समाचार
१३ फागुन, काठमाडौं । उपप्रधानमन्त्री तथा नेपाल ट्रस्टका अध्यक्ष ईश्वर पोखरेलले पर्यटन बोर्डमा श्वेतपत्र जारी गरिरहँदा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई स्थानीयबासीलाई भेट्न चन्द्रगिरी नगरपालिकाको मातातीर्थमा पुगेका थिए । मातातीर्थ त्यही स्थानमा हो, जहाँ डा. भट्टराई प्रधानमन्त्री भएका बेला १७२ रोपनी १५ आना जग्गा मोही कायम गरेर वितरण गरिएको थियो । श्वेतपत्रअनुसार त्यतिबेला मोही कायम गरेर […]
१३ फागुन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जन्मदिनको शुभकामना दिएको छ । तर जन्मदिनमा प्रधानमन्त्री ओलीको सत्ता उन्माद देखेर आम नागरिक निराश भएको उनको टिप्पणी छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुमै समय लिएर बोल्दै कांग्रेस सांसद डा. मिनेन्द्र रिजालले प्रधानमन्त्रीलाई कुन लोकमा हुनुहुन्छ भन्ने प्रश्न गरे । प्रधानमन्त्री ओलीको जन्मदिनको […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)ले भोलि बुधबार सचिवालयको बैठक बोलाएको छ । संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय विवादमा परिरहेका बेला सचिवालयको बैठक बोलाइएको हो । एक नेताकाअनुसार बैठक भोलि ११ बजे बस्नेछ । सचिवालयको अघिल्लो बैठकले उपाध्यक्ष बामदेव गौतमको मागअनुसार राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न कार्यदल […]
१३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबाट धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा (दहचोक) सुरुङमार्ग निर्माणको लागि शिलान्यास भएको ५ महिना बित्न लाग्यो । ४ असोजमा शिलान्यास गरेको आयोजनामा अझै मुआब्जा विवाद सल्टिएको छैन, जसका कारण ठेकदारलाई सुरुङमार्गको मुख्य भागमै पुगेर काम गर्न पाएका छैनन् । धादिङतर्फ जग्गाको मुआब्जा विवाद नटुंगिएपछि प्रारम्भिक काम समेत सुरु हुन […]
१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणलाई लिएर प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । संसदमा गणित भए पनि शासन गर्ने वैधानिक योग्यता र क्षमता गुमेको भन्दै उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजी नेपाल कम्युनिस्ट पार्टीको स्वास्थ्यको […]
१३ फागुन, विराटनगर । विराटनगर महानगरपालिकाले सडकको जमिन अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन सुरु गरेको छ । विराटनगर– १ परोपकार घाटमा बस्दै आएका ८ परिवारको घरटहरा मंगलबार महानगरपालिकाले डोजरको प्रयोग गरेर हटाएको हो । मंगलबार टहरा भत्काउने क्रममा स्थानीय बासिन्दा र टहरा भत्काउन पुगेको टोलीबीच विवाद भएको थियो । विवादका क्रममा मोरङ प्रहरीको टोली […]
१३ फागुन, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको सरकार परिवर्तन हुने सपना नदेख्न सुझाएका छन् । संघीयतालाई धरापमा पार्न केही नेताहरुले प्रदेश २ को सरकार ढाल्ने दाबी गरेको उनले बताए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दिन अगाडि धनुषा आएरै प्रदेश २ को सरकार परिवर्तनका लागि कुराकानी […]
१३ फागुन, काठमाडौं । काठमाडौं, केशरमहल बस्दै आएका पुरातत्वविद् काइ वाइजे दिनहुँ जसो जुद्ध वारुण यन्त्रको भवनबाट ओहोरदोहोर गर्छन् । ‘वसन्तपुरमा निर्माण भइरहेको काष्ठमण्डपमा साइकल जाँदा आउँदा यो ऐतिहासिक भवन किन भत्काउन मरिहत्ते गरेको होला जस्तो लाग्छ’, वाइजे भन्छन् । विश्व सम्पदाका ज्ञाता वाइजे काठमाडौं महानगरपालिका वा कुनै पनि निकायले भवन भत्काउन नहुने बताउँछन् । […]
१३ फागुन, कैलाली । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार कैलाली आउने भएकी छन् । तीनदिने सुदूरपश्चिम प्रदेश भ्रमणको क्रममा राष्ट्रपति भण्डारी धनगढी आउन लागेकी हुन् । बुधबार धनगढीमा राष्ट्रपति भण्डारीले विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गर्ने छिन् । सोही दिन खाना महोत्सवको पनि उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । सुदूर पश्चिमाञ्चल साहित्य समाजको आयोजनामा सञ्चालन […]
१३ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजको माग गर्दै नेपाल मजदुर किसान पार्टीले विरोध प्रदर्शन गरेको छ । सम्झौता खारेज गर्न नेपाल सरकार र अमेरिकी सरकारको ध्यानाकर्षण गराउन भन्दै प्रदर्शन गरेको हो । रत्नपार्कबाट सुरु भएको जुलुस अमेरिकी दूतावास अगाडिसम्म पुगेको थियो । प्रदर्शनमा सहभागीहरुले देश बेच्न पाइँदैन, एमसीसी खारेज […]
