समाचार
१४ फागुन, वीरगञ्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१८ बडहर्वाका किसान दिनेश गिरीले यसवर्ष ४ कठ्ठामा ‘श्रेष्ठा’ जातको मकै लगाए । तर मकैमा दाना लागेन । मकैमा दाना नलागेपछि उनले काटेर भैंसीलाई खुवाइसकेका छन् । दिनेशको मात्रै होइन, अन्य किसानले लगाएको मकै बालीमा पनि यस्तै समस्या देखिएपछि किसान चिन्तित छन् । मकैमा घोगा लाग्न सुत्ला पसेको […]
१४ फागुन, विराटनगर । प्रदेश सरकारको स्थायी संरचना बनाउन विराटनगर महानगरपालिकाले जग्गा उपलब्ध गराउने प्रस्ताव गरेको छ । महानगरपालिकाभित्र रहेका ऐलानी जग्गा उपलब्ध गराउने प्रदेश सभामुखसमक्ष विराटनगर महानगरपालिकाले प्रस्ताव गरेको हो । एक वर्षघि प्रदेशको राजधानी बृहत विराटनगर क्षेत्र घोषणा गरेको प्रदेश सरकारले प्रदेश संसदको भवन अन्यन्त्र बनाउने चर्चा सुरु भएपछि विराटनगर महानगरपालिकाले जग्गा उपलब्ध […]
१४ फागुन, गोरखा । आज फागुन १४, जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको २५औं स्मृति दिवस । २०५२ साल फागुन १४ गते प्रहरीले चलाएको गोली लागेर उनको मृत्यु भएको थियो । बारपाक सुलिकोट गाउँपालिका–८ जराङका रम्तेलले ११ वर्षको कलिलो उमेरमा सहादत प्राप्त गरे । तिनै रम्तेलको सम्झनामा जराङमा निर्माण हुन लागेको शहीद स्मृति पार्कको गत वर्ष […]
१४ फागुन ,काठमाडौं । संयुक्त राष्ट्रसंघको फोर्स कमाण्डरमा नेपाली सेनाका उपरथी ईश्वर हमाल नियुक्त भएका छन् । राष्ट्रसंघका महासचिव एन्टिनिओ गुटरेसले हमाललाई फोर्स कमाण्डर नियुक्त गरेका हुन् । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा कार्यरत ४० देशका सैनिकहरुबीचको प्रतिस्पर्धाबाट हमाल कमाण्डर चयन भएका हुन् । राष्ट्रसंघले सोमबार नै हमालको नाम चयन गरेको थियो तर अग्रिमो आउन विलम्ब […]
१४ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनका लागि बनाएको कार्यदल भङ्ग गरेको छ । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न नेकपाले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो । तर कार्यदलका सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा कार्यदलमा बस्न तयार भएनन् । साथै पार्टीभित्र र बाहिर […]
१४ फागुन, विराटनगर । घटना नं. १ :– सिन्धुपाल्चोक मेलम्चीकी रञ्जना तामाङका श्रीमान मजदुरी गर्छन् । श्रीमानको कमाइले मात्र घर व्यवहार चलाउन कठिन भएपछि रञ्जनाले नावालक छोरो छोडेर उनी वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने निधो गरिन् । त्यही क्रममा उनको लाक्पा लामासँग भेट भयो, उनले कुवेतमा राम्रो आम्दानी हुने लोभ देखाए । तीन वर्षको […]
१४ फागुन, काठमाडौं । व्यवसायी चन्द्र ढकालले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उम्मेदवारी घोषणा गर्दै ढकालले शेखर गोल्छाको प्रशंसा गरे । गोल्छाले यसअघि नै वरीष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका किशोर प्रधानलाई समर्थन गरिसकेका छन् । नेपाली उद्योगी व्यवसायीहरुको साझा संस्था नेपाल उद्योग वाणिज्य महासंघका […]
