Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सिंगटी-लामोसाँघु प्रसारणलाइन निर्माणमा अवरोध

१६ फागुन, काठमाडौं । सिंगटी-लामोसाँघु १३२ केभी प्रसारण लाइन आयोजनाको रुट सार्न माग गर्दै स्थानीयबासिन्दाले निर्माणमा अवरोध गरेका छन् । दोलखाको भीमेश्वर नगरपालिकाको वडा नं ८को बोझ र ९को झिंगानेमा भइरहेको अवरोधका कारण आयोजनाले ५ वटा टावरको निर्माण गर्न सकिरहेको छैन । तिलोत्तमा हिमाली फूड प्रोडक्सन एण्ड रिसर्ज सेन्टर प्रालिले आफ्नो जग्गाबाट प्रसारण लाइन लैजाँदा […]

सालकको अवैध बिक्रीमा संलग्न दुई जना पक्राउ

१६ फागुन, काठमाडौं । प्रहरीले जिउँदो सालकको अवैध बिक्रीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ चापागाउँ बस्दै आएका ३३ वर्षीय टिके तामाङ र मकवापुर घर भइ पाटन बस्दै आएका १९ वर्षीय अनिश तामाङ छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनीहरुलाई सुन्धाराको […]

प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता

१६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो नेकपा अध्यक्षसमेत रहेका ओलीलाई भेट्न नेता नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । यसअघि शुक्रबार नै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा नेकपाका चार नेताबीच गरेको भेटवार्तामा नेपाल पनि सहभागी थिए । उक्त […]

अमेरिकी दूतावासका नक्कली कर्मचारी पक्राउ

१६ फागुन, काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासको कर्मचारी भएको दाबी गरेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ हाल काठमाडौंको कागेश्वरी मनोहरा–७ का ४१ वर्षीय विकास भनिने केदार खड्का छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख सहकुलबहादुर थापाका अनुसार बिहीबार दिउँसो खड्का पक्राउ परेका हुन् । थापाका अनुसार […]

कृषिमा कायपलट गर्ने क्षेत्र खोज्दै मन्त्री भुसाल

१६ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता धनश्याम भुसालले कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेको झण्डै साढे तीन महिना हुन लाथ्यो तर भावी कार्ययोजना समेत सार्वजनिक गरेका छैनन् । उनी सार्वजनिक कार्यक्रमहरुमा कम देखिन्छन् । अब भने उनी कृषि कायपलट गर्ने योजनाहरु सार्वजनिक गर्ने तरखरमा जुटेका छन् । मन्त्रालयका एक अधिकारीकाअनुसार कृषिको विद्यमान समस्या […]

महिलालाई लाठी हान्ने इन्स्पेक्टरमाथि छानविन सुरु

१६ फागुन, काठमाडौं । महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि प्रहरीले आन्तरिक छानविन सुरु  गरेको छ । नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी हेम खत्रीको घर घेर्ने टोलीमा सहभागी हेमा श्रेष्ठलाई लाठी हानेपछि इन्सपेक्टर पौडेलमाथि छानविन सुरु भएको हो । प्रहरी प्रधान कार्यालयबाट निर्देशन आएपछि ललितपुर प्रहरी परिसरले छानविन सुरु गरेको स्रोतले अनलाइनखबरलाई […]

अर्थमन्त्रालयको दावी– पेट्रोलियम पदार्थमा बढेको करले उपभोक्ता मूल्य बढ्दैन

१६ फागुन, काठमाडौं । अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा गरिएको करको दर परिवर्तनले उपभोक्ता मूल्यमा कुनै प्रभाव नपार्ने स्पष्ट पारेको छ । मन्त्रिपरिषद्ले करको दरमा हेरफेर गर्दै पेट्रोलियम पदार्थमा दाग्ने कर बढाइदिएपछि पछिललो समय सरकारको आलोचना भइरहेको छ । यस सन्दर्भमा अर्थ मन्त्रालयले शुक्रबार स्पष्टिकरण सार्वजनिक गरेको छ । ‘अहिलेको दर पुनरावलोकन गर्दा नेपाल आयल निगमद्वारा […]

जब बच्चा बोकेकी महिलालाई इन्स्पेक्टरले लाठी बर्साए

१६ फागुन, काठमाडौं । नेपाल प्रहरीका निरीक्षक देवीप्रसाद पौडेलले बच्चा बोकेकी महिलालाई लाठी हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी हेम खत्री र माला शाह नामक महिलाबीच भएको विवादका क्रममा पौडेलले अर्की महिलालाई लाठीचार्ज गरेका हुन् । स्रोतका अनुसार पौडेलले बिहीबार दिउँसो आफूलाई अभियन्ता बताउने हेमा श्रेष्ठलाई लाठी […]