१३ फागुन, विराटनगर । विवाहित महिलालाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैचा ६ बस्ने १९ वर्षीया संजिता निरौला र सुन्दरहरैचा ४ बस्ने ऋषिराम भट्टराई छन् । उनीहरुले मोरङको सुन्दरहरैचा नगरपालिका–५ बस्दै आएकी प्रीति तिम्सिना अधिकारीलाई आत्महत्या गर्न बाध्य पारेको आरोप छ । नग्न तस्वीर देखाएर […]
१३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट क्षति भई प्रवलीकरण कार्य जारी रहेको केशर महलको अवलोकन गरेका छन् । सो अवसरमा उनले केशर महलको ऐतिहासिक र सांस्कृतिक महत्वलाई संरक्षण गर्न निर्देशन दिए । मंगलबार केशर पुस्तकालय र स्वप्न बगैँचाको अवलोकनपछि प्रधानमन्त्री ओलीले आगन्तुक पुस्तिकामा लेखेका छन्, ‘केशर पुस्तकालयको संरक्षण र सदुपयोग गरौं ।’ राष्ट्रिय […]
१३ फागुन, काठमाडौं । पर्सामा चट्याङ लागेर मंगलबार एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवा प्रसौनी गाउँपालिका-४ देवरबाना बस्ने अन्दाजी ४५ वर्षीया नयमा खातुन रहेकी छन् । घरदेखि करिब २ सय मिटर टाढाको खेतमा घाँस काट्न गएको समयमा चट्याङ खस्दा उनी बेहोस भएकी थिइन् । उनलाई तत्काल उपचारका लागि स्थानीय मेडिकलमा लैजानेक्रममा […]
१३ फागुन, चितवन । निकुञ्ज ऐन संशोधनको माग गर्दै आमरण अनशनमा बसेका माडी नगरपालिका- १ का वडाध्यक्ष कृष्ण पौडेलले अनशन तोडेका छन् । ७ दिनदेखि अनशनमा बसेका पौडेललाई हात्तीको आक्रमणबाट ज्यान गुमाएका पीडितका परिवार सदस्यले जुस अनशन तोडाएकी हुन् । चितवन निर्वाचन क्षेत्र नं. ३ का सांसद पुष्पकमल दाहाल प्रचण्डले फोनमा कुराकानी गर्दै माग पुरा […]
१३ फागुन, बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रदेश नम्बर ५ को नाम लुम्बिनी–मगरात-थारुवान राख्न माग गरेको छ । पार्टीले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रदेशको भौगोलिक अवस्था र बसोबासको आधारमा प्रदेशको नाम लुम्बिनी–मगरात-थारुवान राख्नुपर्नेे माग गरेको हो । सो पार्टीले प्रदेशको राजधानी लुम्बिनी परिपथभित्र राख्नु पर्ने माग गरेको छ । […]
१३ फागुन, पोखरा । पृथ्वीनारायण(पीएन) क्याम्पसमा मंगलबार नेपाल प्रहरी र नेपाल विद्यार्थी संघका कार्यकर्ताबीच झडप हुँदा विद्यार्थी सुजन लामिछाने घाइते भएका छन् । घाइते लामिछानेको मणिपाल अस्पतालमा उपचार भइरहेको छ । गत बिहीबार क्याम्पसमा नेविसंघ र अनेरास्ववियु विद्यार्थीबीच झगडा भएको थियो । झडपमा अनेरास्ववियु निकट विराट दवाडी र विशाल पन्त घाइते भएका थिए । घाइते […]
१३ फागुन,1 काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा सदस्यको शपथ यही फागुन २१ गतेका लागि तय भएको छ । गत माघ ९ गते निर्वाचित १८ जनालाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ गराउने कार्यक्रम २१ गतेका लागि तय भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ । राष्ट्रिय पोशाक वा आ-आफ्नो पहिचान झल्किने पोशाकमा शपथ लिन सक्ने सचिवालयले जनाएको […]
१३ फागुन, जनकपुरधाम । सिराहा प्रहरीले १९ तोला सुनसहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको लहान नगरपालिका १९ छर्रापट्टीबाट मोटरसाइकलमा सवार दुई युवकलाई सुनसहित पक्राउ गरिएको सिराहा प्रहरीले जनाएको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको सादा पोसाकको टोलीले को. ३८प. २६३२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा दुई किलो सुन बरामद […]
१३ फागुन, काठमाडौं । सरकारले करिब ७ वर्षअघि तत्कालिन डा.बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदबाट मोहीका नाममा कायम गरिएको १७२ रोपनी १५ आना जग्गा नेपाल ट्रष्टकै नाममा फिर्ता ल्याउने प्रक्रिया थालेको छ । बाबुराम भट्टराई नेपाल ट्रष्टको संरक्षक र विजयकुमार गच्छदार अध्यक्ष रहेका बेला २०६९ साल कात्तिक २ गते मन्त्रिपरिषद बैठकबाट करिब १७३ रोपनी जग्गा मोही तथा […]
१३ फागुन,काठमाडौं । सरकारले नेपाल ट्रष्टको नाममा रहेको चल अचल सम्पत्ति विवरण श्वेतपत्रमार्फत सार्वजनिक गरेको छ । ट्रष्टका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार पत्रकार सम्मेलनमार्फत श्वेतपत्र जारी गरेका हुन् । नेपाल ट्रष्टको नाममा देशभर करिब २२ हजार रोपनी जग्गा रहेको छ । सोमध्ये १५ हजार रोपनी त जंगलमात्रै छ । त्यस्तै […]
१३ फागुन, काठमाडौं । पर्सा प्रहरीले स्रोत नखुलेको २६ लाख ७१ हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको पिप्रा पोखरिया १ घर भई हाल वीरगञ्ज महानगरपालिका-१६ नगवा बस्ने ४१ वर्षीय संजयकुमार साह, सोही ठाउँ बस्ने ३० वर्षीय जयलाल महतो, भारतको रक्सौल डुमरिया टोलका ३५ वर्षीय विजयकुमार ठाकुर र वीरगञ्ज महानगरपालिका-१६ नगवाका ३१ […]
from समाचार – Online Khabar https://ift.tt/2VipyNc
via IFTTT