Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

‘माओवादी पनि बिग्रिए, ओलीचाहिँ प्रतिगामी ठहरिए’

१५ पुस, काठमाडौं । कवि एवं गीतकार भूपाल राई मूलतः संस्कृतिकर्मी हुन् । लोकप्रिय गीतकारको परिचय बनाएका उनी समावेशिता, धर्मनिरपेक्षता र पहिचानको आन्दोलनमा चार दशकदेखि सक्रिय छन् । ‘सुम्निमाको तस्वीर’, ‘दाजै ! कविता गाउँमै छ’ लगायत चारवटा कवितासंग्रह तथा ‘पूर्वै जाने रेल’, ‘खोइ त बुटजुत्ता’ जस्ता दर्जनौं लोकपि्रय गीतका स्रष्टा राई साहित्यलाई प्रतिरोधको अस्त्र मान्छन् […]

बर्खास्त मन्त्री बोहरा भन्छन्– मुख्यमन्त्रीको पद पनि सुरक्षित छैन

१४ पुस, कैलाली । मंगलबार पदबाट बर्खास्त भएका सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले मुख्यमन्त्री त्रिलोचन भट्टको पद पनि सुरक्षित नभएको दाबी गरेका छन् । ‘मलाई राजनीतिक पूर्वाग्रह राखेर जिम्मेवारीबाट हटाइयो,’ अनलाइनखबरसँग उनले भने, ‘अर्काे पक्षले पनि त बहुमत बनाउँला । उहाँको पद पनि सुरक्षित रहन्छ भन्ने छैन ।’ बोहरा प्रदेश सरकारमा […]

आन्दोलन गर्न आएका उखु किसानको हृदयघातबाट निधन

१४ पुस, काठमाडौं । बक्यौता माग गर्दै १६ दिनसम्म माइतीघरको आन्दोलनमा सहभागी ६५ वर्षीय उखु किसानको हृदयघातका कारण मंगलबार निधन भएको छ । सर्लाही धनकौल छोटवल टोलका नारायण राय यादवको मंगलबार बिहान शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको आन्दोलनमा सहभागी अर्का किसान मुकेश ठाकुरले बताए । उनलाइ मंगलबार विहान हृदयघात भएको थियो […]

‘डीआईजी’ सा’बको मिठाइमा नङ भेटिएपछि आँगन स्वीट्समा छापा

१४ पुस, काठमाडौं । गृह मन्त्रालयले मंगलबार ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गर्‍यो । बढुवा सिफारिसमा हालका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीका ब्याजी डा. देवबहादुर बोहोरा चौथो नम्बरमा परेका थिए । बढुवा सिफारिसमा परेको खुसीयालीमा उनले कमलपोखरीमा रहेको आँगन स्वीट्समा गएर मिठाइ किनेर बाँड्न थाले […]

प्रधानमन्त्री ओली पतनको बाटोमा : उपेन्द्र यादव

१४ पुस, बुटवल । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओली पतन हुने बाटोमा अघि बढेको बताएका छन् । प्रतिनिधि सभा असंवैधानिक तरिकाले विघटन गरेर ओली निरंकुश शासन बन्न खोजेकाले उनको पतन निश्चित भएको यादवको दावी छ । मंगलबार भैरहवामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले निरंकुश शासक बन्ने चाहनाले […]

तिलको भनेर भटमासको तेल बेचेको आरोपमा २ ब्यापारी पक्राउ

१४ पुस, वीरगञ्ज । भटमासको तेललाई तिलको तेल भनेर बिक्री गर्ने वीरगञ्जका दुई जना ब्यापारी पक्राउ परेका छन् । वीरगञ्ज आदर्शटोलमा सञ्चालित शिवशक्ति रिप्याकिङ उद्योगका सञ्चालक दीपक कुमार वर्णवाल र दिव्य रिप्याकिङ उद्योगका सञ्चालक राजन कुमार वर्णवाल पक्राउ परेका हुन् । दीपकले भाइ सन्दीपकुमार अग्रवालको नाममा उद्योग दर्ता गरेर सञ्चालन गर्दै आएका थिए । १५ […]

फेरिएको चिनियाँ चासो, अपारदर्शी भेटघाट

१४ पुस, काठमाडौं । नेपालमा अकस्मात् विकसित राजनीतिक घटनाक्रमबारे ‘फस्ट हेन्ड’ सूचना लिन आइतबार नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ यैचो नेतृत्वको टोलीले राजनीतिक भेटघाट सम्पन्न गरेको छ । चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र शेरबहादुर देउवासँग बेग्लाबेग्लै छलफल गरेको […]

माओवादीलाई पुरस्कार, जबजवादीलाई तिरस्कार !

