Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

ऋषि कट्टेलको पार्टीले मुद्दा जित्यो भने के होला सत्तारुढ नेकपाको कानुनी हैसियत ?

१४ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको नाम सम्बन्धी विवादमा सर्वोच्च अदालतमा दर्ता भएको रिटमा मंगलबार पेशी चढे पनि सुनुवाई नभई स्थगित भयो । निर्वाचन आयोगलाई विपक्षी बनाएर ऋषिराम कट्टेलले २१ मंसिर २०७५ मा दर्ता गरेको यो रिटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएका बेला पेसी चढेको हो । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी […]

बर्खास्त मन्त्री बोहरा भन्छन्– मुख्यमन्त्रीको पद पनि सुरक्षित छैन

१४ पुस, कैलाली । मंगलबार पदबाट बर्खास्त भएका सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले मुख्यमन्त्री त्रिलोचन भट्टको पद पनि सुरक्षित नभएको दाबी गरेका छन् । ‘मलाई राजनैतिक पूर्वाग्रहमा जिम्मेवारीबाट हटाइयो,’ अनलाइनखबरसँग उनले भने, ‘अर्काे पक्षले पनि त बहुमत बनाउँला । उहाँको पद पनि सुरक्षीत रहिरहन्छ भन्ने छैन ।’ प्रदेश सरकारमा एक जना […]

संसद विघटनविरुद्ध राप्रपाले १७ पुसमा प्रदर्शन गर्ने

१४ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १७ पुसमा काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि देश अत्यन्त गम्भीर संवैधानिक तथा राजनीतिक संकटमा फसेको भन्दै विरोध प्रदर्शन गर्न लागेको राप्रपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राप्रपाले अंगिकार गरेका एजेन्डाहरूलाई सुन्न समेत […]

संसद विघटनविरुद्ध प्रचण्ड–माधव समूहको आमसभा (LIVE)

१४ पुस, काठमाडौं । संसद विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा आमसभा गरिरहेको छ । उपत्यकाका विभिन्न ठाउँबाट निकालिएको जुलुस भृकुटीमण्डपमा पुगेर आमसभामा परिणत भएको हो । यसअघि टेकु, कुलेश्वर, कुपण्डोल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, न्यूरोड, नक्शाल, रत्नपार्क, त्रिचन्द्र कलेज, बागबजार, वाल्मिकी क्याम्पस, लगायतका स्थानबाट जुलुस निकालिएको थियो । टेकुबाट युवराज ज्ञवाली, कुलेश्वरबाट बेदुराम भुसाल, कुपण्डोलबाट […]

केपी ओलीलाई बुझ्न सकिएनछ भन्दै प्रचण्डले मागे माफी

१४ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीलाई बुझ्न नसकेको भन्दै जनतासँग माफी मागेका छन् । आफूहरुले नै बनाएको प्रधानमन्त्रीले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्‍यो भन्नुपर्दा आफूहरुलाई अप्ठ्यारो लागेको उनले बताए । ‘ओली गणतन्त्रवादी आन्दोलनमा पक्षमा छैनन् भन्ने पनि थाहा थियो, बयलगाढाको सिद्धान्त पनि थाहा थियो’, संसद […]

जनकपुरमा पनि प्रचण्ड-माधव समूहको प्रदर्शन

१४ पुस, जनकपुरधाम । प्रतिनिधि सभा विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले जनकपुरधाममा पनि प्रदर्शन गरेको छ । नेकपाका प्रचण्ड-माधव पक्षका नेता/कार्यकर्ताहरुले रेल्वे स्टेसनमा भेला भएर विरोध र्‍याली सुरु गरेका थिए । र्‍यालीमा सहभागी नेकपाका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध चर्का नारावाजी गरेका थिए । विरोध र्‍याली भानु चोक, शिव चोक हुँदै नगरको विभिन्न […]

तरकारी किन्न पैसा बोक्नैपर्ने बाध्यता हटाउँछौं-गभर्नर

१४ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरकारी किन्न नगद बोक्नैपर्ने बाध्यता हटाइने बताएका छन् । वाणिज्य बैंकका सीईओहरुको संगठन नेपाल बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले नगदरहित कारोबारलाई प्रोत्साहन गरी नगद बोक्नै पर्ने बाध्यता हटाउने उद्घोष गरेका हुन् । अहिले किनमेल गर्न नगद बोक्नै पर्ने बाध्यता रहेको छ । यो […]

