Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

चिनियाँ टोलीद्वारा प्रचण्डसँग भेटवार्ता

१३ पुस, काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधि मण्डलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ । भेटवार्ताका लागि चिनियाँ टोली प्रचण्ड निवास खुमलटार पुगेको छ । भेटमा नेकपाको विभाजन, संसद विघटन लगायतका समसामयिक विषयमा कुराकानी भएको बुझिएको छ । आइतबार नेपाल आएको चिनियाँ टोलीले […]

चिनियाँ उपमन्त्रीले भेटे प्रधानमन्त्रीलाई

१३ पुस, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले आइतबार बेलुकी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् । उनले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् । भेटघाटको विषयवस्तुबारे पनि केही पनि बताइएको छैन । प्रधानमन्त्रीलाई भेट्नु अगाडि उनले राष्ट्रपति विद्यादेवी […]

कोही व्यक्तिले भन्दैमा प्रतिनिधि सभा विघटन हुन्न : श्रेष्ठ

१३ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले वर्तमान संविधानले प्रतिनिधि सभा विघटन गर्ने कुनै अधिकार नदिएको जिकिर गरेका छन् । हिमालय टेलिभिजनको यक्ष प्रश्न कार्यक्रममा बोल्दै नेता श्रेष्ठले प्रतिनिधिसभा विघटनको कदम अलोकतान्त्रिक, असंवैधानिक र स्वेच्छाचारी कदम भएको टिप्पणी गरेका छन् । उनले भने, ‘कोही […]

काठमाडौंमा कहाँ-कहाँ हुँदैछ कांग्रेसको विरोध प्रदर्शन ?

१३ पुस, काठमाडौं । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै छ । केन्द्रीय राजधानी काठमाडौंको हकमा दिउँसो एक बजे प्रदर्शन हुने छ । नेपाली कांग्रेस काठमाडौं जिल्ला अध्यक्ष सबुज बानियाँले अनलाइनखबरसँग भने, ‘काठमाडौंका १० वटै निर्वाचनमा क्षेत्रमा एउटै समयमा दिउँसो १ बजे प्रदर्शन हुने छ र त्यसलाई सम्बन्धित निर्वाचन क्षेत्रका नेता, […]

केश फूलेपछि ड्रागन फ्रुट फलाउने हुटहुटी

१३ पुस, चितवन । भरतपुर महानगरपालिका-७ कृष्णपुरका शम्भु सुवेदी (५९) ले चितवन भ्याली मोडल अस्पताल तथा चितवन एकेडेमीका प्रवन्ध निर्देशक बनेर काम गरे । दारी र कपाल फूलेरै सेतै भइसकेको बेला सुवेदीलाई एकाएक कृषि कर्म गर्ने जाँगर चल्यो । उनलाई ड्रागन फ्रुट फलाउने हुटहुटी भयो । त्यसैले अस्पतालको काम अरुलाई नै जिम्मा लगाएर अहिले उनी […]

संसद विघटनको विरोधमा कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै

१३ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा आज देशभर प्रदर्शन गर्दैछ । १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो । विरोध प्रदर्शनसहितको सभालाई सम्बन्धित निर्वाचन क्षेत्रका नेताहरुले सम्बोधन गर्ने नेपाली कांग्रेसले जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा भने आफ्नो निर्वाचन क्षेत्रमा जाने छैनन् । कार्यव्यस्तताको कारण […]

एमसीसी : प्रसारण लाइनको ईआईए स्वीकृतिका लागि वन मन्त्रालयमा

१३ पुस, काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)ले नेपाललाई प्रदान गर्ने पाँच सय मिलियन बराबरको सहयोग संसदबाट कहिले अनुमोदन हुन्छ कुनै टुंगो छैन तर एमसीसी परियोजनासँग सम्बन्धित कामहरु भने रोकिएका छैनन् । केन्द्रदेखि स्थानीय स्तरसम्म विभिन्न तहमा काम भइरहेका छन् । सो परियोजना अन्तर्गत निर्माण हुने प्रसारण लाइनको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवदन तयारको […]

गण्डकी सरकारलाई जनमोर्चाको साथ, बलियो देखिए मुख्यमन्त्री गुरुङ

१३ पुस, पोखरा । गण्डकी प्रदेश सरकारलाई राष्ट्रिय जनमोर्चाको समर्थन यथावत रहने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई टुक्रा भएपछि संकटमा पर्ने भनिएको प्रदेश सरकारलाई जनमोर्चाले समर्थन यथावत राख्ने जनाएको हो । गण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली समूहका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको नेतृत्व गरिरहेका छन् । नेकपा विभाजन भएर गण्डकी सरकारमा पनि अविश्वासको […]

