Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

तस्वीर देखाएर ब्ल्याकमेलिङ, आत्महत्यापछि दुई जना पक्राउ

१३ फागुन, विराटनगर । विवाहित महिलालाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैचा ६ बस्ने १९ वर्षीया संजिता निरौला र सुन्दरहरैचा ४ बस्ने ऋषिराम भट्टराई छन् । उनीहरुले मोरङको सुन्दरहरैचा नगरपालिका–५ बस्दै आएकी प्रीति तिम्सिना अधिकारीलाई आत्महत्या गर्न बाध्य पारेको आरोप छ । नग्न तस्वीर देखाएर […]

प्रधानमन्त्री ओलीद्वारा केशर महलको अवलोकन

१३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट क्षति भई प्रवलीकरण कार्य जारी रहेको केशर महलको अवलोकन गरेका छन् । सो अवसरमा उनले केशर महलको ऐतिहासिक र सांस्कृतिक महत्वलाई संरक्षण गर्न निर्देशन दिए । मंगलबार केशर पुस्तकालय र स्वप्न बगैँचाको अवलोकनपछि प्रधानमन्त्री ओलीले आगन्तुक पुस्तिकामा लेखेका छन्, ‘केशर पुस्तकालयको संरक्षण र सदुपयोग गरौं ।’ राष्ट्रिय […]

पर्सामा चट्याङ लागेर एक महिलाको मृत्यु

१३ फागुन, काठमाडौं । पर्सामा चट्याङ लागेर मंगलबार एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवा प्रसौनी गाउँपालिका-४ देवरबाना बस्ने अन्दाजी ४५ वर्षीया नयमा खातुन रहेकी छन् । घरदेखि करिब २ सय मिटर टाढाको खेतमा घाँस काट्न गएको समयमा चट्याङ खस्दा उनी बेहोस भएकी थिइन् । उनलाई तत्काल उपचारका लागि स्थानीय मेडिकलमा लैजानेक्रममा […]

नागढुंगा सुरुङमार्ग : शिलान्यासको ५ महिनासम्म सुल्झिएन मुआब्जा विवाद

१३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबाट धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा (दहचोक) सुरुङमार्ग निर्माणको लागि शिलान्यास भएको ५ महिना बित्न लाग्यो । ४ असोजमा शिलान्यास गरेको आयोजनामा अझै मुआब्जा विवाद सल्टिएको छैन, जसका कारण ठेकदारलाई सुरुङमार्गको मुख्य भागमै पुगेर काम गर्न पाएका छैनन् । धादिङतर्फ जग्गाको मुआब्जा विवाद नटुंगिएपछि प्रारम्भिक काम समेत सुरु हुन […]

सडक र पुलका १४ सय अलपत्र ठेक्काको म्याद थप्दै सरकार

१३ फागुन, काठमाडौं । सरकारले वर्षौंदेखि अलपत्र भएर रुग्ण बनेका आयोजनाको म्याद थप्ने क्रम तीव्र पारेको छ । संशोधित सार्वजनिक खरिद नियमावलीअनुसार फागुन १४ (बुधबार)सम्म सबै रुग्ण ठेक्काको म्याद थप्न सकिने अवस्थामा सडक र पुलका मात्रै करिब १४ सय वटा ठेक्काको म्याद थपको निवेदन परेको छ । विभागमा उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटा म्याद थपका […]

जुद्धको नासो मासिने चिन्ता

१३ फागुन, काठमाडौं । काठमाडौं, केशरमहल बस्दै आएका पुरातत्वविद् काइ वाइजे दिनहुँ जसो जुद्ध वारुण यन्त्रको भवनबाट ओहोरदोहोर गर्छन् । ‘वसन्तपुरमा निर्माण भइरहेको काष्ठमण्डपमा साइकल जाँदा आउँदा यो ऐतिहासिक भवन किन भत्काउन मरिहत्ते गरेको होला जस्तो लाग्छ’, वाइजे भन्छन् । विश्व सम्पदाका ज्ञाता वाइजे काठमाडौं महानगरपालिका वा कुनै पनि निकायले भवन भत्काउन नहुने बताउँछन् । […]

प्रचण्डको आश्वासनपछि माडीका वडाध्यक्षले तोडे अनशन

१३ फागुन, चितवन । निकुञ्ज ऐन संशोधनको माग गर्दै आमरण अनशनमा बसेका माडी नगरपालिका- १ का वडाध्यक्ष कृष्ण पौडेलले अनशन तोडेका छन् । ७ दिनदेखि अनशनमा बसेका पौडेललाई हात्तीको आक्रमणबाट ज्यान गुमाएका पीडितका परिवार सदस्यले जुस अनशन तोडाएकी हुन् । चितवन निर्वाचन क्षेत्र नं. ३ का सांसद पुष्पकमल दाहाल प्रचण्डले फोनमा कुराकानी गर्दै माग पुरा […]

