समाचार
१४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अकस्मात संसद भंग गरेपछि नेपालमा उत्पन्न राजनीतिक अवस्थाको बारेमा चीनको चासो मनासिब रहेको चिनियाँ विज्ञहरुले बताएका छन् । संसद भंग र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विभाजनबारे बुझ्न उच्चस्तरीय चिनियाँ टोली यतिबेला काठमाडौंमा छ । चीनले पनि सोमबार नेपालको राजनीतिक घटनाक्रमबारे आफू जानकार रहेको बताउँदै नेपालका राजनीतिक दलले […]
१४ पुस, ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ । बिहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर परिसरमा नै पुगेको थियो । स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले हरसम्भव प्रयास गर्दासमेत आगो नियन्त्रणमा नआएको र मन्दिर नै जोखिममा […]
१४ पुस, काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा नुवाकोट सदरमुकाम विदुरमा निकालिएको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूह निकट युवा तथा विद्यार्थी संगठनहरुले सोमबार साँझ ७ बजे मसाल जुलुस निकालेका थिए । प्रहरीले प्रहरीले मसाल खोस्दै लाठीचार्ज गर्दा केही घाइते भएका छन् । समाचार संकलन गर्न […]
१४ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूहले संसद विघटनको विरोधमा आज देशभर विरोध प्रदर्शन गर्दै छ । केन्द्रीय राजधानी काठमाडौंको विरोध प्रदर्शनमा ५० हजार कार्यकर्ता उतार्ने सो समूहले दाबी गरेको छ । बिहान ११ बजेदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुुस सुरु हुने छन् । टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर र नक्शालबाट […]
१३ पुस, कैलाली । केन्द्रमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको विवादको बाछिटा सुदूरपश्चिम प्रदेशसम्म आइपुगेको छ । २०७४ को निर्वाचनपछि नेकपा नेता लेखराज भट्टको सिफारिसमा त्रिलोचन भट्ट मुख्यमन्त्री बनेका थिए । उद्योगमन्त्री समेत रहेका लेखराज प्रधानमन्त्री केपी शर्मा ओली समूहमा लागेका छन् । मुख्यमन्त्री त्रिलोचन भने नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल पक्षमा […]
१४ पुस, डोटी । ‘आज शिलान्यास भएको छ, भोलि नै पिच हुन्छ भनेर नसोच्नु होला । भोलिदेखि धुलो उड्यो भने प्रधानमन्त्रीले शिलान्यास गरेको सडकमा धुलो उड्यो भनेर आलोचना नगर्नु होला । ३० महिनाभित्र पिच भइसक्छ, अनि सररर गुड्छ गाडी । ३० महिना पर्खिनुहोला ।’ २०७५ साल फागुन ७ गते डोटीको बीपीनगरमा सहजपुर-बोगटान सडक कालोपत्रे आयोजनाको […]
१३ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली जंबहादुर राणाको बाटोमा हिँडेको बताएका छन् । सोमबार जनसंस्कृतिक महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपी ओली सामन्ती शासक श्री ३ महाराजधिराज जंगेको बाटोमा हिँड्नुभयो । त्यस दिनबाट उहाँको पराजय र हाम्रो विजय यात्रा सुरु भयो ।’ संविधानले दिँदै […]
१३ पुस, पोखरा । नेकपाको प्रचण्ड-माधव समूहले गण्डकी प्रदेशमा सरकार गठनबारे अरु दलसँग छलफल गर्ने भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ओली समूहमा छन् । र, प्रचण्ड-माधव समूहसँग अविश्वासको प्रस्ताव दर्ताका लागि चाहिने सांसद समते छैनन् । त्यसैले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव समेत दर्ता नगरेको यो समूहले सम्भावित समीकरणबारे दलहरुसँग छलफल गर्ने निर्णय गरेको छ । […]
१३ पुस, काठमाडौं । वैदेशिक मामिलामा चिनियाँ नीति ‘क्वाइट डिप्लोमेसी’ (शान्त कूटनीति)का रुपमा परिचित छ । तथापि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि आइतबार काठमाडौं आइपुगेको चिनियाँ कम्युनिस्ट पार्टी टोलीले नेकपाको मामिलामा गहिरो चासो देखाएको छ । नेकपाका नेतालाई चिनियाँहरुको प्रश्न छ– अब एकता गर्ने ठाउँ छ कि सकियो ? चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका […]
१३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद भंग गर्ने कदमप्रति औपचारिक प्रतिक्रिया दिँदै चीनले नेपालको पछिल्लो राजनीतिक घट्नाक्रमबारे आफू सुसूचित रहेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता झाओ लिजानले भनेका छन्, ‘मित्र र नजिकको छिमेकीको हिसाबले हामी के विश्वास गछौं भने राजनीतिक दलहरुले राष्ट्रिय स्वार्थ र विग पिक्चरलाई ध्यानमा […]
१३ पुस, काठमाडौं । बेलायतबाट आएका ५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यद्यपि नयाँ प्रकारको कोरोना भाइरस हो वा होइन भन्ने यकिन भइनसकेको अधिकारीहरूले बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (इडिसिडी) का अनुसार अहिले उनीहरु राजधानीको विभिन्न होटेलमा क्वारेण्टिन बसिरहेका छन् । बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस भेटिएपछि त्यहाँबाट आउने […]
