Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रदेश २ ले लैंगिक हिंसा न्युनीकरण र पीडितलाई सहयोग गर्न छुट्टै कानुन बनाउने

१२ पुस, वीरगञ्ज । प्रदेश २ सरकारले लैंगिक हिंसा न्यूनीकरण तथा पीडितको सहायताका लागि छुट्टै कानुन बनाउने भएका छन् । मुख्यमन्त्री लालबाबु राउत गद्दीले फरक लिंगको भएकै आधारमा हुने विभेद न्यूनीकरण तथा समस्यामा परेको अवस्थामा सहयोग गर्न कानुनी व्यवस्था र संयन्त्र अपरिहार्य देखिएको बताए । लैंगिक हिंसा न्युनीकरण एवं पीडितको सहायतामा एकीकृत प्रयासको अपरिहार्यता विषयक […]

गुल्मीमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु

१२ पुस, गुल्मी । गुल्मीमा ट्रकको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१३ भगारी बस्ने २६ वर्षीय टोप बहादुर रजाली र २३ वर्षीय बालकृष्ण भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) प्रविणलाल श्रेष्ठले बताए । बुटवलबाट खाद्यान्न बोकेर तम्घास तर्फ आउँदै गरेको ना ५ ख […]

अविश्वासको प्रस्ताव नल्याउने, सरकार पनि नछोड्ने !

११ पुस, पोखरा । संसद विघटन र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको फुटसागै प्रचण्ड-माधव समूहले बाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ भने प्रदेश १ मा सम्भवतः भोलि आइतबार दर्ता हुनेछ । तर गण्डकी प्रदेशमा त्यस्तो संकेत छैन । शनिबार बसेको गण्डकी प्रदेशस्तरीय बैठकले समेत यसबारे केही निर्णय गरेको छैन । यसको कारण […]

संसद विघटन : देउवा र ओलीको एउटै पथ

११ पुस, काठमाडौं । २०५९ साल जेठ ८ गते राति तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राजा ज्ञानेन्द्रसमक्ष प्रतिनिधिसभा विघटनका लागि सिफारिस गरे । आफ्नै पार्टीभित्रको किचलोका कारण अर्को पक्षलाई तह लगाउन अनि पार्टी फुटाउनका लागि देउवाले संसद विघटन गरेका थिए । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ पार्टीको आन्तरिक किचलोकै कारण जसरी संसद विघटन गरेका छन्, […]

मसाल जुलुस निकाल्दा प्रहरीसँग झडप

११ पुस, जनकपुरधाम । संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले निकालेको मसाल जुलुसमा प्रहरी हस्तक्षेप गरेको छ । त्यसक्रममा दुई पटक झडप समेत भएको छ । रेल्वे स्टेशनबाट निस्किएको मसाल जुलुसलाई प्रहरीले रोक्न खोजेपछि केहीबेर झडप भएको थियो । त्यहाँ प्रहरी पछाडि हटेपछि जुलुस भानुचोक, शिवचोक हुँदै जनक चोक पुग्यो । तर कोणसभा चलिरहेका […]

संसद विघटनविरुद्ध हुने आन्दोलनमा राजमोको समर्थन

११ पुस, काठमाडौं । राष्ट्रिय जनमोर्चाले संसद विघटनविरुद्ध हुने आन्दोलनलाई समर्थन गर्ने भएको छ । राजमो अध्यक्ष चित्रबहादुर केसीले शनिबार वक्तव्य जारी गर्दै संसद विघटनविरुद्ध हुने आन्दोलनमा राजावादी बाहेक अरुसँग संयुक्त वा कार्यगत एकता/सहकार्य गर्ने बताएका हुन् । राजमोले संसद विघटनलाई असंवैधानिक, अप्रजातान्त्रिक र अधिनायकवादी नीति भनेको छ र सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको […]

प्रदेश १ का आर्थिक मामिलामन्त्री आङ्बो पदमुक्त

११ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन् । मुख्यमन्त्री राईले शनिबार बेलुका मन्त्री आङ्बोलाई पदमुक्त गरेका हुन् । संविधानको धारा १६९ को (२) (ख) बमोजिम मन्त्री आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेको उनका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि […]

सुरेन्द्र पाण्डेको प्रश्न : ओलीजीले अदालत पनि विघटन गरेँ भन्नुभयो भने के हुन्छ ?