प्रदेश ५ को नाम लुम्बिनी–थारुवान राख्न जनमुक्तिको माग

१३ फागुन, बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रदेश नम्बर ५ को नाम लुम्बिनी–मगरात-थारुवान राख्न माग गरेको छ । पार्टीले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रदेशको भौगोलिक अवस्था र बसोबासको आधारमा प्रदेशको नाम लुम्बिनी–मगरात-थारुवान राख्नुपर्नेे माग गरेको हो । सो पार्टीले प्रदेशको राजधानी लुम्बिनी परिपथभित्र राख्नु पर्ने माग गरेको छ । […]

च्याम्पियन बन्न काठमाडौंको नाइट बस चढेका ‘मेक्सम’

एउटा ठट्यैली छ, ‘दश नेपाली बराबर एक स्याङ्जाली ।’ विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यो ठट्यौली विष्णुप्रसाद गौडेलका लागि बनाइएको हो जस्तो लाग्न सक्छ । उनलाई तपाईं असली नामले भन्दा पनि ‘मेक्सम गौडेल’ भनेर चिन्नुहुन्छ । आँधी खोलको पानी पिएर हुर्किएका यी स्याङ्जाली ठिटोलाई कसले उछिन्ने ?  छुरा पो छन् त ! कमेडी–मञ्चमा उक्लिएपछि […]

प्रदेश सरकार परिवर्तनको सपना नदेखे हुन्छ : मुख्यमन्त्री राउत

१३ फागुन, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको सरकार परिवर्तन हुने सपना नदेख्न सुझाएका छन् । संघीयतालाई धरापमा पार्न केही नेताहरुले प्रदेश २ को सरकार ढाल्ने दाबी गरेको उनले बताए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दिन अगाडि धनुषा आएरै प्रदेश २ को सरकार परिवर्तनका लागि कुराकानी […]

पीएन क्याम्पसमा प्रहरी र नेविसंघबीच झडप

१३ फागुन, पोखरा । पृथ्वीनारायण(पीएन) क्याम्पसमा मंगलबार नेपाल प्रहरी र नेपाल विद्यार्थी संघका कार्यकर्ताबीच झडप हुँदा विद्यार्थी सुजन लामिछाने घाइते भएका छन् । घाइते लामिछानेको मणिपाल अस्पतालमा उपचार भइरहेको छ । गत बिहीबार क्याम्पसमा नेविसंघ र अनेरास्ववियु विद्यार्थीबीच झगडा भएको थियो । झडपमा अनेरास्ववियु निकट विराट दवाडी र विशाल पन्त घाइते भएका थिए । घाइते […]

राष्ट्रियसभा सदस्यको शपथ २१ गते, शपथको भाषा ३ दिनअघि बुझाउनु पर्ने

१३ फागुन,1 काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा सदस्यको शपथ यही फागुन २१ गतेका लागि तय भएको छ । गत माघ ९ गते निर्वाचित १८ जनालाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ गराउने कार्यक्रम २१ गतेका लागि तय भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ । राष्ट्रिय पोशाक वा आ-आफ्नो पहिचान झल्किने पोशाकमा शपथ लिन सक्ने सचिवालयले जनाएको […]

१९ तोला सुनसहित दुई जना पक्राउ

१३ फागुन, जनकपुरधाम । सिराहा प्रहरीले १९ तोला सुनसहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको लहान नगरपालिका १९ छर्रापट्टीबाट मोटरसाइकलमा सवार दुई युवकलाई सुनसहित पक्राउ गरिएको सिराहा प्रहरीले जनाएको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको सादा पोसाकको टोलीले को. ३८प. २६३२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा दुई किलो सुन बरामद […]

गगनले मागे प्रधानमन्त्रीको राजीनामा

१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणलाई लिएर प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । संसदमा गणित भए पनि शासन गर्ने वैधानिक योग्यता र क्षमता गुमेको भन्दै उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजी नेपाल कम्युनिस्ट पार्टीको स्वास्थ्यको […]

एसिया ११ मा सन्दीप पनि, वर्ल्ड ११ सँग दुई म्याच खेल्ने

काठमाडौं । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)लेवर्ल्ड ११ र एसिया ११ बीच दुई टी–२० म्याच आयोजना गर्ने भएको छ । बंगलादेशका संस्थापक शेख मुजीव उर-रहमानको १०० औं जन्मजयन्तीको अवसरमा मार्चमा यो खेल गर्न लागिएको हो । दुवै टिममा उपलब्ध उत्कृष्ट क्रिकेटरहरुलाई राखिएको बीसीबीका अध्यक्ष नज्मुल हरसले बताए । विराट कोहली कप्तान रहेको एसिया ११ मा नेपालका […]

