागि तेजाबी सुनको भाउ ९४ हजार चार सय रुपैयाँ तोकेको छ । आइतबार ९३ हजार ७ […]

असन्तुष्ट राइडरले गरे पठाओको कार्यालयमा तोडफोड

१३ पुस, काठमाडौं । राइड सेयरिङ एप पठाओका असन्तुष्ट चालकहरूले कम्पनीको कार्यालयमा तोडफोड गरेका छन् । आफूले अघि सारेको विभिन्न मागहरु पुरा नभएको भन्दै कार्यालय घेराउ गर्न गएका चालकहरुले कार्यालय तोडफोड गरेका हुन् । उनीहरु कमिसन घटाउन माग गर्दै अघिल्लो सोमबार कम्पनीलाई ज्ञापनपत्र दिएका थिए । अधिकतम् ८ प्रतिशत मात्रै कमिसन लिन उनीहरुले कम्पनीलाई दबाव […]

गण्डकीमा दुबै समूहले बोलायो नेकपा संसदीय दलको बैठक

१३ पुस, पोखरा । गण्डकी प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीको दुबै पक्षले संसदीय दलको बैठक बोलाएका छन् । प्रचण्ड–नेपाल पक्षको बैठक सोमबार दिउँसो बसेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले अनलाइनखबरसँग भने, ‘हामी अहिले बैठकमै छौं । सभामुखबाहेक १२ जना सहभागी हुनुहुन्छ ।’ सभामुख नेत्रनाथ अधिकारी पदीय मर्यादाको हिसाबले बैठकमा सहभागी नभएका हुन् । […]

विदेशी सेनाको क्रिडास्थल बनाउन संसद विघटन गराइयो : देव गुरुङ

१३ पुस, काठमाडौं । नेकपा (प्रचण्ड–माधव नेपाल समूह)का नेता देव गुरुङले नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउन संसद विघटन गराइएको दाबी गरेका छन् । उनले संसद विघटनको कदम राष्ट्रघाती भएको टिप्पणीसमेत गरेका छन् । कास्कीको पोखरामा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा नेता गुरुङले भने, ‘यो संसद रहँदासम्म, संघीय संसद रहँदासम्म विदेशी सैनिकहरुले यहाँ मार्चपास गर्न सक्दैन, […]

कोरोनाले मानसिक समस्यालाई भुसको आगो बनायो

१३ पुस, काठमाडौं । दुई दशकदेखि खासगरी किशोर–किशोरीको मानसिक स्वास्थ्य उपचारमा सक्रिय डा. गंगा पाठक महामारीकालमा मानसिक रोग भुसको आगो जस्तै भित्रभित्रै सल्किएको बताउँछिन् । महामारी कालमा सल्किएको मानसिक रोगले समाजमा दीर्घकालिन असर पार्ने उनको विश्लेषण छ । त्रिभुवन विश्वविद्यालय मनोविज्ञान विभागकी प्राध्यापक पाठकको मनोविज्ञानसम्बन्धी आधा दर्जन पुस्तक प्रकाशित छन् । त्रिभुवन विश्विद्यालयबाट ‘क्लिनिकल साइकोलोजी’मा […]

कैलालीमा २ जना प्रहरी हत्याका मुख्य आरोपी पक्राउ

१३ मङ्सिर कैलाली । कैलालीमा गत कात्तिक १ गते २ जना प्रहरीको हत्या भएको घटनाका मुख्य आरोपीलाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको तस्करको समूहबाट हत्या भएको थियो । उक्त घटनाको मुख्य योजनाकार भन्दै प्रहरीले धनगढी उपमहानगरपालिका १० का ३४ वर्षीय सुकबहादुर […]

प्रचण्ड-नेपाल पक्षको व्यंग्य- केपी ओलीको चुनाव चिह्न बयलगाडा

१३ पुस, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली समूहको चुनाव चिह्न बयलगाडा र पार्टी कार्यालय बालकोट राख्न भन्दै व्यंग्य गरेका छन् । कर्णाली  प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबार बिहान पत्रकार सम्मेलन बोल्दै प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्य बिष्णु रिजाल र निरज आचार्यले प्रधानमन्त्री ओली समूहप्रति […]

