Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

ओलीको कदम निरंकुशतावादी र फासीवादी : मोहन वैद्य

१६ पुस, काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले संसद विघटनलाई गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताविरुद्ध परिलक्षित निरंकुशतावादी र फासीवादी कदम भएको टिप्पणी गरेको छ । प्रधानमन्त्री ओलीद्वारा गरिएको संसद विघटनको कदम आर्थिक, राजनीतिक तथा सांस्कृतिक रुपमा संकटग्रस्त बन्दै गएको वर्तमान प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था र संविधानको असफलताको परिणाम भएको सो पार्टीले जनाएको छ । प्रधानमन्त्री […]

राष्ट्रियसभा सदस्यहरुको स्वाब संकलन

१५ पुस, काठमाडौं । राष्ट्रियसभा सदस्यहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि स्वाब संकलन भएको छ । राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते अपरान्ह ४ बजेको निम्ति आह्वान भएको छ । पहिलो बैठकको अघिल्लो दिन बिहीबार सबै सदस्यको निःशुल्क कोभिड–१९ परीक्षणको व्यवस्था मिलाइएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । भोलिसम्म रिपोर्ट आउने बताइएको छ […]

प्रचण्ड-माधव समूहले संसदीय दलको नेताबाट राईलाई हटायो, आचार्य चयन

१६ पुस, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड-माधव समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन गरेको छ । प्रदेश १ मा नेकपाका ६७ सांसद छन् । […]

राष्ट्रियसभाको पहिलो बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने

१६ पुस, काठमाडौं । राष्ट्रियसभा, हिउँदे अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन पुस १७ गते अपराह्न ४ बजेका लागि आह्वान गरेकी छन् । त्यसको अघिल्लो दिन बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले पहिलो बैठकमा संसदीय दलका नतोहरुले सम्बोधन गर्ने सहमति जुटाएको हो । अधिवेशन […]

रेफ्री कमिटीबाट सुरेन्द्र सिख्राकारको राजीनामा

१६ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रहेको रेफ्री कमिटीका सदस्य सुरेन्द्र सिख्राकारले आफ्नो पदबाट राजीनामा दिएका छन् । सिख्राकारले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई सम्बोधन गर्दै मंगलबार राजीनामा पत्र बुझाएका जानकारी गराएका छन् । सिख्राकारले रेफ्रीको प्रोत्साहनका लागि पहलकदमी नभएको, उत्कृष्ट र सिनियर रेफ्रीहरुलाई अपमान ढंगले पाखा लगाउने कार्य भएको र सल्लाह […]

ओलीको कदम असंवैधानिक छ तर आन्दोलन गरेर अदालतलाई तर्साउनु हुँदैन : देउवा

१६ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक संसद विघटन गरी चुनाव घोषणा गरेर असंवैधानिक काम गरेको बताएका छन् । उनले ओलीको यो निर्णय असंवैधानिक, अप्रजातान्त्रिक र अलोकतान्त्रिक भएको टिप्पणी गरे । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस सूचना, सन्चार तथा प्रचार विभागले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा सभापति […]

कोरोनाको असर : अस्ट्रिच मासु उद्योगलाई ५ करोड बढी नोक्सान

१६ पुस, बुटवल । कोरोना महामारीका कारण लामो समय होटेल-रेष्टुेन्ट व्यवसाय बन्द हुँदा अस्ट्रिच चरा पालन र मासु उत्पादन गर्ने नेपालकै एकमात्र उद्योग अस्ट्रिच नेपाल प्रालिले पाँच करोड रुपैयाँ बढी नोक्सानी ब्यहोरेको छ । प्रालिले रुपन्देहीको तिलोत्तमा मधवलियामा २२ बिघा क्षेत्रफलमा चार हजार बढी अस्ट्रिच चरा पालेको छ । फार्ममा बैंकहरुको मात्र डेढ अर्ब बढी […]

शून्यमा झर्यो काठमाडौंको तापक्रम

१६ पुस, काठमाडौं । काठमाडौं उपत्यकाको आज बिहानको तापक्रम शून्यमा झरेको छ । आज विहान पौने ६ बजे मापन गर्दा काठमाडौंको न्यूनतम तापक्रम १.२ थियो । पौने ९ बजे मापन गर्दा तापक्रम झन् घटेर ०.८ डिग्री सेल्सियस पुगेको मौसमविद राजु प्रधानांगले जानकारी दिए । उनका अनुसार यो तापक्रम यस वर्षकै सबैभन्दा कम हो । जल […]