करेक्शन पछि पुन उचालियो नेप्से, बजार हरियाली, ३ अर्बको कारोबार

१३ फागुन, काठमाडौं । साताको पहिलो दिन ६९ अंकले बढेको सेयर बजारमा दोस्रो दिन सोमबार २ अंकको करेक्शन भयो । तेस्रो दिन भने सेयर बजार पुनः उचालिएको छ । सबै उपसमूहरु हरियाली छाउदा सेयर कारोबार मापक नेप्से परिसूचक ४२३ अंकले उकालो लागको छ । सोमबार नेप्से परिसूचक ४३.०२ ले बढेर एक हजार ५४५.१९ मा पुगेको […]

नेपाल ट्रष्टको जग्गा व्यक्तिलाई दिने निर्णयमा बाबुराम र गच्छदार संलग्न : श्वेतपत्र

१३ फागुन, काठमाडौं । सरकारले करिब ७ वर्षअघि तत्कालिन डा.बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदबाट मोहीका नाममा कायम गरिएको १७२ रोपनी १५ आना जग्गा नेपाल ट्रष्टकै नाममा फिर्ता ल्याउने प्रक्रिया थालेको छ । बाबुराम भट्टराई नेपाल ट्रष्टको संरक्षक र विजयकुमार गच्छदार अध्यक्ष रहेका बेला २०६९ साल कात्तिक २ गते मन्त्रिपरिषद बैठकबाट करिब १७३ रोपनी जग्गा मोही तथा […]

नेपाल ट्रष्टको सम्पत्ति क कसले प्रयोग गरे ? सरकारले जारी गर्‍यो श्वेतपत्र

१३ फागुन,काठमाडौं । सरकारले नेपाल ट्रष्टको नाममा रहेको चल अचल सम्पत्ति विवरण श्वेतपत्रमार्फत सार्वजनिक गरेको छ । ट्रष्टका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार पत्रकार सम्मेलनमार्फत श्वेतपत्र जारी गरेका हुन् । नेपाल ट्रष्टको नाममा देशभर करिब २२ हजार रोपनी जग्गा रहेको छ । सोमध्ये १५ हजार रोपनी त जंगलमात्रै छ । त्यस्तै […]

स्रोत नखुलेको २६ लाख ७१ हजारसहित ४ जना पक्राउ

१३ फागुन, काठमाडौं । पर्सा प्रहरीले स्रोत नखुलेको २६ लाख ७१ हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको पिप्रा पोखरिया १ घर भई हाल वीरगञ्ज महानगरपालिका-१६ नगवा बस्ने ४१ वर्षीय संजयकुमार साह, सोही ठाउँ बस्ने ३० वर्षीय जयलाल महतो, भारतको रक्सौल डुमरिया टोलका ३५ वर्षीय विजयकुमार ठाकुर र वीरगञ्ज महानगरपालिका-१६ नगवाका ३१ […]

नेपालगञ्ज बजारमा ग्याँसका अवैध सिलिन्डर छ्याप्छ्याप्ती

१३ फागुन, धम्बोझी (बाँके) । नेपालमा भित्र्याउन प्रतिबन्ध गरिएका साना ग्याँसका सिलिन्डर नेपालगञ्जको बजारमा खुलेआम बिक्री हुने गरेको पाइएको छ । भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले बाँकेका स्थानीय बजारमा अवैध रुपमा भित्र्याइएका साना ग्याँसका सिलिन्डरहरु बिक्री वितरण हुँदै आएको छ । नेपालमा साना सिलिन्डर ल्याउन नपाइने भएकाले त्यसको गुणस्तर परीक्षण र प्रमाणीकरण हुँदैन । सोमबार […]

बुटवलमा औद्योगिक तथा कृषि प्रविधि प्रदर्शनी हुने

१३ फागुन, बुटवल । बुटवलमा लघु, घरेलु साना तथा औद्योगिक कृषि प्रविधि प्रदर्शनी हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला समिति प्रदेश ५ को आयोजनामा आगामी फागुन २१ देखि चैत्र २ गतेसम्म प्रदर्शनी हुन लागेको हो । ‘मेहनत, सिर्जना, उत्पादन र वस्तु : मेरै देशको’ भन्ने नाराका साथ बुटवल–११ देवीनगरमा हुने […]



from समाचार – Online Khabar https://ift.tt/2VmrmVy
via IFTTT
Powered by Blogger.