समाचार
१८ माघ, चितवन । चितवनको भरतपुर अस्पतालले कोरोना भाइरस संक्रमितको उपचार गर्न पाँच शय्याको छुट्टै आइसोलेसन वार्ड बनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले अस्पतालको ‘ए’ ब्लकको तेस्रो तलामा यस्तो वार्ड बनाइएको जानकारी दिए । कोरोना भाइरसको संक्रमण देखिए वा आशंका लागेका बिरामीहरुलाई यहीँ राखेर उपचार गरिने डा. तिवारीले बताए । यसका लागि […]
१८ माघ, चितवन । चीनबाट फैलिएको कोरोना भाइरस संक्रमणका कारण चितवनको पर्यटन व्यवसाय प्रभावित भएको व्यवसायीले बताएका छन् । देशकै तेस्रो पर्यटकीय गन्तब्यका रुपमा रहेको चितवनमा चिनियाँ पर्यटक आउने क्रम निकै कम भएको छ । क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले कोरोना भाइरस संक्रमणको असर सौराहामा परेको बताए । ‘धेरैजसोले बुकिङ रद्द गरेका छन्,’ […]
१८ माघ, काठमाडौं । बेलायत अर्थात् ब्रिटेन युरोपेली संघ (ईयू)बाट औपचारिक रुपमा अलग भएको छ । नेपाली समयअनुसार शनिबार बिहान करिब पौने पाँच बजे ब्रिटेनले ईयूसँगको ४७ वर्ष पुरानो सदस्यता अन्त्य गरेको हो । करिब तीन वर्ष अगाडि गरिएको जनमतसंग्रहमा ब्रिटेनका जनताले ब्रेक्जिटको पक्षमा मत दिएका थिए । ब्रिटेन ईयूबाट ‘एक्जिट’ हुने अर्थात् बाहिरिने प्रक्रियालाई […]
१८ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्र र मानिसको अत्यधिक भीड हुने स्थानलाई पहिलो प्राथमिकतामा राखेर सार्वजनिक शौचालय निर्माण गर्ने तयारी गरेको छ । नयाँ शौचालय निर्माणसँगै सञ्चालनमा रहेका सार्वजनिक शौचालयको गुणस्तर सुधार गर्नुपर्ने, पहुँच बढाउनुपर्ने, पेट्रोल पम्पलगायत सार्वजनिक सेवा प्रदायक निकाय र होटल, रेष्टुराँलगायत निजी तथा व्यावसायिक स्थान सञ्चालन भइरहेका शौचालयलाई स्तरोन्नति गरिने […]
१८ माघ, काठमाडौं । आजका धेरैजसो पत्रिकाहरु कोरोना भाइरसको त्रास र नेकपा केन्द्रीय कमिटी बैठकमा उठेका विषयमा केन्द्रित छन् । कोरोना भाइरसको उदगमस्थल वुहानका विद्यार्थी फिर्ता ल्याउन माग गर्दै नेपाल सरकारले चीनलाई पत्र पठाएको, चीन घुम्न गएका एक नेपाली डाक्टर कोरोना भाइरस प्रभावित क्षेत्रमा अलपत्र परेको, मेडिकल कलेजहरुले फेरि अतिरिक्त शुल्क असुलेको लगायतका समाचारहरु पनि […]
संविधानसभाबाट नयाँ संविधान जारी भएपछि सम्पन्न प्रथम निर्वाचनमा एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीलाई जनताले राज्य सञ्चालनको निमित्त स्पष्ट बहुमत प्रदान गरे । दुई दशकभन्दा लामो हिंसात्मक विद्रोह र अस्थिरता र अराजकतापूर्ण संक्रमणबाट आजित भएका नेपाली जनताले नयाँ संविधानबमोजिम निर्वाचन भएपछि शान्ति र स्थायित्व कायम हुनेछ तथा देश आर्थिक विकास र समृद्धिको बाटोमा […]
१७ माघ, विराटनगर । अनलाइन सपिङको नाममा ठगी गर्ने गिरोहले नागरिकताको फोटोकपी कै भरमा नक्कली बैंकखाता खोलेको भेटिएको छ । ६७ लाख ९९ हजार ७५० रुपैयाँसहित पक्राउ परेका आठ जनाले फोटोकपी कै भरमा ७८ वटा बैंक खाता खोलेको पाइएको प्रहरीले जनाएको छ । यसरी खाता खोल्दा महिला बढी प्रयोग भएका छन् । खाता खोल्दा एउटा […]
