Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

घोषणा नहुँदै ‘हाम्रो नेपाल…’ अभियानबाट ब्याक भए रमेश खरेल

१५ फागनु, काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेतृत्व गर्ने भनिएको नयाँ अभियान सुरुमै बिथोलिएको छ । ‘आधारभूत विषयहरुमै मतान्तर उत्पन्न भएको’ भन्दै खरेल आफैं अभियानबाट पछि हटेका छन् । खरेलको नेतृत्वमा ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानको आज औपचारिक घोषणा हुने कार्यक्रम थियो । तर, फेसबुकमा स्टाटस लेख्दै खरेलले कार्यक्रममा सहभागी नहुने जनाउ दिएका छन् […]

अष्टलक्ष्मी शाक्यको प्रश्न : नेपालको नक्शा केक बनाएर चिरा पार्ने संस्कार कहाँबाट आयो ?

१५ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले जन्मदिनमा केक नकाट्न नेकपा कार्यकर्तालाई आग्रह गरेकी छन् । नेकपाको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनले केक काट्ने संस्कृति नेपालीको नभएको बताइन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित कार्यक्रममा उनले प्रश्न गरिन् ‘नेपालको नक्साको केक बनाएर चिरा पार्ने संस्कार कहाँबाट आयो […]

राष्ट्रिय सहमति विना संविधान संशोधन असम्भव : देव गुरुङ

१५ फागुन, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले राष्ट्रिय सहमति विना संविधान संशोधन सम्भव नभएको बताएका छन् । अहिलेको संविधानमा धेरै परिमार्जन गर्नुपर्ने विषय भए पनि राष्ट्रिय सहमति नबन्दासम्म संशोधन सम्भव नभएको उनले बताए । संविधान सम्झौताको दस्तावेज भएको उल्लेख गर्दै उनले राष्ट्रिय सहमति जुटेको खण्डमा संशोधन गर्न […]

गुल्मीमा आगलागी हुँदा एक घरमा क्षति

१५ फागुन, गुल्मी । गुल्मीको इश्मा गाउँपालिका–५ दमारामा बिहीबार आगलागी भएको छ । आगलागीबाट स्थानीय राजु घर्तीको घरमा क्षति पुगेको इश्मा गाउँपालिकाका कार्यपालिका सदस्य बोमबहादुर कुमालले जानकारी दिए । घर्तीको खरको छानो भएको २ तले घर जल्दा घरमा भण्डारण गरी राखेको अन्नपात समेत जलेर नष्ट भएको उनले बताए । आगलागीबाट घर्तीको १० वटा बाख्रा, १ […]

मुख्यमन्त्री पोखरेलको आरोप : आफ्नै नेताले सरकारविरुद्ध भ्रम छरे

१५ फागुन, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफ्नै पार्टीका नेताहरुले सरकारविरुद्ध भ्रम छरेको आरोप लगाएका छन् । उनले कतिपय नेता सरकारलाई सफल बनाउनुको सट्टा कृत्रिम आलोचनामा उत्रिएको भन्दै प्रतिशोधको राजनीति नगर्न आग्रह गरे । ‘जनतामा कृत्रिम असन्तुष्टिको नकारात्मक भ्रम छर्ने काम भइरहेको छ, र पछिल्लो समय पार्टीका कतिपय नेताले त्यसमा मलजल गरिरहेका […]

गुल्मीमा बेवारिसे शवको पहिचान हुन सकेन

१५ फागुन, गुल्मी । गुल्मीमा एक बेवारिसे शवको पहिचान हुन सकेको छैन । तम्घास रेसुङ्गा नगरपालिका-८ स्थित बालमन्दिरमा बिरामी अवस्थामा भेटिएका एक पुरुषको उपचारका क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको थियो । बेवारिसे अवस्थामा भेटिएका ती पुरुषको मृत्यु भएको तर पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणि पुनले बताए । उनलाई बिरामी अवस्थामा […]

लागूऔषध मुद्दामा यती समूहका शेर्पाको आज बयान

१५ फागुन, काठमाडौं । लागू औषधसहित पक्राउ परेका यती समूहका सदस्य नवाङ पासाङ शेर्पाको आइतबार जिल्ला अदालत काठमाडौंमा बयान हुँदैछ । माघ १८ गते पक्राउ परेका शेर्पासहित चार जनालाई जिल्ला सरकारी वकिल कार्यालयले लागूऔषधसम्बन्धी अभियोगसहित जिल्ला अदालतमा पेश गरेको थियो । शेर्पाको बिहीबार बयान हुने जिल्ला अदालत काठमाडौंमा श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए । यह […]

क्यान्सर अस्पतालको गेटमा होटल विचौलियाको धर्ना !

