Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

रोकीराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

१५ फागुन, काठमाडौं । सिराहामा रोकीराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा बिहीबार एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार कल्याणपुर नगरपालिका-८ बस्ने ४० वर्षीय विपया दास रहेका छन् । दुर्घटनामा परी घाइते भएका दासको फुलकुमारी महतो ममोरियल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा […]

नगरपालिका केन्द्र सार्ने निर्णयको विरोधमा स्थानीय आन्दोलित

१५ फागुन, चितवन । तनहुँको भानु नगरपालिकाको केन्द्र सार्न खोजिएको भन्दै तीन वडाका स्थानीय बासिन्दा आन्दोलित भएका छन् । गत माघ २३ गते बसेको छैठौं नगरसभाले नगरपालिकाको केन्द्र अपायक भएको भन्दै अन्यत्रै सार्ने निर्णय गरेपछि वडा नम्वर २, ५ र ६ का स्थानीय बासिन्दा आन्दोलित भएका हुन् । हाल वडा नं. २ फुस्रेटारमा नगरपालिकाको कार्यालय […]

पुस्तकको कर हट्दैन, बहस गर्न तयार छु : अर्थमन्त्री

१५ फागुन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पुस्तक आयातमा लागेको कर तत्काल नहट्ने बताएका छन् । सरकारले विदेशी पुस्तक आयात गर्दा अंकित मुल्यको १० प्रतिशत कर लिन थालेको छ । यसको विरोध गर्दै आन्दोलन भइरहेका बेला सरकारका प्रवक्तासमेत रहेका खतिवडाले अर्को संसदले छलफल गरेर नटुंग्याएसम्म नयाँ निर्णय नहुने बताए । मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गर्न […]

नेप्सेको उछाल कायमै, आज पनि रेकर्ड ब्रेक

१५ फागुन, काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार पनि सेयर कारोबार मापक नेप्से परिसूचकमा उछाल कायमै देखिएको छ । बुधबार ५१ अंकले बढेको नेप्से परिसूचक बिहीबार ३६ अंकले बढेको हो । नेप्से परिसूचक ३६ दशमलव ०५ अंकले बढेर १ हजार ६ सय ३२ दशमलव १७ मा पुगेको छ । बुधबारको तुलनामा यो २ दशमलव २६ […]

प्रधानमन्त्री संसदबाट भाग्ने होइन, जवाफ दिनुपर्छ : पाण्डे

१५ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य बद्री पाण्डेले मुलुकमा भइरहेका पछिल्ला घटनाबारे सदनलाई जानकारी गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । बिहीबार राष्ट्रियसभामा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद पाण्डेले सरकार एकपछि अर्को काण्डमा मुछिएको भन्दै यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग  जवाफ मागेका हुन् । निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको ७० करोड […]

सुत्केरीको मृत्यपछि वीपी प्रतिष्ठान तनावग्रस्त   

१५ फागुन, इटहरी । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुत्केरी गराउन लगिएकी बिरामी महिलाको मृत्यु भएपछि वीपी प्रतिष्ठान धरान तनावग्रस्त बनेको छ । चिकित्सकको लापरबाहीका कारण इटहरीकी लक्ष्मी बुढाथोकी र उनको पेटमा भएको बच्चाको मृत्यु भएको भन्दै आफन्तले अस्पताल प्रशासन घेराउ गरेका छन् । बिहीबार बिहान १ बजेतिर २८ वर्षीया लक्ष्मी बुढाथोकीको […]

माथिल्लो अरुणमा २४ किलोमिटर पहुँचमार्गका लागि टेन्डर गरिँदै

१५ फागुन, काठमाडौं । सरकारले संखुवासभामा बन्ने १०६१ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माणस्थललाई पहुँचमार्गमार्फत जोड्न काम थालेको छ । सर्वेक्षण अनुमतिपत्र पाएपछि नेपाल विद्युत प्राधिकरणले आयोजनास्थलसम्म जाने सडक बनाउन लागेको हो । २४ किलोमिटर सडकका लागि टेन्डर गर्न अन्तिम तयारी भइरहेको प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनका अनुसार आयोजनास्थलसम्म पुग्न […]

ललिता निवास प्रकरणमा विष्णु पौडेल पीडित हुन् : नेकपा सांसद भट्टराई

१५ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद खिमलाल भट्टराईले ललिता निवास प्रकरणमा पार्टीका महासचिव विष्णु पौडेल पीडित भएको बताएका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा नेकपा सांसद भट्टराईले अख्तियारको कामलाई सरकारसँग जोडेर विपक्षीले भ्रम फैलाएको बताए । ‘जमिन किन्नेहरु कसरी उन्मुक्त भए ? चोरले चोरेको सामान फिर्ता गरेपछि उन्मुक्ति पाउँछ भनेर पनि प्रश्न उठाउने […]

भीमसेनदासको प्रश्न : टुँडिखेल बचाउन मानवसागर उतार्नुपर्ने हो ?

