Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

लोपोन्मुख भाषाको व्याकरण बनाउँदै भाषा आयोग

१२ पुसऽ काठमाडौँ । मुलुकका विभिन्न लोपोन्मुख भाषाको अभिलेखीकरण र तिनको व्याकरण निर्माणका काममा भाषा आयोग अग्रसर भएको छ । आयोगले वाम्बुले, राजी, डोट्याली र डोटेली, दुरा, स्युवा (कागते), मेचे आदि भाषाको व्याकरण निर्माण गरिसकेको छ भने दनुवारलगायत केही भाषाको व्याकरण निर्माण यही आर्थिक वर्षभित्र गर्ने भएको छ । नेपालका भाषाको संरक्षण, संवद्र्धन र विकासका […]

आईसीयूमा उपचाररत कोरोना संक्रमित शौचालय जान्छु भनेर भागेपछि…

१२ पुस, बुटवल । आईसीयूमा उपचाररत एकजना कोरोना संक्रमित पुरुष बुटवलको कोरोना विशेष अस्पतालबाट भागेका छन् । बुटवल १३ का ५५ वर्षीया पुरुष आइतबार बिहान ६ बजेतिर शौचालय जान्छु भनेर भागेका हुन् । आईसीयूमा लगाउने अस्पतालको कपडा र चप्पलसहित अस्पतालका कर्मचारीकै अगाडि उनी भागेर सम्पर्कविहीन भएका छन् । गत बुधबार कोरोना संक्रमण पुष्टि भएपछि उनको […]

नेपाललगायत विदेशी नागरिकलाई जापान प्रवेशमा रोक

१२ पुस, काठमाडौं । जापानले नेपाललगायतका मुलुकहरुबाट आउने विदेशी नागरिकहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । जापानमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) भेटिएसँगै सोमबारबाट लागू हुने गरी जापानले विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । जापानको विदेशमन्त्रालयका अनुसार अहिले लगाइएको प्रतिबन्ध विश्वका अधिकांश मुलुकहरुमा लागू हुनेछ । यो प्रतिबन्ध […]

एमसीसी सम्झौता लागू गर्नुपर्छ : ऊर्जामन्त्री रायमाझी

१२ पुस, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झैता नेपालको पक्षमा रहेको बताएका छन् । आइतबार पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ऊर्जामन्त्री रायमाझीले एमसीसी कार्यान्वयनमा सहयोग गर्न आग्रह गरे । कतिपय सम्झौता गर्दा देशको स्वाभिमानलाई कमजोर पार्ने बुँदाहरु छन् भने सच्याउन सकिने भन्दै उनले भने, ‘यो अपराध हो, […]

प्रदेश १ का कृषि राज्यमन्त्री ओली समूहमा लागे

१२ पुस, विराटनगर । प्रदेश १ का एकजना राज्यमन्त्रीले आफ्नो कित्ता परिवर्तन गरेका छन् । पुस्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर नेकपाको केपी ओली समूहमा लागेका हुन् । आइतबार मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ताका लागि प्रचण्ड-नेपाल समूहका सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया […]

लुम्बिनी प्रदेशका ९ जिल्लामा प्रचण्ड-माधव समूहको जिल्ला भेला हुँदै

१२ पुस, बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आइतबार लुम्बिनी प्रदेशका ९ जिल्लामा जिल्लास्तरीय भेला गर्दैछ । प्रदेशका १२ जिल्लामध्ये रोल्पा, नवलपरासी पश्चिम र प्युठान बाहेकका ९ जिल्लामा भेला हुन लागेको हो । जिल्ला भेलालाई सम्बोधन गर्न नेकपाका शीर्ष नेताहरु आउँदैछन् । नेकपा लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्तीका अनुसार रुपन्देहीको भेलालाई घनश्याम भुसाल, […]

प्रदेश १ को हिउँदे अधिवेशन माघ ७ गते

१२ पुस, बिराटनगर । प्रदेश १ सरकारले माघ ७ गते हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बिहान बसेको प्रदेश १ मन्त्रिपरिषद बैठकले माघ ७ गते प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि प्रदेश १ को बजेट अधिवेशन गत साउन ९ गतेदेखि अन्त्य भएको थियो […]