कर्णाली पर्यटन बोर्ड सञ्चालनमा ढिलाइ

१६ फागुन, सुर्खेत । कर्णाली प्रदेश सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ मा एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । गएको पुस १६ गते अर्थात् २०२० जनवरी १ मा नेपाल भ्रमण वर्षको शुभारम्भ गरेसँगै कर्णाली प्रदेशको पर्यटन प्रबर्धन गर्न सरकारले कर्णाली पर्यटन बोर्डसमेत गठन गरिसकेको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गठन गरेको बोर्डको […]

खाद्य उद्योगीले पनि मागे उधारो असुली कानून

१६ फागुन, वीरगञ्ज । चामल, तेल तथा दाल उद्योगीले एक महिना भन्दा बढी उधारोमा समान बिक्री गर्न नमिल्ने गरी कानुनी व्यवस्था हुनुपर्ने माग राखेका छन् । उनीहरुले चामल, दाल, तेल उद्योगमा देखिएका अस्वस्थ प्रतिस्पर्धा हटाउनका लागि यस्तो माग राखेका हुन् । यस अघि नेपाल उद्योग परिसंघले पनि उधारो असुली ऐनको माग गरेको थियो । नेपाल […]

आर्थिक वृद्धिसँगै वित्तीय स्थायित्व प्राथमिकतामा : अर्थमन्त्री

१६ फागुन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले उच्च अंकको आर्थिक वृद्धिसँगै मुलुकमा वित्तीय स्थाष्त्विमा समेत ध्यान दिनु पर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकको आयोजनामा शुक्रबारदेखि काठमाडौंमा शुरु भएको तेस्रो इकनमिक तथा फाइनान्स कन्फ्रेन्सको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले आर्थिक वृद्धितर्फमात्रै ध्यान दिएर नहुने बताए । ‘अहिले हामीले उच्च अंकको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य […]

जन्ती गएका बोधा उराव मृत भेटिए

१६ फागुन, वीरगञ्ज । जन्ती गएका जीराभवानी गाउँपालिका-१ का ४२ वर्षीय बोधा उराव धाँगड मृत भेटिएका छन् । पटेर्वासुगौली गाउँपालिका-३ टोल देकुलीबाट बिहीबार साँझ जन्ती गएका उनी पर्सागढी नगरपालिका-५ हरपुरमा शुक्रबार बिहान मृत भेटिएका हुन् । राति जोकर बनेर नाचेका उनी खाना खाएर सुतेका थिए । शुक्रबार बिहान जन्ती घर फर्किने क्रममा उठाउन जाँदा उनको […]

द्विपक्षीय समझदारी अगावै काठमाडौं–रक्सौल रेलमार्गको डीपीआर थाल्ने भारतको तयारी

१५ फागुन, काठमाडौं । नेपालसँग औपचारिक समझदारी हुनुअगावै काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम थाल्न भारतले तयारी गरेको छ । यसका लागि आवश्यक बजेट समेत विनियोजन गरिसकेको रेल विभागका अधिकारीले बताएका छन् । नेपालले केही महिनाअघि रेलमार्गको डीपीआरबारे भारतलाई औपचारिक प्रस्ताव पठाएको थियो । यसमा भारतले अनौपचारिक रुपमा सहमति जनाए पनि द्विपक्षीय समझदारी […]

२० हजार घुससहित वडासचिव पक्राउ

१६ फागुन, विराटनगर । धनुषाको धनौजी गाउँपालिका वडा नम्बर २ का वडासचिव २० हजार घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा नम्बर २ का वडा सचिव (खरिदार) सुशिल ठाकुर रहेका छन् । वडा सचिव ठाकुरले जन्म दर्ता प्रमाणित सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले उनलाई […]

सेक्युरिटी प्रेसकै बाटोमा स्याटेलाइट परियोजना

१३ फागुन, काठमाडौं । सुरक्षण मुद्रण स्थापनाका लागि स्वीस कम्पनीको एजेन्टसँग कमिसनको हिसाबकिताब गरेको अडियो बाहिरिएपछि गोकुलप्रसाद बास्कोटा सञ्चारमन्त्रीबाट राजीनामा दिन बाध्य भए । बास्कोटाकै अग्रसरतामा अघि बढाउन लागिएका कतिपय आयोजना उनी बाहिरिएसँगै अन्योलमा फसेका छन् । त्यसमध्येकै एक हो, नेपालको आफ्नै स्याटेलाइट । बास्कोटाको पालामा फ्रान्ससँग भएको लेटर अफ एक्सचेन्ज (एलओई) अनुसार अन्तरिक्षमा नेपाली […]