नेप्से परिसूचक ५.५७ अंकले बढ्यो, अधिकांश समूह भने राताम्मे

१४ पुस, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजारमा कारोबार हुने अधिकांश समूह घटेर राताम्मे देखिएको छ । समग्रमा सेयर कारोबार मापक नेप्से परिसूचक ५.५७ अंकले बढेर २ हजार १२ दशमलव ८९ अंकमा पुगेको छ । समग्रमा बजार बढे पनि धेरै जसो कम्पनीहरुको भने सेयर मूल्इ घटेको छ । उत्पादमूलक, लघुवित्त, निर्जिवन बिमा समूह […]

दुर्गममा सेवा दिन बुद्धले नयाँ कम्पनी ‘यशोधरा एयर’ खोल्ने

१४ पुस, काठमाडौं । बुद्ध एयरले दुर्गम भेगमा हवाई सेवा विस्तार गर्ने भएको छ । यसका लागि बुद्ध एयरको शतप्रतिशत लगानी रहने गरी भगिनी कम्पनी खोल्ने तयारी गरिएको हो । नयाँ कम्पनीको नाम ‘यशोधरा एयर’ राखिने निर्णय भएको कम्पनीका प्रवन्ध निर्देशक बीरेन्द्रबहादुर बस्नेतले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार कम्पनीले आगामी एक वर्षभित्र नयाँ कम्पनीका […]

माधव नेपालले भने – केपी ओलीलाई सच्चिने अन्तिम मौका छ

१४ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिनका लागि अन्तिम मौका रहेको बताएका छन् । पार्टी अनुशासनको उल्लंघन गर्दै स्वेच्छाचारी कदम चालेपछि अध्यक्ष पदबाट हटाएपनि केन्द्रीय सदस्य र पार्टी सदस्यबाट नहटाएको उनले बताए । संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले राजधानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, […]

सुर्खेतमा प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन

१४ पुस, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले सुर्खेतमा ‘शक्ति प्रर्दशन’ गरेको छ । संसद विघटनको विरोधमा मंगलबार प्रदेश राजधानी वीरेन्द्रनगरमा ‘शक्ति प्रर्दशन’ गरेको हो । वीरेन्द्रनगरको मंगलगढी चौकबाट सुरु भएको विरोध र्‍याली बजार परिक्रमा गर्दै पिपल चौतारामा पुगेर सभामा परिणत भएको छ । सभामा नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्री लगायतका […]

झलनाथ खनालको प्रश्न : खोइ पानी जहाज ? खोइ घरघरमा ग्यास पाइप ?

१४ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले बालुवाटार पुगेकै दिनदेखि केपी शर्मा ओलीले पार्टी बिर्सिएको आरोप लगाएका छन् । संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले राजधानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै खनालले प्रधानमन्त्री ओलीको चर्को आलोचना गरे । उनले पार्टीलाई भर्‍याङ मात्र बनाएको भन्दै खनालले भने, ‘पार्टीका नीति बिर्सनुभयो, एकलौटी ढंगले मन्त्रिपरिषद् […]

केपी ओलीले संघीयता र लोकतन्त्रमाथि धावा बोले : अष्टलक्ष्मी शाक्य

१४ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले राजतन्त्र समेत असफल भएको संसद ढाल्ने कार्यमा केपी शर्मा ओली सफल हुननसक्ने बताएकी छन् । प्रदर्शनीमार्गमा जारी विरोधसभामा बोल्दै शाक्यले केपी ओलीले संघीयता र लोकतन्त्रमाथि धावा बोलेको पनि बताइन् । ‘संघीय लोकतन्त्रमाथि ओली सरकारले धावा बोलेका छ । गणतन्त्रमाथि धावा बोलेको छ । […]

बेनी अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा   

१४ पुस, बेनी । म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा आएको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास कार्यक्रम र अस्पतालको आन्तरिक स्रोतबाट रु ६२ लाख ४० हजार लागतमा जिल्लामै पहिलोपटक अक्सिजन उत्पादन केन्द्र सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । अक्सिजन प्लान्ट र अक्सिजन भर्ने बुस्टर मेसिन खरिद […]

सुकुमबासीको नाममा वन अतिक्रमण गर्ने भूमाफियालाई कारबाही गर्न मुख्यमन्त्री राउतको निर्देशन