१५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले टुँडिखेल जोगाउन सरकारले पहल गर्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विभिन्न संघसंस्थाको अतिक्रमणमा परेको वृहत टुँडिखेल जोगाउन युवाहरूले गत कात्तिकबाट सुरु गरेको अभियानलाई सम्बन्धित निकायले बेवास्ता गरेको बताए । काठमाडौंबासी उठेपछि सरकारले गुठी विधेयक फिर्ता लिएको प्रसंग स्मरण गर्दै सांसद प्रधानले भने, ‘गुठी […]

फ्रान्स पठाइदिन्छु भन्दै साढे ३८ लाख ठगेको आरोपमा महिला पक्राउ

१५ फागुन, काठमाडौं । फ्रान्स पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका-१९ बासुकिनाग मार्ग, मनमैजुकी ४३ वर्षीय कीपूर्णिमा श्रीष रहेकी छन् । श्रीषले आकर्षक तलवमा खाना प्याकिङ गर्ने कामका लागि फ्रान्समा पठाइदिने भन्दै तीन जनाबाट ३८ लाख ५० हजार ठगी गरेको उजुरी परेको थियो । […]

पर्सामा मिलको फित्तामा बेरिएर महिलाको मृत्यु

१५ फागुन, काठमाडौं । पर्सामा सेलर मिलको फित्तामा बेरिएर बिहीबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धोविनी गाउँपालिका-३ हरिहरपुर बस्ने करिब ४२ वर्षीया ललितादेवी ठाकुर रहेकी छन् । आफ्नै घरमा सञ्चालित मिलमा धान कुटाउने क्रममा बिहान करिब १०:१५ बजेको समयमा आफैले लगाएको सारी अचानक मिलको फित्तामा बेरिन पुग्दा उनको घट्नास्थलमै मृत्यु भएको पर्सा […]

घोषणा नहुँदै ‘हाम्रो नेपाल…’ अभियानबाट पछि हटे रमेश खरेल

१५ फागनु, काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेतृत्व गर्ने भनिएको नयाँ अभियान सुरुमै बिथोलिएको छ । ‘आधारभूत विषयहरुमै मतान्तर उत्पन्न भएको’ भन्दै खरेल आफैं अभियानबाट पछि हटेका छन् । खरेलको नेतृत्वमा ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानको आज औपचारिक घोषणा हुने कार्यक्रम थियो । तर, फेसबुकमा स्टाटस लेख्दै खरेलले कार्यक्रममा सहभागी नहुने जनाउ दिएका छन् […]

अष्टलक्ष्मी शाक्यको प्रश्न : नेपालको नक्शा केक बनाएर चिरा पार्ने संस्कार कहाँबाट आयो ?

१५ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले जन्मदिनमा केक नकाट्न नेकपा कार्यकर्तालाई आग्रह गरेकी छन् । नेकपाको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनले केक काट्ने संस्कृति नेपालीको नभएको बताइन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित कार्यक्रममा उनले प्रश्न गरिन् ‘नेपालको नक्साको केक बनाएर चिरा पार्ने संस्कार कहाँबाट आयो […]

राष्ट्रिय सहमति विना संविधान संशोधन असम्भव : देव गुरुङ

१५ फागुन, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले राष्ट्रिय सहमति विना संविधान संशोधन सम्भव नभएको बताएका छन् । अहिलेको संविधानमा धेरै परिमार्जन गर्नुपर्ने विषय भए पनि राष्ट्रिय सहमति नबन्दासम्म संशोधन सम्भव नभएको उनले बताए । संविधान सम्झौताको दस्तावेज भएको उल्लेख गर्दै उनले राष्ट्रिय सहमति जुटेको खण्डमा संशोधन गर्न […]