कोभिड-१९ को कारणले निर्वाचन खर्च झनै बढ्ने

१२ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरे अनुसार आगामी वैशाख १७ र २७ मा प्रतिनिधि सभाको निर्वाचन भयो भने यस पटक निर्वाचन खर्च बढ्ने निर्वाचन आयोगको प्रक्षेपण छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण निर्वाचन खर्च बढ्ने आयोगले प्रक्षेपण गरेको हो । निर्वाचनको घोषणा भएसँगै निर्वाचन आयोगले निर्वाचन लागि आवश्यक बजेट […]

कांग्रेसको प्रदर्शनमा सहभागी हुन प्रकाशमानको अपिल

१२ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विधि, विधान मिचेर प्रतिनिधिसभा विघटन गरिएको विरोधमा नेपाली कांग्रेसले गर्ने प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् । नेपाली कांग्रेसले यही माघ १३ गते सोमबार देशभर विरोध प्रदर्शन गर्दै छ । संविधानवाद र लोकतन्त्रको मर्मविपरीत सरकार अघि बढेको भन्दै उनले म नै राज्य हुँ भनेझैं प्रधानमन्त्रीले विधि, […]

प्रदेश १ का तीनजना मन्त्रीले राजीनामा दिए, शेरधनले संसदीय दलमा बहुमत गुमाए

१२ पुस, बिराटनगर । प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले बर्खास्त गरेको भोलिपल्ट सामाजिक विकास मन्त्री जीवन घिमिरे र दुईजना राज्यमन्त्रीले राजीनामा दिएका छन् । तीनैजनाले राजीनामा पत्रमा हस्ताक्षर गरिसकेको एक नेताले जानकारी दिए । सामाजिक विकास मन्त्री घिमिरेसँगै राजीनामा दिनेहरुमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण […]

उपत्यकामा ५० हजार कार्यकर्ता उतार्ने प्रचण्ड-माधव समूहको दाबी

१२ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूह १४ गते देशभर गरिने प्रदर्शनको तयारीमा जुटेको छ । १४ गते काठमाडौं उपत्यकामा ५० हजार मानिस उतार्ने सो प्रचण्ड-नेपाल पक्षको योजना छ । ‘भ्यालीमा ५० हजार जनालाई प्रदर्शनमा उतार्ने लक्ष्य छ । त्यहीअनुसार विभिन्न बैठक, भेला, प्रशिक्षण लगायतका काम भइरहेका छन्,’ युवा संघ संयोजक […]

इन्टरनेटमा पनि ‘क्लिन फिड’को माग, तर कति सम्भव ?

१० पुस, काठमाडौं । अधिवक्ता विश्वेश्वरप्रसाद गौतमले गत पुस ३ गते सर्वोच्च अदालतमा एउटा रिट दायर गरेका छन्, जसमा दुईवटा माग राखिएको छ । पहिलो- विदेशबाट नेपालमा बिना अनुमति प्रसारण भइरहेका श्रब्यदृश्य सामग्रीको प्रसारण बन्द गर्नुपर्छ । दोस्रो- विदेशी विज्ञापनरहित (क्लिन फिड) सामग्री मात्रै प्रसारण गर्न दिनुपर्छ । यदि रिट निवेदकको माग बमोजिम सर्वोच्चले फैसला […]

कोरोनाको नयाँ प्रकार विश्वभर फैलँदै

१२ पुस, काठमाडौं । केही साता अगाडि बेलायतमा देखा परेको कोरोनाको नयाँ प्रकार (भेरियन्ट) विश्वका अन्य मुलुकहरुमा पनि तीव्ररुपमा फैलिएको छ । बीबीसीका अनुसार नयाँ प्रकारको भाइरस विभिन्न युरोपेली मुलुक, क्यानडा र जापानमा समेत देखिएको छ । बेलायतमा नयाँ प्रकारको भाइरस देखिएको भन्दै छिमेकी मुलुक भारतले बेलायतमा उडान बन्द गरेको छ । नयाँ प्रकारको भाइरस देखिएपछि […]

धोबी खोला पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु

१२ पुस, काठमाडौं । काठमाडौंको चाबहिल गोपीकृष्णहल नजिकैको पुलबाट मोटरसाइकल खोलामा खस्दा एकजनाको मृत्यु भएको छ । बा२६प ४०२१ नम्बरको मोटरसाइकल पुलबाट धोबी खोलामा खस्दा मोटरसाइकल चालक सिन्धुलीको दुधौली-५ घर भई कपनमा बस्दै आएका २७ वर्षीय लोकबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । गुडिरहेको मोटरसाइकल शनिबार राति सवा नौ बजे पुलबाट धोबीखोलामा खसेको थियो […]

