समाचार
१५ फागुन, चितवन । भरतपुर महानगरपालिका २२ पटिहानीमा २ करोडको लगानीमा श्री गंगानगर दुग्ध उत्पादक सहकारी संस्थाले दुग्ध उद्योग स्थापना गरेको छ । सहकारीले सरकारी अनुदान ८५ लाख र ७ सय जना शेयर सदस्यहरुको १ करोड १५ लाख लगानीबाट उक्त उद्योग स्थापना गरेको हो । उद्योगले चैत्र मसान्तभित्र गंगा ब्राण्डको दुध र दूग्धजन्य उत्पादनहरु बजारमा […]
१५ फागुन, विराटनगर । प्रदेश १ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अहिलेसम्म प्रदेशको नामाकरण हुन नसक्नुको कारण माग गरेको छ । बिहीबार प्रदेशसभाको बैठकमा कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले चालु अधिवेशनबाट प्रदेशको नामांकन गर्ने बताए पनि अहिलेसम्म प्रदेशसभामा उक्त विषयले किन प्रवेश नपाएको भनी प्रश्न गरे । ‘के कुराले नामाकरणको बिषय रोकियो जवाफ […]
१५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ओलीले आफू मिर्गौला प्रत्यारोपणको तयारीमा रहेको बताएका छन् । स्वास्थ्यका कारण काम गर्न सक्दैन भने पनि आफू अहिले दिनमा १८ घन्टा खटिरहेको बताए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बाग्मती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, म मिर्गौला प्रत्यारोपण गर्दैछु । ५ दिन अस्पताल बस्छु, छैटौं […]
१५ फागुन, भजनी । कैलालीको भजनीमा टेलिकमको टावर ढल्दा तीन जना घाइते भएका छन् ।भजनी नगरपालिका–१ स्थित नेपाल टेलिकमको पुरानो टावरलाई खोल्ने क्रममा टावर ढल्दा तीन जना कामदार घाइते भएका हुन् । घाइते हुनेमा बर्दियाका ३२ वर्षीय चन्द्रबहादुर चौधरी, ३५ वर्षीय सन्ते चौधरी र २६ वर्षीय माइकल चौधरी रहेको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ […]
१५ फागुन, काठमाडौं । गोरखा भुतपुर्व सैनिक सघं (गेसो) ले सन् १९४७ को नेपाल–भारत–वेलायत त्रिपक्षीय सन्धि पुनावलोकन गर्न बेलायतलाई पत्र पठाएकोमा नेपाल सरकारलाई धन्यवाद दिएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञप्तिमा गेसोको माग अनुसार नै गत जुन महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीले वेलायती समकक्षी टेरेजा मेसंग सन्धि पुनरावलोकनको प्रस्ताव राखेको उल्लेख […]
१५ फागुन, पोखरा । रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले बिहीबार पोखरामा पूर्वपर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीलाई सम्झिएको छ । पोखरा सहिद पार्कमा स्व अधिकारीको पूर्ण कदको शालिक अनावरणपछि पोखरा सभागृहमा ‘रवीन्द्र अधिकारी स्मृति दिवस समारोह’ भएको हो । गत वर्ष फागुन १५ कै दिन ताप्लेजुङमा हवाई दुर्घटनामा अधिकारीको मृत्यु भएको थियो । अधिकारीको मृत्यु भएको १ वर्षदिनको […]
१५ फागुन, पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पार्टीमा सानोतिनो भूकम्प जाँदैमा आत्तिन नहुने टिप्पणी गरेका छन् । बिहीबार पोखरामा आयोजित ‘रवीन्द्र अधिकारी स्मृति दिवस समारोह’ मा उनले नेकपा सानोतिनो भूकम्पले चर्किने घर नभएको बताए । ‘अहिले काठमाडौंमा अलिअलि सानोसानो भूइँचालो, भूकम्प गइरहेको छ । हिजोआजका सञ्चारमाध्यममा त्यस्तै देखिन्छन् । तर, यो […]
१५ फागुन, काठमाडौं । समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिमा नयाँ कार्यसमिति गठन गरिएको छ । सरकारले उच्च अदालत, दिपायलका पूर्व मुख्य न्यायाधीश कुमारप्रसाद पोखरेलको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो । बिहीबार मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले पोखरेलको अध्यक्षमा नयाँ समिति गठन […]
११ दिनअघि चीनबाट नेपाल ल्याएर भक्तपुरको खरीपाटीस्थित क्वारेण्टाइनमा राखिएका १ सय ७५ जना नेपालीले १४ दिनमै परिवारलाई भेट्न नपाउने भएका छन् । १४ औ दिनको दिन अन्तिम पटक स्वाब ( र्याल, खकार) परीक्षण गरे पनि रिपोर्ट नआएसम्म उनीहरु घर जान नपाउने भएका हुन् । ‘१४ औ दिनमा हामीले कोरोना संक्रमण छ/छैन भनेर नमुना ल्याबमा पठाउँछौं, […]
१५ फागुन, जनकपुरधाम । महोत्तरीमा सवारी दुर्घटनामा परी घाइते भएका नेपाल कम्युनिसट पार्टी (माले)का महासचिव सिपी मैनालीसहित पाँचै जनालाई काठमाडौं पठाइएको छ । बर्दिबासमा सामान्य उपचारपछि मैनालीसहित उनका छोरा सरोज, बुहारी पूजा, पाँच वर्षीय नाति र चालक रामप्रसाद पौडेललाई हेलिकप्टरबाट काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दिबासका प्रवक्ता डीएसपी माधव बुढाथोकीले जानकारी दिए । उनीहरुको ग्राण्डी […]
