समाचार
१२ फागुन, डोटी । डोटी जिल्ला सदरमुकामसमेत रहेको दिपायाल सिलगढी नगरपालिकाभित्र एक सय ७६ छाउगोठहरु रहेको एक अध्ययनले देखाएको छ । दिपायल सिलगढी नगरपालिकाको सहयोगमा समुदाय प्रहरी साझेदारी कार्यक्रम र महिला अधिकार मञ्च डोटीले गरेको छाउपडी गोठहरुको तथ्यांक संकलन र अवस्था अध्ययनले सो कुरा देखाएको छ । सोमबार आयोजित “छाउपडी प्रथा न्यूनिकरण सम्वन्धि छाउपडी तथ्यांक […]
१२ फागुन, भीमदत्तनगर । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट भारत जाने नेपालीले नेपाल–भारत सीमामा भारतीय सुरक्षाकर्मीले ‘मास्क’ लगाउन अनिर्वाय गरेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम गर्न भारतीय पक्षले सीमा क्षेत्रमा मास्क लगाएर मात्रै आवातजावत गर्न आग्रह गरिरहेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भारत आउने/जाने सबैलाईै माष्क अनिर्वाय गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको […]
११ फागुन, काठमाडौं । प्रतिनिधिसभाको अर्थसमितिले थन्काएको बीमा विधयेकमा आइतबार पुनः छलफल थालेको छ । सरोकारवालाहरुसँग छलफल भइसकेर पनि डेढ वर्षदेखि अर्थसमितिले बीमा विधेयक थन्काएर राखेको थियो । संसदको चालु अधिवेशनबाटै पारित गर्ने गरी अब प्रक्रिया शुरु गरिएको अर्थसमितिका सभापति कृष्ण दाहालले जानकारी दिए । अर्थमन्त्रीले समय नदिएको कारण दफाबार छलफलमा ढिलाई भएको बताएका सभापति […]
१२ फागुन, सिलिगुडी । उत्तरपूर्वी भारतकै ठूलो पर्यटन मेला बंगाल ट्राभल मार्ट (बीटीएम) मा सहभागीले पोखरा घुम्न चासो देखाएका छन् । सिलिगुडीमा भएको बीटीएममा भारत, भुटान तथा बंगलादेशका ट्राभल तथा टुर एजेन्सीबीच पोखरा आकर्षणमा परेको हो । शनिबारदेखि सोमबारसम्म भएको बीटीएमको नेपाल कक्षमा पोखरा पर्यटन परिषद अन्तर्गत १२ व्यवसायी आफ्नो स्टल राखेका थिए । पश्चिम […]
१२ फागुन, काठमाडौं । आर्थिक अनियमितता गरेको आरोपमा जिल्ला हुलाक कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख रणबहादुर कडायत र नायव सुब्बा शिवराज उपाध्यायविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । हुलाक वचत रकम हिनामिना गरेको आरोपमा कडायत र उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान अयोगले सोमबार मुद्दा दायर गरेको हो । अनुसन्धानको क्रममा कडायत र उपाध्यायले सार्वजनिक […]
१२ फागुन, चितवन । चितवनको भरतपुरमा चितवनमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पो हुने भएको छ । नेपाल पोल्ट्री महासंघले भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा शुक्रबारदेखि एक्स्पो हुने भएको हो । महासंघले सोमबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी एक्स्पोबारे जानकारी दिएको हो । स्वदेशी तथा विदेशी गरी दुई सयभन्दा बढी प्रदर्शकको स्टल रहने एक्स्पोमा रहने छ । नेपाल, भारत, […]
१२ फागुन, चितवन । निकुञ्ज ऐन संशोधनको माग राखी आमरण अनसनमा बसेका माडी नगरपालिका १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेललाई अनसन तोड्न चितवनका नौ राजनीतिक दलले आग्रह गरेका छन् । जिल्लाका नौ राजनीतिक दलहरुले पौडेलका मागहरुप्रति एकबद्धता जनाउँदै अनसन तोड्न आग्रह गरेका हुन् । माडी क्षेत्रका विभिन्न समस्या समाधानको माग गर्दै वडाध्यक्ष पौडेल गत फागुन ७ […]
