समाचार
१३ पुस, काठमाडौं । ललितपुरको जुद्ध वारुण यन्त्रको कार्यालयका झण्डै २२ जना कर्मचारीहरू आगलागी नियन्त्रणमा कसरी लिने भन्ने तालिम लिइरहेका थिए । कार्यालयमा रहेको एउटा पुरानो भवनमा आगलागी भएको सूचना मिल्यो । विभिन्न प्रज्वलनशील पदार्थसहित कपडा र केही मान्छेहरु समेत रहेको सो भवनमा लागेको आगो निभाउन तालिम लिइरहेको २२ जनाकै टोली खटियो । कसैले पानीको […]
१३ पुस, काठमाडौं । ताप्लेजुङको चर्चित मन्दिर क्षेत्र पाथिभरामा पछिललो एक सातायता आगोलागी जारी छ । आगोलागी नियन्त्रणमा लिन अनेक प्रयास गरिएपनि सम्भव भएको छैन । आइतबार भने यहाँ हेलिकोप्टरबाट आगोलागी नियन्त्रणको प्रयास गरिएको छ । सिम्रिक एयरको हेलिकोप्टरमार्फत पानी लगेर पाथिभरा क्षेत्रमा आगो निभाउने प्रयास भएको हो । ताप्लेजुङको फुङलिङ नगरपालिकाका उपमेयर बमबहादुर भट्टराईका […]
१३ पुस, काठमाडौं । आन्दोलनरत उखु किसान र सरकारबीच वार्ता सुरु भएको छ । उद्योग मन्त्रालयका प्रतिनिधिसँग वार्ता सुरु भएको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले अनलाइनखबरलाई बताए । ‘वार्तामा बस्नका लागि हामीले अघि सारेको प्रस्तवमा मन्त्रालय सकारात्मक भएपछि बार्ता सुरु भएको छ,’ मिश्रले भने । उखु किसानको रकम १५ दिनभित्र तिर्ने वातावरण […]
१३ पुस, रौतहट । संसद विघटन गर्ने सरकारको कदमको विरोधमा रौतहटको चार वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ । रौतहटको क्षेत्र नम्बर १ को गंगा पिप्रा र गौर, क्षेत्र नम्बर २ को राजपुर, क्षेत्र नम्बर ३ को कटहरिया र क्षेत्र नम्बर ४ को चन्द्रनिगाहपुरमा कांग्रेसका नेता कार्यकर्ताले प्रधानमन्त्री ओलीको विरोधमा नारावाजी गर्दै […]
१३ पुस, काठमाडौं । विश्वभाषा क्याम्पसमा आगामी माघ १९ गतेदेखि कक्षा सञ्चालन हुने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण गत चैतदेखि स्थगित पढाइ पुनः सञ्चालनमा आउन लागेको हो । क्याम्पसले चिनियाँ, फ्रान्सेली, जर्मन, स्पेनी, जापानी, इटाली, कोरियाली, प्रारम्भिक अंग्रेजी र लेखन अंग्रेजीमा भर्ना समेत आह्वान गरेको छ । लेखन अंग्रेजीका लागि स्नातक […]
१३ पुस, काठमाडौं । संसद विघटनको विरोधमा विद्यार्थीहरूले काठमाडौंमा ‘स्वाहा’ कार्यक्रम आयोजना गरेका छन् । प्रतिनिधिसभा पुनर्स्थापनाको माग राखेर आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षधर अनेरास्ववियू वाल्मिकी क्वाम्पस समितिले सोमबार व्यंग्यात्मक कार्यक्रम आयोजना गरेका हुन । संसद विघटनले प्रतिगमन फर्काएको भन्दै विद्यार्थीहरूले ‘केपी ओली स्वाहा, लोकतन्त्र स्वाहा, बयलगाठा स्वाहा, मूल्य–मान्यता […]
१३ पुस, काठमाडौं । चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिप्रति आफू प्रतिवद्ध रहेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भनेका छन्, ‘चिनियाँ कम्युनिष्ट पार्टीले स्वायत्तता, पूर्ण समानता, पारस्परिक विश्वास र एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिप्रति दृढ रहेको । चीनले नेपालका सबै राजनीतिक दलहरुसँग नजिकको […]
१३ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५७८ जनाको परीक्षणमा ४०७ जना पुरुष र २५२ जना महिला गरी ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सोमबारसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ […]
१३ पुस, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनबारे अदालतले गर्ने निर्णय आफूहरुलाई मान्य हुने बताएका छन् । संसद विघटन असंवैधानिक र अप्रजान्त्रिक कदम भएकाले आफूहरुले देशभर प्रदर्शन गरेको उनले बताए । तर यो विषय अदालतमा विचाराधीन भएकाले धम्क्याएर, तर्साएर यो निर्णय गर् नभन्ने बताए । संसद विघटनको विरोधमा भक्तपुर क्षेत्र […]
१३ पुस, काठमाडौं । प्रहरीले चेक बाउन्स सम्बन्धी मुद्दामा फरार रहेका जग्गा व्यवसायी सहदेव कक्षपतीलाई पक्राउ गरेको छ । जिल्ला अदालत, काठमाडौंको फैसला कार्यान्वयनका लागि कक्षपतीलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं प्रहरीका डीएसपी प्रमेश विष्टका अनुसार कक्षपतीलाई २ करोड विगो भराइ ३ महिना कैद र ३ हजार रुपैयाँ जरिवाना हुने अदालतले ठहर गरेको थियो […]
१३ पुस, काठमाडौं । उपत्यकामा आइतबार मात्रै १८ वटा विरोध प्रदर्शनका कार्यक्रम भए । तीमध्ये अधिकांश संसद विघटन र मध्यावधि निर्वाचन घोषणाको विरोधमा गरिएका थिए । सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको योजनामा मात्रै १० स्थानमा प्रदर्शन गरिए । विरोध कार्यक्रमका कारण राजधानीको माइतीघर मण्डला, थापाथली, कुपण्डोल, बागबजार, पुतलीसडक, भद्रकाली, गोंगबु, लगनखेल लगायतका क्षेत्रमा सवारी […]