१४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरिन् । यो कदमलगत्तै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका सात मन्त्रीले सामुहिक राजीनामा दिए । अर्थात्, ओलीको क्याबिनेटमा सातवटा मन्त्रालय खाली भए । केपी ओलीलाई पञ्चायतकालदेखि नै साथ दिँदै आएका पूर्वएमालेका त्यागी नेताहरुले रिक्त मन्त्रालयमा नेतृत्व […]

प्रधानमन्त्रीले नेताहरुको फोन ट्यापिङ गरिरहेका छन् : वर्षमान पुन

१४ पुस, रोल्पा । निवर्तमान मन्त्री एवं नेकपा प्रचण्ड–माधव समूहका नेता वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीमाथि गैरकानूनीरुपमा राजनीतिक दलका नेताहरुको टेलिफोन ट्यापिङ गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध मंगलबार रोल्पाको लिवाङमा आयोजित सभामा बोल्दै पुनले नेताहरुलाई तर्साउन प्रधानमन्त्रीले त्यस्तो गरेको आरोप लगाए । ‘सबै नेताहरुको टेलिफोन ट्यापिङ भइरहेको छ, नेताहरुले फोनमा गोप्य कुरा गर्न […]

ऋषि कट्टेलको पार्टीले मुद्दा जित्यो भने के होला सत्तारुढ नेकपाको कानुनी हैसियत ?

१४ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको नाम सम्बन्धी विवादमा सर्वोच्च अदालतमा दर्ता भएको रिटमा मंगलबार पेशी चढे पनि सुनुवाई नभई स्थगित भयो । निर्वाचन आयोगलाई विपक्षी बनाएर ऋषिराम कट्टेलले २१ मंसिर २०७५ मा दर्ता गरेको यो रिटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएका बेला पेसी चढेको हो । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी […]

प्रचण्ड–माधवको भाषण सुन्दै ७०० विद्यार्थीले दिए परीक्षा

१४ पुस, काठमाडौं । तपाईं परीक्षा दिँदै हुनुहुन्छ र त्योबेला कसैले हल्ला गर्‍यो भने के गर्नुहुन्छ ? सामान्यतया परीक्षा हलमा हल्ला हुँदैन वा गर्न दिइँदैन । त्यही भएर सामान्तः हल्ला नहुने वातावरण सम्बन्धित विद्यालय वा कलेजले मिलाएकै हुन्छ । तर, मंगलबार काठमाडौंमा फरक दृश्य देखियो । प्रदर्शनीमार्गस्थित रत्नराज्य (आरआर) लक्ष्मी क्याम्पसमा अध्यनरत स्नातकोत्तर तह दोस्रो […]

देउवालाई भेट्दा चिनियाँ टोलीले पटकपटक सम्झियो बीपी कोइराला

१४ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा फुट आएसँगै नेपाल आएको चिनियाँ टोलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपपमन्त्री गुओ यैचो नेतृत्वको टोली मंगलबार विहानै बूढानीलकण्ठस्थित देउवा निवास पुगेको थियो । भेटमा चिनियाँ टोलीले राष्ट्रपति सी चिनफिङको शुभकामना सन्देश सुनाएका थिए भने देउवाले चिनियाँ […]

प्रधानमन्त्रीले धोका दिएको भन्दै मुख्यमन्त्रीले माफी मागे

१४ पुस, डोटी । प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश र संविधान विपरीत प्रतिनिधिसभा गरेको भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विरोध सभामै माफी मागेका छन् । ‘हामीले निर्वाचनका बेला जनतालाई स्थिर सरकार दिन्छौंं, देशलाई समृद्धिको बाटोमा लैजान्छौं भनेका थियौं’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री भट्टले भने ‘हामीले जनतासंग गरेको बाचा पुरा […]

