समाचार
१२ फागुन, कपिलवस्तु । विगत तीन महिनादेखि कपिलवस्तुको कृष्णनगर नगरपालिकाको काम ठप्प छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा विगत तीन महिनादेखि कामकाज ठप्प भएको हो । प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक आउने सेवाग्राही निराश हुँदै फर्किने गरेका छन् । कृष्णनगरका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारी पाल्पाको तिनाउ गाँउपालिकामा सरुवा भई गए पनि कृष्णनगर अधिकृतविहीन भएको […]
१२ फागुन, काठमाडौं । सरकारले भूमि सम्बन्धी ऐन २०२१ मा संशोधन गरेको छ । २८ माघमा प्रमाणीकरण भई कार्यान्वयनमा आएको भूमि सम्बन्धी ऐन २०२१ को आठौं संशोधनले अब उद्योगहरुलाई जग्गा बेच्न पाउने अधिकार दिएको छ । नेपालमा उद्योगहरुका लागि पहिलो पटक यस्तो सुविधा दिएको हो । संशोधित ऐनले उद्योगहरुलाई हदबन्दी भन्दा बढी जग्गा ओगटेमा समेत […]
१२ फागुन, डोटी । पछिल्लो समय यहाँका गाउँपालिमा सडक खन्न भित्रिएका डोजरका कारण श्रमिकहरु विस्थापित हुन थालेका छन् । जिल्लाका स्थानीय तहले निर्माण गर्ने सडकहरु उपभोक्ता समितिमार्फत गर्ने भनिए पनि यहाँका गाउँगाउँमा डोजर र स्काभेटर प्रयोग गरेर सडक निर्माण भइरहेका छन् । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने हिसाबले उपभोक्ता समितिको अवधारणा आए पनि स्थानीय तहले मेशिन […]
१२ फागुन, कटारी (उदयपुर) । नेपाल विद्युत प्राधिकरणले सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत उदयपुरको कटारी नगरपालिका-४ मरुवामा भइरहेको निर्माण अवरोध हटाउन पहल गरिरहेको छ । स्थानीय बासिन्दाले प्रसारणलाइनको रुट सार्न माग राख्दै झण्डै दुई वर्षअघिदेखि निर्माणमा अवरोध गरिरहेका छन् । त्यस क्षेत्रमा नौ वटा टावर निर्माण गर्नु पर्नेछ । जारी अवरोधले […]
१२ फागुन, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धेरै कम्युुनिस्ट नेताहरु जनतामा जान छाडेको र नव सामन्तजस्तो भएको टिप्पणी गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गण्डकी प्रदेश कमिटीको प्रदेशस्तरीय भेलामा मुख्यमन्त्री गुरुङले भने, ‘हामी जनमानसमा पुग्दैनौं । झुपडीमा पुग्दैनौं ।’ जनता र कम्युनिस्ट सरकारको सम्बन्ध बिग्रदै गएको भन्दै उनले सम्बन्ध सुधारमा जोड […]
१२ फागुन, गोरखा । विहान पौने सात बजे साइरन बज्थ्यो । पहिलो सिफ्टका कामदार तयार हुन्थे । तीन बजे बज्ने साइरनको आवाजले दोस्रो सिफ्ट सुरु भएको जनाउ दिन्थ्यो । गोरखा नगरपालिका–१३ मझुवा वरपरका वासिन्दा पनि गोरखकाली रवर उद्योगमा बज्ने साइरनबाटै समय थाहा पाउँथे । राति ११ बजेसम्म टायर उत्पादनमा कामदारहरु व्यस्त हुन्थे । उद्योगबाट दैनिक […]
१२ फागुन, काठमाडौं । काठमाडौं उपत्यकामा उपभोक्ता समितिमार्फत गरिएको सम्पदा पुनर्निर्माणमा प्रगति राम्रो देखिएको छ । ०७२ को भूकम्पले क्षति पुगेका काठमाडौं उपत्यकाका ४ सय ३२ सम्पदामध्ये एक दर्जन भन्दा बढी सम्पदा उपभोक्ता समितिमार्फत पुनर्निर्माण सकिएको छ भने अन्य दर्जनौं निर्माणको चरणमा छ । निर्माण व्यवसायीलाई ठेक्का दिइएको भन्दा उपभोक्ता समितिमार्फत भएको पुनर्निर्माण सन्तोषजनक देखिएको […]
