समाचार
१६ असार, काठमाडौं । इजिप्ट अफ्रिका कप अफ नेसन्स फुटबलमा समूह ‘ए’ को विजेता बन्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार विहान भएको खेलमा इजिप्टले समूह ‘ए’ को अन्तिम खेलमा युगाण्डालाई २-० गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो । इजिप्टको जितमा मोहमद सलाह र एल मोहम्मदीले गोल गरे । खेलको ३६ औ […]
१६ असार, काठमाडौं । राजधानीबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले रोपाइँदेखि आइफाको खर्चसम्मका विषयमाथि परिचर्चा गरेका छन् । नयाँ पत्रिकाले ‘आइफाको खर्च : कसलाई कति पर्छ ?’ शीर्षक दिएर नेपालमा हुने भनिएको इन्टरनेशसनल इन्डिया फिल्म अवार्ड (आईफा) मा लाग्ने खर्चको हिसाब निकालेको छ । नेपाली सैनिक मुख्यालयको खेलकुद मैदान अथवा सैनिक मञ्च टुँडिखेलमध्ये कहाँ आयोजना हुने […]
१६ असार, काठमाडौं । स्पेनले युरो यू-२१ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । इटालीमा आज विहान सम्पन्न युरो यू-२१ च्याम्पियनसिपको फाइनलमा जर्मनीलाई २-१ गोलअन्तरले पराजित गर्दै स्पेनले उपाधि उचालेको हो । सुरुवातीदेखि नै आफ्नो पकड बनाएको स्पेनले अग्रतालाई कायमै राख्दै जित हात पारेको हो । स्पेनलाई उपाधि दिलाउन फावियन रुइज र ड्यानी ओल्मोले गोल गरे […]
१६ असार, काठमाडौं । विश्वकप क्रिकेटमा आज श्रीलंकाले वेष्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ । रिभरसाइड ग्राउन्डमा नेपाली समयअनुसार यी दुई देश बीचको खेल ३ बजेर १५ मिनेटमा सुरु हुनेछ । श्रीलंकाको विश्वकपको सेमिफाइनलमा पुग्ने गणितीय सम्भावना कायमै छ । त्यसैले आजको खेलमा जित हात पार्दै विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावनालाई मजबुत बनाउन श्रीलंका चाहन्छ । पाकिस्तान र इंग्ल्यान्डको […]
१६ असार, काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत आइतबार राति भएको भएको खेलमा इंग्ल्याण्डले भारतलाई ३१ रनले पराजित गरेको छ । यो जितसँगै इंग्ल्याण्ड १० अंकका साथ तालिकाको चौथो स्थानमा पुगेको छ । हारका बाबजुद भारत अंक तालिकाको दोस्रो स्थानमा छ । इंग्ल्याण्डले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३३७ रन बनाएको थियो […]
१५ असार, काठमाडौं । सर्लाहीमा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिकामा शनिबार एक बालकको मृत्यु भएको विषयलाई लिएर राजमार्गमा प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा स्थानीय सत्यनारायण महतोको मृत्यु भएको हो । खोलामा बालुवा झिकेको खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि स्थानीय वासिन्दाले बालकको शवसहित राजमार्गमा प्रदर्शन गरेका थिए । राजमार्गको […]
१५ असार, काठमाडौं । काठमाडौंको बनस्थली क्षेत्रमा कलेज पढ्ने किशोरी केही सातादेखि अनौठो समस्याबाट पीडित थिए । गल्लीबाट छिर्ने वित्तिकै एक अधवैंशेले बाटो छेक्थे, अगाडि पुगेर पाइन्ट खोलेर गोप्य अंग देखाइदिन्थे । पीडित किशोरीले महानगरीय प्रहरी वृत्त, बालाजुका उजुरी गरेपछि सादा पोशाकका प्रहरी खटाइयो । पीडितले दिएको हुलियाअनुसारका ३९ वर्षीय जादुलाल राउत कुर्मी पक्राउ परे […]