१२ फागुन, बुटवल । बुटवल उपमहानगरपालिकाले पञ्च वर्षीय शैक्षिक योजना सार्वजनिक गरेको छ । पाँच वर्षे शैक्षिक योजना अन्तर्गत सबै सामुदायिक विद्यालयहरुलाई मन्टेश्वरी प्रणालीमा लैजाने र आधारभूत तहको शिक्षा सबैलाई अनिवार्य गरिने छ । स्थानीय विषयहरुलाई समेत पाठ्यक्रममा समेट्ने योजना रहेको योजना निर्माण कार्यदलका संयोजक छवी नेपालले जानकारी गराए । शिक्षालाई सूचना प्रविधि मैत्री र […]
१२ फागुन कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुदूरपश्चिम प्रदेश बाट १ लाख चिठ्ठी संकलन गरेर बुझाइने भएको छ । धनगढीमा सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै पश्चिम सेती निर्माणका लागि दबाब दिन बोलन्या थली धनगढीले १ लाख पत्र संकलन गरेर प्रधानमन्त्री लाई बुझाउने जानकारी गराएको हो । पश्चिम सेतीका बारे रचनात्मक विरोध स्वरूप आयोजना गरिएको […]
१२ फागुन, बुटवल । प्रदेश ५ सरकारले दाङको बेलझुण्डीमा आयोजना गरेको प्रदेश एक्स्पो उपलब्धीविहीन भएको भन्दै निजी क्षेत्रले आलोचना गरेको छ । फागुन १० देखि १२ गतेसम्म आयोजना भएको एक्स्पोका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयले मात्रै ५० लाख वजेट छुट्ट्याएको थियो भने अरु मन्त्रालयले पनि बजेट छुट्याएका थिए । एक्स्पोमा ५ सय स्टल बनाएकामा […]
१२ फागुन, जनकपुरधाम । प्रदेश २ की भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पलकुमारी झाले दिएको राजीनामा अस्वीकृत भएको छ । यससँगै उनी मन्त्रालयमा फर्किएकी छन् । झाले प्रदेशका मुख्यमन्त्री र आर्थिक मामिलामन्त्रीसँग असन्तुष्टि जनाउँदै १४ माघमा राजीनामा दिएकी थिइन् । त्यसबेला उनले भनेकी थिइन्, ‘डेढ वर्षदेखि निरन्तर प्रयत्न गर्दा पनि पदीय मर्यादा जोगाउन नसक्ने अवस्था आएपछि पापको […]
१२ फागुन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको नक्सामा कालापानी, लिपुलेकसहित भूमि समावेश गरिएको पाठ्यक्रम अनिवार्य लागू गर्ने व्यवस्था गर्न लागिएको बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १३औँ साधारणसभाको सोमबार उद्घाटन गर्दै उनले नेपालको नक्सालाई पूर्णरुपमा समावेश गरिएको पाठ्यक्रम लागू गर्न शिक्षा क्षेत्रका संस्थाहरुले पनि भूमिका खेल्नुपर्नेमा जोड […]
१२ फागुन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदमा विपक्षी समाजवादी र राष्ट्रिय जनता पार्टीको साथ खोजेको छ । निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको जवाफ मागेको कांग्रेसले मंगलबार संसदमा एकस्वरमा प्रस्तुत हुने प्रस्ताव राखेको छ । सिंहदरबारमा भएको छलफलमा तीन दलले मुद्दाका आधारमा सहकार्य गर्ने सहमति गरेका छन् । ‘अडियो प्रकरणलगायतका समसायिक विषयमा […]
१२ फागुन, काठमाडौं । सहकर्मीलाई बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका पूर्वअसई राजेन्द्र राई पक्राउ परेका छन् । ९ महिनाअघि आफू बलात्कृत भएको भन्दै एक महिला प्रहरीले राजेनद्रविरुद्ध महिला तथा बालबालिका सेल, कालीमाटीमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले जानकारी दिए । सहकर्मी बलात्कारको आरोप लागेपछि राईले यही […]