बुढानीलकण्ठ स्कुलले पायो डिजिटल एजुकेसन आइसिटी अवार्ड

१३ पुस, काठमाडौं । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा रहेको ‘डिजिटल एजुकेसन आइसिटी अवार्ड २०२०’ बुढानीलकण्ठ स्कुलले प्राप्त गरेको छ । नेपालकै सबैभन्दा ठूलो प्रविधि अवार्डका रुपमा रहेको यस विधामा जम्मा २७ ओटा शैक्षिक संस्थाको नोमिनेसन भएको थियो । शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउन प्रोत्साहन गर्ने उद्देश्यले सरकारी तथा सामुदायिक शैक्षिक संस्थानलाई प्रदान गरिने उक्त […]

विश्वले कहिले पाउँछ चीनको कोरोना खोप ?

१३ पुस, काठमाडौं । धेरै मुलुकले कोभिड-१९ विरुद्धको खोप कार्यक्रम शुरु गरिसकेका छन् । यस अगाडि नै धनी मुलुकहरुले धेरै कोरोना खोप खरिद गरिसकेकाले विश्वका निम्न आय भएका मुलुकमा भने पर्याप्त मात्रामा खोप उपलब्ध हुने सम्भावना कम हु्रदै गएको छ । यस्तो अवस्थामा चिनियाँ कम्पनीले निर्माण गरेको खोप महामारी नियन्त्रणको लागि महत्वपूर्ण बन्न सक्छ । […]

आयात घटे पनि आयल निगमले एक वर्षमा कमायो १२ अर्ब ८७ करोड

१३ पुस, काठमाडौं । लकडाउनका कारण इन्धन आयात घटे पनि नेपाल आयल निगमले चालु आर्थिक वर्षमा झण्डै १३ अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष निगमको नाफा ८ अर्ब ७५ करोड थियो । निगमले आइतबार सार्वजनिक गरेको अन्तिम लेखा परीक्षण विवरणअनुसार १२ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा आर्जन भएको निगमका प्रमुख कार्यकारी निर्देशक […]

प्रदेशको १ को अंकगणित : मुख्यमन्त्रीलाई २४ दिन समय !

१२ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेश १ मा सत्ता समीकरणको खेल रोचक बनेको छ । ०७४ फागुन ३ गते दुई तिहाई बहुमतसहित सत्तारोहण गरेका मुख्यमन्त्री राईले अविश्वासको प्रस्तावको सामना गर्न २४ दिनको समय पाएका छन् । र, उनले यसको सामना गर्ने बताएका छन् । नेकपा […]

विप्लव समूहले भन्यो – सुरक्षा निकायप्रति आक्रमणको नीति छैन

१२ पुस, काठमाडौं । प्रतिबन्धित नेक्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले सुरक्षा निकायप्रति आक्रमण गर्ने पार्टीको नीति नरहेको बताएको छ । संखुवासभामा समूहका नेता, कार्यकर्ता र नेपाल प्रहरीबीच गोली हानाहान भएको घटनाबारे विज्ञप्ति जारी गर्दै समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले सुरक्षाकर्मीमाथि आक्रमण गर्ने नीति नरहेको बताएका हुन् । संखुवासभाको चैनपुर–४, मैदानीस्थित एक घरमा जिल्ला सेक्रेटरी युवराज […]

छापामार शैलीमा चिनियाँ नेताको भ्रमण !

१२ पुस, काठमाडौं । सामान्यतयाः कुनै पनि देशबाट हाई–प्रोफाइल पाहुना आउने तयारी सुरु भएलगत्तै नेपालस्थित दूतावासले सुरक्षा समन्वयका लागि गृह मन्त्रालयलाई खबर गर्छ । गृहको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले सुरक्षा प्रबन्ध मिलाउँछ । तर, यो नियमित प्रक्रिया आइतबार चिनियाँ कम्युनिष्ट पार्टीको टोली काठमाडौं आउँदा पालना भएन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सिर्जित संकटका […]

प्रदेश सरकारमा कांग्रेस सहभागी हुन्छ ?

१२ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आएको फुटसँगै प्रदेश सरकारमा पनि संकट सुरु भएको छ । प्रचण्ड–माधव समूहले ओली पक्षका मुख्यमन्त्री रहेका प्रदेश १ र बागमती प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । नेताहरुका अनुसार प्रदेश ५ मा पनि यसबारे छलफल भइरहेको छ । तर, निर्णय भइसकेको छ । नेकपाको एक […]

नयाँ कोरोना भाइरस : नेपालमा के होला ?

