समाचार
१३ फागुन,1 काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा सदस्यको शपथ यही फागुन २१ गतेका लागि तय भएको छ । गत माघ ९ गते निर्वाचित १८ जनालाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ गराउने कार्यक्रम २१ गतेका लागि तय भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ । राष्ट्रिय पोशाक वा आ-आफ्नो पहिचान झल्किने पोशाकमा शपथ लिन सक्ने सचिवालयले जनाएको […]
१३ फागुन, जनकपुरधाम । सिराहा प्रहरीले १९ तोला सुनसहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको लहान नगरपालिका १९ छर्रापट्टीबाट मोटरसाइकलमा सवार दुई युवकलाई सुनसहित पक्राउ गरिएको सिराहा प्रहरीले जनाएको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको सादा पोसाकको टोलीले को. ३८प. २६३२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा दुई किलो सुन बरामद […]
१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणलाई लिएर प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । संसदमा गणित भए पनि शासन गर्ने वैधानिक योग्यता र क्षमता गुमेको भन्दै उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजी नेपाल कम्युनिस्ट पार्टीको स्वास्थ्यको […]
काठमाडौं । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)लेवर्ल्ड ११ र एसिया ११ बीच दुई टी–२० म्याच आयोजना गर्ने भएको छ । बंगलादेशका संस्थापक शेख मुजीव उर-रहमानको १०० औं जन्मजयन्तीको अवसरमा मार्चमा यो खेल गर्न लागिएको हो । दुवै टिममा उपलब्ध उत्कृष्ट क्रिकेटरहरुलाई राखिएको बीसीबीका अध्यक्ष नज्मुल हरसले बताए । विराट कोहली कप्तान रहेको एसिया ११ मा नेपालका […]
१३ फागुन, काठमाडौं । सरकारले करिब ७ वर्षअघि तत्कालिन डा.बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदबाट मोहीका नाममा कायम गरिएको १७२ रोपनी १५ आना जग्गा नेपाल ट्रष्टकै नाममा फिर्ता ल्याउने प्रक्रिया थालेको छ । बाबुराम भट्टराई नेपाल ट्रष्टको संरक्षक र विजयकुमार गच्छदार अध्यक्ष रहेका बेला २०६९ साल कात्तिक २ गते मन्त्रिपरिषद बैठकबाट करिब १७३ रोपनी जग्गा मोही तथा […]
१३ फागुन, काठमाडौं । पर्सा प्रहरीले स्रोत नखुलेको २६ लाख ७१ हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको पिप्रा पोखरिया १ घर भई हाल वीरगञ्ज महानगरपालिका-१६ नगवा बस्ने ४१ वर्षीय संजयकुमार साह, सोही ठाउँ बस्ने ३० वर्षीय जयलाल महतो, भारतको रक्सौल डुमरिया टोलका ३५ वर्षीय विजयकुमार ठाकुर र वीरगञ्ज महानगरपालिका-१६ नगवाका ३१ […]
१३ फागुन, धम्बोझी (बाँके) । नेपालमा भित्र्याउन प्रतिबन्ध गरिएका साना ग्याँसका सिलिन्डर नेपालगञ्जको बजारमा खुलेआम बिक्री हुने गरेको पाइएको छ । भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले बाँकेका स्थानीय बजारमा अवैध रुपमा भित्र्याइएका साना ग्याँसका सिलिन्डरहरु बिक्री वितरण हुँदै आएको छ । नेपालमा साना सिलिन्डर ल्याउन नपाइने भएकाले त्यसको गुणस्तर परीक्षण र प्रमाणीकरण हुँदैन । सोमबार […]
१३ फागुन, बुटवल । बुटवलमा लघु, घरेलु साना तथा औद्योगिक कृषि प्रविधि प्रदर्शनी हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला समिति प्रदेश ५ को आयोजनामा आगामी फागुन २१ देखि चैत्र २ गतेसम्म प्रदर्शनी हुन लागेको हो । ‘मेहनत, सिर्जना, उत्पादन र वस्तु : मेरै देशको’ भन्ने नाराका साथ बुटवल–११ देवीनगरमा हुने […]
१३ फागुन,काठमाडौं । सत्तारुढ नेकपाले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन कार्यदल गठन गरेका बेला नेकपा कै सांसदले भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउने गरी संविधान संशोधनको प्रस्ताव राखेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै नेकपा सांसद तथा पूर्व कानूनमन्त्री शेरवहादुर तामाङले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने गरी शासकीय […]
१३ फागुन, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोद साहले एउटा व्यक्तिका लागि संविधान संशोधन गर्न खोज्नु दुःखद् भएको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद साहले भने, ‘प्रधानमन्त्रीले आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन हुन्छ भन्दै आउनु भएको थियो, के त्यो आवश्यकता र औचित्य भनेको एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाउनु हो ?’ […]
१३ फागुन, काठमाडौं । कोरोना भाइरसविरुद्ध लडिरहेको छिमेकी चीनलाई नेपाली नागरिकहरुको तर्फबाट ‘हामी साथमा छौं’ भन्ने ब्यानरसहित संकलित हस्ताक्षर बुझाइएको छ । नेकपा नेताहरुको अगुवाइमा काठमाडौंस्थित चिनियाँ राजदूतावासमा हस्ताक्षर बुझाइएको हो । नेपाल चीन हिमालय मैत्री समाज र फाउण्डेशन फर ट्रान्स हिमालयन रिसर्च एण्ड स्टडिजको तर्फबाट संकलित २१ सय नेपालीको हस्ताक्षर पूर्वमन्त्री आनन्द पोखरेलले चिनियाँ […]