१४ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले गौतमलाई राष्टियसभामा लैजाने निर्णय गरेको हो । उनकाअनुसार गौतमलाई राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य नियुक्ति गर्न मन्त्रिपरिषदको सिफारिस गर्नेछ । बैठकले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान […]
काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका विशेष जिल्ला सदस्य मानबहादुर बिक बिजयले पार्टी परित्याग गरेका छन् । बिक पार्टीको जिल्ला सदस्य, रोल्पाको रुन्टीगढी गाउँपालिका सेक्रेटरी र युवक संगठनको जिल्ला अध्यक्षसमेत थिए । बिकले विज्ञप्तिमार्फत बुधबारदेखि नै पार्टीका कुनै संगठन र गतिविधिमा नरहने घोषणा गरेका हुन् । साथै उनले अब स्वतन्त्र र […]
१४ फागुन, काठमाडौं । दृष्टि आइ केयर सिस्टमले सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरेर निःशुल्क आँखा परीक्षण एवं चश्मा सहयोग कार्यक्रमको घोषणा गरेको छ । जायसको सहयोगमा दृष्टि आइ केयर सिस्टम र आलोका भिजन कार्यक्रमसँगको साझेदारीमा विद्यार्थीहरुलाई निःशुल्क चश्मा वितरण गरिने सिस्टमका कार्यकारी प्रमुख डा.भाइराजा श्रेष्ठले बताए । कार्यक्रमको सुरुवात धादिङ जिल्लाको गल्छी गाउँपालिकाभित्रका ३८ वटा […]
१४ फागुन, काठमाडौं । भारतको राजधानी दिल्लीमा नागरिकता संशोधन ऐनको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या २० पुगेको छ । गुरु तेग बहादुर अस्पतालका प्रबन्ध निर्देशक सुनील गौतमलाई उदृत गर्दै बीबीसीले जनाए अनुसार २० जनाको ज्यान गइसकेको छ भने १८९ जना घाइते छन् । दिल्ली उच्च अदालतले मध्यरातमा घाइतेहरूको उचित उपचारको प्रबन्ध गर्न […]
१४ फागुन, दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।गाउँपालिकाले ३८औँ मगर दिवसको अवसरमा फागुन १५ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मगर समुदायको बाक्लो उपस्थिति रहेको गाउँपालिकामा मङ्गलबारको निर्णयानुसार सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष मायादेवी राना आलेले जानकारी दिइन् । सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका […]
१४ फागुन ,काठमाडौं । तत्कालीन नेकपा (माओवादी )द्वारा संचालित १० वर्षे जनयुद्धका क्रममा सबैभन्दा पहिले मारिएका दिलबहादुर रम्तेलको २५औं स्मृति तथा वलिदान दिवसको सन्दर्भमा देशभर विभिन्न कार्यक्रम आयोजना गरिएको छ । आजभन्दा २५ वर्ष अगाडि गोरखाको पुन्द्रुङस्थित ब्रम्हाचारिणी निमाविको कक्षा चारमा पढ्ने ११ वर्षीय विद्यार्थी रम्तेललाई माओवादीलाई सघाएको आरोपमा विद्यालय हाताभित्रै सुरक्षाकर्मीले हत्या गरेका थिए […]
१४ फागुन, म्याग्दी । म्याग्दीको उच्च पहाडी बस्तीहरुमा मंगलबार सातौंपटक हिमपात भएको छ । सोमबार रातिदेखि भएको वर्षा र हिमपातका कारण जनजीवनका साथै विकास निर्माणका योजनाहरु प्रभावित भएका छन् । धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ, मंगलाको टोड्के, झाँक्रीपानी, रघुगङ्गा गाउँपालिकाको रुइसे, भगवती, कुइनेमंगले, अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, चित्रे, टिकोट, राम्चे लगायतका बस्तीमा हिउँ परेको छ । गुर्जामा […]
