समाचार
१५ पुस, काठमाडौं । रोल्पामा मंगलबार आयोजित कार्यक्रममा निवर्तमान मन्त्री एवं नेकपा प्रचण्ड–माधव समूहका नेता वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरूको कल–ट्यापिङ गरेको आरोप लगाए । संसद विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव पक्षद्वारा आयोजित कार्यक्रममा नेता पुनले भने, ‘सबै नेताहरूको टेलिफोन ट्यापिङ भइरहेको छ, नेताहरूले फोनमा गोप्य कुरा गर्न मिल्दैन, सञ्चारका साधनहरूमा कुरा गर्न नमिल्ने […]
१५ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आंशिक प्राध्यापकहरू विभिन्न माग राख्दै आन्दोलित छन् । २०६२ सालदेखि सुरु भएको आंशिक प्राध्यापकहरूको आन्दोलनको सिलसिला तोड्ने अनेकौं प्रयास भए पनि अहिलेसम्म ती सबै प्रयास असफल हुँदै आएका छन् । आंशिक प्राध्यापक संघका माग पूरा गर्नको लागि पटकपटक सहमति पनि भए । तर ती कुनै पनि सहमति कार्यान्वयन […]
१५ पुस, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैंक खाता रोक्का हुने भएको छ । आन्तरिक विवादपछि विभाजनको औपचारिक घोषणामात्रै हुन बाँकी रहेको नेकपाको विवाद समाधान नहुञ्जेलसम्म जुनजुन बैंकमा खाता रहेका छन्, ति सबै बैंक खाता रोक्का हुने भएको हो । निर्वाचन आयोगको निर्णय नआउञ्जेलसम्म दुबै पक्षले खाता सञ्चालन गर्न नपाउने गरी […]
१५ पुस, जनकपुरधाम । महोत्तरीको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । जिल्लाको मटिहानी नगरपालिका-७ मा ना १ ज ३६०० नम्बरको पिकअप भ्यानको ठक्करबाट स्थानीय मनोज ठाकुरका ६ वर्षका छोरा राज ठाकुरको मृत्यु भएको छ । भ्यानको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि जनकपुरतर्फ […]
१५ पुस, काठमाडौं । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती र यसका सहायक नदी किनारमा मापदण्डविपरीत बनेका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ । समितिले यही पुस ८ गते सार्वजनिक सूचना प्रकाशन गरी वाग्मती र यसका सहायक नदी किनारमा बनेका मापदण्डविपरीतका संरचना हटाउन आह्वान गरेको हो । मन्त्रिपरिषद्ले विसं २०६५ मङ्सिर […]
१५ पुस, काठमाडौं । नेकपा ओली समूहका नेता कर्णबहादुर थापाले चुनाव चिह्न प्राविधिक विषय भएकाले सूर्य चिह्नमा नअलमलिन कार्यकर्तालाई आग्रह गरेका छन् । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय अगुवा भेलामा थापाले निर्वाचन चिह्नको प्राविधिक विषयमा नअल्मलिन आग्रह गरे । ‘निर्वाचन चिह्न के होला भन्ने अलमल देखिन्छ । यो प्राविधिक कुरा हो’, उनले भने । […]
१५ पुस, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैंक खाता रोक्का गर्न आग्रह गर्दै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले बैंकहरुमा पत्राचार गरेका छन् । पार्टीभित्र विवाद रहेको र सम्पत्तिमा कसको हक लाग्ने भन्ने यकिन नभएको भन्दै उनीहरुले नेकपाको खाता रहेका बैंकहरुमा इमेलमार्फत पत्र पठाएका छन् । पुस १२ गतेको मिति […]
१५ पुस, काठमाडौं । विवेकशील साझा पार्टीले वसन्तपुरमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । संसद विघटन र मध्यावधि निर्वाचन घोषणाको विरोधमा प्रदर्शन गरिएको हो । पार्टीका केन्द्रीय सदस्य हरिशप्रसाद भट्टका अनुसार विरोध प्रदर्शनका क्रममा असंवैधानिक प्रतिनिधिसभा विघटनबारे सडक नाटकसमेत देखाइएको थियो । कार्यक्रममा पार्टीका संयोजक मिलन पाण्डे, नेता विराजभक्त श्रेष्ठ लगायत सहभागी थिए । तस्वीरहरुः आर्यन […]
१५ पुस, गोरखा । पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले गोरखाबाट काठमाडौंसम्म एकीकरण पदयात्रा गर्ने भएको छ । नेपाल एकीकरणको उद्गमस्थल गोरखादेखि पृथ्वीनारायण शाहले गोरखा राज्य एकीकरण गर्दा प्रयोग गरेका मार्ग समेटेर पुस २१ गतेदेखि पदयात्रा गर्न लागेको नेपाली सेनाको रणसिंह दल गण गोरखाका गणपति प्रमुख सेनानी उज्ज्वल केसीले जानकारी दिए । ‘गोरखा नगरपालिकाको हनुमान चौताबाट […]
१५ पुस, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा तीन वटा सवारी साधन ठाेक्किएर भएकाे दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । नगरपालिकाकाे वडा नम्बर ९ मालटोलस्थित राजमार्गको घुमाउरो सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ च ९३१७ नम्बरकाे जिपलाई सोही दिशातर्फ जाँदै गरेकाे बीआर ०६ जिडी ८८५९ नम्बरको भारतीय ट्रकले ठक्कर दिएको थियो । […]