१३ पुस, काठमाडौं । १६ दिनदेखि आन्दोलतरत उखु किसान र सरकारबीच चारबुँदे समझदारी भएको छ । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारले किसानहरुले चिनी मिलहरुबाट पाउनुपर्ने रकम २१ दिनभित्र दिलाउने प्रतिवद्धता जनाएको छ । यससँगै सर्लाही लगायतका जिल्लाबाट आएर काठमाडौंको माइतीघरमा धर्ना बसेका उखु किसाहरु आन्दोलन रोक्न तयार भएका छन् । ‘उद्योगीको […]
१४ पुस, काठमाडौं । छाटो समयमै सफलता पाएको राइड सेयरिङ ‘पठाओ-नेपाल’मा कम्पनी र राइडर एउटै मोटरसाइकलका दुई पाङ्ग्रा जस्तै हुन् । तर अहिले कम्पनी र राइडर आमनेसामने भएका छन् । सोमबार त राइडरहरुको एउटा समूहले मध्यबानेश्वरस्थित पठाओ नेपालको कार्यलयमा ढुंगामुढा गरेका छन् । कम्पनीले असन्तष्टहरूको समूह सानो रहेको बताएको छ भने विभिन्न माग उठाउनेहरू सबै […]
१३ पुस, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा अर्ना राखिएको इन्क्लाेजर भित्र बाघ पसेको छ । बाघको आक्रमणबाट दुई वटा वयस्क अर्ना मृत भेटिएका छन् । निकुञ्जको पुरानो पदमपुरमा रहेको खुल्ला खोरमा सोमबार दुई वटा अर्ना मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार विद्युतीय तारवार (इलेक्ट्रिक फेन्स) ले खुल्ला […]
१३ पुस, काठमाडौं । २०७६ चैत ११ गतेबाट लकडाउन सुरु भएयता आइतबारसम्म करिब १ लाख ८७ हजार नेपाली वैदेशिक रोजगारीबाट स्वदेश फर्किए । यीमध्ये अधिकांश मलेसिया र ६ वटा खाडी देशबाट फर्किएका छन् । कोरोना महामारीमा रोजगारी गुमाएका र महामारीका कारण डराएकाहरु समेत गरी हजारौं श्रमिक ऋणमाथि ऋण थपेर देश फर्किए । बाध्यात्मक रुपमा देश […]
१३ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले संसद विघटनबारे अदालतमा बहस भइरहँदा कांग्रेसले सडकमा आएर न्याय माग्नुपर्ने बताएका छन् । पार्टीकै कतिपय नेताले अदालतमा विचाराधीन मुद्धामा बोल्न मिल्छ कि मिल्दैन भनेको भन्दै उनले अदालतमै उभिएर बीपी कोइरालाले ‘अदालत परिसरभित्र न्यायको हत्या नहोस्’ भनेको स्मरण गराए । राजाको शासन भएको बेलामा त्यस्तो भन्ने बीपीका […]
१३ पुस, काठमाडौं । संसद विघटनको विरोधमा विद्यार्थीहरूले काठमाडौंमा ‘स्वाहा’ कार्यक्रम आयोजना गरेका छन् । प्रतिनिधिसभा पुनर्स्थापनाको माग राखेर आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षधर अनेरास्ववियू वाल्मिकी क्याम्पस समितिले सोमबार व्यंग्यात्मक कार्यक्रम आयोजना गरेको हो । संसद विघटनले प्रतिगमन फर्काएको भन्दै विद्यार्थीहरूले ‘केपी ओली स्वाहा, लोकतन्त्र स्वाहा, बयलगाडा स्वाहा, मूल्य–मान्यता […]
१३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन फर्काएको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले दुई हप्ते आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । जसपाले २१ पुसदेखि ७ माघसम्म देशव्यापी प्रदर्शन गर्न लागेको हो । उसले नागरिक समाज, बौद्धिक वर्गलगायतसँग २१ पुसमा काठमाडौं बृहत अन्तरक्रिया गर्ने भएको छ । ‘सरकारलाई संविधानले दिँदै नदिएको […]
१३ पुस, काठमाडौं । टोपबहादुर रायमाझी २०७३ साल साउनमा ऊर्जा मन्त्रालयबाट विदा हुँदै गर्दा देशमा दैनिक १० घण्टाभन्दा बढी लोडसेडिङ थियो । हिउँदमा १८ घण्टा लाइन काट्ने गरी क्रमैसँग लोडसेडिङ बढाउँदै जाने तालिका विद्युत प्राधिकरणमा तयार थियो । रायमाझी उर्जामन्त्रीबाट हटेको तीन महिना नबित्दै काठमाडौं उपत्यकाबाट सदाका लागि लोडसेडिङ हट्यो । जब कि ऊर्जा मन्त्रालय […]
१३ पुस, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्षमा अछामका केशरबहादुर साउद नियुक्त भएका छन् । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले सदस्यमा बैतडीका मानदेव विष्टलाई नियुक्त गरेको छ । आयोगमा एक जना महिला सदस्य पछि नियुक्त गरिने आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले जानकारी दिए । मन्त्रिपरिषद बैठकले खप्तड क्षेत्र पर्यटन विकास […]
१३ पुस, काठमाडौं । संसद विघटनको विरोधमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूको एक समूहले सोमबार काठमाडौंको मीन भवनमा ससाल जुलुस निकालेको छ । मीनभवनस्थित नेपाल कमर्स क्याम्पसबाट सवा ६ बजे मसाल जुलुस निकालेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघठन गरेको विरोधमा मसाल जुलुस निकालेको नेता पवन कार्कीले बताए ।
from समाचार – Online Khabar https://ift.tt/3rAwwLb
via IFTTT