१७ माघ, काठमाडौं । सरकारले छाउगोठ भत्काएको भन्दै संसदमा विरोध भएको छ । जुम्लाबाट निर्वाचित सांसद गजेन्द्र महतले छाउगोठको नाममा आफूहरुका घर भत्काएको भन्दै विरोध गरेका हुन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले भने, ‘एउटा व्यक्तिको मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ ? आठ जना मान्छेको एउटा होटलमा मृत्यु भएको छ, होटल भत्काउँदै हिँड्ने ? हजारौं […]
१७ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकारले ल्याएको सञ्चार सम्बन्धी विधेयकको आलोचना र विरोध सुरु भएको छ । प्रदेश सरकारले प्रदेशसभामा दर्ता गराएको ‘रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ को पत्रकार र सञ्चार उद्यमीले विरोध गरेका छन् । सञ्चार माध्यमलाई अङ्कुश लगाउने उद्देश्यले सरकारले विधेयक ल्याएको भन्दै पत्रकार महासंघ सुदूरपश्चिम […]
१७ माघ, बलेवा । बागलुङको तमानखोला गाउँपालिका–१ बिसोकमा श्रीमतीले धकेलेर ठोकिँदा चोट लागेर श्रीमानको मृत्यु भएको छ । सामान्य घरायसी विवादमा उनीहरुबीच कुटाकुट नै भएको स्थानीयवासीले बताएका छन् । श्रीमती भने गम्भीर घाइते भएकी छिन् । माघ १६ गते घरायासी विवादको क्रममा ६४ वर्षीय रविलाल विकले ६० वर्षीया श्रीमती जमुना विकलाई कुटेका थिए । कुटपीटको […]
१७ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक बुधबारदेखि राजधानीमा जारी छ । चालु बैठकले ‘पूर्वमाओवादी’ र ‘पूर्वएमाले’ नामका दुई मुख्य गुटहरुलाई तीन कित्तामा बाँडेर ‘सिमेन्टेड’ गरिदिएको छ । नेकपाभित्र अब ‘पूर्वमाओवादी’ र ‘पूर्वएमाले’ समूह भन्ने रहेनन् । केन्द्रीय कमिटीको नयाँ समीकरण हेर्दा अब पार्टीभित्र प्रचण्ड समूह, ओली समूह र […]
हामी डिजिटल रुपान्तरणतर्फ छौं । आज म आउँदै गर्दा अप्टिकल फाइबर काटियो विराटनगरभन्दा ९ किलोमिटर माथि । हिजो बेलुकादेखि बिहानभर टेलिफोन अवरुद्ध थियो । त्यो समस्या काठमाडौंबाट मात्रै हेरिन्थ्यो, अब त्यस्तो समस्या नआउने गरी धरानमा डाटा सेन्टर बनाउँदैछौं । जहाँबाट सम्पूर्ण पूर्वी क्षेत्रलाई चाहिने डाडा र सुरक्षा हुन्छ । यो प्रक्रिया सुरु भएको छ र […]
१७ माघ, काठमाडौं । काठमाडौंमा ‘अन्तर्राष्ट्रिय मेयर सम्मेलन–२०२०’ हुने भएको छ । काठमाडौं उपत्यकाका पालिकाहरुको संगठन उपत्यका नगरपालिका फोरमले आगामी असोजमा मेयर सम्मेलन गर्ने भएको हो । असोज २१ देखि २४ गतेसम्म फोरमले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सम्मेलनबारे जानकारी दिएको हो । असोज २१ देखि २४ गतेसम्म चल्ले सम्मेलनका लागि २३० जना विभिन्न देशका […]
१७ माघ, काठमाडौं । बालुवाटारको ललिता निवासले चर्चेको ११४ रोपनी जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्वमुख्य सचिव एवं हाल चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलसहित ४० जनाभन्दा बढीलाई कारवाही गर्न सिफारिस गरेको छ । राजनीतिक दलका नेतालाई चाहिँ जोगाइएको छ । मन्त्रिपरिषदको कार्यदेश बमोजिम अनुसन्धान थालेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कीर्ते गरेर नक्कली मोही खडा गरी […]