१५ फागुन, चितवन । चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालको गेटमा एक हुल मान्छेहरु सधै देखिन्छन् । महिला-पुरुषका समूह झुप्प भएर बस्छन् । झट्ट आउने मान्छेहरुले खासै मतलव हुँदैन, उनीहरु किन त्यहाँ आएका होलान् ? कसैले सोच्छन् यी अस्पतालमा बिरामी लिएर आएका आफन्तहरु होलान् । तर, होइनन् । अस्पतालको मूल गेट अगाडि भेला भएका व्यक्तिहरु नजिकैका होटलका […]

शहीद पार्कमा रवीन्द्र अधिकारीको शालिक

१५ फागुन, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको शालिक अनावरण गरिएको छ । पोखरा १८ जामुनबोटमा निर्माणाधिन शहीद पार्कमा अधिकारीको शालिक बनाइएको छ । पार्कको पूर्वी भागमा ठडिएको पूर्ण कदको रंगीन शालिकको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतल अनावरण गरेका हुन् । सुर्खेतका कलाकार तिलवीर सुनार सेन्चुरीले ६ महिना […]

साझा पार्टीको राष्ट्रिय भेला सुरु हुँदै

१५ फागुन, काठमाडौं । साझा पार्टीको तीन दिने राष्ट्रिय भेला लुम्बिनीमा सुरु हुँदैछ । भेलाको बिहीबार मध्यान्ह तीन बजे उद्घाटन हुने पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यले जानकारी दिए । आचार्यका अनुसार भेलाका सहभागीहरूले साँझ मायादेवी मन्दिरमा शान्ति दीप प्रज्वलन गर्ने, शुक्रबार समूहगत प्रस्तुति तथा छलफल र अन्तिम दिन छलफलमा उठेको प्रश्नको जवाफ केन्द्रीय नेतृत्वले दिने […]

काम सन्तोषजनक नभएपछि माथिल्लो तामाकोसी पुगे कुलमान

१५ फागुन, काठमाडौं । कार्यतालिकाअनुसार काम नभएपछि नेपाल विद्युत प्राधिकरण्का कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा स्थलगत अनुगमन गरेका छन् । उनले आयोजनामा सन्तोषजनक प्रगति नभएको भन्द्यै गति बढाउन र तोकिएको सयमै काम सक्ने वातावरण तयार गर्न निर्देशन दिएका छन् । स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ठाडो सुरुङमा ३५५ […]

प्रधानमन्त्री सचिवालयको दाबीमा विनोद चौधरीको खण्डन

१५ फागुन, काठमाडौं । उद्योगपति विनोद चौधरीले अर्थमन्त्री डा. युवराज खतिवडालाई हटाउने लागेको आरोपको खण्डन गरेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्ने निर्णय गरेको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई दोहोर्‍याउने भन्दै निर्णय कार्यान्वयन नगर्ने बताएका छन् । खतिवडालाई रोक्नकै लागि गौतमलाई अगाडि सारिएको र […]

प्रधानमन्त्री ओली र कांग्रेस नेता कोइरालाबीच भेटवार्ता

१५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार विहान साढे आठ बजेदेखि करिब डेढ घण्टा कुराकानी भएको हो । नेताद्वयबीच पछिल्लो राजनीतिक घट्नाक्रम, संविधान संशोधन, अडियो टेप प्रकरण लगायतका विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । […]

चितवनमा नक्कली राजश्व बिल बनाएर माटो उत्खनन्

१५ फागुन, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं. ९ मा नगरपालिकाको फर्जी बिल बनाएर माटो निकासी गरेको भेटिएको छ । एक ब्यक्तिको निजी जग्गाको माटो निकासीमा नगरपालिकाले निकासी कर लगाउन बिल जारी गरेको थियो । राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालले अनुगमनका क्रममा फर्जी बिल फेला पारिएको जानकारी दिइन् । गत फागुन ७ गते […]

घुर ताप्दा जलेर घाइते भएकी सायराको मृत्यु

१५ फागुन, वीरगञ्ज । घुर ताप्ने क्रममा आगोले जलेर घाइते भएकी पर्साको छिपहरमाई गाउँपालिका-५ भिश्वाकी ५० वर्षीया सायरा खातुनको मृत्यु भएको छ । जलेर गम्भीर घाइते भएकी सायराको उपचारको क्रममा कीर्तिपुरस्थित वर्न अस्पतालमा बुधबार राति साढे १० बजेतिर मृत्यु भएको हो । पैसा नभएकै कारण फागुन ४ गते बिहान आगोले जलेर घाइते भएकी सायराको उपचारमा […]