१२ फागुन, सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनमा सत्तारूढ दलले अनावश्यक किचलो गरेको बताएका छन् । पार्टीको निर्वाचन अभिमुखीकरण भेलाका लागि सुर्खेत आएका उनले सोमबार पत्रकार भेटघाटमा सत्तारूढ दल नेकपाका नेताहरूबीचको आपसी झगडाका कारण एमसीसीमा अनावश्यक भ्रम र आशङ्का सिर्जना गरिएको आरोप लगाए । अध्यक्ष थापाले […]
१२ फागुन, जनकपुरधाम । समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वले राष्ट्रिय जनता पार्टी (राजपा) लाई भित्र्याउन हदैसम्म प्रयास गरिरहेको छ । राजपालाई उप-सभामुख मात्र होइन, उपप्रधानमन्त्रीसहित सरकारमा लैजान चाहेको चर्चा छ । राजपाका केही नेताले सरकारमा जाने इच्छा पनि देखाए । तर अध्यक्ष मण्डल संयोजक महेन्द्र राय यादवसहितका केही नेताले सरकारमा नगई […]
१२ फागुन, क्वालालम्पुर । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले राजीनामा दिएका छन् । उनले ट्वीटमार्फत राजीनामाको घोषणा गरेका हुन् । चार दशकदेखि मलेसियाली राजनीतिको केन्द्रमा रहेका ९४ वर्षका महाथिर विश्वका सबैभन्दा जेष्ठ उमेरका प्रधानमन्त्री थिए । उनी सन् १९८१ देखि २००३ सम्म मलेसियाको प्रधानमन्त्री थिए । २०१८ मा नजीब रज्जाहलाई हराएर फेरि सत्तामा आए । त्यसबेला […]
१२ फागुन, काठमाडौं । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकमा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउने प्रावधान सच्याउन सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ । सोमबार सापकोटालाई भेट्न पुगेको महासंघको टोलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको प्राणवायु रहेकाले त्यसलाई बन्देज लगाउने प्रावधानलाई सच्याउन ध्यानाकर्षण गराएको हो । कार्यबाहक अध्यक्ष विपुल पोखरेल […]
१२ फागुन, काठमाडौं । पर्साको जिराभवानी गाउँपालिका-५ हरैयामा आगलागी भएको छ । आगलागीबाट एउटा घर र गोठ जलेर क्षति भएको छ । आगलागीबाट स्थानीय सुरेन्द्र भण्डारीको घर र अमिना चौधरीको गोठमा क्षति पुगेको पर्सा प्रहरीले जनाएको छ । चौधरीको गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट सल्किएको आगोले उनको गोठसँगै भण्डारीको खपडाको घरसमेत जलेर क्षति पुगेको हो […]
१२ फागुन, काठमाडौं । आइतबार गोरखापत्रसहितका केही दैनिक पत्रिकाहरुमा राष्ट्रिय बीमा संस्थानले ठूलाठूलो अक्षरमा आफ्नो प्रतिवद्धता विज्ञापन छपायो । जहाँ लेखिएको छ, ‘वित्तीय श्रोतको परिचालन तथा जोखिम व्यवस्थापनको माध्यमबाट अर्थतन्त्रको सुदृढीकरण गर्न र सर्वसाधारणहरुको आत्मविस्वास जागृत गराउन संस्थानले गरेको योगदानको स्मरण गर्दै बीमा सचेतना र पहुँच वृद्धिमा अझ सशक्त भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं […]
१२ फागुन, काठमाडौं । चीनले काठमाडौंको हात्तीसारस्थित कार्यालयबाट भिसा आवेदन लिन बन्द गरेर दरबारमार्गमा भिसा सेन्टर खोलेको छ । राइजिङ मलको दोस्रो तलामा खोलिएको भिसा सेन्टर सोमबारबाट शुभारम्भ भएको छ । भिसा सेन्टरमा १२ जना नेपाली कर्मचारीहरु छन् । अब चीन जानका लागि दरबारमार्गस्थित यही भिसा सेन्टरमा गएर आवेदन दिनुपर्छ । यसअघि नेपालस्थित चिनियाँ दूतावासले […]