चिनियाँ राजदूतले नेपाली नेता भेट्दा दिल्लीमा तरंग

१२ पुस, काठमाडौं । केही दिन यता नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहका शीर्ष नेताहरुलाई भेटिरहेकी छन् । उनको यो भेटले नयाँ दिल्लीमा भने तरंग सिर्जना गरेको छ । भारतका प्रमुख सञ्चार माध्यमहरुले उनको भेटलाई निकै प्राथमिकताका साथ प्रकाशित गरेका छन् । उनको नेपाली नेताहरुसँगको […]

आज पनि नेकपाका दुवै समूहका आन्तरिक बैठक

१२ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूह आगामी रणनीति तय गर्न आज पनि आन्तरिक बैठकमा व्यस्त हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको समूह र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको केन्द्रीय  नेतादेखि जनवर्गीय संगठनका बैठकहरु बस्ने छ । केन्द्रमा मात्र होइन्, प्रदेश र स्थानीय तहमा समेत बैठक […]

प्रधानमन्त्रीको कदमविरुद्ध जसपाको विरोध कार्यक्रम

१२ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्धमा जनता समाजवादी पार्टी नेपालले आज १२ वजे पार्टीका शीर्ष नेताहरुको उपस्थितमा एक विरोध कार्यक्रम गर्दैछ । ओलीको संसद भंग गर्ने कदमविरुद्ध सो कार्यक्रम आयोजना गर्न लागिएको पार्टीले जानकारी दिएको छ । रत्नपार्क शान्ति बाटिकाबाट जुलुस सुरु भई पुतली सडक हुँदै पुन: त्यहीँ स्थानमा पुगेर विरोध […]

चिनियाँ चासो : नेकपा, सहमति कार्यान्वयन र राजनीतिक अस्थिरता

१२ पुस, काठमाडौं । नेपालमा अप्रत्यासित रुपमा भएको संसद भंग र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनप्रति उत्तरको छिमेकी मुलुक चीन चिन्तित देखिएको छ । चिन्ताकै बिच चिनियाँ कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय विभाग उपमन्त्री गहो येचौको आज नेपाल भ्रमणमा आउँदैछन् । नेपालको राजनीतिक घटनाक्रमको बारेमा चीनले अहिलेसम्म कुनै पनि औपचारिक प्रतिक्रिया दिएको छैन । समाचार स्रोतका […]

भूमिहीन सुकुम्बासीलाई चैतबाट लालपूर्जा वितरण गर्ने योजना

१२ पुस, काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोगले चैतबाट भूमिहीन तथा सुकुम्बासीलाई लालपूर्जा वितरण सुरु गर्ने तयारी गरेको छ । पहिलो चरणमा सम्झौता गरेका १४ स्थानीय तहमा चैतदेखि लालपूर्जा वितरण गर्ने लक्ष्य रहेको आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले बताए । उनका अनुसार पहिलो चरणमा आयोगले सम्झौता गरेका १४ स्थानीय तहमा फागुनसम्ममा तथ्यांक संकलन तथा जग्गाको […]

प्रदेश २ ले लैंगिक हिंसा न्यूनीकरण र पीडितलाई सहयोग गर्न छुट्टै कानुन बनाउने

१२ पुस, वीरगञ्ज । प्रदेश २ सरकारले लैंगिक हिंसा न्यूनीकरण तथा पीडितको सहायताका लागि छुट्टै कानुन बनाउने भएको छ । मुख्यमन्त्री लालबाबु राउत गद्दीले फरक लिंगको भएकै आधारमा हुने विभेद न्यूनीकरण तथा समस्यामा परेको अवस्थामा सहयोग गर्न कानुनी व्यवस्था र संयन्त्र अपरिहार्य देखिएको बताए । लैंगिक हिंसा न्युनीकरण एवं पीडितको सहायतामा एकीकृत प्रयासको अपरिहार्यता विषयक […]

गुल्मीमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु

१२ पुस, गुल्मी । गुल्मीमा ट्रकको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१३ भगारी बस्ने २६ वर्षीय टोप बहादुर रजाली र २३ वर्षीय बालकृष्ण भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) प्रविणलाल श्रेष्ठले बताए । बुटवलबाट खाद्यान्न बोकेर तम्घास तर्फ आउँदै गरेको ना ५ ख […]



from समाचार – Online Khabar https://ift.tt/34LMQPA
via IFTTT
Powered by Blogger.