गुल्मीमा आगलागी हुँदा एक घरमा क्षति

१५ फागुन, गुल्मी । गुल्मीको इश्मा गाउँपालिका–५ दमारामा बिहीबार आगलागी भएको छ । आगलागीबाट स्थानीय राजु घर्तीको घरमा क्षति पुगेको इश्मा गाउँपालिकाका कार्यपालिका सदस्य बोमबहादुर कुमालले जानकारी दिए । घर्तीको खरको छानो भएको २ तले घर जल्दा घरमा भण्डारण गरी राखेको अन्नपात समेत जलेर नष्ट भएको उनले बताए । आगलागीबाट घर्तीको १० वटा बाख्रा, १ […]

मुख्यमन्त्री पोखरेलको आरोप : आफ्नै नेताले सरकारविरुद्ध भ्रम छरे

१५ फागुन, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफ्नै पार्टीका नेताहरुले सरकारविरुद्ध भ्रम छरेको आरोप लगाएका छन् । उनले कतिपय नेता सरकारलाई सफल बनाउनुको सट्टा कृत्रिम आलोचनामा उत्रिएको भन्दै प्रतिशोधको राजनीति नगर्न आग्रह गरे । ‘जनतामा कृत्रिम असन्तुष्टिको नकारात्मक भ्रम छर्ने काम भइरहेको छ, र पछिल्लो समय पार्टीका कतिपय नेताले त्यसमा मलजल गरिरहेका […]

गुल्मीमा बेवारिसे शवको पहिचान हुन सकेन

१५ फागुन, गुल्मी । गुल्मीमा एक बेवारिसे शवको पहिचान हुन सकेको छैन । तम्घास रेसुङ्गा नगरपालिका-८ स्थित बालमन्दिरमा बिरामी अवस्थामा भेटिएका एक पुरुषको उपचारका क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको थियो । बेवारिसे अवस्थामा भेटिएका ती पुरुषको मृत्यु भएको तर पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणि पुनले बताए । उनलाई बिरामी अवस्थामा […]

लागूऔषध मुद्दामा यती समूहका शेर्पाको आज बयान

१५ फागुन, काठमाडौं । लागू औषधसहित पक्राउ परेका यती समूहका सदस्य नवाङ पासाङ शेर्पाको आइतबार जिल्ला अदालत काठमाडौंमा बयान हुँदैछ । माघ १८ गते पक्राउ परेका शेर्पासहित चार जनालाई जिल्ला सरकारी वकिल कार्यालयले लागूऔषधसम्बन्धी अभियोगसहित जिल्ला अदालतमा पेश गरेको थियो । शेर्पाको बिहीबार बयान हुने जिल्ला अदालत काठमाडौंमा श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए । यह […]

क्यान्सर अस्पतालको गेटमा होटल विचौलियाको धर्ना !

१५ फागुन, चितवन । चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालको गेटमा एक हुल मान्छेहरु सधै देखिन्छन् । महिला-पुरुषका समूह झुप्प भएर बस्छन् । झट्ट आउने मान्छेहरुले खासै मतलव हुँदैन, उनीहरु किन त्यहाँ आएका होलान् ? कसैले सोच्छन् यी अस्पतालमा बिरामी लिएर आएका आफन्तहरु होलान् । तर, होइनन् । अस्पतालको मूल गेट अगाडि भेला भएका व्यक्तिहरु नजिकैका होटलका […]

शहीद पार्कमा रवीन्द्र अधिकारीको शालिक

१५ फागुन, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको शालिक अनावरण गरिएको छ । पोखरा १८ जामुनबोटमा निर्माणाधिन शहीद पार्कमा अधिकारीको शालिक बनाइएको छ । पार्कको पूर्वी भागमा ठडिएको पूर्ण कदको रंगीन शालिकको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतल अनावरण गरेका हुन् । सुर्खेतका कलाकार तिलवीर सुनार सेन्चुरीले ६ महिना […]

साझा पार्टीको राष्ट्रिय भेला सुरु हुँदै

१५ फागुन, काठमाडौं । साझा पार्टीको तीन दिने राष्ट्रिय भेला लुम्बिनीमा सुरु हुँदैछ । भेलाको बिहीबार मध्यान्ह तीन बजे उद्घाटन हुने पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यले जानकारी दिए । आचार्यका अनुसार भेलाका सहभागीहरूले साँझ मायादेवी मन्दिरमा शान्ति दीप प्रज्वलन गर्ने, शुक्रबार समूहगत प्रस्तुति तथा छलफल र अन्तिम दिन छलफलमा उठेको प्रश्नको जवाफ केन्द्रीय नेतृत्वले दिने […]



from समाचार – Online Khabar https://ift.tt/38ZEkwh
via IFTTT
Powered by Blogger.