१२ फागुन, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनाबाट ओरालो लागेको वस्तु आयात सातौं महिनासम्म आइपुग्दा समेत जारी रह्यो । अर्कोतर्फ वस्तु निर्यात उत्साहजक रुपमा वृद्धि हुँदा त्यसको सकारात्मक प्रभाव व्यापार घाटामा देखिएको छ । चालु आवको सात महिना (साउन-माघ)सम्मको वैदेशिक व्यापारको तथ्यांकअनुसार व्यापार घाटा अघिल्लो वर्ष समिक्षा अवधिको तुलनामा घटेको हो । तथ्यांकअनुसार सात […]
१२ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणका लागि आज अहमदाबाद आएका छन् । उनलाई अहमदावाद विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् । ट्रम्पले अहमदावादमा आयोजित ‘नमस्ते ट्रम्प’ समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । सो समारोहमा लाखौं भारतीय नागरिक सहभागी हुने बताइएको छ । श्रीमती मेलानियासँगै भारततर्फ उड्नुअघि उनले […]
१२ फागुन, पोखरा । पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ४ जना विद्यार्थी पक्राउ परेका छन् । समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका विद्यार्थी पोखरा सभागृह गेटबाहिर कालो झन्डा देखाउने तयारी गर्दै नाराबाजी गरिरहेका बेला पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सभागृह गेटमा नाराबाजी गरिरहेका समाजवादी विद्यार्थीका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटालगायत […]
१२ फागुन,काठमाडौं। प्रहरीले खैरो हिरोइनसहित एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा शिव सतासी नगरपालिका-११ की २३ वर्षीया वीना डाँगी रहेकी छन् । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले काँकडभित्ताबाट काठमाडौँ आउँदै गरेको ना७ख ५७०२ नम्बरको यात्रुबाहक बसबाट ४.२६ ग्राम खैरो हिरोइनसहित आइतबार साँझ डांगीलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त […]
१२ फागुन, काठमाडौं । काठमाडौंको बत्तीस पुतलीको एउटा फलफूल पसलमा जुसको मूल्य सूचि टाँसिएको छ । नियालेर हेर्दा उक्त सूचि अर्को मूल्य सूचिमाथि टाँसेको प्रष्टै देखिन्छ । पुरानो सूचिको १५ औं नम्बरमा सादा लस्सीको मूल्य ५० रुपैयाँ छ, तर नयाँ मूल्य सूचीमा सादा लस्सी समावेश छैन । काठमाडौंका फलफूल, तरकारी, माछामासु, सिमेन्ट, स्टील–डण्डी पसलदेखि स्कुलको […]
१२ फागुन, काठमाडौं । सुनको मूल्य तोलामै ८० हजार तीन सय रुपैयाँ पुगेको छ । बढेको मूल्य नेपाली सुन चाँदी व्यवसायमा नयाँ कीर्तिमान भएको व्यवसायीहरुले बताएका छन् । सुन चाँदी व्यवसायी महासंघले सोमबारका लागि तोकेको खरिद बिक्री मूल्यअनुसार छापावलको सुनको मूल्य ८० हजार ३ सय छ भने तेजावी सुन ८० हजार प्रतितोलामा कारोबार खुलेको छ […]
१२ फागुन, चितवन । छ दिनदेखि आमरण अनशन बसेका माडी नगरपालिका-१ का वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भरतपुर अस्पतालमा भर्ना गरिएको छ । विभिन्न माग राख्दै उनी फागुन ७ गतेदेखि अनशनमा बसेका थिए । अनशनका क्रममा उनको स्वास्थ्य जटिल बन्दै गएपछि आइतबार भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीसहितको टोलीले परीक्षण गरेको […]
from समाचार – Online Khabar https://ift.tt/2wJjt27
via IFTTT






