१५ पुस, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आफ्नी बिरामी पत्नी सिता दहाललाई भेट्न भैंसेपाटीस्थित मेडसिटी अस्पताल पुगेका छन् । आकस्मिक रुपमा बिरामी परेपछि मेडीसिटी अस्पताल भर्ना भएकी सीता दाहाललाई भेट्न प्रचण्ड अस्पताल पुगेका हुन् । बुधबार स्वास्थ्यमा थप समस्या भएपछि उपचारका लागि आमालाई अस्पताल लगिएको उनकी छोरी गंगाले जानकारी दिइन् । लामो समयदेखि […]
१५ पुस, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल प्रचण्डको सामान्य कार्यकर्ता बनेको टिप्पणी गरेका छन् । ओली समूहले बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘माधव नेपालजीबारे धेरै टिप्पणी गर्न चाहन्न, उहाँ प्रचण्डको मामुली कार्यकर्ता हो ।’ पूर्वप्रधानमन्त्री नेपाल कार्यकर्ता हुन प्रचण्डसँग गएको उनको आरोप छ […]
१५ पुस, सुर्खेत । स्थानीयको विरोधपछि सुर्खेत विमानस्थल विस्तारका लागि आवश्यक जग्गा अधिग्रहण गर्ने प्रक्रिया रोकिएको छ । स्थानीयले विरोध जनाएपछि जग्गा अधिग्रहणका लागि थालिएको लगत संकलन कार्य तीन दिनमै रोकिएको नागरिक उड्डयन कार्यालय सुर्खेतले जनाएको छ । पुस ९ गतेदेखि लगत संकलनको काम थालिएको थियो । विमानस्थल विस्तार गर्न नहुने भन्दै स्थानीयले विरोध जनाएपछि […]
१५ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ बुद्धको जन्मस्थल लुम्बिनीमा ‘महासिद्ध सेन्चुरी फर युनिभर्सल पिस’ केन्द्र निर्माण अभियानमा ऐक्यवद्धता जनाएका छन् । नेपालमा एक रुपैयाँ र अन्यत्र एक अमेरिकी डलर दान अभियान चलाएर केन्द्रका संरचना निर्माण गर्न सुरु गरिएको छ । लुम्बिनीमा बुधबार भएको कार्यक्रममा निवर्तमान कार्यकारी निर्देशक घिसिङले केन्द्रका […]
१५ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५११० जनामा गरिएको परीक्षणमा ३०७ पुरुष र २०४ महिला गरी ५११ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ । पछिल्लो […]
१५ पुस, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा क्षेत्रको जंगलमा लागेको डेढेलो चार दिन बित्दासमेत नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउने प्रयास स्वरुप हेलिकोप्टरमार्फत पानी हालिए पनि सम्भव भएन । ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी महेन्द्र श्रेष्ठका अनुसार पाथिभरा मन्दिर, त्यहाँसम्म जाने सडक क्षेत्रलाई सुरक्षित गरिएको छ । तर, पाखामा आगो नियन्त्रणमा लिन नसकिएको उनले बताए । […]
१५ पुस, काठमाडौं । नेकपा ओली समूहका नेता लेखराज भट्टले पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री अहिल्यै चाहियो भनेर केटाकेटीपन देखाएको टिप्पणी गरेका छन् । ओली समूहले बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै भट्टले केटाकेटीले जिद्धी गरे जसरी प्रधानमन्त्री चाहियो भनेर माइतीघर मण्डलामा लडिबुडी गरेको बताए । उनले अघि भने, ‘राति सुत्दा पनि प्रधानमन्त्री नै देख्छन् […]
१५ पुस, रसुवा । उत्तरी रसुवाको गत्लाङ्मा बुधबार भएको आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । प्रहरी कार्यालय रसुवाका अनुसार आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गत्लाङ गाउँका बमबहादुर तामाङ र चुङ्थुङ तामाङको घर आगलागी भएको हो । सो आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । करीब ६०० घरधुरी रहेको गाउँ बीचमा रहेका ती दुई घर […]
१५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति कार्यालयले असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद विघटन गरेको भन्दै बृहत नागरिक आन्दोलनले नाैमती बाजा बजाएर विरोध प्रदर्शन गरेको छ । संसद पुनर्स्थापनाको माग राखेर बुधबार माइतीघर मण्डलामा महिला नौमती बाजा समूहले नाैमती बाजा घन्काएका हुन । कार्यक्रममा नागरिक समाज, बुद्धिजिवी, विभिन्न पेशा व्यावसायी तथा आमनागरिकको […]
१५ पुस, काठमाडौं । संवैधानिक परिषदसम्बन्धी अध्यादेश बदर गर्न माग गर्दै पेश भएको रिट सर्वोच्च अदालतमा दर्ता हुने भएको छ । यसअघि सर्वोच्च अदालतको रजिस्ट्रारले उक्त दरपीठ गरिदिएको उक्त रिट बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले दर्ता गर्न आदेश दिएको हो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मंसिर ३० गते संवैधानिक परिषद (काम कर्तव्य, अधिकार र कार्यविधि […]
१५ पुस, काठमाडौं । कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गरेको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा परेको छ । बुधबार सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलाशमा चढेको पेसी हेर्न नभ्याइने परेको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले कामचलाउ बनीसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् […]
from समाचार – Online Khabar https://ift.tt/34UCLjf
via IFTTT