मेयरको बुवाको निधनको शोकमा सार्वजनिक विदा

१६ पुस, काठमाडौं । झापाको कनकाई नगरपालिकाले मेयर राजेन्द्र पोखरेलको बुवाको निधन भएको शोकमा आज नगरपालिकाभर सार्वजनिक विदा दिइएको छ । मेयर पोखरेलका बुवा गणेशप्रसाद पोखरेलको ८७ वर्षको उमेरमा यही पुस १५ गते निधन भएको थियो । उनको निधनको शोकमा नगरपालिकाले बिहीबार एक दिन नगरपालिकाभर सार्वजनिक विदा दिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन […]

मन्त्रिपरिषद विस्तारविरुद्धको रिटको सुनुवाइ आज

१६ पुस, काठमाडौं । मन्त्रिपरिषद विस्तारविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ । बुधबार सो रिटलाई ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको सो पेसी आज बिहीबारका लागि तोकिएको छ । संसद् विघटनपछि मन्त्रिपरिषद् विस्तार गर्न नपाइने भन्दै अधिवक्ताहरू दिनेश त्रिपाठी, लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले गत १३ पुसमा […]

फेसबुक, प्रेमसम्बन्ध र दुर्घटना

‘मेरो नवीनसँग नाता कायम गरिदिनका लागि मुद्दा लडिदिनुपर्‍यो ।’ एउटा प्रतिष्ठित संस्थानमा काम गर्ने २४ वर्षीया नीताले काठमाडौंको एउटा संस्थामा आएर उजुरी हालिन् । कुरा बुझ्दै जाँदा दुबईमा काम गर्ने एकजना नेपाली युवकसँग फेसबुकमार्फत भेट भएपछि उनीहरूबीच केही समयपछि प्रेमको आदन-प्रदान हुन पुग्यो । दुबईबाट छुट्टीमा घर आएका बेलामा उनीहरू एउटै घरमा सँगै बसे । […]

यमनमा मन्त्रिपरिषदका नयाँ सदस्य आउनासाथ आक्रमण, प्रधानमन्त्री सुरक्षित

१६ पुस, काठमाडौं । यमनको दक्षिणी शहर अदनको विमानस्थलमा मन्त्रिपरिषदका नयाँ सदस्यहरुलाई लक्षित गरी भएको आक्रमणमा कम्तिमा २२ जना मारिएका छन् । ५० जनाभन्दा बढी घाइते भएका छन् । सुरक्षा अधिकारीहरुका अनुसार नयाँ सरकारका सदस्यहरुलाई लिएर छिमेकी देश साउदी अरबबाट एक विमान एयरपोर्टमा ओर्लिनासाथ विष्फोट भएको थियो । मारिनेहरुमा सहायक कर्मचारी र केही अधिकारीहरु छन् […]

हुम्लामा हिउँदे बिदामा पनि पठनपाठन

१६ पुस, हुम्ला । हिमाली जिल्ला हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा बुधबारदेखि शैक्षिक संस्था सञ्चालनमा आएका छन् । लामो समयको लकडाउनका साथै नौ महिनादेखि विद्यालय बन्द भएपछि अदानचुली गाउँकार्यपालिकाले यस वर्षको हिउँदे बिदामा पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेअनुसार बुधबारबाट गाउँपालिकामा रहेका १८ वटा सामुदायिक विद्यालय सञ्चालनमा आएका हुन् । कोरोनाका कारण पाठ्यक्रम पूरा […]

सुक्खा पहाड खनेर निकालियो खानेपानी, फर्किन थाले बसाइँ सरेका गाउँले

१६ पुस, इलाम । खानेपानी अभाव भएपछि यहाँस्थित इलाम नगरपालिका–११ सोयाकमा पहाड खनेर पानी निकालिएको छ । सुक्खाग्रस्त क्षेत्रमा पानीको हाहाकार भएपछि बसाइँ सर्नेको सङ्ख्या बढेको थियो । नगरले डिप बोरिङमार्फत जमिन खनेर पानी निकालेपछि बसाइँ सर्ने फर्किन थालेका छन् । जमिनमुनि करिब १२३ मिटर खनिएको छ तर ५० मिटरमुनि नै पानी भेटिएकाले त्यहीँबाट खानेपानी […]

