समाचार
१२ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पर्याप्त सम्भावना भएर मुलुक पछि परेको बताएकी छिन् । आइतबार नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँगको भेटमा उनले निजी क्षेत्रलाई रोजगारी सिर्जना, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्न सुझाव दिइन् । ‘प्राकृतिक स्रोत साधनमा हामी धनी छौं, बजारका लागि कुनै समस्या छैन तैपनि पर्याप्त लगानी आउन सकेको छैन’ उनले भनिन्, ‘अहिले […]
१२ पुस, जनकपुरधाम । संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश २ मा प्रदर्शन गरेको छ । प्रदेशको अस्थायी राजधानी धनुषा सदरमुकाम जनकपुरधामसहित आठै जिल्ला सदरमुकाममा प्रदर्शन गरिएको छ । प्रदर्शनमा प्रदेशका मन्त्रीदेखि प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधिसम्मले सहभागिता जनाएका छन् । जनकपुरधाममा भएको प्रदर्शनमा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, […]
१२ पुस, विराटनगर । प्रदेश १ का निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री र भौतिक पूर्वाधार राज्यमन्त्रीका कारण प्रदेश वित्तीय संकटको अवस्थामा पुगेको बताएका छन् । शनिबार पदमुक्त भएका उनले मुख्यमन्त्री शेरधन राई र भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले मिलेर स्रोत सुनिश्चतता नगरेको शीर्षकमा बजेट खर्च गर्दा वित्तीय संकटको अवस्थामा पुगेको बताएका […]
११ पुस, डोटी । नेकपा प्रचण्ड-माधव समूहले डोटीमा आइतबार अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ । जिल्ला कमिटीको विस्तारित बैठक नाम दिइएको उक्त भेलामा प्रचण्ड-माधव समूहका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । भेलालाई सम्बोधन गर्दै प्रचण्ड-माधव समूहका नेता नेपबहादुर चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक ‘कू’ गरेको आरोप लगाए । आफूहरुको लडाइँ कुनै व्यक्ति […]
१२ पुस, काठमाडौं । ‘ल, बसौँ-बसौँ’ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुढा तानेर टुसुक्क बस्दै भने । राष्ट्र बैंकका अन्य उच्च अधिकारीहरु तथा नेपाल बैंकर्स संघका पदाधिकारी त्यहाँ थिए । राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु भुवन कँडेल, देवकुमार ढकाल, मुकुन्द क्षेत्री, बमबहादुर मिश्र, गभर्नर कार्यालयका जनसम्पर्क प्रमुख डा. भागवत आचार्य, बैंकर्स संघका अध्यक्ष भुवन दाहाल […]
१२ पुस, कैलाली । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता भीम रावलले प्रधानमन्त्रीले आफ्नो अधिकार भन्दा बाहिर गएर प्रतिनिधि सभा विघटन गरेको आरोप लगाएका छन् । आइतबार धनगढीमा नेकपाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता रावलले संविधानमा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिइएको बताए । ‘प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार दिन हुन्न भन्ने राजनैतिक […]
१२ पुस, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकालागि चिनियाँ कामदार कोरोना खोप लगाएर नेपाल आएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ५२ जना चिनियाँ कामदार चीनमा बनेको कोरोना खोप लगाएर आइतबार नेपाल आइपुगेका हुन् । उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका हुन् । चीनमा देश बाहिर जाने आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप लगाई एक महिना […]
१२ पुस, जनकपुरधाम । सिराहामा आफ्नै सासूको हत्या गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका-३ की ३५ वर्षीया मन्जुदेवी साह रहेकी छन् । गत कात्तिक ११ गते आफ्नै कान्छो छोरा रामअवतार साह र बुहारी मन्जुले बोक्सीको आरोप लगाएर कुटपिट गर्दा ८५ वर्षीया सुदामादेवी घाइते भएकी थिइन् । छोरा र […]
१२ पुस, वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ०६२/६३ पछि मुलुकले गलत बाटो लिएको भन्दै ताजा जनादेशमा गएर त्यसलाई सच्याउनुपर्ने बताएका छन् । आइतबार वीरगञ्जमा राप्रपाले गरेको प्रदर्शनपछिको सभामा उनले भने, ‘जनताले यो बुझ्दै आएका छन् कि धर्म निरपेक्षता, गणतन्त्र र संघीयता नेपाली जनताको भावनाबाट आएको हैन, विदेशीको एजेन्डा रहेछ, बाटो र नीति […]
१२ पुस, जनकपुरधाम । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेनेद्र सोनलले बहुमतमा रहेका प्रधानमन्त्रीले संसद विघटन गर्न नपाइने बताएका छन् । जनता समाजवादी पार्टीले जनकपुरधाममा गरेको कार्यक्रममा उनले बहुमतको सरकार चलाउने व्यक्तिले सरकार चलाउन नसके छोड्नुपर्ने तर संसद विघटन गर्न नपाइने धारणा राखे । ‘बहुमतको सरकार बन्न सक्दैन भने तपाईं छाडिदिनुस्’ उनले भने, ‘ओलीज्यू यो […]