२३ पुस, काठमाडौं । कोरोना भाइरसले स्वरुप बदलेर संक्रमण तीब्र रुपमा फैलिएपछि बेलायतले कडा लकडाउन गर्‍यो । नेदरल्यान्ड्स, डेनमार्क, अस्ट्रेलिया र फ्रान्समा समेत उस्तै स्वरूपका भाइरस भेटिएपछि महामारीबाट तंग्रिन संघर्षरत देशहरु चिन्तित छन् । कोभिड–१९ को नयाँ स्वरुप मानिएको यो भाइरसलाई यसअघिको भन्दा ७० प्रतिशत बढी संक्रामक भनिएको छ । तर यसले निम्त्याउने असरबारे वैज्ञानिकहरुले […]

सकसमा छन् बालबालिका

१२ पुस, काठमाडौं । ११ वर्षीय छोराले साबुन पानीले बारम्बार हात धोएको भन्दै महाराजगञ्जका एक अभिभावक बालरोग विशेषज्ञ कहाँ पुगे । बालरोग विशेषज्ञले कान्ति बाल अस्पतालको मानसिक विभाग युनिटमा रिफर गरे । अनौठो लक्षण देखाएका छोरालाई उपचार गर्नुको सट्टा मानसिक विभागमा पठाउँदा अभिभावकलाई ती विशेषज्ञसँग रिस नउठेको होइन । तर मानसिक विभागका चिकित्सकले भनेपछि थाहा […]

‘महाभूकम्पको जस्तै मानसिक स्वास्थ्य समस्याको चपेटामा छन् बालबालिका’

१२ पुस, काठमाडौं । अरुण कुँवर कान्ति बाल अस्पतालमा सन् २०१५ मा मानसिक रोग युनिट सुरु गर्ने नेपालको पहिलो बाल साइक्याक्ट्रिक हुन् । कुँवरका अनुसार हरेक वर्ष ५–६ हजार मानिस मानसिक समस्याको कारण मरिरहेका छन् । ४० प्रतिशतदेखि ६० प्रतिशत वयस्कमा देखिने मानसिक समस्या १४ वर्षअघि नै सुरु भएको हुन्छ । समयमै त्यसको पहिचान र […]

एक वर्षदेखि नाकामा चीनको अर्घेलो, अर्बौंका सामान अलपत्र

१० पुस, काठमाडौं । गत वर्षको जाडोमा बिक्रीका लागि सिल्क ट्रान्सपोर्टले ज्याकेट, जुत्ता, खाद्यान्न लगायतका सामानले भरिएको ३० कन्टेनर सामान चीनबाट नेपाल ल्याउँदै थियो । नेपाली व्यवसायीले खरिद गरेका ती सामान एक वर्ष बित्दा पनि देश भित्रिन सकेका छैनन्  । चिनियाँ बजारदेखि काठमाडौंसम्म सामान ढुवानीको जिम्मा लिएको ट्रान्सपोर्टका अनुसार सामान्य अवस्था भए करिब २५ दिनमै […]

घनश्यामको प्रश्न : वैशाखमा चुनाव हुन्छ भनेर कसैले पत्याउँछ ?

१२ पुस, बुटवल । नेकपा प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले मध्यावधि चुनाव गर्नका लागि घोषणा नगरिएको बताएका छन् । चुनावमा जाने बाटो, प्रयोजन र प्रकृया सबै गलत भएको भन्दै उनले वैशाखमा चुनाव हुन्छ भनेर कसैले नपत्याउने बताए । तिलोत्तमामा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै भुसालले भने, ‘वैशाखमा चुनाव हुन्छ भनेर कसैले पत्याउँछ ?’ उनले संसद […]

सप्तरीमा काेराेना संक्रमित पुरुषको मृत्यु

१२ पुस, जनकपुरधाम । सप्तरीमा थप एक जना कोरोना सन्क्रमितको मृत्यु भएको छ । जिल्लाको तिरहुत गाउँपालिका- ४ घर भई हनुमाननगर कंकालिनी नगरपालिका- ३ बस्दै आएका ६३ बर्षका पुरुषको कोरोना संक्रमण पुष्टि भएर मृत्युु भएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । बिरामी भएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार गराउन आउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको […]



from समाचार – Online Khabar https://ift.tt/37U1VjQ
via IFTTT
Powered by Blogger.