समाचार
१४ पुस, काठमाडौं । सामान्यतयाः कानुनका ज्ञान नभएका र पढलेख कम भएकालाई ठगहरुले जालमा पार्ने गरेको पाइन्छ । तर, एकजना यस्ता ठेकदार छन्, जसले कानुन कार्यान्वयन गर्ने जिम्मेवारी लिएको नेपाल प्रहरी संगठनलाई नै ठगेका छन् । सिपाहीका आवश्यक २० हजार थान उलन पाइन्टको कपडा खरिद गर्ने ठेक्का पाएको क्राउन टेक्सटाइल्स इण्डष्ट्रिज प्रा.लि., वीरगञ्जका सञ्चालक पिताम्बरकुमार […]
१४ पुस, काठमाडौं । बागमती प्रदेशको लोक सेवा आयोगले प्रदेश र स्थानीय तहका बिभिन्न सेवा समूहका पाँचौ तहका पदमा एक हजार एक सयभन्दा बढी संख्यामा विज्ञापन खुलाएको छ । जेष्ठता, कार्यसम्पादन मूल्यांकन, खुला तथा समावेशी सबै गरेर एक हजार एक सय २४ जना भर्नाका लागि मंगलबार विज्ञापन खुलाइएको हो । खुलातर्फ प्रशासन र प्राविधिकतर्फ ३७६ […]
१४ पुस, सप्तरी । राजातन्त्र र हिन्दु राष्ट्रको माग गर्दै सप्तरी सदरमुकाम राजविराजमा राजावादीले निकाल्न लागेको र्यालीमा अवरोध भएको छ । स्थानीय शिव मन्दिर प्राङ्गणबाट र्याली निकाल्न सुरु गर्नुअघि नै नेकपा, कांग्रेस र जसपाका युवाहरुले अवरोध गरेका हुन् । राजा र हिन्दु राष्ट्रको पक्षमा प्ले कार्ड, व्यानर र राष्ट्रिय झण्डा बोकेर र्याली निकाल्न लागेको सूचना […]
१४ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा फुट आएसँगै नेपाल आएको चिनियाँ टोलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपपमन्त्री गुओ यैचो नेतृत्वको टोली मंगलबार विहानै बूढानीलकण्ठस्थित देउवा निवास पुगेको थियो । भेटमा चिनियाँ टोलीले राष्ट्रपति सी चिनफिङको शुभकामना सन्देश सुनाएका थिए भने देउवाले चिनियाँ […]
१४ पुस, काठमाडौं । नेकपा ओली समूहको विद्यार्थी संगठन अनेरास्ववियुले पनि केन्द्रीय कमिटी विस्तार गरेको छ । ऐन महर संयोजक रहेको यो समूहको अखिलले केन्द्रीय कमिटीको संख्या साविकको भन्दा तीन गुणा बढी बनाएको छ । एमाले र माओवादी एकीकरण भएपछि ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाइएको थियो । यसलाई बढाएर १०९९ सदस्यीय बनाइएको छ । यो […]
१४ पुस, काठमाडौं । महालक्ष्मी विकास बैंक, कुमारीपाटीमा कमसल धितो राखेर बढी कर्जा प्रवाह गरिएको प्रकरणमा तत्कालीन सुन जाँचकी पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पा स्थायी घर भइ काठमाडौं बस्दै आएका पद्यमचन्द्र ज्ञवाली छन् । ज्ञवालीले २०६७ सालदेखि ०७७ सालसम्म महालक्ष्मी बैंकमा वरिष्ठ सुन जाँचकीका रुपमा काम गरेका थिए । उनले जागिर छाडेर अर्को […]
१४ पुस, बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खाँणले नेकपाको केपी ओली समूहभन्दा प्रचण्ड-नेपाल समूहसँग सहकार्य गर्ने बताएका छन् । संसद पुनस्र्थापना भएपछि ओली पक्षसँगभन्दा पुस्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षसँग सरकारमा सहकार्य गर्न सकिने उनले बताए । प्रेस युनिय रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खाँणले भने, ‘संसद विघटनलाई असंवैधानिक […]
१४ पुस, काठमाडौं । स्थानीय बजारमा मंगलबार पहेंलो धातुको मूल्य प्रतितोला रु ८०० ले ओरालो लागेको छ । प्रतितोला रु ७०० ले सोमबार उकालो लागेको सुनको मूल्य मंगलबार पुनः ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला रु ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला […]
१४ पुस, काठमाडौं । भारतले नेपालसहतिका मुलुकमा प्याजको निर्यातमा लगाउँदै आएको प्रतिवन्ध हटाएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयल अन्र्तगतको बाह्य व्यापार विभागले सोमबार प्रतिबन्ध हटाउने निर्णय गरेको भन्सार विभागले जनाएको छ । साढे ३ महिनापछि सोमबार प्रतिबन्ध हटाउने निर्णय भारतले गरेको जानकारी प्राप्त भएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए । ‘भारतीय […]
१४ पुस, काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले अन्य तीन साना कम्युनिस्ट पार्टीसँग मिलेर रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने भएकाे छ । विप्लव समूहले ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीसँग मिलेर रणनीतिक संयुक्त मोर्चा निर्माण […]
१४ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामलाई लिएर परेको मुद्दा आज सर्वोच्च अदालतमा पेशीमा चढेको छ । तत्कालीन एमाले र माओवादीले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए । ९ कात्तिकमा आयोगले नेकपाको पक्षमा फैसला सुनायो । त्यसविरुद्ध कट्टेल २१ […]