१३ पुस, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधान मिचेको आरोप लगाएका छन् । संसद विघटनको विरोधमा सोमबार तनुहँमा भएको प्रदर्शनलाई सम्बोधन गर्दै नेता पौडेलले प्रतिनिधिसभा पनि पुनर्स्थापित नहुने र चुनाव पनि नहुने अवस्था आउन सक्ने बताए । उनले भने, ‘यो देशलाई अफगानिस्तान त बनाउन खोजिँदै छैन ?’ त्यसलाई […]
१३ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले एक सय ग्राम सुनको बालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका ४० वर्षीय प्रलाद थापा र धादिङका अर्जुनप्रसाद थपलिया छन् । विमानस्थल प्रहरीका अनुसार विदेशबाट आएका व्यक्तिहरुलाई प्रयोग गरेर भन्सार छली गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो । थापाको साथबाट स्रोत नखुलेको चार […]
१३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तरिकाले संसद विघटन गरेको भन्दै बृहत नागरिक आन्दोलनले काठमाडौंमा डम्फुसहित विरोध प्रदर्शन गरेको छ । संसद पुनर्स्थापनाको माग सहित डम्फु एपिसोड सोमबार माइतीघर मण्डलामा कोणसभा गरिएको हो । गत शनिबार बृहत नागरिक आन्दोलनले शंख एपिसोड आयोजना गरेको थियो । १५ पुसमा धिमे एपिसोड, १७ पुसमा च्याब्रुङ […]
१३ पुस, काठमाडौं । नेकपाको प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले संसद विघटनलाई रुसी संसदमा भएको बम विस्फोटसँग तुलना गरेका छन् । जनसंस्कृतिक महासंघले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा नेता पाण्डेले नेपालमा रुसी संसदको बम विस्फोटको घटना नयाँ रुपमा प्रकट भएको बताए । ३ अक्टोबर, १९९७ मा रुसको संसदमा बम विस्फोट भयो । विस्फोटमा १९३ जना मारिएका […]
१३ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली जंबहादुर राणाको बाटोमा हिँडेको बताएका छन् । सोमबार जनसंस्कृतिक महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपी ओली सामन्ती शासक श्री ३ महाराजधिराज जंगेको बाटोमा हिँड्नुभयो । त्यस दिनबाट उहाँको पराजय र हाम्रो विजय यात्रा सुरु भयो ।’ संविधानले दिँदै […]
१३ पुस, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाल शक्ति राष्ट्रहरुको चलखेल स्थल बनेको बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रधानमन्त्री केपी शर्मा ओलीले शक्तिको स्रोत विदेशीलाई नै ठानेको उनको आरोप छ । संसद विघटनको विरोधमा सोमबार काठमाडौं क्षेत्र नम्बर ५ मा आयोजित विरोध सभालाई सम्बोधन गर्दै महतले भने, ‘कहिले […]
१३ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका सात मन्त्रीले सामूहिक राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले १० पुसमा मन्त्रिपरिषद् विस्तार गरे । शक्ति बस्नेतले राजीनामा दिएपछि रिक्त रहेको वन तथा वातावरण मन्त्रालयमा प्रेम आलेलाई ल्याइएको छ । डोटीबाट सांसद बनेका नवनियुक्त वनमन्त्रीको विगत भने धुमील […]
१३ पुस, काठमाडौं । संसद विघटनको विरोधमा प्रमुख विपक्षी नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन भइरहेको कांग्रेस नेताहरुले बताएका छन् । काठमाडौंमा पनि हरेक निर्वाचन क्षेत्रमा प्रदर्शन भइरहेको छ । भक्तपुरको थिमीमा हुने सभालाई कांग्रेस सभापति शेरबहादुर देउवा आफैंले सम्बोधन गर्ने कार्यक्रम छ । काठमाडौं […]
१३ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमाथि प्रहार हुँदा कांग्रेस वक्तव्य जारी गरेर बस्न नसक्ने बताएका छन् । प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले संवैधानिक कू गरेको भन्दै उनले सबै मिलेर संविधानलाई ट्र्याकमा ल्याउनुपर्ने बताए । संसद विघटनको विरोधमा प्रमुख विपक्षी कांग्रेसले सोमबार १६५ निर्वाचन क्षेत्रमै विरोध प्रदर्शन गरेको छ । नयाँ बानेश्वरमा आयोजित […]
१३ पुस, काठमाडौं । रुकुम पश्चिममा आफ्नै श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुसिकोट नगरपालिका-८ घोरखानी बस्ने ५० वर्षीया डल्ली बुढा रहेकी छन् । डल्लीले आफ्नै श्रीमान ३४ वर्षीय चित्रबहादुर थापालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले आइतबार पक्राउ गरेको हो । चक्कु प्रहार गरी श्रीमानको […]
from समाचार – Online Khabar https://ift.tt/3prSOwL
via IFTTT