१२ पुस, काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने बताएका छन् । आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले कोभिड–१९ को भ्याक्सिन पारदर्शी ढंगले खरिद गरी सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने अठोट व्यक्त गरेका हुन् । कुनैपनि स्वास्थ्य सामग्री खरिदमा आफ्नो कार्यकालमा कुनैपनि ढंगले अपारदर्शी काम […]
१२ पुस, बुटवल । नेकपा प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले मध्यावधि चुनाव गर्नका लागि घोषणा नगरिएको बताएका छन् । चुनावमा जाने बाटो, प्रयोजन र प्रकृया सबै गलत भएको भन्दै उनले वैशाखमा चुनाव हुन्छ भनेर कसैले नपत्याउने बताए । तिलोत्तमामा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै भुसालले भने, ‘वैशाखमा चुनाव हुन्छ भनेर कसैले पत्याउँछ ?’ उनले संसद […]
१२ पुस, काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ टोली राष्ट्रपति कार्यालय, शितलनिवास पुगेको छ । केहीवेरअघि चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली शितलनिवास प्रवेश गरेको हो । टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । आइतबार दिउँसो एयर चाइनाको विमानमार्फत उनीहरु नेपाल आएका थिए । राष्ट्रपति भण्डारीपछि प्रधानमन्त्री […]
१२ पुस, काठमाडौं । ११ वर्षीय छोराले साबुन पानीले बारम्बार हात धोएको भन्दै महाराजगञ्जका एक अभिभावक बालरोग विशेषज्ञ कहाँ पुगे । बालरोग विशेषज्ञले कान्ति बाल अस्पतालको मानसिक विभाग युनिटमा रिफर गरे । अनौठो लक्षण देखाएका छोरालाई उपचार गर्नुको सट्टा मानसिक विभागमा पठाउँदा अभिभावकलाई ती विशेषज्ञसँग रिस नउठेको होइन । तर मानसिक विभागका चिकित्सकले भनेपछि थाहा […]
१२ पुस, काठमाडौं । अरुण कुँवर कान्ति बाल अस्पतालमा सन् २०१५ मा मानसिक रोग युनिट सुरु गर्ने नेपालको पहिलो बाल साइक्याक्ट्रिक हुन् । कुँवरका अनुसार हरेक वर्ष ५–६ हजार मानिस मानसिक समस्याको कारण मरिरहेका छन् । ४० प्रतिशतदेखि ६० प्रतिशत वयस्कमा देखिने मानसिक समस्या १४ वर्षअघि नै सुरु भएको हुन्छ । समयमै त्यसको पहिचान र […]
१२ पुस, काठडमाडौं । नवनियुक्त श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले अधिकतम् रोजगारी सिर्जनाका लागि प्रयास गर्ने बताएका छन् । तर, महामारीका कारण अवस्था जटिल भएकाले प्रतिशत किटान गरेर भन्न नसकिने उनले बताए । ‘अब कसरी रोजगारी सिर्जाना गर्ने भनेर छलफल हुन्छ,’ चौधरीले भने,’कसरत धेरै रोजगारी सिर्जाना गर्न प्रयास गर्छौं, तर महामारीले अवस्था सहज […]
१२ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन पुस १७ गते आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा १ बमोजित १७ गते अपराह्न ४ बजे बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।
१२ पुस, सुर्खेत । कर्णाली प्रदेश सरकारले सशस्त्र द्वन्द्वका घाइतेलाई निःशुल्क उपचार गर्ने भएको छ । प्रदेश सरकारले निःशुल्क उपचार गर्न कर्णालीका दुई र संघीय राजधानी काठमाडौंका दुईवटा अस्पतालसँग सहकार्य गरेको छ । चारवटा अस्पतालबाट सशस्त्र द्वन्द्व र प्रदेश प्राप्तिको आन्दोलनका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क उपचार गरिने छ । यसका लागि एक करोड […]
१३ पुस,काठमाडौं । नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा कुमारी अर्यालले पदभार ग्रहण गरेकी छिन् । आइतबार मन्त्रालयमा पदभार सम्हाल्दै उनले निवर्तमान कृषि मन्त्री घनश्याम भुसाललाई बिदाइ गर्न नपाएकोमा दुःख व्यक्त गरिन् । ‘उहाँको कार्यकालमा राम्रा कामहरु भएका छन्, त्यसको अनुसरण गर्दै उहाँलाई यहीँ मञ्चबाट बिदाइ गर्न चाहान्थेँ, तर उहाँ ब्यस्त हुनुभयो,’मन्त्री अर्यालले भनिन् […]
१२ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३८२८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार पुगेको छ । उनीहरुमध्ये २ लाख ४९ हजार ८६३ जना संक्रमणमुक्त भएका छन् भने १८२५ जनाको […]
१२ पुस,काठमाडौं । मंसिर २८ गतेदेखि काठमाडौं आएर न्यायका लागि लडिरहेका सर्लाहीका वयोवृद्ध उखुकिसान गगनदेव रायको दुई विगाह खेत ललामीबाट जोगिएको छ । सामाजिक अभियान्ताहरुले जुटाइएको सहयोग र चिनी मिलले तिरेको पैसाले धितो लिलामी नहुने निश्चित भएको अभियान्ता नवीन यादवले बताए । ‘आइतबारसम्म गगनदेवको खातामा पाँच लाख ५५ हजार रुपैयाँ जम्मा भएको छ, अब लिलामी […]
from समाचार – Online Khabar https://ift.tt/3aMspWb
via IFTTT