समाचार
१२ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणका लागि आज अहमदाबाद आएका छन् । उनलाई अहमदावाद विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् । ट्रम्पले अहमदावादमा आयोजित ‘नमस्ते ट्रम्प’ समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । सो समारोहमा लाखौं भारतीय नागरिक सहभागी हुने बताइएको छ । श्रीमती मेलानियासँगै भारततर्फ उड्नुअघि उनले […]
१२ फागुन, पोखरा । पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ४ जना विद्यार्थी पक्राउ परेका छन् । समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका विद्यार्थी पोखरा सभागृह गेटबाहिर कालो झन्डा देखाउने तयारी गर्दै नाराबाजी गरिरहेका बेला पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सभागृह गेटमा नाराबाजी गरिरहेका समाजवादी विद्यार्थीका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटालगायत […]
१२ फागुन, काठमाडौं । आइतबार गोरखापत्रसहितका केही दैनिक पत्रिकाहरूमा राष्ट्रिय बीमा संस्थानले ठुल्ठूला अक्षरमा आफ्नो प्रतिबद्धता लेखिएको विज्ञापन छपायो । जहाँ लेखिएको छ, ‘वित्तीय स्रोतको परिचालन तथा जोखिम व्यवस्थापनको माध्यमबाट अर्थतन्त्रको सुदृढीकरण गर्न र सर्वसाधारणहरुको आत्मविश्वास जागृत गराउन संस्थानले गरेको योगदानको स्मरण गर्दै बीमा सचेतना र पहुँच वृद्धिमा अझ सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त […]
१२ फागुन,काठमाडौं। प्रहरीले खैरो हिरोइनसहित एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा शिव सतासी नगरपालिका-११ की २३ वर्षीया वीना डाँगी रहेकी छन् । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले काँकडभित्ताबाट काठमाडौँ आउँदै गरेको ना७ख ५७०२ नम्बरको यात्रुबाहक बसबाट ४.२६ ग्राम खैरो हिरोइनसहित आइतबार साँझ डांगीलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त […]
१२ फागुन, काठमाडौं । काठमाडौंको बत्तीस पुतलीको एउटा फलफूल पसलमा जुसको मूल्य सूचि टाँसिएको छ । नियालेर हेर्दा उक्त सूचि अर्को मूल्य सूचिमाथि टाँसेको प्रष्टै देखिन्छ । पुरानो सूचिको १५ औं नम्बरमा सादा लस्सीको मूल्य ५० रुपैयाँ छ, तर नयाँ मूल्य सूचीमा सादा लस्सी समावेश छैन । काठमाडौंका फलफूल, तरकारी, माछामासु, सिमेन्ट, स्टील–डण्डी पसलदेखि स्कुलको […]
१२ फागुन, काठमाडौं । सुनको मूल्य तोलामै ८० हजार तीन सय रुपैयाँ पुगेको छ । बढेको मूल्य नेपाली सुन चाँदी व्यवसायमा नयाँ कीर्तिमान भएको व्यवसायीहरुले बताएका छन् । सुन चाँदी व्यवसायी महासंघले सोमबारका लागि तोकेको खरिद बिक्री मूल्यअनुसार छापावलको सुनको मूल्य ८० हजार ३ सय छ भने तेजावी सुन ८० हजार प्रतितोलामा कारोबार खुलेको छ […]
१२ फागुन, चितवन । छ दिनदेखि आमरण अनशन बसेका माडी नगरपालिका-१ का वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भरतपुर अस्पतालमा भर्ना गरिएको छ । विभिन्न माग राख्दै उनी फागुन ७ गतेदेखि अनशनमा बसेका थिए । अनशनका क्रममा उनको स्वास्थ्य जटिल बन्दै गएपछि आइतबार भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीसहितको टोलीले परीक्षण गरेको […]
१२ फागुन, काठमाडौं । नेपाल वायुसेवा निगमले संरचनागत परिवर्तनका लागि कम्पनी मोडलमा जाने निर्णय संचालक समितिबाट पारित गरेको छ । नेपाल सरकारको २५ प्रतिशत शेयर रहने र २५ प्रतिशत सरकारकै अन्य वित्तीय संस्था र कर्मचारीको शेयर रहने गरी संचालक समितिले अघिल्लो साता निर्णय गरेको संचालक समिति सदस्य अच्युतराज पहाडीले जानकारी दिए । उनका अनुसार सञ्चालक […]
१२ फागुन, काठमाडौं । चीन सरकारले नेपाली नागरिकलाई दिँदै आएको प्रवेशाज्ञा (भिसा) को दस्तुर झण्डै दोब्बरले वृद्धि गरेको छ । चीनले यसअघिको भिसा र सेवा शुल्क परिमार्जन गर्दै शुल्क वृद्धिको निर्णय गरेको हो । योसँगै चीनको भिसाका लागि २ हजार २ सय तिर्दै आएका नेपालीले अब ६ हजार १ सय रुपैयाँ तिर्नुपर्ने छ । यसअघि […]
१२ फागुन, काठमाडौं । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच छलफल भएको छ । जन्मदिन मनाउन जन्मघर तेह्रथुम पुगेर फर्किएको भोलिपल्ट ओलीले प्रचण्डलाई बालुवाटार बोलाएर छलफल गरेका हुन् । दुईबीच संविधान संशोधनबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । नेकपाले संविधान संशोधनबारे गृहकार्य गर्न नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल […]