विराटनगरमा सडक बढार्न ब्रुमरको प्रयोग 

१६ फागुन, विराटनगर । विराटनगर महानगरपालिकाले सडकको धुलो बढार्न ब्रुमरको प्रयोग गर्न थालेको छ । खरिद गरेको डेढ वर्षसम्म थन्किएको ब्रुमर महानगरपालिकाले प्रयोग गर्न थालेको हो । २०७५ असोजमा महानगरपालिकाले ५५ लाख रुपैयाँमा ब्रुमर खरिद गरेको थियो । तर दक्ष जनशक्ती अभावका कारण प्रयोगमा आएको थिएन् । सडकहरु कालो पत्रे भएका कारण ब्रुमरको प्रयोग गर्न […]

एमसीसी सम्झौता कार्यान्वयन नगर्ने श्रीलंकाको निर्णय

काठमाडौं । श्रीलंकाले अमेरिकासँग गरेको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता यही अवस्थामा कार्यान्वयन नगर्ने भएको छ । श्रीलंकाको मन्त्रिपरिषदले उक्त सम्झौता अघि नबढाउने निर्णय गरेपछि लामो समयदेखिको विवाद टु‌ंगो लागेको हो । यसअघि सरकारले एमसीसी सम्झौताको पुनरावलोकन गर्न ४ सदस्यीय समिति गठन गरेको थियो । सो समितिले बुझाएको अन्तरिम प्रतिवेदन प्रधानमन्त्री महिन्दा राजापाक्छेले मन्त्रिपरिषदलाई […]

नेकपामा ‘युद्धविराम’ : बामदेव राष्ट्रियसभामा, खतिवडा ६ महिना अर्थमन्त्री !

१६ फागुन, काठमाडौं । बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन पार्टी सचिवालयको निर्णय नमान्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अडानसँगै उत्कर्षमा पुगेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद तत्कालका लागि मिल्ने देखिएको छ । अब उपाध्यक्ष गौतम राष्ट्रियसभा सदस्य बन्नेछन् भने डा. युवराज खतिवडा कम्तीमा थप ६ महिना अर्थमन्त्री नै हुनेछन् । १० फागुनमा बसेको नेकपा सचिवालय बैठकले […]

प्याब्सन नमूना बस्तीको जग्गामा विवाद

१६ फागुन, विराटनगर । बाढी पीडितको दीर्घकालीन पुनस्थापनाका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन)ले निर्माण सुरु गरेको प्याब्सन नमूना बस्ती विवादमा परेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिलन्यास गरेपछि निर्माण सुरु भएको बस्ती जग्गा विवादका कारण विवादमा परेको हो । प्याब्सन केन्द्रीय समितिले सुनसरीको रामधुनी नगरपालिका- ८ मा २५ वटा घर रहनेगरी आधुनिक […]

२८४ बिघा जग्गा सरकारको नाममा फिर्ता ल्याएँ : अर्याल

१६ फागुन, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले २८४ बिघा ५ कठ्ठा १५ धुर जग्गा नेपाल सरकारको नाममा कायम गरेको बताएकी छन् । १८ भदौ २०७५ मा मन्त्री बने यता विभिन्न कारणले व्यक्तिको नाममा पुगेको जग्गा फिर्ता गरेको उनले जानकारी दिइन् । मन्त्री अर्यालले शुक्रबार आफ्नो कार्यकालमा भएका उपलब्धी सार्वजनिक […]

लागूऔषधसहित दम्पती पक्राउ 

१६ फागुन, विराटनगर । लागूऔषधसहित प्रहरीले मोरङबाट एक दम्पतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटगनर– ११ पिचरा घर बताउने २६ वर्षीय दिपेश श्रेष्ठ र उनकी श्रीमती २१ वर्षीय तृष्ण श्रेष्ठ छन् । बिहीबार राति करिब १२ बजे २६० एम्पुल लागूऔषधसहित विराटनगर–११ बसपार्कबाट श्रीमान श्रीमती पक्राउ परेका हुन् । प्रहरीको गस्ती टोलीले उनीहरुमाथि शंका लागेर […]



from समाचार – Online Khabar https://ift.tt/3ae5Are
via IFTTT
Powered by Blogger.