१७ माघ, कैलाली । कैलालीमा लागू औषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले चेक जाँचका क्रममा धनगढी उपमहानगरपालीका-४ बाट ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-५ का १९ वर्षीय विराट रावल, वडानम्बर ७ देवरीयाका फुलचन राना र अछाम मंगलसैन नगरपालिका-१ जुपुका २१ वर्षीय राजेन्ऽ […]
१७ माघ, काठमाडौं । दाङको लमहीमा स्कुल बसले किच्दा शुक्रबार एक जना बालिकाको मृत्यु भएको छ । दाङको लमहीस्थित गोरखा बोर्डिङ स्कुलको रा १ क १०२८ नम्बरको स्कुल बसले किच्दा लमही नगरपालिका-६ देउपुरकी डेढ वर्षीया बालिका सखिना खातुनको मृत्यु भएको हो । विद्यार्थी ओरालेर जाने क्रममा बसले खातुनलाई किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको […]
१७ माघ, बुटवल । बुटवलमा सूचना प्रविधिसम्बन्धी क्यान इन्फोटेक मेला सुरु भएको छ । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा बुटलवमा सञ्चालित क्यान इन्फोटेक २०२० को शुक्रबार प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले उद्घाटन गरे । माघ २१ गतेसम्म बुटवलको गोलपार्कस्थित बुटवल बहुमुखी क्याम्पस प्रांगणमा सञ्चालन हुने मेलामा मेलामा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका […]
१७ माघ, काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई पक्राउ गर्ने तयारी गरिएको छ । संघीय प्रहरी इकाइ कार्यालय, धरानमा कार्यरत राणाविरुद्ध बिहीबार बेलुकी जबरजस्तीकरणीको कसूरमा किटानी जाहेरी परेपछि पक्राउ गर्ने तयारी थालिएको हो । अहिले पीडित महिलालाई स्वास्थ्य परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । बिहीबार ढिला गरी […]
१७ माघ, पोखरा । पोखरा क्षेत्रीय सिँचाइ कार्यालय परिसरबाट फेवातालमा माछापुच्छ्रे प्रतिबिम्ब प्रष्ट देख्न सकिन्छ । तर, प्रचार अभाव र असहजताका कारण धेरै पर्यटक त्यस ठाउँको भेउ पनि पाउँदैनन् र फेवातालमा हिमालको छाया देख्दै नदेखी पोखरा छाड्छन् । गण्डकी प्रदेशले गत वर्षको साउनमा पोखरा महानगरसँग समन्वय गरी त्यस परिसरमा नेपालको झन्डासहितको पार्क बनाउने र पर्यटकलाई […]
१७ माघ, काठमाडौं । कोरोना भाइरस प्रभावित चीनको वुहानमा रहेका सबै नेपालीलाई उद्धार गरी स्वदेश फर्काउन नेपाली कांग्रेसले माग गरेको छ । कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्ति प्रकाशित गरी वुहानमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर नदेखिनु दुःखत भएको भन्दै यथाशीघ्र नेपाल फर्काउन माग गरेका हुन् । वुहानमा करिब एक सय नेपाली विद्यार्थी […]
१७ माघ, चितवन । स्वास्थ्य तथा जनसंख्य मन्त्री भानुभक्त ढकालले चीनमा रहेका नेपालीमा कोरोना भाइरसको जोखिम देखिए सरकारले स्वदेश फर्काउने बताएका छन् । चितवनको भरतपुरमा शुक्रबार अनलाइनखबरसँग कुरा गर्दै मन्त्री ढकालले सरकार चीनमा रहेका नेपालीको सम्पर्कमा नै रहेको बताए । ‘विद्यार्थीहरुसँग दैनिक सम्पर्कमा पनि छौं, उहाँहरुको चाहना पनि हामीले बुझेका छौं, प्रधानमन्त्रीज्यूसँग पनि यो बारेमा […]
from समाचार – Online Khabar https://ift.tt/2tm6DFI
via IFTTT






