१२ फागुन, काठमाडौं । गत ११ चैतमा कामदार आपूर्तिबारे सरकार स्तरमा जापान–नेपाल सहकार्यको समझदारी (एमओसी) हुँदा धेरैलाई लागेको थियो अब भाषा परीक्षा पास गरेर कोरियाजस्तै जापान पनि जान पाइनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, जापानमा नेपालीलाई रोजगारी दिलाउने प्रक्रियामा निजी क्षेत्र (म्यानपावर कम्पनी)लाई सामेल गराउने तयारीमा लागेको छ । निजी क्षेत्रले जापान पठाउने […]
१४ फागुन, काठमाडौं । साताको पहिलो दिन आइतबार ६९ अंक भन्दा माथिले बढेको नेप्से परिसूचक बुधबार पनि उचालिने संकेत देखिएको छ । बुधबार बिहान कारोबार खुलेदेखि नै उकालो लाग्ने क्रम शुरु भएको नेप्से १५ मिनेट वित्न नपाउदै ३५ अंक भन्दा माथिले बढेको हो । सबैसमूहहरु हरियाली देखिएका छन् । लगानीकर्ताहरु आइतबार जस्तै बुधबार बैंकिङ तथा […]
१४ फागुन, डोटी । सांसद् तथा मन्त्रीहरूले कार्यभार सम्हाल्नुअघि नै निष्ठापूर्वक काम गर्ने शपथ खाएका हुन्छन् । तथापि, उनीहरूका पदीय मर्यादाविपरीतका घटना सार्वजनिक हुन छाडेका छैनन् । यहीबीच, कलाकार बद्री पंगेनीले प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेलाई सार्वजनिक मञ्चमै भ्रष्टाचार नगर्ने कसम खुवाएका छन् । डोटी चेम्वर अफ कमर्सद्वारा आयोजना गरिएको सुदूरपश्चिम प्रादेशिक महोत्सवको समापन सभाको प्रमुख […]
१४ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी भवन उद्घाटनका लागि बिहीबार बैतडी जाने भएकी छन् । राष्ट्रपति जाने भएपछि बैतडीस्थित पाटन नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । बैतडीको पाटन नगरपालिका–६ मा निर्माण भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) भवन उद्घाटनका लागि राष्ट्रपति भण्डारी बिहीबार बैतडी जान लागेकी हुन् । त्यस्तै, नागरिक अभिनन्दनलगायतका कार्यक्रम […]
१४ फागुन, चितवन । आजकल कमै युवाको ध्यान कृषि कर्ममा हुन्छ । बहुसंख्यक युवाले वैदेशिक रोजगारी ताकेका हुन्छन् भने बाँकीले देशभित्रै छिटो आर्जन गर्ने माध्यमहरु खोजिरहेका हुन्छन् । माटोमा समृद्धि देख्ने कमै फेला पर्छन् । तिनैमध्येका हुन् भरतपुर महानगरपालिका– २४ जगतपुरका दीपक र रतिमा गुरूङ । गुरूङ दम्पती इजरायलमा सिकेको कृषी सिप प्रयोग गरेर नेपालमा […]
१४ फागुन, काठमाडौं । पश्चिमी न्यून चापीय वायुको प्रभावका कारण बुधबार देशभर आंशिकदेखि पूर्ण बदली रही देशका केही स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पूर्वी तथा मध्य भूभाग नजिक बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावले बदलीसँगै वर्षा भइरहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । […]
१४ फागुन, काठमाडौं । बूढानीलकण्ठमा भएको कार दुर्घटनाका संलग्न चालक पृथ्वी मल्लमाथि मेडिकल काउन्सिलबाट पनि अनुसन्धान गराउने तयारी गरिएको छ । जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए पनि बिरामी भएको नाटक गरेर ४५ दिनदेखि अस्पतालमै बसेपछि मल्ल पुनः छानबिनको दायरामा परेका हुन् । मल्लसँगै उनको उपचारमा संलग्न चिकित्सकमाथि पनि छानबिन हुने स्रोतले […]
from समाचार – Online Khabar https://ift.tt/2viJDIr
via IFTTT