समाचार
१४ फागुन, काठमाडौं । देशभरिका क्याम्पस आजदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पदाधिकारीविहीन भएका छन् । बुधबार हुने भनिएको स्ववियु निर्वाचन नभएपछि २०७३ सालमा निर्वाचित भएका क्याम्पसका स्ववियु पदाधिकारीको कार्यकाल सकिएको हो । विशेष कारण देखाउँदै त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्को यही फागुन ५ गते बसेको बैठकले आज (बुधबार)का लागि तोकिएको स्ववियु निर्वाचन स्थगन गरेको थियो […]
१४ फागुन, विराटनगर । विराटनगरको कोसी अञ्चल अस्पतालको नयाँ भवन निर्माणका लागि क्षयरोग निवारण संस्थाले निर्माण गरेको भवन भत्काइने भएको छ । आईसीयू भवन बनाउन संघीय सरकारबाट बजेट विनियोजन भएपनि जग्गा अपुग भएपछि २०१६ सालमा क्षयरोग निवारण संस्थालाई दिएको जग्गामा बनेको भवन भत्काउन लागिएको हो । सरकारी स्वामित्वमा रहेको अस्पतालको नाममा मुख्य बजारमा ५ बिघा […]
१४ फागुन कैलाली । राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम प्रदेश कला साहित्य र संस्कृतिको उर्वर भूमि भएको बताएकी छन् । धनगढीमा बुधबारदेखि सुरु भएको विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सुदूरपश्चिम प्रदेश मौलिक परम्परा रहनसहन र भेषभुषाको विशिष्ट पहिचान बोकेको भन्दै प्रशंसा गरेकी हुन् । राष्ट्रपति भण्डारीले पहलमानसिंह स्वार र जयपृथ्वीबहादुर सिंहलाई समेत स्मरण […]
१४ फागुन, बुटवल । रुपन्देहीमा सेवाग्राहीसँग घुस लिदै गर्दा दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका- ५ का अध्यक्ष श्रवणकुमार यादव र उच्च अदालत बुटवल इजलासका सरकारी वकिल कार्यालय सहयोगी महेन्द्र यादव रहेका छन् । वडा अध्यक्ष यादवले चार किल्ला सिफारिस वापत ७० हजार र […]
१४ फागुन, काठमाडौं । सल्यानमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कुमाख गाउँपालिका-१ चतारेस्थित पतारे खोलामा रा३प ८८८८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँका २९ वर्षीय रमेश बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल सडकबाट करिब १५ मिटर तल खसेको थियो ।
१४ फागुन, काठमाडौं । धनुषामा प्रहरीले बुधबार एउटा पेस्तोल र एक राउण्ड गोली बरामद गरेको छ । धनुषाधाम नगरपालिका-८ मुलाबारीबाट धनुषाधामतर्फ जाने सडकबाट पेस्तोल र गोली बरामद गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले पेस्तोल र गोली बरामद गरेको हो । बरामद हतियार कसको हो भन्ने खुलेको छैन । थप अनुसन्धान […]
१४ फागुन, विराटनगर । विराटनगरमा साढे पाँच करोडको लागतमा सूर्योदय मिल्क एण्ड बेभरेज उद्योग स्थापना भएको छ। दूग्धजन्य पदार्थको उत्पादनसँगै बिक्री वितरण गर्ने उदेश्यले स्थापना गरिएको उद्योगको बुधबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन । डेरीको उद्घाटन गदै मुख्यमन्त्री राईले प्रदेश सरकारले कृषि उत्पादनलाई उच्च प्राथमिकतामा राखेको बताए । उनले कृषिलाई […]
१४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धमा आफूले कुनै निर्णय नगरेको बताएका छन् । नेपाल ट्रष्टका अध्यक्ष एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाखरेलले बुधबार श्वेतपत्र जारी गर्दै ताहाचाल सोल्टी आउटर कम्प्लेक्सको जग्गा थामुसेर्कु ट्रेकिङलाई लिजमा दिने प्रस्ताव स्वीकृत गर्दा तात्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा ट्रष्टको संरक्षक र गृहमन्त्री जनार्दन शर्मा अध्यक्ष […]
म महासंघमा सक्रिय भएपछि महासंघकै काम र विभिन्न कार्यक्रमका सिलसिलामा पूरै देशभर पुग्ने अवसर पाएँ। ती कार्यक्रममा सहभागी हुँदा तपाईं उद्योगी व्यवसायी साथीहरु, नागरिक समाजका प्रतिनिधिहरुसँग औपचारिक अनौपचारिक थुप्रै बसाइँ भए, भेला र बैठकहरु भएँ । ती बसाइँ भेला र बैठकमा तपाइँहरु सबै जनाले मलाई यो गरिमामय संस्थाको नेतृत्वमा आउन आग्रह गर्नुभयो । एक किसिमले […]
१४ फागुन, काठमाडौं । तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा गुडिरहेको ट्रक अचानक स्थानीयको घरमा ठोक्किन पुग्दा दुर्घटनामा परेको छ । वीरगञ्जबाट गोलभेंडा बोकेर पोखरातर्फ जाँदै गरेको ना४ख८६६६ नम्बरको ट्रक स्थानीय भोजराज पन्तको घरमा ठोक्किन पुग्दा दुर्घटना भएको तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले अनलाइनखबरलाई जानकारी दिए । दुर्घटनामा परी ट्रकका चालक सामान्य घाइते भएका छन् । […]
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरस्वती युथ क्लबका कप्तान दिपेश श्रेष्ठलाई दुई वर्षको प्रतिबन्ध लगाएको छ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा प्रतियोगिताको नियमावली विपरीत कार्य गरेको भन्दै एन्फाले २ वर्षको प्रतिबन्ध लगाएको जनाएको छ । लिग अन्तर्गत ५९औ खेलमा हिमालयन शेर्पाविरुद्धको खेलमा नियम विपरीत कार्य गरेकोले अनुशासन समितिको बैठकले प्रतिबन्धको […]