१४ पुस, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री पठानसिंह बोहरा बर्खास्त भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई आज बर्खास्त गरेका उनका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए । बोहरा केपी शर्मा ओली निकट हुन् । उनी सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री थिए । बोहरालाई बर्खास्त गरेर मुख्यमन्त्री भट्टले प्रचण्ड-माधव नेपाल पक्षकै मन्त्री नियुक्त […]
१४ पुस, काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपाल–भारत संयुक्त परियोजनाहरुको कार्यान्वयन र द्विपक्षीय ऊर्जा सहकार्यलाई अघि बढाउने विषयमा छलफल भएको राजदूत क्वात्राले जानकारी दिएका छन् । रायमाझी मन्त्री बनेकोमा क्वात्राले बधाईसमेत दिएका थिए । माओवादी पृष्ठभूमिका रायमाझीले प्रचण्डको […]
१४ पुस, काठमाडौं । संसद विघटनको विरोधमा प्रचण्ड-माधव नेपाल समूहले आज देशभर विरोध प्रदर्शन गर्दै छ । काठमाडौं उपत्यकाको विरोध कार्यक्रमलाई प्रचण्ड-माधव समूहको शक्ति प्रदर्शनको रुपमा लिइएको छ । विरोध सभाका लागि भृकुटीमण्डप अगाडि प्रदर्शनीमार्गमा मञ्च निर्माण गरिएको छ । प्राय व्यस्त हुने यो सडकमै मञ्च निर्माण गरिएपछि पद्मोदय मोड-भृकुटीमण्डप सडकखण्डमा सवारी साधन चलाउन रोक […]
१२ पुस, काठमाडौं । नव निययुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै कृषक वर्गीकरण र सूचीकरण फागुनभित्रै गरिसक्ने पहिलो निर्णय गरिन् । मल, बिउ, औजार, प्रविधि, अनुदान, कृषि बिमा र कृषि ऋण लगायतका राज्यका सुबिधा कृषकलाई दिन उक्त व्यवस्था गर्न लागिएको मनत्री अर्यालले बताइन् । ‘कृषक परिचयपत्रका आधारमा एकद्वार […]
१४ पुस, काठमाडौं । के प्रधानमन्त्री केपी शर्मा ओली र उनको क्याबिनेटका मन्त्रीहरु संसदीय प्रणालीप्रति अरुची राख्छन् ? यो प्रश्न संसद विघटनपछि मात्र हैन, संसद रहेकै बेलामा पनि उठेको थियो । संसदीय प्रणालीप्रति नै सरकारको अरुची झल्काउनेखालका केही घटनाक्रम यसवीचमा संसदीय समितिहरुमा देखा परे । प्रधानमन्त्री ओलीले बारम्बार संसदलाई छल्ने र संसदबाट भाग्ने काम गरे […]
१४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरिन् । यो कदमलगत्तै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका सात मन्त्रीले सामुहिक राजीनामा दिए । अर्थात्, ओलीको क्याबिनेटमा सातवटा मन्त्रालय खाली भए । केपी ओलीलाई पञ्चायतकालदेखि नै साथ दिँदै आएका पूर्वएमालेका त्यागी नेताहरुले रिक्त मन्त्रालयमा नेतृत्व […]
साहित्य एक व्यापक विधा हो, यसमा लेखकहरुलाई संरचनागतबाहेक अन्य बन्धनमा बाँध्न खोजिँदैन । यो जति पनि फैलिन सक्छ, जुनसुकै कुनामा गएर बस्न सक्छ । अर्कोतिर अर्थशास्त्र तथ्याङ्कहरुमा, स्थापित सिद्धान्तहरुमा वा गणित प्रयोग गरेर बनाइएका मोडेलहरुमा आधारित भएर सावधान भएर बोल्नुपर्ने क्षेत्र हो । साहित्य र अर्थशास्त्र नदीका दुई किनार भने होइनन् । एकातिर आर्थिक नीतिहरुले […]
१४ पुस, काठमाडौं । प्रधानमन्त्री केपीले ओलीले अकस्मात संसद भंग गर्दा त्यसको विरोधमा राजनीतिक दलहरु सडक आन्दोलनमा आएपछि राजावादीहरुको आन्दोलन भने ओझेलमा परेको छ । यतिवेला नेपाल कम्युनिस्ट पार्टीको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको समूह, प्रमुख विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलगायतका गणतन्त्रवादी दल सडक आन्दोलनमा रहेका छन् । संसद भंग गर्नु अगाडि […]
१४ पुस, काठमाडौं । सरकारले घोषणा गरे अनुरुप आगामी वैशाख १७ र २७ मा प्रतिनिधि सभाको निर्वाचन हुने नहुने यकिन नभए पनि निर्वाचन आयोगले भने प्रारम्भिक तयारी अगाडि बढाएको छ । निर्वाचन हुने वा नहुने धेरै विषय सर्वाेच्च अदालतको फैसलामा निर्भर गर्दछ । तर आयोगले भने अहिलेलाई सरकारले घोषणा गरेको मितिलाई आधार बनाएर निर्वाचनको तयारी […]
१४ पुस, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा जतिसक्यो छिटो प्रकाशन गर्ने तयारीअनुसार काम गरिरहेको जनाएको छ । हाल परीक्षार्थीहरुको प्राप्ताङ्क कम्प्युटरमा इन्ट्री गर्ने काम भइरहेको छ । तर विद्यालयहरुले सिम्बोल नम्बरको क्रमअनुसार विवरण नपठाइदिँदा परीक्षा बोर्डका कर्मचारीहरु हैरान छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले अनलाइनखबरसँग भने, ‘आफ्नो […]
from समाचार – Online Khabar https://ift.tt/3pvUzJd
via IFTTT