१५ असार, काठमाडौं । शुक्रबार जतिबेला महानगरीय प्रहरी परिसर, टेकुले सिरिन्ज आक्रमणमा संलग्न भएको आरोपमा पक्राउ गरेका सन्तोष कार्कीलाई सार्वजानिक गर्दै थियो, नजिकैको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भने केही महिला ‘ममाथि सिरिञ्ज आक्रमण भयो’ भन्दै पुगेका थिए । चार जनामाथि भएको आक्रमणको जिम्मा लिएका कार्कीले सिरिन्ज होइन, ढलानको काँटीले घोपेको भनेर बयान दिएको […]
१५ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले १६ वर्ष मुनिका लागि छनोट गरेका मध्ये दुई तिहाई खेलाडी बढी उमेरको भएको पाइएको छ । अजय रानाको टोलीले गरेको शारीरिक परीक्षणमा ३५ मध्ये २५ जना अनुत्तीर्ण भएको छनोट समितिमा एक प्रशिक्षकले अनलाइनखबरलाई जानकारी दिए । एन्फा उपाध्यक्ष तथा युथ कोअर्डिनेटर उपेन्द्रमान सिंहले पाँच जना प्रशिक्षक […]
१५ असार, बुटवल । प्रदेश ५ को स्थायी राजधानी र नामाकरण सिफारिस गर्न गठित विशेष समितिले विशेषज्ञहरुलाई कसैको प्रभावमा नपरी यथार्थपरक राय सुझाव दिन आग्रह गरेको छ । राजधानी र नामाकरणका लागि १२ वटै जिल्लाबाट सुझाव संकलनपछि प्रदेशसभा सचिवालयले गत जेठ ११ गते वातावरणविज्ञ, सुरक्षा विज्ञ र भूगोग विज्ञ गरी तीनजना विज्ञलाई राय सुझाव दिनका […]
१५ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीयता खारेजीको बाटोतिर नजान सरकारलाई चेतावनी दिएका छन् । जनतामा ‘प्रदेश सरकार नभए पनि हुन्छ’ भन्ने भाव आएको भन्दै सचेत हुन प्रदेश सरकारहरुलाई आग्रह गरे । आइतबार आफ्नै निवासमा केही सञ्चारकर्मीहरुसँग कुरा गर्दै सिटौलाले भने, ‘संघीयता दिन प्रतिदिन कमजोर भइरहेको छ र यो खारेजीको वाटोतिर जान […]
१५ असार, विराटनगर । उपप्रधानमन्त्री तथा नेकपा नेता ईश्वर पोखेलले पार्टीका दुई अध्यक्षबीच प्रधानमन्त्री भएको भनिएको सहमतिको अनावश्यक रुपमा मार्केटिङ (प्रचार) भइरहेको आरोप लगाएका छन् । मदन भण्डारीको जन्म जयन्तीको अवसरमा विराटनगरमा आइतबार आयोजित अन्तर्क्रियामा उनले प्रधानमन्त्री पद आलोपालोको विषय मार्केटिङ गरिरहनुपर्ने विषय नभएको बताएका हुन् । ‘आलोपालोको विषयमा भित्री सम्झौताबारे कमिटीलाई नै थाहा छैन, […]
१५ असार, काठमाडौं । कर्मचारी सञ्चय कोषले ‘तामाकोसी ५ जलविद्युत आयोजना’ लाई माथिल्लो तामाकोसी जलविद्युत कम्पनीअन्तरगत नै राख्नुपर्ने माग अघि सारेको छ । निर्माणाधीन माथिल्लो तामाकोशी आयोजना सम्पन्न हुनै लाग्दा त्यसको लगानीकर्ता रहेको कर्मचारी सञ्चय कोषले तामाकोसी ५ लाई तामाकोसी जलविद्युत कम्पनीको छाताबाट बाहिर नलैजान सरकारको ध्यानाकर्षण गराएको हो । हाल माथिल्लो तामाकोसी निर्माणका लागि […]
१५ असार, पोखरा । आइतबार असार १५ गते, सरकारले राष्ट्रिय धान दिवसको रुपमा मनाउँदै आएको छ । सरकारले औपचारिक रुपमा कुनै दिवस नमनाउँदा पनि किसानले यसै दिनमा दही चिउरा खाएर असार १५ मनाउने गरेका थिए । धान दिवसको अवसर पारेर पोखरा महानगरपालिका १७ महतगौंडामा पर्यटन परिषद्ले आइतबार रोपाईं महात्सव गरेको छ । १६ वर्षअघिबाट सुरु […]