१२ फागुन, काठमाडौं । नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अहमत अल हेलले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत युुसुुफले सभामुख सापकोटालाई बधाई दिँदै सफल कार्यकालको शुुभकामना व्यक्त गरेका छन् । सभामुख सापकोटाले ४२ वर्षौंदेखि नेपाल र कतारबीच मित्रवत सम्बन्ध रहेको स्मरण गर्दै शिष्टाचार भेटले […]
१२ फागुन, काठमाडौं । नेपाली कांग्रेस चितवनले आगामी फागुन १५ गते चितवन बन्दको घोषणा गरेको छ । चितवनको माडी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले उठाएको मागप्रति ऐक्यवद्धता जनाउँदै उनको जीवन रक्षाका लागि दबाव दिने उदेश्यले चितवन बन्द लगायतका कार्यक्रम कांग्रेसले सार्वजनिक गरेको हो । माडीको बाँदरझुलादेखि अमेलियासम्मका सुकुम्बासीहरुको समस्या समाधान लगायतका ७ […]
१२ फागुन, काठमाडौं । भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार दिउँसो अहमदाबादको साबरमती आश्रम पुगे । माहात्मा गान्धीलाई श्रद्धाञ्जली दिइसकेपछि उनले आगन्तुक पुस्तिकामा प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन्देश लेखे । यद्यपि परम्पराअनुसार कुनै प्रसिद्ध व्यक्ति गान्धी आश्रममा आउँदा महात्मा गान्धीको संघर्ष वा उसको व्यक्तित्वको बारेमा आफ्ना विचार लेख्ने गर्छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई […]
१२ फागुन, कपिलवस्तु । विगत तीन महिनादेखि कपिलवस्तुको कृष्णनगर नगरपालिकाको काम ठप्प छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा विगत तीन महिनादेखि कामकाज ठप्प भएको हो । प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक आउने सेवाग्राही निराश हुँदै फर्किने गरेका छन् । कृष्णनगरका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारी पाल्पाको तिनाउ गाँउपालिकामा सरुवा भई गए पनि कृष्णनगर अधिकृतविहीन भएको […]
१२ फागुन, काठमाडौं । सरकारले भूमि सम्बन्धी ऐन २०२१ मा संशोधन गरेको छ । २८ माघमा प्रमाणीकरण भई कार्यान्वयनमा आएको भूमि सम्बन्धी ऐन २०२१ को आठौं संशोधनले अब उद्योगहरुलाई जग्गा बेच्न पाउने अधिकार दिएको छ । नेपालमा उद्योगहरुका लागि पहिलो पटक यस्तो सुविधा दिएको हो । संशोधित ऐनले उद्योगहरुलाई हदबन्दी भन्दा बढी जग्गा ओगटेमा समेत […]
१२ फागुन, डोटी । पछिल्लो समय यहाँका गाउँपालिमा सडक खन्न भित्रिएका डोजरका कारण श्रमिकहरु विस्थापित हुन थालेका छन् । जिल्लाका स्थानीय तहले निर्माण गर्ने सडकहरु उपभोक्ता समितिमार्फत गर्ने भनिए पनि यहाँका गाउँगाउँमा डोजर र स्काभेटर प्रयोग गरेर सडक निर्माण भइरहेका छन् । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने हिसाबले उपभोक्ता समितिको अवधारणा आए पनि स्थानीय तहले मेशिन […]
१२ फागुन, कटारी (उदयपुर) । नेपाल विद्युत प्राधिकरणले सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत उदयपुरको कटारी नगरपालिका-४ मरुवामा भइरहेको निर्माण अवरोध हटाउन पहल गरिरहेको छ । स्थानीय बासिन्दाले प्रसारणलाइनको रुट सार्न माग राख्दै झण्डै दुई वर्षअघिदेखि निर्माणमा अवरोध गरिरहेका छन् । त्यस क्षेत्रमा नौ वटा टावर निर्माण गर्नु पर्नेछ । जारी अवरोधले […]
from समाचार – Online Khabar https://ift.tt/38PVXyx
via IFTTT






