नक्कली लाइसेन्सको कारोबारमा संलग्न १ जना पक्राउ

१५ फागुन, जनकपुरधाम । नक्कली लाइसेन्सको कारोबारमा संलग्नको आरोपमा धनुषाबाट १ व्यक्ति पक्राउ परेकी छन् । जनकपुरधाम उप–महानगरपालिका–९ कि रूवि मिश्रलाई प्रहरीले नक्कली लाइसेन्सको कारोबारमा संलग्नको आरोपमा पक्राउ गरेको हो । पक्राउ परेकी मिश्रले आफ्ना छोरा चन्दनलाई प्रयोग गरी व्यक्तिसँग रकम लिएर नक्कली लाइसेन्स बनाइदिने गरेको प्रहरीले जनाएको छ । महोत्तरीको गौलाशा नगरपालिका १२ बस्ने […]

बाँझकटेरीमा प्याराग्लाइडिङको सफल परीक्षण

१५ फागुन, गुल्मी । गुल्मीको मदाने गाउँपालिका-२ बाँझकटेरीको कसुरे डाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । स्काई बर्ड प्याराग्लाइडिङ पोखराको टोलीले बुधबार तीन वटा प्याराग्लाइडिङ उडाएको थियो । पूर्वमन्त्री गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले प्याराग्लाइडिङ चालकहरुलाई फूलमाला लगाएर सफलताको शुभकामना दिएका थिए । मदाने गाउँपालिकाले होलबाङ प्याराग्लाइडिङ सम्भाव्यता अध्ययनका लागि आर्थिक वर्ष […]

दुई भलिबल खेलाडी सम्मानित

१५ फागुन, काठमाडौं । सन्जय स्मृति प्रतिष्ठानले भलिबल खेलाडीद्वय चन्द्र कुँवर र विनीता बुढाथोकीलाई नगदसहित सम्मान गरेको छ । पाल्पा तानसेनमा रहेको प्रतिष्ठानले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी खेलाडीद्वयलाई ३०/३० हजारका दरले सम्मानित गरेको हो । कुँवर १२ औं सागलगायत विभिन्न प्रतियोगिता खेलेका खेलाडी हुन् । एक दशकदेखि उनी घरेलु भलिबल खेलेको नेपाल पुलिसबाट […]

जनकपुर-जयनगर चल्ने रेल चैत १८मा नेपाल आइपुग्ने

१५ फागुन, काठमाडौं । कुर्था-जनकपुर-जयनगर रुटमा चल्ने रेल चैत १८ गते नेपाललाई हस्तान्तरण हुने भएको छ । नेपालमा सञ्चालन गर्न २ वटा रेल अहिले भारतको मद्रासमा निर्माणाधीन छन् । रेल विभागमा माहानिर्देशक बलराम मिश्रले चैतको १८ गते भारतीय रेल निर्माता कम्पनीले रेल नेपाललाई हस्तान्तरण गर्ने तय भएको बताए । रेल विभागले ८४ करोड ६५ लाख […]

मिथिला संस्कृति अध्ययन केन्द्र बन्दै

१५ फागुन, जनकपुरधाम । मिथिलास्थित सबै समुदायको धरोहरसहितको ‘मिथिला संस्कृति अध्ययन केन्द्र’ निर्माणको थालनी गरिएको छ । सोका लागि समस्त देवीदेवताको लघुचित्रसहितको देवलोक एवं मिथिलाको पहिचान, संस्कृति झल्किने भवनको नक्सा तयार गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका–७ मा निर्माणको शिलान्याससमेत भइसकेको सो केन्द्रको निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गरिने योजना रहेको छ । मैथिल ब्राह्मण महासभाद्वारा […]

‘एउटा शिखर सम्मेलन गर्न नसक्नु कार्यक्षमता जाँच्ने आधार होइन’

१५ फागुन, काठमाडौं । केही वर्ष अगाडिसम्म पनि दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को नाम नेपाली सञ्चार माध्यमहरूमा आइरहन्थ्यो । नेपाल लगायतका सदस्य राष्ट्रहरू यसका विविध गतिविधिमा सक्रिय थिए । तर आजभोलि सार्कको खबर खासै चर्चामा आउँदैन । क्षेत्रीय सङ्गठनको सर्वोच्च निकायका रूपमा रहेको शिखर सम्मेलन नभएको पाँच वर्ष पूरा भइसकेको छ । सार्क जिउँदै […]



from समाचार – Online Khabar https://ift.tt/2HYnmm5
via IFTTT
Powered by Blogger.