प्रदेश २ का प्रचण्ड निकट २ जना सांसद ओली समूहमा

१५ पुस, जनकपुरधाम । तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट २ जना प्रदेश सांसद नेकपा विभाजनपछि केपी शर्मा ओली समूहमा लागेका छन् । प्रचण्डकै विश्वासिलो पात्र मानिएका नेकपाका अध्यक्ष प्रभू साहले अप्रत्यासितरुपमासाथ छाडेर ओलीतिर लाग्दै मन्त्री पद पाएका छन् । प्रभु साह ओलीतिर लागेको केही दिनमै साह निकट अन्य २ जना सांसद […]

जाडोयाममा मुटु र मर्निङवाक

‘यो जाडोयाममा बिहान हिँड्ने कि नहिँड्ने ? भनि दिनुहोस् न ।’ एकजना स्वास्थ्य सञ्चारकर्मीमित्रको फोन आयो । ‘किन र ?’ स्वाभाविक रूपमा सोधें । ‘मुटुका रोग भएका वा हुन सक्नेहरुका लागि चिसोमा के गर्ने भनेर केही लेखौं कि भनेर ।’ ओहो कस्तो राम्रो विचार । हामी प्रायःजसो अरू नै मुटुका रोगका कारणहरुको चर्चा गरिरहेका हुन्थ्यौं […]

के हो मेलमिलाप दिवस ? किन छ सान्दर्भिक ?

१६ पुस, काठमाडौं । नेपाली कांग्रेस र उसका भ्रातृसंस्थाहरुले आज ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छन् । पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउने गरिन्छ । यसै सन्दर्भमा कांग्रेसले बुधबार ७७ वटै जिल्लामा […]

गुर्जुधारामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

१५ पुस, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२, गुर्जुधारामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गल्छी घर भइ थापथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ सुभास गमाल छन् । महानगरीय प्रहरी प्रभाग, बलम्बुका प्रहरी निरीक्षक खेमराज राउतका अनुसार बुधबार राति १० बजेतिर बा ४ ख […]

किन रोकियो प्रचण्ड–माधव समूहको आन्दोलन घोषणा ?

१५ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले बुधबार स्थायी कमिटी बैठक राखेर संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारी गरेको थियो । बैठकका लागि नेताहरु पार्टी कार्यालय पेरिसडाँडामा पुगेका थिए भने अपराह्न ३ बजे पत्रकार सम्मेलन गर्ने भनिएको थियो । तर न बैठक बस्यो, न पत्रकार सम्मेलन भयो । संसद विघटनको विरोधमा रहेको नेपाली […]

ओलीको स्वीकारोक्ति : प्रचण्ड–माधवसँग बहुमत छ

१५ पुस, काठमाडौं । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको पक्षमा बहुमत रहेको स्वीकार गरेका छन् । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आफ्नो समूहका सुदूरपश्चिम प्रदेशका कार्यकर्ता सम्बोधन गर्दै ओलीले आफू अल्पमतमा रहेको स्वीकारेका हुन् । प्रचण्ड र माधव नेपालमाथि एकपछि अर्को आरोप लगाउने क्रममा ओलीले बहुमतको दुरुपयोग भएको बताए । ‘पार्टीभित्र […]

निर्मला हत्या प्रकरणमा बर्खास्त एसपीलाई पुनर्बहाली गर्ने मन्त्रिपरिषदको निर्णय

१५ पुस, काठमाडौं । सरकारले निर्मला हत्या प्रकरणमा बर्खास्तीमा परेका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टलाई सेवामा फर्काउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विष्टलाई दुई वर्ष अघि गरिएको कारबाही बदर गर्दै पुनर्बहाली गर्ने निर्णय गरेको हो । प्रहरी महानिरीक्षक समेतको टोलीले स्थलगत अध्ययन गर्दा कर्मचारीबाट चरम लापरबाही र गैरव्यवसायिक […]



from समाचार – Online Khabar https://ift.tt/381wYud
via IFTTT
Powered by Blogger.