१५ फागुन, काठमाडौं । गुल्मीको मदाने गाउँपालिकाको वडा नं २ स्थित बाँझकटेरी प्याराग्लाइडिङ शुरु हुने भएको छ । बाँझकटेरीको कसुरे डाँडामा भएको सफल परीक्षण पनि प्याराग्लाइडिङ शुरु हुने भएको हो । प्याराग्लाइडिङको सफल परीक्षण भइसकेको भन्दै अब व्यवसायिक उडानको तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षको बजेटमा नै […]
१५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विरोध गर्ने केही विषय नपाएपछि आफ्नो जन्मदिनलाई मुद्दा बनाएको बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बाग्मती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एंव प्रधानमन्त्री ओलीले खानेपानी, विजुली पुगेको अवसरमा जनताले खुसी मनाएको र आफ्नो जन्मदिन पनि त्यही बेला मनाएको बताए । तर विजुली धारा पुगेको […]
१५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक अडियो प्रकरणबारे बोलेका छन् र निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको बचाउ गरेका छन् । आफ्नाविरुद्ध बात लागेपछि बास्कोटाले राजीनामा दिएको भन्दै उनले प्रमाणित भए जसरी प्रचार गरेकोमा आपत्ति जनाए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बागमती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एंव प्रधानमन्त्री ओलीले भने, […]
१५ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा विवाद, संघर्ष हुनु स्वभाविक भएको बताएका छन् । बागमती प्रदेशस्तरीय प्रशिक्षणमा प्रचण्ड विवाद र समस्या नभएको दिन पार्टी नै नचाहिने बताए । उपाध्यक्ष बामदेव गौतमलाई राष्टियसभा सदस्य बनाउने निर्णयसँगै पार्टीमा देखिएको विवादतर्फ संकेत गर्दै उनले भने, ‘अहिले केके भयो जस्तो लागेको […]
१५ फागुन, काठमाडौं । सरकारले नेपाल–भारत अन्तराष्ट्रिय सीमा निरीक्षण समितिको म्याद छ महिना थप गरेको छ । १२ फागुनमा बसेको मन्त्रिपरिषद बैठकले समितिको कार्यावधी २०७७ असारसम्मका लाथि थप्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । गत २९ कात्तिकमा सरकारले तीन महिना कार्यावधी तोकेर सीमा निरीक्षण समिति […]
१५ फागुन, बुटवल । तालमा डुंगा शयरको चर्चा चल्ने वित्तिकै धेरैले पोखराको फेवा ताललाई सम्झने गर्छन् । तर यो वर्षदेखि रुपन्देहीका तालहरुमा पनि धमाधम व्यवसायिक डुंगा सञ्चालन र जल पर्यटनको विकासले गति लिएको छ । रुपन्देहीमा कञ्चन गाउँपालिकाको दानापुर तालमा मात्रै डुंगा सञ्चालन हुने गरेकामा यो वर्षदेखि गैडहवा ताल र बुटवलको नरैनापुरधामस्थित कपरकट्टी तालमा पनि […]
१५ फागुन, काठमाडौं । ३० हजार रुपैयाँ घुस रकमसहित दैलेखमा सामुदायिक विद्यालयका एक जना प्रधानाध्यापक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको नौमुले गाउँपालिका-१ स्थित श्री भैरव माविका प्रधानाध्यापक नगेन्द्रबहादुर सिंह रहेका छन् । शिक्षकको चौमासिक तलब र दशैं खर्च बापतको रकम निकासाका लागि प्रअ सिंह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर बस्नेतले घुस मागेको […]
१५फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीले स्थानीय तहका वडाध्यक्षहरु सिंहजस्तो भएको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभामा संघ, प्रदेश तथा स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थापन विधेयक २०७६ माथिको छलफलमा भाग लिँदै सांसद गिरीले वडाध्यक्ष सिंह र नगरपालिका प्रमुख महासिंहजस्तो भएको टिप्पणी गरेका हुन् । गाउँमा सिहंदरबार ल्याएकाले वडाध्यक्ष सिंह भए, नगरपालिका प्रमुख महासिंह भए, […]
१५ फागुन, काठमाडौं । सिराहामा रोकीराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा बिहीबार एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार कल्याणपुर नगरपालिका-८ बस्ने ४० वर्षीय विपया दास रहेका छन् । दुर्घटनामा परी घाइते भएका दासको फुलकुमारी महतो ममोरियल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा […]
१५ फागुन, काठमाडौं । सरकारले पेट्रोल र डिजेलमा लिँदै आएको पूर्वाधार विकास कर बढाएको छ । मन्त्रिपरिषद्को फागुन १२ गते बसेको बैठकले पूर्वाधार विकास करको दर परिर्वतन गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार अब पेट्रोल, डिजेल र हवाइ इन्धनमा १० रुपैयाँ कर लिइनेछ । यसअघि ५ रुपैयाँ लिने गरिएको थियो । […]
१५ फागुन, चितवन । तनहुँको भानु नगरपालिकाको केन्द्र सार्न खोजिएको भन्दै तीन वडाका स्थानीय बासिन्दा आन्दोलित भएका छन् । गत माघ २३ गते बसेको छैठौं नगरसभाले नगरपालिकाको केन्द्र अपायक भएको भन्दै अन्यत्रै सार्ने निर्णय गरेपछि वडा नम्वर २, ५ र ६ का स्थानीय बासिन्दा आन्दोलित भएका हुन् । हाल वडा नं. २ फुस्रेटारमा नगरपालिकाको कार्यालय […]
from समाचार – Online Khabar https://ift.tt/2Pvpvdc
via IFTTT