बेलायतबाट फर्किएका संक्रमितको जिन सिक्विन्सिङ अन्यौलमा

१४ पुस, काठमाडौंं । बेलायतबाट फर्किएका ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालमा पनि बेलायतको जस्तै नयाँ स्वरुपको संक्रमण देखिएको हो की भन्ने आशंका गरिएको छ । तर, जिन सिक्विन्सिङ नगरिकन भाइरसको स्वरुप थाहा नपाइने भएकाले त्यसबारे निर्क्यौल गर्न समय लाग्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् । जिन सिक्विनिङको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले […]

प्रधानमन्त्रीको तानाशाही प्रवृत्तिले देश दुर्घटनामा : रामकुमारी झाँक्री

१४ पुस, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समुहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शार्मा ओली तानाशाही बनेको आरोप लगाएकी छन् । वीरेन्द्रनगरमा मंगलबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले ओलीले तानाशाही बनेर विधिको शासनभन्दा पनि व्यक्तिको शासन लाद्न खोज्दा देश दुर्घटनामा परेको टिप्पणी गरिन् । ‘कमरेड ओलीलाई हेक्का रहोस् हामीले व्यक्तिले शासन गर्ने […]

६१३५ परीक्षणमा ७०८ जनामा कोरोना संक्रमण

१४ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६१३५ जनामा गरिएको परीक्षणमा ४३८ पुरुष र २७० जना महिला गरी ७०८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ । पछिल्लो […]

मुख्यमन्त्री राईलाई संसदीय दलको नेताको हैसियतमा काम नगर्न आग्रह

१४ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश १ संसदीय दलका उपनेताले दलको नेताको हैसियतमा काम नगर्न खबरदारी गरेका छन् । मंगलबार लिखित पत्र पठाउँदै उपनेता टङ्क आङ्बुहाङले अविश्वासको प्रस्ताव परेकाले मुख्यमन्त्री राईलाई नेकपा संसदीय दलको नेताको हैसियतमा काम नगर्न भनेका हुन् । नेकपा विवाद बढेसँगै प्रचण्ड– माधव […]

गोरखामा पार्टी कार्यालय ओगट्न नेकपाका दुई समूहको प्रतिस्‍पर्धा

१४ पुस, गोरखा । गोरखामा साविकको नेकपा एमालेको कार्यालय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड– माधव समूह र ओली समूह दुबैले आफ्नो नियन्त्रणमा राख्न खोज्दा मंगलबार स्थिति तनावपूर्ण बन्यो । गोरखा नगरपालिका–८ चाइनिजधारास्थित उक्त कार्यालयबाट मंगलबार प्रचण्ड– माधव समूहले संसद विघटनविरुद्धको प्रदर्शन सुरु गर्न लाग्दा ओली समूहका कार्यकर्ता कार्यालयभित्रै बसिरहेको थियो । दुबै समूह एकै […]

नेकपा ओली समूहको काभ्रे अध्यक्षमा ब्याञ्जु

१४ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षले काभ्रे जिल्ला अध्यक्ष अशोक ब्याञ्जुलाई चयन गरेको छ । धुलीखेल नगरपालिका मेयर समेत रहेका ब्याञ्जु नेपाल नगरपालिका संघका अध्यक्ष समेत हुन् । ओली समूहको मंगलबार बसेको दोस्रो बैठकले नारायण पाण्डेलाई सचिवमा चयन गरेको छ । बैठकले १ सय २४ सदस्यीय जिल्ला कमिटी घोषणा समेत गरेको […]

बैंकर्स संघको उपाध्यक्ष बने उपाध्याय

१४ पुस, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघको उपाध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायलाई चयन गरेको छ । मंगलबार सम्पन्न साधारणसभाले रिक्त उपाध्यक्ष पदमा उपाध्यायलाई चयन गरेको हो । यसअघि नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकुल भाटनगर संघको उपाध्यक्ष थिए । उनी नेपाल एसबीआई छाडेर […]

यो सरकार कामचलाउ भइसक्यो : माधव नेपाल

१४ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओली नेतृत्वको सरकार कामचलाउ भइसकेको बताएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा मंगलबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले सरकारले आफू कामचलाउ भइसकेको जानकारी दिनुपर्ने बताए । प्रचण्ड–माधव पक्षको बबरमहलमा बसेको केन्द्रीय समिति बैठकबाट नेकपा अध्यक्षमा चयन भएका पूर्वप्रधानमन्त्री नेपालले भने, ‘प्रतिनिधिसभा सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री […]



from समाचार – Online Khabar https://ift.tt/2WXQdhG
via IFTTT
Powered by Blogger.