१५ असार, काठमाडौं । धावनमार्ग पुनस्र्थापना गर्न १४ घण्टामात्र सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि २१ घण्टा खुल्ने भएको छ । करीव ४० वर्ष पुरानो धावनमार्ग मर्मत गर्न गत १८ चैतदेखि त्रिभुवन विमानस्थल १४ घण्टा मात्र सञ्चालन गरिएको थियो । विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द थियो । यस अवधिमा त्रिभुवन विमानस्थलबाट हुने […]
१५ असार, काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका नायब सुब्बा ललितकुमार झाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले आफ्नो जागिर अवधिमा १ करोड ५६ लाख ७९ हजार २६ रुपैयाँ अवैध आम्दानी गरेको दावी गर्दै अख्तियारले उनी र उनकी पत्नीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । २०४० असार १७ गते मुखियाबाट […]
१५ असार, काठमाडौं । आगामी मंगलबारदेखि वित्तीय साक्षरता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौं शुरु हुने भएको छ । नेपाल धितोपत्र बोर्डको आयोजनामा आगामी मंगलबारदेखि उक्त सम्मेलन आयोजना हुने भएको हो । आइतबार पत्रकार सम्मेलन गरेर बोर्डले सम्मेलनबारे जानकारी दिएको छ । बोर्डका अनुसार दुई दिनसम्म चल्ने सम्मेलनमा विश्वका विभिन्न मुलुकबाट सय बढी प्रतिनिधि सहभागी हुनेछन् । […]
१५ असार, काठमाडौं । काठमाडौंको फोहोर बोकेको गाडीलाई सिसडोलबासीले अवरोध नगर्ने भएका छन् । आइतबार भएको सिसडोलका स्थानीय र काठमाडौं महानगरपालिकाका अधिकारीबीच भएको सहमति पछि अवरोध हट्ने भएको हो । नुवाकोटको सिसडोलबासीले काठमाडौंबाट फोहोर बोकेका गाडीलाई ५ दिनदेखि अवरोध गर्दै आएका थिए । उनीहरुले प्रभावित क्षेत्रका बासिन्दालाई दिइँदै आएको क्षतिपूर्ति बढाउनुपर्ने, बाँकी क्षेत्र पनि अधिग्रहण […]
१५ असार, बुटवल । असार १५ का दिन देशभरि १६औं राष्ट्रिय धान दिवस र रोपाईं महोत्सवका कार्यक्रम चलिरहेका छन् । मन्त्री, सांसद र स्थानीय तहका जनप्रतिनिधिले खेतमा पसेर हंसिलो मुद्रामा धान रोपेका हिलाम्य तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् । तर, खेती गर्ने वास्तविक किसान भने वर्षभरिको मुख्य खाद्यान्न बाली लगाउने बेला मलको अभावले पिरोलिएका […]
१५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा गरिबी र बेरोजगारी अन्त्य हुने दाबी गरेका छन् । तर, उनले आफूले गरेको राम्रा कामको चर्चा नगरिदिए पनि हुने बताए । श्रम तथा रोजगार सम्मेलन उदघाटन समारोहलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मैले गरेको राम्रो कामको चर्चा नगर्दा पनि हुन्छ । च्यातेर डस्टबिनमा […]
१५ असार, वीरगञ्ज । यसवर्ष मनसुन राम्रोसँग सुरु भएका छैन । जसले गर्दा आकाशे पानीको भरमा खेती गर्ने पर्सा, बाराका किसान चिन्तित छ । सिँचाइ सुविधा भएको गण्डक नहरभन्दा दक्षिणी क्षेत्रका किसानको पनि चिन्ता हटेको छैन । किनकी असारको १५ गते भइसक्दा पनि गण्डक नहरमा पानी आएको छैन । अहिले चुरेको दक्षिणमा पर्ने उत्तरी क्षेत्र […]
from समाचार – Online Khabar https://ift.tt/2Nr5upq
via IFTTT






