मनकामना केबलकार एकसाता बन्द हुने

१३ पुस, मुग्लिन । मनकामना केबलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको हो । यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । कोरोनाको महामारीसँगै नौ महिना बन्द रहेको केबलकार गत मंसिर २८ गतेबाट पुनः सञ्चालनमा आएको […]

बानेश्वरमा माधव नेपाल र चिनियाँ टोलीबीच भेटवार्ता

१३ पुस, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीबाट नेपाल भ्रमणमा आएको टोलीले नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपाललाई भेटेको छ । बानेश्वरको एभरेष्ट होटलमा नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोलीबीच भेटवार्ता भइरहेको हो । यसअघि चिनियाँ टोलीले खुमलटार पुगेर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरिसकेको छ । […]

डा खेम कार्कीले दिए राजीनामा

१३ पुस, काठमाडौं । तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार रहेका डा खेमबहादुर कार्कीले पदबाट राजीनामा दिएका छन् । जिम्मेवारी हेरफेरका क्रममा मन्त्री ढकाल संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पुगेपछि उनका स्वास्थ्यविज्ञ सल्लाहकार रहेका डा कार्कीले राजीनामा दिएका हुन् । मन्त्रालय स्रोतको अनुसार आइतबार उनले स्वास्थ्य मन्त्रालयमा राजिनामा बुझाएका छन् । गत ९ चैतमा […]

सालकको खपटासहित तीनजना पक्राउ

१३ पुस, काठमाडौँ । नेपाली सेनाले दुर्लभ वन्यजन्तु सालकको तस्करीमा संलग्न तीन जना व्यक्तिलाई आखेटोपहारसहित पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालन गरिएको ‘अपरेसन महाहन्ट–७’ मा खटिएको सेना, बाँदरझुलाबाट खटिएको सशस्त्र प्रहरी र निकुञ्ज प्रशासनको संयुक्त टोलीले तस्करीमा संलग्नलाई आइतबार पक्राउ गर्न सफल भएको हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पक्राउ परेका […]

स्वरोजगार बन्न चाहने शिक्षित युवा ६८ जना मात्रै हुन् ?

१३ पुस, काठमाडौं । सप्तरी राजविराजका २५ वर्षीय रवीन्द्र साहले एक महिनाअघि एभरेस्ट बैंकबाट ४.४८ प्रतिशत ब्याजदरमा ७ लाख रुपैयाँ सहुलियत ऋण लिए । सो ऋणबाट उनले गाउँमै कृषि व्यवसाय सुरु गरिसकेका छन् । सस्तो ब्याजदरमा पाएको ऋणबाट सुरु गरिएको व्यवसायबाट राम्रै आम्दानी हुनेमा उनी उत्साहित छन् । ‘बैङ्कले मलाई पत्यायो, त्यसमै खुसी लागेको छ, […]

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘घुमौं सौराहा’ अभियान

१३ पुस, वीरगञ्ज । चितवनको पर्यटकीय क्षेत्र सौराहाका व्यवसायीहरु आन्तरिक पर्यटन प्रवर्द्धनमा लागेका छन् । कोरोना महामारीले गर्दा बाहृय पर्यटक आउन छोडेपछि उनीहरु आन्तरिक पर्यटन प्रवर्द्धनमा लागेका हुन् । आन्तरिक पर्यटकलाई आकर्षित गर्न उनीहरुले ‘घुमौं सौराहा’ अभियान चलाएका छन् । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा ‘घुमौं सौराहा’ अभियान सञ्चालन गरिएको हो । होटलमा २० […]

नेकपा जोगाउने चीनको अन्तिम कसरत !

१३ पुस, काठमाडौं । चीनका रक्षामन्त्री वेई फेङ्गेले नेपाल भ्रमण गरेको महिना दिन नबित्दै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का अन्तर्राष्ट्रिय विभाग उपप्रमुख गुओ यैचौ नेतृत्वको चार सदस्यीय टोली आइतबार काठमाडौं आइपुग्यो । आइतबार दिउँसो काठमाडौं उत्रिएको यो टोलीले पहिलो भेट नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग गर्‍यो । चारदिने भ्रमणमा आएको यो टोलीले नेपालका सबै पार्टीका उच्च […]



from समाचार – Online Khabar https://ift.tt/3hoFaaW
via IFTTT
Powered by Blogger.