११ पुस, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ राजा बन्ने प्रयास नगर्न चेतावनी दिएका छन् । शनिबार धादिङ काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले प्रतिनिधिसभ विघटनसँगै प्रधानमन्त्री ओलीको आरोलो यात्रा सुरु भएको बताए । संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको भन्दै उनले भने […]

समृद्धिको यात्रा, ओलीको गाईजात्रा !

११ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक समाजले माइतीघर मण्डलामा प्रर्दशन गरेका छन् । प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलनको व्यानरमा शनिबार भएको प्रदर्शनमा सहभागीहरुले संसद विघटनको विरोध गरे । प्रदर्शनमा सहभागीहरुले सबै विमतीको संविधानभित्रैबाट समाधान खोज्नुपर्ने बताएका छन् । प्रदर्शनमा सहभागीहरुले ‘समृद्धिको यात्रा, ओलीको गाईजात्रा’, ‘म नागरिक संविधानको पालक, नेताज्यू तपाई नि ?’, ‘संविधानमाथि तिरैतिर, […]

संसद विघटनविरुद्ध १३ गते देशभर प्रदर्शन गर्न देउवाको अपिल

११ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यहीँ पुस १३ गते प्रतिनिधिसभा विघटविरुद्ध देशैभर प्रदर्शन गर्न अपिल गरेका छन् । शिनबार अपिल जारी गर्दै सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार देशभका १६५ वटै निर्वाचन क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध प्रदर्शन गर्न आह्वान गरेका दिएका हुन् । प्रतिनिधिसभा विघटनको घटनाका पार्टीले […]

जसपाको मसाल जुलुसमा प्रहरी हस्तक्षेप

११ पुस, काठमाडौं । संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । बबरमहलस्थित पार्टी कार्यालयबाट मसाल जुलुस निकाल्न खोजेको थियो । तर प्रहरीले कार्यालय परिसर निस्कनासाथ हस्तक्षेप गरेर तितरवितर बनाएको छ ।  

‘मुख्यमन्त्रीले बाटो खोल्नुभयो, अविश्वासको प्रस्ताव गर्छौं’

११ पुस, विराटनगर । प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्रीबाट पदमुक्त भएका इन्द्रबहादुर आङ्बोले अविश्वासको प्रस्ताव दर्ता गर्न मुख्यमन्त्रीले बाटो खोलिदिएको बताएका छन् । केन्द्रसँगै ६ वटा प्रदेशमा सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली र प्रचण्ड-माधव समूहमा विभाजित भएको छ । पार्टी फुटसँगै प्रदेश सरकारहरु समेत संकटमा पर्ने देखिएको छ । बागमती […]

काठमाडौं आउँदैछन् चिनियाँ उच्च प्रतिनिधि

११ पुस, काटमाडौं । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे मौन बसेको उत्तरी छिमेकी चीनका उच्च अधिकारी आइतबार काठमाडौं आउने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वको टोली आइतबार काठमाडौं आउन लागेको हो । नेकपा उच्च स्रोत भन्छ, ‘पार्टीमा आएको फुटबारे चिनियाँ कम्युनिस्ट पार्टीले चिन्ता व्यक्त गरेको छ । त्यही चिन्तासहित उपमन्त्री […]

६५ अर्ब माग्दै साइटमा फर्किन मानेनन् ठेकदार, निरीह बन्यो सरकार

११ पुस, काठमाडौं । लकडाउनपछि ठप्प भएको निर्माण क्षेत्र अझै पुरानो लयमा फर्किन सकेको छैन । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार अहिले करिब ३० देखि ४० प्रतिशत मात्रै निर्माण साइटमा काम भइरहेको छ, त्यो पनि निकै सुस्त गतिमा । सुरुमा महामारीलाई बहाना बनाउन पाएको निर्माण क्षेत्रले त्यसपछि वषर्ा र चाडबाडको निहुँ देखायो । अहिले ठेकदारहरु […]