१२ फागुन, काठमाडौं । ‘जो अगुवा उही बाटो…’ भन्ने नेपाली आहान नेकपामा चरितार्थ भएको छ । नेकपाका वरिष्ठतम अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीले बनाएको आचारसंहिता उल्लंघन गरेका छन् । नेकपाले केन्द्रीय कमिटीको बैठकअघि गत माघ ५ गते कार्यकर्ताहरुमा एउटा सर्कुलर पठाएको थियो, जसमा ११ बुँदै आचारसंहिता पालना गर्न भनिएको थियो । सो आचार […]
पहिला पशुपतिनाथको मन्दिरमा सजावटको चलन थिएन । म सदस्य सचिव भएका बेला २०७० सालमा तीजका लागि पश्चिमपट्टिको मूल गेटमा पहिलोपटक सजावटको काम शुरु गराएँ । दिदीबहिनीहरूले त्यहाँ आएर तस्वीर खिचाउनुभयो । समस्या बाँदरको थियो । २४ सै घण्टा सुरक्षाकर्मी खटाएर एक दिनलाई जोगाउन सक्यौं । त्यतिबेला एक दिनका लागि जोगाउन सक्नु पनि उपलब्धिजस्तो भयो । […]
१२ फागुन, काठमाडौं । संसदमा पेस भएको डेढ वर्षपछि बीमा व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विधेयक अघि बढेको छ । अर्थ समितिमै थन्किएकाे विधेयक माथि साेमबार छलफल हुने भएको हो । समितिले सोमबार विज्ञसहितको टोलीलाई प्रस्तावित बीमा विधेयकमाथिको छलफलमा बोलाएको छ । संसद् सचिवालयमा बीमा विधेयक ०७५ असार ३ गते दर्ता भएको थियो । दर्तापछि सांसदहरूलाई वितरण […]
काठमाडौं । फास्ट बलरले सानदार प्रदर्शन गर्दा घरेलु टोली न्युजिल्याण्डले भारतविरुद्धको पहिलो टेष्ट १० विकेटले जितेको छ । दोस्रो इनिङ्समा भारतलाई १९१ रनमै अलआउट गरेपछि जम्मा ९ रनको लक्ष्य पाएको न्युजिल्याण्डले दोस्रो इनिङ्समा १.४ ओभर खेल्दै विकेट नगुमाई लक्ष्य पूरा गरेको हो । न्युजिल्याण्डले २ खेलको सिरिजमा १–० को अग्रतासमेत लिएको छ । टेष्ट च्याम्पियनसिपमा […]
१२ फागुन, काठमाडौं । काठमाडौं उपत्यकाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । ललितपुरको बालकुमारीमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक ३० वर्षीय दिवश किशोर भट्टराई र पछाडी सवार अन्दाजी ३० वर्षकै ललिता राई रहेका […]
१२ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजबाट भारतको दुईदिने भ्रमण गर्दैछन् । श्रीमती मेलानियासँगै भारततर्फ उड्नुअघि उनले भारत पुग्न आफू आतुर भएको प्रतिक्रिया पत्रकारहरुलाई दिएका छन् । उनले भनेका छन्, ‘म भारतका कराडौं जनतासँग भेट्न उत्सुक छु । प्रधानमन्त्री मोदी मेरो साथी हुन् । उनीसँग मेरो राम्रो सम्बन्ध छ । मैले धेरै पहिले […]
१२ फागुन, काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४७ औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो […]
११ फागुन, काठमाडौं । आफ्नो ६९ औं जन्मोत्सव मनाइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार एकपछि अर्को संकटमा फस्न थालेको छ । यी संकट आन्तरिक र बाह्य दुबै किसिमका छन् । तर, प्रधानमन्त्री ओलीले भन्दैछन्, ‘मेरो जिन्दगी लडाइँमा बित्या छ, शरीरभित्र तार, यन्त्र-सन्त्र राखेर पनि चल्छु ।’ मंगलबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ, […]
११ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको शनिबार बसेको बैठकले उपाध्यक्ष वामदेव गौतमको माग अनुसार संविधान संशोधनबारे गृहकार्य गर्न कार्यदल बनाउने निर्णय गर्यो । वरिष्ठ नेता माधव नेपालको संयोजकत्वमा गठित कार्यदलमा पूर्वसभामुख सुवास नेम्वाङ र नेता खिमलाल देवकोटालाई सदस्यका रुपमा प्रस्ताव गरिएको छ । अहिलेको संविधानअनुसार राष्ट्रिय सभाको सांसद प्रधानमन्त्री बन्न मिल्दैन […]
११ फागुन, काठमाडौं । चीनपछि कोरोना भाइरसको संक्रमणबाट दक्षिण कोरिया पनि प्रभावित बन्न पुगेको छ । त्यहाँका विभिन्न शहरमा तीब्ररुपमा कोरोना प्रभावित बिरामी देखिन थालेपछि कोरियामा रहेका नेपालीहरुमा पनि त्रास बढेको छ । कोरियाका अधिकांश मुख्य शहरमा नेपाली कामदार र विद्यार्थीहरु छन् । कोरियाको सियोलस्थित नेपाली राजदूतावासका अनुसार कोरोनाबाट सबैभन्दा बढी थेगु सहर प्रभावित छ । […]
११ फागुन, काठमाडौं । नौ महिनासम्म निष्क्रियजस्तै रहेको प्रमुख विपक्षी नेपाली कांग्रेसको छायाको पहिलो बैठक आइतबार बसेको छ । बैठकमा छाया प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक मन्त्रालयको भ्रष्टाचार खोज्न निर्देशन दिएका छन् । काग्रेसले ६ जेठमा २१ वटा मन्त्रालयगत समिति बनाएको थियो र संयोजक र सदस्यहरु तोकेको थियो । सामान्यत छाया सरकारमा मन्त्रीहरु मात्र तोकिने भए […]
from समाचार – Online Khabar https://ift.tt/2STS5qP
via IFTTT






