१४ पुस, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सुकुमबासीको नाममा राजनीतिक संरक्षण प्राप्त व्यक्तिहरुले नै वन अतिक्रमण गरिरहेको बताएका छन् । यस्ता भूमाफियालाई अविलम्ब कारबाहीको दायरामा ल्याउन उनले सम्बन्धित निकायलाई निर्देशन दिए । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मंगलबार महोत्तरीको बर्दिवासमा आयोजना गरेको प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठी एवं सम्मान कार्यक्रमलाई […]

‘अधिक तरलताले कर्जाको गुणस्तरमा चुनौती थप्यो’

कोभिड-१९ को नकारात्मक प्रभावले गर्दा हामी सबै असहज स्थितिबाट गुज्रिरहेका छौं । अर्थतन्त्र सामान्य अवस्थामा आउन थप केही समय लाग्ने भएता पनि केही क्षेत्र बाहेक अधिकांश क्षेत्रहरु हाल संचालनमा आएकाले आशाको सञ्चार भएको छ । व्यवसाय पुनरुत्थानको लागि आवश्यक रकमको सहज उपलब्धता, कर्जाको कम ब्याजदर, कर्जाको पनर्तालिकीकरण र पूनरसंरचनाको व्यवस्था आदिका कारण पनि हाम्रो अर्थतन्त्र […]

प्रतिगमन नसच्चिँदासम्म सडक छाड्दैनौं : भट्टराई

१४ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईले प्रतिगमन नसच्चिँदासम्म सडक नछाड्ने बताएका छन् । संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले देशभर प्रदर्शन गर्दैछ, बाग्मती प्रदेशको हकमा भने काठमाडौंमा प्रदर्शनसहित जनसभा भइरहेको छ । सभालाई अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधकुमार नेपालका साथै झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । सभा […]

‘डीआईजी’ सा’बको मिठाइमा नङ भेटिएपछि आँगन स्वीट्समा छापा

१४ पुस, काठमाडौं । गृह मन्त्रालयले मंगलबार ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गर्‍यो । बढुवा सिफारिसमा हालका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीका ब्याजी डा. देवबहादुर बोहोरा चौथो नम्बरमा परेका थिए । बढुवा सिफारिसमा परेको खुसीयालीमा उनले कमलपोखरीमा रहेको आँगन स्वीट्समा गएर मिठाइ किनेर बाँड्न थाले […]

अहिलेको सत्तासँग घनश्याम राजाको जस्तो विवेक छैन

१४ पुस, पोखरा । सक्रिय राजनीति गरिरहेका चन्द्रप्रकाश बानियाँ एकाएक राजनीतिबाट टाढिए । राजनीतिलाई चटक्कै छाडेर गुमनामजस्तै बने । उनै बानियाँ ३ दशकपछि एकाएक चर्चामा आए तर फरक क्षेत्रबाट । पोखरामा गुमनाम जीवन बाँचिरहेका बानियाँ खोजीका पात्र बने । साहित्यको पहिलो कृतिले नै देशकै प्रतिष्ठित मदन पुरस्कार पाएपछि उनी चर्चाको शिखरमा पुगे । स्वास्थ्यमा गम्भीर […]

कपिलवस्तुकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु

१४ पुस, काठमाडौं । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा कपिलवस्तुको वाणगंगा-७ की ५२ वर्षीया महिलाको उपचारको क्रममा मंगलबार बिहान ५:३४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । पुस २ गते कोरोना संक्रमण पुष्टि भएकोमा त्यसको भोलिपल्ट उनी अस्पतालमा भर्ना भएकी […]

जसले प्रहरीलाई नै ठगे

१४ पुस, काठमाडौं । सामान्यतयाः कानुनका ज्ञान नभएका र पढलेख कम भएकालाई ठगहरुले जालमा पार्ने गरेको पाइन्छ । तर, एकजना यस्ता ठेकदार छन्, जसले कानुन कार्यान्वयन गर्ने जिम्मेवारी लिएको नेपाल प्रहरी संगठनलाई नै ठगेका छन् । सिपाहीका आवश्यक २० हजार थान उलन पाइन्टको कपडा खरिद गर्ने ठेक्का पाएको क्राउन टेक्सटाइल्स इण्डष्ट्रिज प्रा.लि., वीरगञ्जका सञ्चालक पिताम्बरकुमार […]



from समाचार – Online Khabar https://ift.tt/3pwxgyZ
via IFTTT
Powered by Blogger.