संसद विघटनविरुद्ध बृहत नागरिक आन्दोलन सुरू

११ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तरिकाले संसद विघटन गरेको भन्दै नागरिक आन्दोलन सुरू भएको छ । बृहत नागरिक आन्दोलनको पहिलो दिन शनिबार माइतीघर मण्डलामा ‘शंख एपिसोड’सहित कोणसभा सम्पन्न भएको छ । १८ पुससम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको लेखक एवं अभियन्ता युग पाठकले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार १३ पुसमा […]

खुमलटारमा वामदेवले भने-संसद विघटनको विपक्षमै छु

११ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम र नेपाल-प्रचण्ड समूहका अध्यक्ष पुस्पकमल दाहा प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्डले उपाध्यक्ष गौतमलाई शनिबार बिहान आफ्नै निवास खुमलटारमा बोलाएर छलफल गरेका हुन् । संसद विघटन र पार्टी विभाजनको अवस्थाबारे छलफल भएको खुमलटार स्रोतले बताएको छ । भेटवार्तामा उपाध्यक्ष गौमले आफू संसद विघटनको विपक्षमा […]

राप्रपा नेता रौनियारद्वारा पार्टी परित्याग

११ पुस, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेश समितिका प्रवक्ता रविकुमार रौनियारले पार्टी परित्याग गरेका छन् । उनी जनता समाजवादी पार्टीमा प्रवेश गर्ने तयारीमा छन् । शनिबार भैरहवामा पत्रकार सम्मेलन गर्दै रौनियारलेे पार्टीबाट अलग भएको बताए । २०६६ सालदेखि राप्रपामा रहेर काम गर्दै आएपनि युवालाई पार्टीले उपयोग मात्रै गरेको उनको आरोप छ । […]

सवारी दुर्घटनामा ७ जनाको मृत्यु

११ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । यस्तै पोखरामा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  ग.८ प ४९१९ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई अनियन्त्रित भई पुन: सडक किनारा छेउमा मर्मत गर्दै गरेको स्याङ्जा चापाकोट नगरपालिकाको ग.१ झ ३३३ नम्बरको गाडीमा […]

मोबाइल चार्जका क्रममा घरमा आगलागी

११ पुस, काठमाडौं । नागार्जुन नगरपालिका-१ तुफान चोकमा मोबाइल चार्जका क्रममा घरमा आगलागी भएको छ । तीन तले घरमा लागेको आगो दमकलको सहयोगमा निभाइएको छ । आइफोन चार्जमा राखेर बाहिर गएको र फर्किँदा आगो लागेको जस्तो देखेपछि पानी हाल्दा झन बलेको खबर प्राप्त भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी प्रतिक विष्टले जानकारी दिए । घटनाबारे […]

ओली समूह छाडेर प्रचण्ड-माधवतिर लागे छक्कबहादुर

११ पुस, काठमाडौं । हुम्लाका सांसद छक्कबहादुर लामा नेकपा प्रचण्ड-माधव समूहमा लागेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुट्दा ओली समूहमा लागेका उनलाई केन्द्रीय सदस्य बनाइएको थियो ।तर केन्द्रीय सदस्य पद परित्याग गरी नेकपाको प्रचण्ड-नेपाल समूहमा आएको उनले बताएका छन् । ‘म मात्र त्यता बसेर भएन, बहुसंख्यक कार्यकर्ताले यता बस्नुपर्छ भनेर आग्रह गरे’ उनले […]

थप ५०० जनामा कोरोना संक्रमण पुष्टि

११ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५४३४ नमुना परीक्षण गर्दा २१३ महिला र २८७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको सख्ंया २ लाख ५७ हजार ७०० पुगेको छ । उनीहरुमध्ये २ लाख ४९ हजार १३२ जना संक्रमणमुक्त भएका […]



from समाचार – Online Khabar https://ift.tt/37QH2Gf
via IFTTT
Powered by Blogger.