१४ फागुन, काठमाडौं । संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय निल्नु न ओकल्नु भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार सचिवालय बैठक बोलाएको थियो । तोकिएको समय बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित नौ जना नेता उपस्थित भएपछि एजेण्डा सोधीखोजी भयो । ओलीले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने […]
१४ फागुन, काठमाडौं । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत स्वास्थ्यकर्मीलाई सेवा चुस्त पार्न निर्देशन दिएका छन् । उनले सर्वसाधारणको स्वास्थ्य सेवा चुस्त बनाई सभ्यता प्रदर्शन गर्न सबै कर्मचारीलाई आग्रह गरे । अस्पतालको डेन्टल विभाग, अर्थो वार्ड, सर्जिकल वार्ड, स्त्री तथा प्रसूति वार्ड, ओपिडी, फिजियो थेरापी रिहाविलिटेशन युनिट, रेडियो डाइग्नोसिसको उनले निरीक्षण […]
१४ फगुन, काठमाडौं । महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटले नेपाली क्रिकेटर तथा राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्कालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । बुधबार काठमाडौंमा भएको एक कार्यक्रमका बीच उनलाई अग्नि इन्कर्पोरेटले एम्बेसडरमा नियुक्त गरेको हो । खड्काले अब कम्पनीको महिन्द्राको महिन्द्राको एक्सयुभी ३०० चढ्न सुरु गरेका छन् । खड्कालाई अग्नि ग्रुपका कार्यकारी […]
१४ फागुन, काठमाडौं । बुधबार सेयर बजारमा हरियाली छाएको छ । दिनभर भएको तीब्र उतारचढावबीच सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ५० दशमलव ९३ अंकले बढेर १ हजार ५ सय ९६ दशमलव १३ मा पुगेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ३ दशमलव ३० अंकले बढेको हो । कारोबार रकममा समेत उल्लास देखिएको छ । […]
१४ फागुन, वीरगञ्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१८ बडहर्वाका किसान दिनेश गिरीले यसवर्ष ४ कठ्ठामा ‘श्रेष्ठा’ जातको मकै लगाए । तर मकैमा दाना लागेन । मकैमा दाना नलागेपछि उनले काटेर भैंसीलाई खुवाइसकेका छन् । दिनेशको मात्रै होइन, अन्य किसानले लगाएको मकै बालीमा पनि यस्तै समस्या देखिएपछि किसान चिन्तित छन् । मकैमा घोगा लाग्न सुत्ला पसेको […]
१४ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जानिबुझी मातातीर्थको करिव १७३ रोपनी जग्गा मोही कायम गरेर वितरण गरेको बताएका छन् । आफ्नो सरकारले १४ कात्तिक २०६९ मा गरेको उक्त निर्णय राजनीतिक, कानूनी र नैतिक रुपमा पनि सही भएको उनको दाबी छ । ३ फागुनमा संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल ट्रष्टको जग्गा भट्टराईको पालामा […]
१४ फागुन, विराटनगर । प्रदेश सरकारको स्थायी संरचना बनाउन विराटनगर महानगरपालिकाले जग्गा उपलब्ध गराउने प्रस्ताव गरेको छ । महानगरपालिकाभित्र रहेका ऐलानी जग्गा उपलब्ध गराउने प्रदेश सभामुखसमक्ष विराटनगर महानगरपालिकाले प्रस्ताव गरेको हो । एक वर्षघि प्रदेशको राजधानी बृहत विराटनगर क्षेत्र घोषणा गरेको प्रदेश सरकारले प्रदेश संसदको भवन अन्यन्त्र बनाउने चर्चा सुरु भएपछि विराटनगर महानगरपालिकाले जग्गा उपलब्ध […]
१४ फागुन, गोरखा । आज फागुन १४, जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको २५औं स्मृति दिवस । २०५२ साल फागुन १४ गते प्रहरीले चलाएको गोली लागेर उनको मृत्यु भएको थियो । बारपाक सुलिकोट गाउँपालिका–८ जराङका रम्तेलले ११ वर्षको कलिलो उमेरमा सहादत प्राप्त गरे । तिनै रम्तेलको सम्झनामा जराङमा निर्माण हुन लागेको शहीद स्मृति पार्कको गत वर्ष […]
१४ फागुन ,काठमाडौं । संयुक्त राष्ट्रसंघको फोर्स कमाण्डरमा नेपाली सेनाका उपरथी ईश्वर हमाल नियुक्त भएका छन् । राष्ट्रसंघका महासचिव एन्टिनिओ गुटरेसले हमाललाई फोर्स कमाण्डर नियुक्त गरेका हुन् । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा कार्यरत ४० देशका सैनिकहरुबीचको प्रतिस्पर्धाबाट हमाल कमाण्डर चयन भएका हुन् । राष्ट्रसंघले सोमबार नै हमालको नाम चयन गरेको थियो तर अग्रिमो आउन विलम्ब […]
१४ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनका लागि बनाएको कार्यदल भङ्ग गरेको छ । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न नेकपाले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो । तर कार्यदलका सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा कार्यदलमा बस्न तयार भएनन् । साथै पार्टीभित्र र बाहिर […]
from समाचार – Online Khabar https://ift.tt/2Tk24V4
via IFTTT