१३ फागुन, रामेछाप । रामेछापको कृषि, उद्योग र पर्यटनलाई प्रवर्धन गर्ने उद्देश्यले मन्थलीमा आयोजना गरिएको रामेछाप महोत्समा दर्शकहरुको राम्रै उपस्थिति देखिए पनि स्थानीय उत्पादन भने शून्य देखिएको छ । ‘कृषि, पर्यटन प्रवर्द्धन गर्ने हाम्रो सान, कला संस्कृतिको जगेर्ना रामेछापको पहिचान, भ्रमण वर्ष २०२० सफल पार्ने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ फागुन ५ गतेदेखि जिल्ला […]
१३ फागुन, काठमाडौं । हवाई इन्धन ढुवानी गर्ने १ सय ८१ सहित करिब चार सय ट्यांकरको ताल्चा खुल्ने मुख्य साँचो (मास्टर कि) हराएको छ । यो प्रकरणमा सिनामंगल डिपो प्रमुख महेशमान श्रेष्ठमा अनुसन्धान केन्द्रित भइरहेको नेपाल आयल निगमले जनाएको छ । भारतीय आयल निगमले प्रदान गर्ने उक्त साँचो माघ १९ गते नै हराएको थियो । […]
१३ फागुन, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का वर्तमान महासचिव अमजाद हुसेन सियलको पदावधि सकिन लाग्दा उनले बिदाइ भेटघाटलाई तीव्रता दिएका छन् । काठमाडौंस्थित सार्क सचिवालयमा तीनवर्षे कार्यकाल पूरा गरी आफ्नो देश पाकिस्तान फर्किन लागेका पाकिस्तानी कूटनीतिज्ञ सियलले मंगलबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दैछन् । उनले गत हप्ता मात्र प्रधानमन्त्री केपी शर्मा ओली, […]
१३ फागुन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जन्मदिनको शुभकामना दिएको छ । तर जन्मदिनमा प्रधानमन्त्री ओलीको सत्ता उन्माद देखेर आम नागरिक निराश भएको उनको टिप्पणी छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुमै समय लिएर बोल्दै कांग्रेस सांसद डा. मिनेन्द्र रिजालले प्रधानमन्त्रीलाई कुन लोकमा हुनुहुन्छ भन्ने प्रश्न गरे । प्रधानमन्त्री ओलीको जन्मदिनको […]
१३ फागुन, बुटवल । सरकारले ‘पाइलट प्रोजेक्ट’का रुपमा रुपन्देहीको भैरहवामा स्थापना गरेको विशेष आर्थिक क्षेत्र (सेज)ले आवश्यक पूर्वाधार र कर्मचारी अभावका कारण गति लिन सकेको छैन । स्थापनाको १६ वर्षसम्म पनि मुलुककै पहिलो पाइलट प्रोजेक्टमा विद्युत प्रशारण लाइन नबन्दा र माग अनुसारको विद्युत आपूर्ति नहुँदा उद्योग स्थापना गरेका उद्योगीहरु समस्यामा परेका छन् । निर्यात प्रवर्द्धन […]
१३ फागुन, काठमाडौं । पश्चिमी न्यून चापीय वायुको प्रभाव अझै दुई–तीन पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रकृति कमजोर रहे पनि तल्लो वायुमण्डलमा स्थानीय वायुको प्रभाव रहेकाले बदलीसँगै हल्का वर्षा भइरहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । ‘अहिलेकोे प्रकृति हेर्दा अझै दुई–तीन दिन मौसम सुधार हुने अवस्था छैन,’ मौसमविद् […]
१३ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा आएकै दिन दिल्लीमा हिंसा भड्किँदा एक जना सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएको छ । विवादास्पद नयाँ नागरिकता कानूनको विषयलाई लिएर सोमबार राजधानी दिल्लीस्थित भजनपुरा क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनमा एक जना सुरक्षाकर्मी र चारजना गैर–सैनिकहरूको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ । उपचारको क्रममा मंगलबार […]
१३ फागुन, चितवन । गृहमन्त्री रामबहादुर थापा (बादल)ले चितवनको नारायणी नदी किनारमा निर्माण भैरहेको मिनी क्रुजसिपमा चढेर अवलोकन गरेका छन् । विहान करिब ८ बजे कु्रजसिप निर्माण भैरहेको भरतपुर महानगरपालिका १६ को काप्रेघाट पुगेका गृहमन्त्री थापाले ३० मिनेट नारायणी नदीमा क्रुजमा शयर गरे । क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रा.लिका सञ्चालक थानेश्वर कँडेलका अनुसार […]
१३ माघ, काठमाडौं । प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला अवैध ओसारपसारमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीका सूर्यबहादुर भुजेल, धादिङका सुकबहादुर लामा, कास्कीका युवराज सापकोटा र काठमाडौंकी कमला तामाङ छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले उनीहरुलाई कपनबाट पक्राउ गरेको हो । उनीहरुको शरीरमा खानतलासी लिने क्रममा दुर्लभ […]
१३ फागुन, डोटी । नेपाल सरकारले २०६५ साल भदौ २१ गते न्यायिक पुनर्स्थापनाको ग्यारेण्टीसहित हलिया मुक्तिको घोषणा गरेको ११ वर्ष पुरा भइसकेको छ । तर मुक्त हलियाका समस्या उस्तै छन् । मुक्तिको दशक बित्दासमेत सरकारले पुनर्स्थापना गर्न नसकेपछि मुक्त हलियाहरु पीडामा छन् । गाँस, बाँस, शिक्षा, स्वास्थ्य र रोजगारको अभावमा मुक्त हलियाहरुले भोगिरहेका छन् । […]
from समाचार – Online Khabar https://ift.tt/2HVss2A
via IFTTT